world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 244879 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-28-08 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो मिस मी नानी नमस्ते है। के छ हालखबर कहिले आएको।
 
Posted on 01-28-08 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-08 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले नि सप्पैलाइ नमस्ते टक्राए है।

कस्तो छ गाउले?


 
Posted on 01-28-08 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसलाइ साथी भन्यो भन्छु म रिट्ठेले? मेरो पछाडि त कोहि छैन त।

मिस सिस, हजुरको दर्शन नपाको नि जुग बित्यो। लौ आज राम्रो सपना देखिने भो।

हाम्रो कुम्ले भिनाजु पनि लाहुर जानु भाको जस्तो छ। उहाको खबर सुन्न पाको छैन।

अबको गीत चहि रिट्ठेले राख्छ है लहरे।

रिट्ठे, ल एउटा दामी गीत राख त कुम्ले भिनाजुलाइ मन पर्ने, पून्टे दालाइ नाच्न मन लाग्ने क्या। अनि राहुलदाइलाइ पनि डान्स गर्न मन लाग्ने।
झकास गीत है फेरि।


 
Posted on 01-28-08 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुब थाकिएको छ आझ यस्हो चौतारीमा बिशौ एक छीन भनेर आएको हौ म त। फेरी उकालो चाडनु छ क् गर्ने।
 
Posted on 01-28-08 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते नमे,

सन्चै हुनुहुन्छ?


 
Posted on 01-28-08 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, उफ्री आएपछी पुलुक्क आँखा देखाउदै नआएर , के तिमी आए पछी आउनु त?

लहरे काँ चुपचाप हुनु? याँ धमाधम क्वाँटी हसुर्दै थिं क्या।

हन यो हर्के हल्दार काँधाँ बुङ्गुर र खोकिलाँ भुड्का लुका'र पुलुक्क देखा पर्‍या झैँ लाग्या थ्यो, कता लागेच? ए ए ठाउँ खोज्या हो क्यारे बस्न। लौ लौ ठाउँ बनाई दिनु परो।

अनि उफ्री तिम्लाइ नभ'र रिठ्ठेले कल्लाई सुनाओस त बाबै। लहरेलाई के सुनाउन बिचरा। वाँ कति दिनदेखिन् नुन खाको कुखुरा जस्तो झोक्रा'र बसिराथ्यो मेरो भाई बल्ल मुहाराँ कान्ती आ छ अलिकति त्यो नि प्वाक्क ला'र मलाई हो भनेर सोध्दिनि भन्या? नगरन बा त्यस्तो।

मिस दिदीलाई नि नमस्ते।


 
Posted on 01-28-08 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्कबादुर दाई काँबट कैल्यआ भनेर सोध्नु  भओ कुन्नि ?नात्नातिना  जम्मैजो घरमै छन के रे  एकछिन माइतिकाँ जानु पर्यो भुनेर   भागेर  म त अघि जो आकिम के रे नि। हउर खानै ब्यस्त जुनबेला नि  फुर्सद भएन कि देख्न लै भन्चु
 
Posted on 01-28-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो उफ्रि सिस सपना त मैले राउरो देख्छु के रे आज त --रमाइलो लागिरा'छ हउरलै भेटेर

अन्तरेजी  सन्चै  हउरलै :)

नमेभाई  मैले नमस्ते टक्रयाए है त हउरलै :)


 
Posted on 01-28-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल रिट्ठे,

तिम्रो दाइ यानि हाम्रो (आइ मिन सबैको) अन्तरे दाइलाइ पनि राम्रो गीत सुनाइदेउ है।

हर्क काका, नमस्ते फेरि। खाना खानु भयो काका?


 
Posted on 01-28-08 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ठाउँ भये म पनि माथि चौतारी मा उक्ले भुइ बाट। ओह हो हैन बूङूर खान छोडियो रक्सीको नाम पनि लिना छोडियो अब सुन्तलाको झोल खयिन्छ। ओह हो त हौ मैले त मिस नानीलाई देख्दै नदेखेको लुकेर बशेशी कसरी देखिन्छ हौ।
 
Posted on 01-28-08 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सप्पै यतै रैचन। मिस दिदी, अन्तरे, उफ्री। भएन भनेर पल्ला गामबाट हर्के पनि आएछन। लौ लौ यि  हर्के दाइलाइ मोइ ल्याइदेउ।

मलाइ अली भ्याइ नभ्याइ छ क्या, नेपाल गाम जानु छ।


 
Posted on 01-28-08 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो एक् छिन् हसुर्न के गा थें हुल् का हुल् मान्छे हरु जम्मा भा छन् पढन नि नभ्याउने गरी।
हैन के भन्नुहुन्छ अन्तरेजि पनि, कां मैले त्यो भ्याली क्याम्पसां पढाउनु नि
मिस सिस तपाइ किन ढिलो अौनु भाको, मैले भर्खरै खएर सकाएं
रिट्ठे दगं दास परेको देखेर मेरो नि दिल् खुस् भो।
नमे के छ हो? आरमै होला क्या र। खाना भो?

 
Posted on 01-28-08 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर म देख्ने बित्तिकै सबै खानाको नै कुर गर्छन् किन हो? आझ भोक्कै बशेको छु। बर्खर उकाली लागे बल्ल चौतारीमा सुस्तको छु अब च्यन्तिको आमले घरमा केही पकाउदै होली गएर खान्छु।
 
Posted on 01-28-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न को को आयिसकेछन अहिले त
हो हो त्यो गीत मैले तिम्रै लागि राख्या हो उफ्री (लहरे ले सुन्ला नि फेरी,  अनी फेरी भुत्भुताउछ एक्लै बसेर)
कुम्ले भिनाजु रे? लोल
मिस दिदी सलामवालेकुम
के छ मिस सिस?


 
Posted on 01-28-08 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्कबादुर दाई,

 हउरलै नउस्ते अर्न लै हात जोडेकी मात्रै थिए हउरले चै नेप्चि सिसले बनाको क्वाँटितिर आँखा दौडाम्नु भओ  मलै देख्नु भ'न के रे नि अनिखेरि  म त खिस्रिक्क  परे के रे ।लाच लाउच के मलै त आचाक्लि ---- अनि पिपिलको ओत ला'र बसेकिम  हिहिहिहि ---


 
Posted on 01-28-08 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के दाइ, तपाइंले त अब एक् हप्ता नखांदा नि हुन्छ, अब आउंदो सनिबार खाने नि है मज्जाले बगुंर


 
Posted on 01-28-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ मिस नानी तिमीले मैत बाट लेरको पुस्तकारी झिकत खाउ।
 
Posted on 01-28-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो रिट्ठे, कोइ कोइ आएसित हाम्लाइ बाल नदिने

 
Posted on 01-28-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के काका,

मैले पनि केहि खाएको छैन। कसै कसैले एक्लै खान पनि सकेछ। येस्तै छ येहाँको चलन।

नेप्चि दिदि, आज के पढ्ने चौतारीमा? अनुराधा हो?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters