[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 155959 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-15-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्द्रेश्वर महादेव चाहिँ पोखरा हो कि जस्तो लाग्छ!
 
Posted on 08-15-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिलेसम्मको नतिजा:
जिम्माल: १
चित्रे: ०
 
Posted on 08-15-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्द्रेश्वर महादेब त थाहा भएन बिशेश्वर महादेब चाहि कहाँ पर्छ थाह छ।
अब यो बुढो परदेश घुमे नि देश न घुमेको मान्छे परो।
जति ओटा देश घुमे नि त्यति जिल्ला घुमेको छैन, लाजै लाग्दो के गर्नु अब।

© तारेमाम्।
 
Posted on 08-15-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३) देउति बज्यैको मन्दीर कहाँ पर्छ? surkhet
४)सिद्धबाबाको मन्दीर कहाँ पर्छ? doti
 
Posted on 08-15-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाँडीगाउले नारानजात्रामा खटको माथ्लो भाग् – जसमा मैनहरु जुन्ड्याईएका हुन्थे अनि खट्मा बसेर दुइ जनाले जेलाई घुमाउँथे - उल्ट्याको जस्तो देखिन्थ्यो। त्यो मैन शर्टको टाँकमा टाँसेर हिनीन्थ्यो – भुत प्रेत ले हेर्दैनन रे भनेर – किचकन्नि लाइ त भेटन मन थ्यो तेइ मैन ले भडकाएछ क्यारे – टक अबाउट अन्इन्टेन्डेड कन्सिक्वेन्स – किच्कन्नि संग भलाकुसारी नी गरम खुट्टा कुरो हो हैन रे छ जाचम पनि भन्या --- किन हुन्थ्यो--- कता कता न खुट्टा ठिक ठाक भाकि नै फेला पर्छे कि भन्ने झिनो आश नी – के गर्नु --- सास रहुन्जेल आश भन्थे – उ बेला आश हुदा हुदै सास फुस्केला भन्ने पिर थियो।
 
Posted on 08-15-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३) शैलेश्वरी doti
 
Posted on 08-15-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देउती बजै - सुर्खेत (बिरेन्द्रनगर भन्दा अलि कति पुर्ब मा पर्छ)

 
Posted on 08-15-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु, मलाइ त्यो ० लड्डू देकोमा धन्यवाद! भोक लागिरा'छ, त्यै खाएर भोक मेटाउँछु।

राहुलदाइ धेरै नघुम्नु भएनि यो ग्वाँचूराम चैं निकै घुम्या जस्तो छ हाम्रो देश!
 
Posted on 08-15-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिद्ध बाबा मन्दीर- एउटा बुटवल, अर्को महेन्द्रनगर, अर्को डोटी

 
Posted on 08-15-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशानदेवी पाउँ भनि इन्द्रेस्वोरले शैल्स्वोरीको घोर तपस्या गर्दा भए – आफु हुदा हुदै शैलेस्वोरीको तेसरी महादेवले पुजा गरेको देखि क्षुब्ध भै भुटनदेवी ले भुटदिन्छु भनेर लाग्दा हुँदी खड्गदेवी ले आफ्नो खडग उठाइ “हा! तेसो गर्न हुन्न –बिष भाङ धतुरोको सुरमा भुले हुनन बुढाले पछि नशा ओर्लेसि बिस्तारमा कुरा गरम्ला—अहिलेलाइ तिमि आफ्नो धाममा जाउ” भनी रोक्दि भैइन – तेस्पछि खै को को कता कता लागे मलाई थाह भएन प्रभो।
 
Posted on 08-15-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अम्मामा, आज त के हो, गतिलो हजिरि जवाफ् प्रतियोगिता पो गइरको रहेछ। कत्तिको जान्ने सुन्ने, घुम्ने फुर्ने गाम्लेहरु। म त दङ परेर पढी बसेछु है गाम्ले हरु।

सबै पुरस्कर् बिजेतलाई बधाइ।

तारेमाम्।
 
Posted on 08-15-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आफु घुमेको , १ दिन १ रात भए नि बसेको जिल्ला गन्न थालेको, धेरै पो हुंदो रैछ गाँठे।
१) काभ्रे, २) सिन्धुपाल्चोक ( मेलम्चि), ३) गोर्खा(मनकामना), ४) कास्की-पोखरा, ६) पाल्पा- तानसेन्, ७)झापा- भद्रपुर् ८) मोरङबिराटनगर्, ९) पर्सा- बीरगंज, ९)कपिल वस्तु- जागिर खाएको, १०) रुपन्देही- लुम्बिनि।

परदेश घुमेको हिसाब गर्दा त त्यति नै हुन अौने रैछ। जस्तो।
१)भारत- पढेको, २) हङकङ्, ३) जापान, ४) हल्याण्ड, ५) बेल्जियम, ६) लक्जेम्बर्ग , ७) फ्रान्स, ८) जर्मनी, ९) चेक गणतन्त्र, र १०) अम्रिका
© तारेमाम्।
 
Posted on 08-15-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्विट्जरल्याण्ड छुट्यो, नेपाल जस्तै भाको ले होला, अस्ट्रिया पनि।© तारेमाम्।
 
Posted on 08-15-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेले पनि एुटा सही जवाफ दियो, चित्रे लड्डुमै रमायो। दीपज्योले हाजिरी जवाफकै प्रश्नहरु उनेर एउटा लघुकथा नै बुन्नुभयो। ठुल्दाइ, जिल्ला त मेरो पनि त्यो भन्दा बढी पुग्या छैन, ट्रान्जिटका जिल्लाहरु नगन्ने हो भने। अनी चिलिम तान्न चाँही कताबाट शुरु भो, नेदर्ल्याण्ड्सबाट कि हाम्रै पशुपतिबाट?
 
Posted on 08-15-07 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो ठुल्दाइ, रैथाने भएर काठमाडौं उपत्यकाकै जिल्ला गन्न बिर्सिदिने? यसो कम्पनी टाईम सदुपयोग गरी हिसाब गरेको, कम्तिमा एक रात बिताएको जिल्लाको संख्या २२, रात नबिताएको (केही जिल्लामा त बसबाट ओर्लेको समेत छैन) चाँही १३ रहेछ। बिदेशतर्फ घुमेको ६, बिमानस्थल मात्रै पुगेको अरु ५। तारेमाम।
 
Posted on 08-15-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाअहाहाहा, चिप्ले,
भन्नाले उस्ता उस्तै रहेछौं हामी। चिलिम र फिलिम दुबैको चस्का इलाहाबाद बाट लागेको हो।
गंगा जमुना सरश्वतिको संगम, नदी किनार। जाँचको टेन्सन, टेन्सनलाई दर किनार लगाउदै चिलिम र फिलिम। हफ्तामा औसतमा ४ फिलिम हेरिन्थ्यो। कुनै हफ्ता त १२ ओटा सम्म हेरियो होला।

त्यहि भएर त अहिले बुढेसकालमा पाउनु दुख पाइराख्या छु। किलास न गै गिलास भरि चिया अनि हातमा धूप, खूब मस्ति गरियो। अहिले सास्ति खाइयो। त्यति बेला ज्ञानी भएर ध्यान दिएर ज्ञान लिएको भए पो? मधिसे थर्कमान हुन्थे ठुल्दाइ र अर्को साथी हर्क मान् देखे पछि।
"किलास नहीं जाने क्या" भने सि टाप कस्थ्यो। अहिले हाम्रो देशमा हम्रै जनताले मधेश छोड्ने धम्कि दिन्छ, "जमाना रंग बदल्न्छ" देबकोटा बाजेले चिलिमको सूरमा झूर् भनेको होइन रैछ।
 
Posted on 08-15-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो चाइ घुमेको, बसेको, पढेको देश १) नेपाल।
घुमेको, पढेको, बसेको, खेलेको जिल्ला १) ललितपुर गरेर जम्मा देश १ तथा जिल्ल १ तारेमाम्!
 
Posted on 08-15-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ग्वाँचूराम, गफ नहान त! जम्मा यौटा देश,यौटा जिल्ला घुम्या रे!

म भन्दिम् तिम्रो जासूसी गरेर?
ल, ग्वाँचू पढ्या, बस्या, घुम्या देशहरू यस पर्कार छन्:-

१) नेपाल, २) भारत, ३) जरामुनी, ४) बर्तन (ब्रिटेन) ५) ईटहरी ६) चक्कू रिपब्लिक ७) सोमालिया....
 
Posted on 08-15-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमालिया....?????

हन ग्वाँचे यु एन तिर काम अर्न थालेऊ कि के हो हँ????
 
Posted on 08-15-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters