world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 299780 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-02-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बुढा बा, सन्चै हुनुहुन्छ?
यसो चिठीपत्र खबरखाबर नभा' पनि धेरै नै भो त! सन्चो आराम के छ? दमको रोग कस्तो भो, स्याँ स्याँ लागिरा'छ कि?

अनि जिम्मालकी नातिनी सान्नानीलाई पनि "हाइ", "हेल्लो", "के छ", "सन्चै" छ।
Last edited: 02-Oct-07 09:14 AM

 
Posted on 10-02-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या गालउ, तो तिमि सित कुरो अर्या नि एउ बर्ख हुन लाएछ! क्यार्नु एस्तै रेछ जिन्तखि! अनि यो बर्ख यतातिर आउने कार्जेकरम छैन?
 
Posted on 10-02-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजसम्म 'मन' मन जस्तै भएर रुन सकेन।
नदेखिने दागहरु छरप्रष्ट, कसै गरी धुन सकिन

गालाउ र बिर्खे, अनि सान्नानी र सान्नानीको नानीलाई पनि तारेमाम् है।
 
Posted on 10-02-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बर्षैपिच्छे तीर्थ जानलाई मजस्तोले कसरी सक्नु?
अहिले, धान गोड्नैमा भ्याइ-नभ्याइ छ। त्यसमाथि पनि अहिल्या बर्ष पतेरो लागेर खेतै हेरिनसक्नु छ। यसचोटिको बाढीले सिम्ले खेतको बाँध पनि लगिहालो; नबनाई धरै छैन।
फागुनाँ हिउँदे तरकारी लाउने भइटोपलेको पानी; नपरेर सब्बै डढुवाले खायो। ब्यार्थै बिकासे बिउमा पैंतीस बिस फालियो।
दाम र कामले गर्दा खै आउन सकिंदैन जिबा! दशैंमा हजुरको हातको टीका लाउने त ठूलो इच्छा थ्यो।
 
Posted on 10-02-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे जदौ!

अन्तरे दाई, अलि अलि केहि महिना अघि सम्म खेलिन्थ्यो। एउटा खेलमा इन्ज्योर्ड भए देखि सन्यास लिएको छु अहिलेलाई चाँहि। हेरुम् कुनै दिन फेरी मुड आउँछ कि?

गालब, के छ यार तिम्रो खबर? दादा, गोतामे दाईहरुलाई हाम्रो नमस्ते सुनाइदेउ है त!

जिम्माल बा, सन्चै हुनुहुन्छ?

रिट्ठे, नमस्ते यार!

राहुलदाई, नयाँ ठाम रमाइलो भइराहोला हैन?

सान्नानी, सन्चै छौ?

अरु सबैलाई नमस्ते टक्राएँ।
 
Posted on 10-02-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्यान थाम्दै गर्या सबै मित्रहरुलाई स्वस्ती गरें -- बम्पर टु बम्पर वारेन्टी सकि सक्या तर एक्स्टेन्डेड वारेन्टीमा पुगेका ज्यानहरुलाई शुभकामना -- जंक ज्यानमा पुगीसक्या त कोही छैन होला यता, भए परलोक यात्रा फलदाई होस।
 
Posted on 10-02-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले मेरो पनि नमस्ते
अनी हामी सञ्चै? आज मदनवा खै त?
 
Posted on 10-02-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"-- जंक ज्यानमा पुगीसक्या त कोही छैन होला यता, भए परलोक यात्रा फलदाई होस। "
लौन हाहा

रिठ्ठे तेइ त है कुम्ले नै मदनवा जस्तो छ है?
 
Posted on 10-02-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेको टेममे हमि चोतारी हेरनेको पावँदेन
रिठे दाजु जब याद कियो हमि कैसन आवँदेन?

जे राम जि कि।
 
Posted on 10-02-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खर चिलिम् ब्रेकमा फुरेको सबिता राख्दै छु।


मनकी रानी

आकाश खसे नि
पाताल भासे नि
सधैं जपिरहने
सधै तपिरहने
मनकी रानी
मायाकी खानी।

होसमा गुनगुनाउने
बेहोसमा बरबराउने
पबित्र चन्दन हो कि
मुटुको स्पन्दन हो
जता ततै बास बस्ने
जिएको जस्तो आभास हुने
मनकी रानी
मायाकी खानी।

Last edited: 02-Oct-07 10:07 AM

 
Posted on 10-02-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मदनवा आयिलियो रे, हेहे हाहा हुहु फुउुउ
पान लियाये छौ मदनवा? खेनी ऊनी बनाइहाल खादे गरौ
त सुनाइलेउ खेती बाडी कस्तो हुदेछ? दाउनी गरिलिएउ तिमीले?
 
Posted on 10-02-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले --
तन त मेरो ठिक्क छ।
तिम्रा कृति पढ्न नपा'र
मन चैं दिक्क छ।

अस्तु:॥
 
Posted on 10-02-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्लेहरू! धेरै दिनपछि यौटा कथा लेखें पुरानो सम्झनामा आधारित।टिन एजको कुरकुरे वैंशमा के के हुने के के, अहिले संझिदा आफैंलाइ हाँसो उठ्छ!

ब्लफ कलको बिगबिगी

भर्खर आइ एस्सी सकेको थियो, एम बि बि एस को ईन्ट्रान्सको तयारीको लागि कलेजका ११।१२ जना साथीहरू सहित पुतलीसडकको यौटा कोचिङ् सेन्टरमा भर्ना भएको थिएँ। हाम्रो कलेजमा ११ जनाको ग्रुप थियो, ‘पाटन ग्रुप’, सबै पाटनका भएकोले। कलेजको त्यही ग्रुपलाइ निरन्तरता दिंदै कोचिङ् पनि सँगै गएका थियौं। नयाँ क्लासमा हाम्रै कलेजका केही केटीहरू अनि बाहिरका केटाकेटीहरू पनि थिए। क्लास बिहान सबेरै ७ बजे भएकोले आँखा मिच्दै उठेर जानु पर्थ्यो।

हाम्रो ग्रुपमा पनि गजब गजबका केटाहरू थिए, कोही बिहानै ५ बजे उठेर मर्निङ् वाक भन्दै मन परेकी केटीको घरमुनि गएर कुरिरहने। अनि केटी कोचिङ् जानको लागि निस्केपछि पछि पछि लाएर कोचिङ् आउने। आफू चैं सोझो भइ टोपलेको थिएँ, तर ‍त्यो उमेर नै त्यस्तो थियो कि, राम्री केटी बाटोमा देख्दा टाउको घुमाएर नहेरे पनि आँखा चैं छड्के पारेर हेर्न मन लागिहाल्थ्यो।

बिहान ७ देखि १० बजेसम्म पढेपछि केटाहरूसँग पुतलीसडकको चियापसलमा चिया पिउँदै हल्लिंदै घर फर्किईन्थ्यो। एक दिन जेठको टंटलापुर घाममा ११ बजे नै गर्मीले सीमा नाघिसकेको थियो। बल्ल बल्ल घर पुगेर खाना खाने तर्खर गर्दै थिएँ, एक्कासी फोनको घण्टी बज्न थाल्यो। खान ठीक्क परेको भात त्यसै छोडेर फोन उठाउन दौडें।

“हेल्लो!” भोकले गर्दा थकित स्वरमा बोलें।
“हेल्लो! त्यहाँ चित्रेलाइ पाउँ न!” उताबाट केटीको सुरिलो स्वर आयो।
“बोल्दैछु, को हो?” कलेजकै कोही साथी हो कि जस्तो पनि लाग्यो।
“के गरिरा’को?” मेरो प्रश्नको उत्तर नदिएर अर्को प्रश्न पो गरी।
“म भर्खर कोचिङ्बाट आएको। तिमी को बोलेको?” मैले सही कुरा बताएँ।
“कहाँ पढ्छौ कोचिङ्?” उसले फेरी सोधी।
“हैन को बोलेको? मेरो नंबर कसरी पायौ?” मेरो उत्सुकता बढिरहेको थियो।
“मेरो नाम सुजाना हो। मैले तिम्रो नंबर एक जना साथीको डायरीबाट नोट गरेको!”
“को साथी?” मेरो जिज्ञासा बढिरहेको थियो।
“नाम त म भन्दिनँ, तर तिम्रो कलेजमा पढ्छे! तिमी मसँग भेट्छौ?”
“हुन्छ!” मेरो मुटु जोडले ढुक्ढुकाउन थाल्यो।
१८।१९ वर्षको त्यो उमेरमा नचिनेको केटीको फोन आउँदा म दंग परेको थिएँ। हुनत कलेजका केही केटी साथीहरूसँग फोनमा कुरा हुन्थ्यो समय समयमा, तर यस्तो खालको कल चैं पहिलो थियो।
“ल म पछि फोन गर्छु है त, अनि कहाँ भेट्ने भन्छु!” उसले भनी।
“हुन्छ!” मेरो मन हावामा उड्न थाल्यो।
फोन राखेपछि मैले कहिले खाना खाएँ, के गरें केही थाहा भएन मलाइ, फोनको घण्टी बज्यो कि मेरो मुटुको धड्कन बढ्न थाल्थ्यो र मेरा खुट्टाहरू आफसेआफ फोन भएको दिशातिर दौडिन्थे। तर दिनभरी कुर्दा पनि उसको फोन आएन।

भोलि पल्टपनि घाम, धुवाँ, धूलोसँग जुध्दै घर पुगेर खान मात्र के ठीक्क परेको थिएँ, फोनको घण्टी बज्न थाल्यो, “टिर्रर्रीङ्ऽऽऽ!”
बाघ झैं उफ्रेर फोन झम्टन पुगें।
उसैको फोन रहेछ।
“हिजो किन फोन नगरेको?” मैले सोधिहालें।
“त्यतिकै” उसले भनी।
“तिमी कहाँ के पढ्छौ?” मैले उसको बारेमा पनि जान्न खोजें।
“म पिपुल्स क्याम्पसमा बि बि एस फर्स्ट यरमा पढ्छु”
म भन्दा त एक वर्ष जेठी पो रैछे, मैले मनमन सोचें।
“अनि तिम्रो जाँच आउन लाग्यो हैन? पढ्नु पर्दैन?” बि बि एसको जाँच आउन लागेको कुरा मलाइ थाहा थियो। त्यसैले सोधें।
“हो, अर्को महिनामा छ” उसले भनी, “ल त म राखिदिन्छु है!” उसले एक्कासी फोन राखिदिई।
यसरी अचानक फोन राखेकोमा म छक्क परें केही दुखित पनि।
मैले पढाइको बारेमा सोध्न नहुने थियो कि क्या हो, मनमनै सोच्न थालें।

त्यसपछि केही महिनासम्म ब्लफ्कलको खडेरी लाग्यो। तर जब जब फोनको घण्टी बज्थ्यो, मेरो मुटु पनि ट्वाङ् ट्वाङ बज्न थाल्थ्यो।

साथीहरूलाइ पनि भनें यो कुरा, तर को केटी हो कल गर्ने पत्ता लाग्न सकेन। रहस्य रहस्य नै रह्यो।

-------------------------------------------------------------------------------------------

केही महिनापछिको कुरा हो, आइ एस्सीको रिजल्ट पनि भैसक्याथ्यो, मेडिकल ईन्ट्रान्स दिनु भन्दा पहिले बी एस्सीका आवेदन खोलेको हुनाले सबैले टी सी मा फाराम भरेका थिए। जियोलोजी भन्ने विषय देख्ने बित्तिकै मैले केही नसोची त्यसैमा आवेदन हालेको थिएँ।
साँझमा ड्याडीसँग टिभी हेर्दै थिएँ, फोन बज्न थाल्यो।
“हेल्लो! चित्रेलाइ पाउँ न!” उताबाट केटीको आवाज आयो।
“बोल्दैछु!” कोही चिनेकै साथी जस्तो लाग्यो, तर हैन रहेछ।
“के गर्दैछौ?”
“टि भी हेरिरा’को, को बोल्या?”
“मेरो नाम मीना हो, आज तिमीलाइ टि सी मा देख्याथें, त्यसैले फोन गर्न मन लागेर गरेको!” उसले भनी।
“अनि मेरो नंबर कसरी पायौ त?” उही पुरानो जिज्ञासा पोखें।
“म पत्ता लाइहाल्छु नि तिम्रो नंबर, मलाइ तिम्रो बारेमा सबै कुरा थाहा छ!”
लौ को रैछे यो? म झसंग भए!
“सबै कुरा थाहा छ रे? के के कुरा?” मैले सोधें।
“तिमी ---- स्कूलमा पढ्या हो?”
“हो!”
“तिमी ---- कलेजमा पढ्या हो?”
“हो!”
“तिम्रो एस एल सीमा ---- प्रतिशत आएको हो?
“हो!” म छक्क पर्ने थालें, यसलाइ त थाहा रैछ बा!
“तिम्रो आई एस्सीमा ----- प्रतिशत आएको हो?
“हो!” यो पनि थाहा रैछ!
“तिम्रो कलेजमा रोल नं ९ हो?”
“हैन! रोल नं ८ हो मेरो!” यो चैं गलत सूचना रैछ उसँग, म दंग परें।
“तिमीले यौटा अचम्म खालको विषय पढ्न लागेको हो?”
“कुन अचम्म खालको? जियोलोजि भनेको? हा हा!” मलाइ हाँसो उठ्यो।
“तिम्रो बेस्ट फ्रेन्ड सुवर्ण हो?”
“मेरो धेरै बेस्ट फ्रेन्ड मध्ये सुवर्ण पनि एक हो, किन र?” मैले सोधें।
“आज तिमी र सुवर्णलाइ टि सी मा देखेकी थिएँ, तिमीहरू सँगै हिड्छौ नि सधैं त्यसैले सोधेको!”
बाऽऽऽऽ! यो केटी त जासूसै हो कि जस्तो लाग्न थाल्यो मलाइ!
“अनि तिम्रोबारेमा पनि भन न!” मैले आग्रह गरें।
“मेरो नाम मीना हो” उसले दोहोर्याई। “म ए भी एम स्कूलमा पढेकी! लौ त पछि कुरा गरम्ला!” उसले फोन राखिदिई।

मैले हतार हतार सुवर्णलाई फोन गरें।
“सुवर्ण, तिमीसँग यौटा कुरा गर्नु थियो!” मैले एकै सासमा भनें।
“चित्रे, तिमीसँग नि यौटा कुरा गर्नु थियो!” उसले पनि एकै सासमा भन्यो।
“के कुरा?” दुबैले एकै पल्ट सोध्यौं।
“म भोलि भन्छु क्लासमा” ड्याडिको अगाडी सबै कुरा बेलिबिस्तार लगाउन अप्ठ्यारो लाग्यो मलाइ।

भोलि पल्ट क्लासमा थाहा भयो कि सुवर्णलाइ पनि त्यही साँझमा उही मीनाले फोन गरेकी रहिछे, अनि मलाइ जस्तै ब्लफ दिएकि रैछे।
“त्यो केटीलाइ त मेरोबारेमा सबै कुरा थाहा रैछ यार!” ऊ भन्दै थियो।
“मेरो त जाँचको प्रतिशत पनि ठ्याक्कै भनी बा!” मैले भनें।
“मेरो त कलेजको रोल नं पनि मिलाई!” सुवर्ण अवाक थियो।
“मेरो चैं रोल नं अलि मिलेन उसले भनेकी!” यसमा मलाइ अलि खुशी लाग्यो।
हाम्रो ग्याङ्का अरू साथीहरूले हामीलाइ खूब जिस्क्याए, उडाए।

“यो तिमीहरू मध्येकै काम हो!” मैले दोष लाएँ। “त्यो मीना भन्ने केटी ए भी एम मा पढेकी रे, अजित र महेश पनि त्यहीं पढ्या हैन? तिमीहरूले नै दिएको होला हाम्रो नंबर र सबै ईन्फर्मेशन!”
“मलाइ तिम्ले एस एल सीमा कति ल्यायौ थाहा पनि छैन! मलाइ पो दोष लगाउँछ!” अजित जंगियो।
“त्यही त, अरू केही काम छैन र तिमीहरूको जासूसी गरेर बसुँ?” महेशले भन्यो।
“त्यसो भए कसरी थाहा भो त त्यो केटीलाइ सबै कुरा?”
“हा हा हा हा!” सबै गललल हाँसे!

सुर्वण र मैले चैं प्रश्नवाचक दृष्टीले एक अर्कालाइ हेर्यौं।
Last edited: 02-Oct-07 10:50 AM

 
Posted on 10-02-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa ko ko aaisake chan. aafu ta ajhai busy chu.

dalu dalu hadurko haaltabar kato ta?

ani sabai lai mero namaste cha hai taaaaaaaaaaaaa
 
Posted on 10-02-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuleeeeeeeeeeeee ajhai busyyssssssssssss???????????????????
 
Posted on 10-02-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे कथा को लागि धन्यवाद, पढ्न पाको छैन अली बिजी भएर
पढेर कमेन्ट गर्ने नै छु
ठुलि के छ? सन्नानी छोरी लाई लोरी सुनाउने बेला भा हो?
 
Posted on 10-02-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे तिम्लाई खुब लोरि गाउन मन ला हो? ल गाउन त एउटा। चौतारी आईडल् मा नि काम लाग्छ।
 
Posted on 10-02-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-02-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sanani ali busy nai chu. timi kaam maa ki ghar ma? ani hamri aarnaa chori lai kasto cha.

ritthe ke cha mora timro haal chaal? mero sabai thikai cha. ali busy chu. tarkari bechna sakeko chaina.
 
Posted on 10-02-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरू सप्पै कता लागेछन त आज? ठुल्दाइ पनि बेपत्ता अघी एउटा सबिता छोडेर
जिम्माल बुढा पनि देखिदैन, पातकी बुढा अघी त आजको दिन पनि देखियो भन्दै थिए त, तेइ दिन हेर्न मात्र आ'रछन त
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters