world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 268057 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-05-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्!
अखिल चौतारी बुढा सम्मेलन भएको रैछ, आफु छुटेकोमा बधाई छ मलाई।
भउते गुरुले सात जुनीको सराप्ने कार्यक्रम पूर्बघोषित भए पनि कार्यान्वयन न भएको देख्दा निजको ह्रिदय परिवर्तन भएको मानेछु।

 
Posted on 01-05-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु त साच्चि बदलिएछन् त। लु बधाइ छ।
नया खर्क को यात्राम के यस्तो खुबि छ जस्ले मान्छे बदलिदिन्छ।

मलाइ पनि बदलिन मन लागेर आयो।

हे हे


 
Posted on 01-05-08 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर जन्म जन्म पछिको जन्ममा चैँ मेरो ठुल्बुइनी भएर नजन्मिनु ल, ठुल्नानी। यस्तो असल मान्छे हाम्रो भागमा पनि पर्नु परो नि . ani ke ho daanele deko gift ramro nalaagera khaat muninai chordera gaako ki kyaa ho taaaaaaaaaaa.

rahul da maile hajurko anuradha ko katha padhe sarai ramro lagyo.

ani sabai gaamle harulai HELLO


 
Posted on 01-05-08 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-06-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-06-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुल दाइ। चौतारी कुर्ने त तपाइ मात्रै, अरुहरु कता मुन्टिए ?

दौंतरी नि सुलु चौतारी नु सुलु छ हिजो र आज त ? अब भोलीबाट बगाल आउने होलान ह्वार ह्वार ति।

ए सांच्चै भउते केनडाडा पुग्यो त ?

Last edited: 06-Jan-08 11:17 AM

 
Posted on 01-06-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् नमे!
हो भने सबै कता मरेछन् ? आसे पासे तमाशे सब कता लडे छन्, तीनपानी मै झुन्डिए छन् कि?

 
Posted on 01-06-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाउले मित्रहरुलाई यो रिट्ठेको नमस्ते
ठुल्दाइ, नमे आराम कुसल?

भउते महाराज को फिर्ती सवारि पछी चौतारी बासीको नाममा बक्स भएको सन्देशले अत्यन्त भावबिभोर तुल्याएको छ! धन्यवाद छ भउते यहाँ लाई !
वास्तवमा चौतारी भेलाका बखत उपलब्ध सिमित साधन र श्रोतहरुको अधिकतम सदुपयोग गरेर साथी भाईहरु लाई हृदय देखी नै स्वागत गर्न पाउदा मैले आफुलाई अत्यन्तै भाग्यमानी ठानेको छु।
४ दिनमा बिताएका  उक्त अविस्मरणिय पलहरु ले जीवन भर यो मुटुमा गहिरो/मिठो सम्झना छोडिरहने कूरामा दुई मत छैन !
बर्सौ बर्ष देखी चिनजान् भएका आत्मिय साथीहरु को भेट्घाट भन्दा कुनै कमी थिएन हामी अपरिचितहरुको पहिलो भेट !
सबै साथी भाईहरु  उत्तिकै रमाइला फरासिला भनुम आँखामा हाल्दा नि न बिझाउने जस्ता हुनुन्थ्यो
लामो समय देखी प्रतिक्ष्यारत हाम्रो भेला सफलता पुर्वक सम्पन्न भएको छ
हामी सबैलाई धेरै धन्यवाद। अब अर्को भेलामा यस्पाली आउन नमिलेका साथीभाईहरुको पनि सहभागिता हुनेछ भन्ने कुरामा पूर्ण आशावादी छौ हामी सबै !
नमस्ते !


 
Posted on 01-06-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh salman khan k chha? I mean Ritthe hancy

RahulDa taremam


 
Posted on 01-06-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे काजि, ठुल्दाइ र नमे,

आइतवारे जदौ तथा तारेमाम्,

ठुल्दाइ को स्टाइलमा नमस्ते फ्री।

रिठ्ठे को मार्मिक अभिब्यक्तिले भाव बिह्वल भैयो। सबैलाइ मेरो पनि बधाइ।


 
Posted on 01-06-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल भात को मात लाग्या जस्तो भो। अलि चहल पहल भो। मानौं यसपाली चैत्रमा संबिधान सभाको चुनाउ हुंदै छ।


रिट्ठे ब्रो को कुशल ब्यबस्थापन र असल ह्रिदयको त दिवाना भएको छु। झिल्के ब्रो लाई नि तारेमाम्, सुन्तलेज्युलाई नि तारेमाम्।


एकै छिन अघि कुम्ले भन्ने भुले बिछडे चौतारीको हस्तिले फोन मारेको थियो, अझै केही सेकेण्ड अगाडी हरि भन्ने मन परि ले फुन हानेको थियो। दिन चौतारीमय भएको मानेको छु।


 
Posted on 01-06-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulDa ra Suntale k chha ta naya halkhabar? yeso naya taja sunna paye hunthyo
 
Posted on 01-06-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे झिल्के ब्रो, के छ मालिक? अरुले त जिस्काउछन जिस्काउछन सुलेमान खान  भनेर झिल्के ले पनि जिस्काइदेको, ल ल
अनी अरु त ठिकै होला क्यार
क्रिकेट कत्तिको हेरिदैछ?
सुन्तले महाराज, आज ब्यान ब्यानै अर्को धागोमा मादलको घन्काइ कानमा बजेर सुमधुर संगीतले कान गुन्जयमान बनाइदिएकोमा बहुत धन्यवाद छ !



 
Posted on 01-06-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब हीट एन्ड इट गर्न जान परो नि है
 
Posted on 01-06-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rithhe hero, Cricket herya ho timile? Beijjat gare ni Dusta chhemikele
 
Posted on 01-06-08 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabailai darsan garehaiii taaaaaaaaaaaaaaaaaaa

jhilke daadu ke hudai cha? daaaaaaa mero msn id haraideko nabolne.


 
Posted on 01-06-08 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
के छ? 
यो विकेन्डमा अलि बिजी भैयो! सबैको विकेन्ड राम्रै भो होला!


 
Posted on 01-06-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहुर !

सबै जिउँदै छौ?

गोताएँ कता मोरे अचेल !  बाझ्न नपाएर मुख र्‍याउ-र्‍याउती चिलायो।

दानेले मलाई दे'को गिफ्ट यै ठुल्नानीले खाट मुनि लुकाएर राखेको जस्तो छ। मलाई दियो भनेर डाह गरेकी होली नि, डाहडे केटी।   अब त्यो सुटुक्क हरिलाई फेडेक्स गरेर पठाउने हैन है, अहिले नै भन्देको छ।

Last edited: 06-Jan-08 07:40 PM

 
Posted on 01-06-08 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते भउते दाइ
खुब् मोज् गरियो झै छ नि नया खर्क तिर त?
 
Posted on 01-06-08 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले भाइ, मस्ति त खुब भयो नि। तर भाइको पनि निकै सम्झना  भयो। भाइको भन्दा पनि मादलको र मादल घन्काउने भाइको हातको बढी सम्झना भयो भनुम न, अझ।

तै पनि गितारको उल्टो तिरको ढ्वाङ्रोलाई सारङगीको रेट्ने डन्ठीले ठोकेर भा' नि काम छैँ चलाइयो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters