hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 186759 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-11-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ राम चन्द्रे, तर समय को खयाल गरेर् गर्नु है। म सङ सेल फोने छैन। यहाको समय र त्यो बाटो न भएको गाम को समय कति फरक छ क्या र? भरे म त ७३० मा मात्र फर्किन्छु, पाठशालाबाट्। त्यतिन्जेल् रात परि सकेको हुन्छ त्यता तिर्। थुक्क म नर्वेमा मध्य रातमा पनि घाम लाग्छ नि, कस्तो बिर्सेको। बिजुली पत्र चेक गर्नु, मुइले पाठशालाको आफु जोतिने, दिमाग घोतिने कोठाको फुन न राखेको छु।
 
Posted on 05-11-07 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी त्यस्तै कथाहरु धेरै भएको ले त अगुल्ठोले हानिएको कुकुर जस्तो भाको हो नि, अहिले बिजुली चम्किदाँ नि दुलो पस्ने । :))) तर लाज लाग्छ भनेर भनेको चाँहि यो सेन्समा कि, न चिन्नु न जान्नु सिधै केटीको घरमा गएर लौ म त बिहा गर्न आएँ है, इ यो मेरो रेजुमे भन्ने खाले कुरा कसरी गर्नु भनेर पो हो त । अब त्यो पुल आएपछि तरिएला क्यारे, तर अहिले सोच्दाचाँहि सकिन्न जस्तो लाग्छ है ।
 
Posted on 05-11-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् अनि नमस्ते है
सान्नानी अनि मिस्।
 
Posted on 05-11-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽछिऊँ!
 
Posted on 05-11-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramu,
timilai kaha nira laaj lagcha ha? Janna mun lagyo malai. maile pani timro katha thuk nildai padhya thiye. Tara hotel ma gayepachi k bho bhane kura kathama lekhenau kyare.
aba tyesko arko bhag kahile auncha han?
 
Posted on 05-11-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइत बिग्रने भओ :(
तात्तो न छारो!! सअ बेल्का नुनु अरने ट्याम्मा नि हाच्छियू बिहान काम अर्न जाने बेला नि हाच्चियू । काम न काजै सअ । पुन्टेदा एउटो गित गाम्नुस त भुन्यो भने का'बट काबड घोक्रे डाको(स्वर) आइहाल्छ --लौ जा !!:)
 
Posted on 05-11-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माया गयो मलेखु तरेर
रुन्छ मन बिलाप गरेर
सललल मर्स्याङ्ग्दि खोला
फेरि भेट होला नहोला

शुक्रबारे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 05-11-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुल्दाई, हजुरलाई आराम?

लौ पुन्टे दाई पनि हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽछिऊँ! गर्दै? मेरो त ठिक भो रुघा अब खालि अलि अलि ख्वाक् ख्वाक् मात्र छ।

urfrenrites को चौतारी नाम के हो?
 
Posted on 05-11-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

urfrenrites जीले कुरो चै पक्डेकोहो है
हे हे रामचन्द्र अब यसो भन्दा हुन्छ तरकारी मिठो बनाउन जस्तै कथा कहानी नि मिठो र चाख लाग्दो बनऔन लै मर मसला त चाहोयो नै :)

प्रिती के छ तिम्रो हालखबर ?
 
Posted on 05-11-07 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगानी हे लै लै दुई दिने घाम छाँया
यो ज्यान सम्झी हे लै लै लाइहाल लौ माया
पीपल पातैमा
डाँडा काटेर जाऊँ है साथैमा

शुक्रबारे जदौ यो चिप्लेढुङ्गाको।

रामचन्द्रे त छिमेकी पो परेछन् त हाम्रो। पुरानो आधुनिक भारतीय बिद्यालयबाट कतातिरा चाहिने पर्‍यो घर? शुभयात्रा है। अनि बिहेको निम्तो बाँड्न नबिर्सनु है।
 
Posted on 05-11-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामु मेरो घर नि त्यहाँ बाट अली नजिकै छ। तिमी र म त टाढाको चिमेकी पर्‍यो जस्तो छ नि।
रामु तिम्ले अहिले रेजुमे बनाइरा हो ? :प्

राहुलदाइ ज्यानलाई सन्चो छैन रुघाले सताइ रा छ। चिया पिए हजुर ले नि।

सानानी मोरी मलाई त बोल्दानी नबोलेकी। :(

पून्ते दादु हाव् आर् यु?

वीरखु दा के छ हजुरको हाल् चाल्।

आज भोली चौतारीका केटाहरु लाई के भाको के भाको
सबै जाना नेपालमा बिहे गर्ना गाको गाको
मैले के गर्नु
तिमी आउछौ कि अर्कै बिहे गरु
 
Posted on 05-11-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिती ,
urfrenrites‍‍=फ्यान्टे ,आइ गेस फ्यान्टि नि हुन सक्छ :) कविता हरु राम्रो लाग्छ मलै urfrenritesजीको

जिम्माल बा हउरलै नमस्ते है
जिम्मालनि आमै लै कस्तो छ? हउर का मकै छरने बेला भओ? हउरको त्यो के जाति नालि खुट्टो उस्तै छ कि अलिक बिसेक भओ? अनिखेरि हउरकी नातिनी ले कखरा abc सप्पै जो लेख्न पढ्न जानि ? माथ्ला घरे जेठा बा को हालखबर के छ हउरको चिनजानको ंुन्छे भ'हुनाले शोधेकिम:) --लौ जा
 
Posted on 05-11-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ्यान्टे नि आएछ। धरै दिन् पछी आउनु भो नि। हजुर लाई सञ्चै
चिप्लु के छ तिम्रो हाल् चाल्
मिस् दर्शन गरेहै
 
Posted on 05-11-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेऽऽऽऽऽऽऽऽ
तिनपाने कस्तो मात्तै नलाग्ने
कान्छि भगाम्ने रहर,
तर यो बुढोको बातै नलाग्ने!!
सललल मर्स्याङ्ग्दि खोला
फेरि भेट होला नहोला!!

शुक्रबारे जदौ! यो बिर्खे माईलाको!!

-- ख्वाक ख्वाक‍‍‍‍--
 
Posted on 05-11-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मिसलाई नमस्ते गर्नै बिर्सेकिम्, नमस्ते दिदि।

ठुली!!! ठुली हो ठुली अलि माथी हेर त मैले तिम्लाई सोधेको छ कि छैन त्यसै निहुँ खोज्दी रैछ। :(

जिम्माल बा लाई नि नमस्ते, आज मिसलाई सोध्नु है जे जे सोध्नु छ हाम्रो घराँ आएर सबै खोजि निति गरि वरि सप्पै खबर ल्याम्नु भाछ मिस दिदिले आज।

चिप्लु के छ तिम्रो हाल् चाल्
 
Posted on 05-11-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरपा(juggy) दर्शन !
 
Posted on 05-11-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

juggy दर्शन !
 
Posted on 05-11-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानि सरि क्या मोरि आज् त हतारमा lens लगाउनै बिर्सेचै। तर bad चस्मा चै रिचै।
 
Posted on 05-11-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाटो भुले पनि माटो न भुलम्।
एक् युग पछि जोगी आएछ, चौतारि आज धन्न भएको छ। स्वागतम्।
पूण्टेदा, बिर्खु अनि चिप्लुलाई तारेमाम्।


रहरि रहरमा पिएं
बिबश भएर पिएं
सुखमा पिएं, दुखमा पिएं
पिउंदिन पिउंदिन भन्दै पिएं
 
Posted on 05-11-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलिलाई खुब् बिहे गर्ने रहर् छढ्या जस्तो छ नि। झ्याइं पार्ने हो कि यही बैशाख जेठमै? सान्नानी मलाई सञ्चै छ तिमीलाई कस्तो छ कुन्नी? ज्वाइं साबलाई ब्रेकफास्ट खान्दियौ? आफूले नि खायौ? रुघाको औषधी खान त बिर्सेंनौ? कोठा भ्याक्युम् लगायौ? माईक्रोवेभ र रेन्ज सफा गर्यौ? भरे पकाउनलाई मासु झिकेर थ गर्न राख्यौ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters