hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 169335 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-16-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL !!!!! तितौरी, हाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहा जिम्माल-बा को कस्तो राम्रो फोटु खिचेको। :D :D
ह्यारिश सोम, एसो एक ट्वाक यता पनि फाल त। आज त बबाल झ्याप हुने मुड छन्त हौ मेरो पनि। सोम को त हिजै बाट विकेन्ड स्टार्ट भो !

यो र्‍याम्स (रामचन्द्रे)ले फेरि हरिप खोस्स हान्ने के। त्यो क्यानमा माल छ कि टिष्ठाको पानी फिल गरेर ल्याको छ सोम? यहाँ त सब फिटान छन्त हउ। अन्त पाटलाई लुक्स दिन भ्याएन होला नि त सोम सुड्डा, सुड्डि, सिस, च्वाँक्स अनि छप्स हुरले। मुइले फेरि सोम कुइरेसँग नाङ्लोमा र्‍याप्स सुन्न गयो कि भुनेर चुप लागेकोन्त हउ। सोम फिर्केर आएछ त, मुइले त देखेन। गिदी बबाल छड्किराछन्त मेरो पनि। आबो एउटा क्यान यसो यता पुश गर न। अन्त दोस्त जमिहाल्छन्त। :p

आज राहुल-ब्रो कता टाप हानेछ, एक स्टिक तानुम भनेको, ब्रो बबाल छिपेर हिन्छ यस्तो बेला झन्।
:p
ForEachOther हाउँले नि हउरलाई परै बाट आ'को देख्या हम्। चौतारीका सबै हउरलाई स्वागत पनि अर्याहन्। अब हामी पनि हउरका गफ सुनुम भनेर पलेटी मारेर बस्याहम्। हउरका कुरा सुन्न मुन ला' हन्। :-)
 
Posted on 03-16-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे म झ्याप् । अब रौसी किन खाने भन त ? लाउनको लागि होइन ? अब लाओ क्या अर्नु त । त्यो मुलो आरनोल्ड नै किन नआओस पञ्जो त लडाइन्छ नि ।

तरनि मलाई यहाँ एउटो दुइटो कुरो पटक्कै चित्त बुझ्दैन । आ-आफ्नो कुरो हो , म त जुको टाँस्सेझैं टाँस्से , देश नगाको १२ बर्ष हुनलागिसको, यहाँ आउँदा आफ्नै मान्छेहरुबीच आइपुगे झैं लाग्छ तर पनि गुटमा छिर्न नै गार्‍हो क्या । यहाँ एक्लै आएर कति भट्भटाउनु । ह्ययायाया म झ्याप । तर पुराना मान्छेहरुमात्र भेला हुने हो अनि नयाँ मान्छेलाई नगन्ने हो भने यसको औचित्य नै के भो र होइन ?

हेहेहेहे मैले यो भोलि पढैंभने लाजले एक चम्चो पानीमा डुबेर मर्छु होला तर मलाई चित्त बुझेन तिमीहरुको गुटपना ।। अब क्यार्नु खुरुक्क आफ्नो बाटोलाग्नु कि हतियार उठाउनु ।
 
Posted on 03-16-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कत्रो हल्ला हो म न'भा'बेला को
म हास्या मात्रै हो सबै पढ्या छैन
:)
 
Posted on 03-16-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल बुढा हाजिर । अरे चिलिम को नाम लिनु अनि हाजिर नहुनु, यो हुनै सक्दैन । अलि टेन्सन छ क्या, जाँच भने पछि १ सय साढे पाँच ज्वरो आउछ । पढ्ने बानी उहिलेइ छुटेको, केटा केटी मै । बुढेस्कालाँ फेरी पढ्नु पर्ने, के पाप कामाए छु, पहिलो जुनीमा ।
न पढी, पास् हुने जुक्ती उक्ती सिकाइ दिनु पर्‍यो प्रभु, चिलिम सल्काउने पार्टनर बनाउछु ।
 
Posted on 03-16-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राहुल दाइ हैन कति पढ्न सकेको हो ???

यो प्रौड शिक्षा क्या अर्नलाई हो भन्या ?

हिजो एउटा टुरिष्टले "आर यू फ्रम नेपान ? यू नो रोयल नेपाल ? मच बेटर द्यान मोरोक्कन" भन्दैथियो, मरिजाम तपाईँकै याद आयो । बाडुली त लागेन कतै ? :)
 
Posted on 03-16-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम चन्द्रे, के को बाडुली लाग्नु नि, चिलिम मा झिरिप भा बेला । बरु त्यो खैरे के भनेको रे, म त औरेजी राम्रो सँग?
 
Posted on 03-16-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन क्या मेरो दुनियाका मान्छेहरु मेरो चिलिम ज्ञानको कल्पना गरेर नतमस्तक हुन्छन । नेपालबाट भन्ने बित्तिकै नानाथरिका कालो पदार्थ ल्याएर सुँगाउछन । अनि ऐले मैले वास बसेको मुलुकमा रोयल नेपाल र मोरोक्कनको टक्कर पर्दो हैछ। यो मा***खा नेपालको, यसले दुधको दुध, पानीको पानी गर्छ भनेर मलाई सुँघाउन ल्याउँछन् क्या । मनि कमको छु र, नेपालि कालो ढिक्को त चिनिहाल्छु नि । * लोल*
 
Posted on 03-16-07 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर कुरो त काँ'ट काँ पुगीसकेछ,साँचिकै सप्ताहन्त लागेको मानिछु मैले त । अनि यसपाली कसकाँ जम्ने हो रे बिदाँ ? हरि पनि कता गएछ मोरो, पैला पैलाको विकएन्ड्मा त सब जोराजाम गरेर खबर गर्थो! न यसपालिको विक एन्डको लागि बेबस्था गर्न पो गा हो कि ?

अनि रामे ब्रो के केटा केटी जस्तो चित्त दुखाइरा भन्या, यो त तपाईं कै चौतारी त हो नि यार, आउनुस, बस्नुस, हाँस्नुस, हँसाउनुस तर चित्त चाइ नदुखाउनुस । बरु यसपालीको विक एन्डको जमाघटाँ अखडाँ आउनु होला, सप्पैसँग भेट्घाट नि हुन्छ, चिनजान नि गरुम्लाआ ।तो माथि सिरानाँ नाम त चौतारीआँ सहभागी भेसि अर्को चौतारीबाट आँफै आइहाल्छ नि, यसैपाली मिलाउन मिल्ने भे मिलाइदिन्थेम क्यारे मिल्दैन र पो त । अर्को चौतारीको छपनि हाल्ने मुन्छेले पक्कै नि तपाईंको नाम नि खोपी दिन्छ,कैले नमेटीने गरी चौतारीको ढुङ्गामा ।
अब त हाँसुम यार, के अझै ठुस्स परिरा ?;)
 
Posted on 03-16-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो चाइन्जो झोल बाट ठोस हुन्दै कालो पदार्थ नि चौतारिआ लेराउन थाले ए असत्ति मोराहरु । कालो पदार्थ खाने भए नदेखाइ खाओ है, भन्दिया छु मैले भटटटट गर्ने हैन नि फिरि, त्यसै त ह्वाँ जिम्मालबाले था पायो भने पड्केर कानाँ समातेर थानाँ लैजाला अनि चाख्लास खुपै, रामे नढाँटि भन त सुँघ्यामात्तै कि चाख्या पनि ?

हन ठुल्दाइ यो शुक्रबाराँ नि के जाँच भनीरा' होला हे भगवान । शन्सरबार आइतबार डल्लै छ नि ।

आजको काम भोलि, भोलिको काम पर्सोँ
इतना जल्दि भि क्युँ हे, जब जिना हे बरसोँ

खै, तालि ठोक्नोस, हाता चिलिम चै यता पाउँ त । ए, ह्याँ यो नौलो नौलो मान्से देख्छु के रे, कुन गाम्ट हो? के नाऊँ हो?

हा हा
कहाँ हो नानि घर तिम्रो
कहाँ हो माइति मावलि
नानि त हो कि हामरै गावलि?

आज त चौतारिआ रमाइलो भो के रे, भोलि पर्सि खडेरि पर्छ, सप्पै दुला पस्छन शन्सरबार आइतबार
 
Posted on 03-16-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर कुरो त काँ'ट काँ पुगीसकेछ,साँचिकै सप्ताहन्त लागेको मानिछु मैले त । अनि यसपाली कसकाँ जम्ने हो रे बिदाँ ? हरि पनि कता गएछ मोरो, पैला पैलाको विकएन्ड्मा त सब जोराजाम गरेर खबर गर्थो! न यसपालिको विक एन्डको लागि बेबस्था गर्न पो गा हो कि ??????? ....................ग्वाचे - हरी आउदै होला उकालो चड्दै होला ।

हैन यि रामेले किन त्यो पित्त नभा चित्त दुखाका हुन् । हाम्रै छिमेकि जस्ता पनि लाग्यो । हैन कता हो? तो बाटो न भा देश (नो वे) तिर ता हैन कतै??
यसो उत्तर, दक्षिण, पुर्व, पश्चिम भनम् है मिल्ने भए हैन भने यसो बिधुतिय पत्र धकेलम न ।

म पनि झ्यापमा है आज त । राहुल दाइ खै चिलिम यता पनि पास गरम् ।
निश पाटा पनि आएर बबाल दिएर गएछन् ।
 
Posted on 03-16-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चाँही चौतारी निकै जमे छ । हिजो चिन्ता ले झन्डै २ चिलिम हानेको अर्को गाम मा १० घण्टामा १०० जना भेला भएको रे, मेला जस्तो । हाम्रो गाम मा ३ घण्टामा १ जना भेटियो । सब मुग्लान भासियो के भन्थानेको ।
हरि, यामे, ग्वाँच्, निशपाट्, चतुरे, राम चन्द्रे, न्वारन न भएको भाई हो लो बुइनी, तिरु, मास्टर्नी नानी, ठुली, भउते गुरु, चित्रे सब भेला भाको देखेर दिल खुश छ ।
 
Posted on 03-16-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai bhela huda raahulda chai kina haraaeko ni? chilim silim fyaakera kabita sabita ko kura garnus na ani ramaailo holaaa baru :)
 
Posted on 03-16-07 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए रामचन्द्रे, के चित्त दुखाको यस्तो, चौतारीमा आएसी के पिर भन्या, तिम्रा त झन कति राम्रो नाम लेरा छौ, अरुको जस्तो न्वारन पनि गर्नु पर्दैन। यो वीकेण्ड मा त बबाल जम्नु पर्च है, रामे लाई पनि फिट्टु बनाउने, अनि बज्जेको चित्तै निकालेर फाल्नु पर्ला अनि दुखाउन पाउदैन।

हाहा तितौरी, निशे=म रे, हत तेस्तो नि हुन्छ कहिं म यस्तो सोझो मान्छे, त्यो तेस्तो बज्जे। खाली कहिलेकाही स्टीक तान्ने साथी मात्रै हो।

अनि फरे (foreachother) पनि आ रचन, कुरा गर्नी भन्या रचन। हाम्लाई पनि कुरा सुन्न मन ला हुन। अब हामी नि गुन्द्रीमा बसेर कुरा सुन्ने भा हन।
 
Posted on 03-16-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भान्जी कता गै'छन ?
 
Posted on 03-16-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज त मज्जा भएछ है चौतारीमा, पुराना गाम्लेहरूको पुनर्मिलन भएछ, नयाँ हरूको प्रथममिलन भएछ। :)

यौटा गीत गाम्नुपरो।

वनमा फुल्यो फूलै फूल
वासना चल्यो मनैमा
हाँसु हाँसु लाग्न थाल्यो
.................


लौ भौते काजीले नि दौरा सुरूवाल छोडेर टाइ सुट लाएर आएछन्। :P
 
Posted on 03-16-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ यामे, एक राउन्ड भ्याइ सक्या हो कि क्या हो?

एक्छिन अगाडी चौतारीआँ आम्न लाग्दा जिम्माल बासँअ भेट भो बाटाँ । बुढा त हिजो अस्ती जस्तै भोटो र कछाड मैं थे तर खुट्टाँ हात्तीछाप चप्पला सट्टा लाखेले लाउने जस्तो बकुल्लाआ जस्तो चुच्चो भेको, घुँडाभन्दा नि माथिसम्म आउने, कुर्कुच्चा एक बित्ता माथि भेको, बुढाको आफ्नै अनुआर देखिने गरेर टलक्क चम्केको यामानको जुत्ता पो ला रैछन ।

"हैन, जिम्माल बा के लाउनु भा खुट्टाँ त्यस्तो गाइजात्रे खडाउ" भनेर सोधेको त बुढाले के भने था छ ?

'के भनुम ग्वाँचे, कुरो गरो कुरैको दु ख । हिजोराती भन्जा बाउसँअ त्यो निस बज्या नि आथ्यो । रातभरि मोराहरुले के के घिचेछन्, के के तानेछन ।फेरी कुरा नि कति गर्न सकेका, कैले हास्या छन, कैले झगडा गर्छन्, एकछिन नि सुत्न पा हैन । भन्जालाइ गाली गरुम भने नि कसरी गर्नु, जसोतसो रात कटाएँ । बिहान हेर्छु त मेरो चप्पल नै गायब छ, कुन बेला उडाएछ मोरोले मेरो त्यती राम्रो नयाँ चप्पल, यसपाली दसैंमा जम्मा चार बर्ख मात्रै त भा थो । छोडेर गएछ यि यस्तो लाखेको जस्तो तीन किलोको गाइजात्रे जुत्त ! "

"अनि ऐले कता जान लाग्नु भयो नि" भनेर सोधें ।

"कता भन्नु नि, भान्जोले हिजो निशेसंग मिलेर के के खाएछ, चर्पि मै बस्या बसेइ छ, दिन भरि । मलाई नि एइले चर्पि नगै भाछैन्, साह्रै च्यापेर ल्यायो, तेइभेर तल झाडीतिर जान लागेको, बाकी कुरा पछि गरुम्ला है साह्रै भो, एइले आउँला जस्तो भयो ............लागे है म त..........!!!!"

जिम्मालबासँग कुरा गर्दा बिजुली चम्केको जस्तो लागेकोथ्यो । कस्तो अचम्म, न बादल लागेको छ, न पानी पर्ला जस्तो छ, यस्तो सफा मौसम भेको दिनमा नि कसरी बिजुली चम्केको होला भन्ने ठानेको थे, तितौरीले फोटु पो खिचेकि रैछिन्, फेरी कति चाँडै फोटु नि धुलाइवरी चौतारीमा टाँसी पनि सकिछिन भन्या!
 
Posted on 03-16-07 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हउ ग्वाँचे ! यो प्याज र मुला सँग मात्र त छिरेन के घाँटीबाट। हाम्रो पिलान त चौपट भो के रे। उता पुन्टेदाइले नमेलाई गोर्खे-लौरी कसेर राख्याछन्। खशीको सपना अब सपना नै भो।

जिम्मालको कुखुरा भा' नि थुतेर ल्याउनुपरो गाँठे। जिम्माल डिङ्गो लाएर ढुङ्गो खोज्दै हिन्याछन्, निशेको खप्पर पोर्न भनेर, यही हो मौका। नभए तिम्ले पुन्टेदाइलाई फकाउँदै धोबिनिका भट्टीतिर भुलाएर राख। म गएर तिनको बिकासे भाले छोपेर ल्याउँछु। हुन त जिम्मालको लोकल भाले जस्तो त हुँदैन, तै पनि यो प्याज-मुला भन्दा त बेशै हुन्छ नि। :-)

पुन्टेदाइको भालेले त मुन्छेको कुरो नि बुझ्छ कि केहो, कान थापेर सुन्याछ गाँठे। :p

 
Posted on 03-16-07 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute Kaji, Gwanche buro, Chitre buro, sabailai DARHAN

आकाशमा बादलु टम्मै छ
मनमा के छ भन्नेलाइ सम्मै छ
 
Posted on 03-16-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भौते, प्याज-मुला, मुला-प्याज नि कति खानु यार ।यस्तो मुला, मुला-प्याज खानुभन्दा त बरु भोकै बस्नु बेस । तो खसीको मासु चाइ सपना मै खाम्ला, आज चाइ पुन्टे दाइको बिकासे कुखुरा नै रेटुम । म लागे है त पुन्टे दाइलाइ भट्टि मै कुरामा भुलार राख्छु, तिमी चाइ कुखुरा पुरस्कार थाप्न जाउ है त । तर तो नमेले जस्तो कुखुराको सट्टा अरु नै कसको कसको खुट्टा नतान्नु नि फेरी, नमे कै हालत होला नि!
 
Posted on 03-16-07 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के बुरो ! तिमी त आफ्नी तरुनी पोइला गै भनेर गामभरी रुँदै हिन्याछौ भन्ने सुन्याथेँ। झिल्के भे'र जन्मे पछि नि त्यस्ता झिना-मसिना कुराँ पुर्पुरोमा हात लाउँदै हिन्नि हो ? धुत् ! हाउँरा त कति गए कति आए कहिले एउ थोपो आँशु चुहाइएन के रे। :p

भउतेआ अर्ति मान्छौ भने एउटो भाले काटेर खाउ यस उपलच्छेमा। काली गए गोरी आम्छन, गोरी गए काली आम्छन्। गोरी पाए दुनियाको ताली, काली पाए दिलवाली। क्यार्न फिक्कर मान्याछौ ? हिन्नी मुन्छे एउफेर न एउफेर हिनेरै छाड्छन। तिम्री त बेलैमा हिनिछे। तिम्लाई माइकल भिडा'र हिन्याभे झन के दशा हुन्थ्यो ? :p

लौ अब रौसीको गिलास ठोक्याम्,

चियर्स !!!!!!!!!!!!!!!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters