Nepal News May 18
Popular Videos





   [Show all top banners]

Dada_Giri

Subscribers
:: Subscribe
Related Videos
Back to: CHAUTARI Refresh page to view new replies | HOME PAGE
 चौपारी-२००७ Fix Unicode

[Please view other pages to see the rest of the postings. Total posts: 450]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  >>
[VIEWED 22690 TIMES]
NEW! Click here to get reply notification email
SAVE! Save this thread for ease of future access.
The postings in this thread span 15 pages, View Last 30 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-01-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

mo:mo ta sarai mitto lagcha tara aaj bharkharai nepal baat tannai mo:mo khar aako. pet ni dukhiraacha. aru kunai din khana aaulaa. bythe way thanks
 
Posted on 01-01-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Happy new year 2007.
 
Posted on 01-01-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठूली आएको?:)
कस्तो भयो नेपाल बसाइ? कोसेली के ल्यायो त ?
राहुलदाइको म:म: पसल मा पनि मिठो म:म: पाउछ हो ??
 
Posted on 01-01-07 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

, मिस, तारेमाम् है।म:म्: पसल त कहाँ हुनु, आज बिहान देखि पानी परेको झोंकम घरै मा पकाको । अ्रिका तिर म:म्: पसल खोल्ने चाँही पलान छ, चौतारीका गाम्ले हरु लाई २५% छुट दिने बिचार छ ।
 
Posted on 01-01-07 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ए, ल सिरे नि आएचन्, ठुली नि आइचन्।

अब दादाको स्याउते चौतारीमा साउती मार्न झन मजा हुनी भअ। पुरानै चौतारीमा आ' जस्तो लाग्न थाल्यो।

ख्वाक्क ख्वाक्क!
 
Posted on 01-02-07 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नमस्ते है गाम्लेहरू!!!

ए ठूली! तिमी आयौ? :)

कस्तो भयो नेपाल बसाइ? कहाँ कहाँ घुम्यौ? मलाई एकदम खुशी लाग्यो तिमी आएकोले.
ह्याप्पी न्यू यियर २००७!
 
Posted on 01-02-07 5:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जदौ !!
सपैलाइ

ए ठुली पनि फर्कि सकिछन् त

चित्रे के बिधि आत्तिएको ठुलि नहुँदा - कति धेरै प्रश्न एकै सासमा सोध्न भ्याको नि ?


ख्वाक्क ख्वाक्क ख्वाक्क ख्वाक्क!
 
Posted on 01-02-07 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठूली फर्किछन् नेपाला'ट। नेपालको अचेलको खवरको पार लाम्दै थिन् ठूली, चित्रै हाम्फाल्दै आईपुग्यो। 'अब गोताएँ याँ' नबसेकै बेश, विचराहरु बल्ल-बल्ल भेट हुन पा'का छन्!' भनेर हिने म दुबैलाई बाई-बाई गरेर।

भउतेका घरनिर पुग्या'थें, "-- ज्वाईँ पछिल्तिरा'ट स्वागत छ--" भनेर भउते करा'को सुने। स्वागत पनि धेरै-धेरै थरिका हुँदा रछन्, भउतेलाई था' र'छ! फेरि, म त भउत्या' ज्वाईँ हैन, मलाई त किन बोलाम्थ्यो तेसरी भउतेले, कल्लाई बोलाम्छ भउते भन्नी लागो। हैन को र'छ भउतेको ज्वाईँ हेरेरै जानु परो भनेर भउतेका आँगनतिर लागें। थुक्क--! मैले सिरेलाई बिर्सिरा'! बज्जे पोहर अरब जान्छु भनेर हिनेको, फर्केर आएछ।
यस्सो अरबका कुरा पनि सुनम् भनेको, सिरेले "सबभन्दा पैला, आजै, जमुनीलाई लिन ससूराली जान्छु, दुई-चार दिन ससूराली बसेर आ'सी तिमारु भातमाराहर्लाई अरबका बात सुनाम्ला!" भनो के रे। हुन नि' हो, अब विदेशका गफ आफ्नी जहानलाई पैला नसुनाई काँ अरुलाई सुनाम्नु?!

मान्छे त सिरे अझै दुब्लै र'छ, सुक्या ज्यान अझै फुक्या रैनछ। तर दामचैं कमाको जस्तो छ है! होश गरे है जिम्माल!
 
Posted on 01-02-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

miss nepal ko basaai saro ramro bho. tara rugha laage ra hairan. ghumna ta dharai thaumaa ghumna paaena. dai ko bihele garda bg bho. jehos sabai chautari sathi haru laai miss gare.
 
Posted on 01-02-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जदौ !
ए ठुलि के छ ?
कैले फर्क्यौ? खोइत हामिलाइ पनि ल्याइदिन्छु भन्या जस्तो लाम्तो कोशेली ?
जे होस् बिहेको कसार खान पाइएला जस्तो छ ।
 
Posted on 01-02-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आलु र तामा हजुर ससुरालाई जामा
सासुज्यु इस्टकोट
हा है सासुज्युलाई इस्टकोट

इन्द्र कमलको फुलको हजुर वासना मीठो चल्यो
कहाँ होला तेसको बोट
हा है कहाँ होला तेसको बोट

गीत गुनगुनाम्दै सिरे जमुनीका माइतीघर मुन्तिरका डहरको बाटो उकालिँदै रेछन्। "कुन मल्हायाको लाउरे आयो गाँठे?" भनेर मैले कान ठाडा ठाडा पारेर हेरेको त सिरे पो रेछन्। ताधि माघाँ गैरा बारीयाँ तोरी छरेर गा हुन्, अहिले तोरी पाक्नी बेलाँ ठा्याक्कै फर्केछन् ।

"के छ सिरे कैले आयेऊ? सञ्चै छौ?" भनेर सोधेको त।
"अस्ति फिरेको दादा। अल्हम दुलिल्ला"! पो भन्छन् बा!

के भने के भने मैले नबुझे नि बुझै झैँ गरेँ। "अँ दुलिल्ला दुलिल्ला" भनेर भनेँ।
 
Posted on 01-02-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

''miiss nepal ko basaai saro ramro bho.''ह?
ठूली,
को हो त्यो ''miiss nepal'' भन्ने ?:D :D
नमस्कार है सप्पै लै

मत मेलोपात मा छु ह..... , कुरो अर्ने फुर्सद छैन ।
:(
 
Posted on 01-02-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ए दादा तेहै भएर हो क्या तो तोरी लाउरे भनेको

हैन साझामा पनि मिस नेपाल आइन् र भन्या ?

कुरो बुझे मर्दिनु
::
 
Posted on 01-02-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

maile sabai chautari sathiharu laai nepal ko dhulo koseli lyaaedeko chu
 
Posted on 01-02-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ए ठुली पनि फर्कि सकिछन् त
 
Posted on 01-02-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ए ठुली पनि फर्कि सकिछन् त, वेल्कम ब्याक, कोशेली हाम्लाई नि ल्या' होला नि, कि चित्रेलाई मात्रै हो?

सप्पै गाम्लेलाई नयाँ बर्षको नयाँ नमस्ते ;)
 
Posted on 01-02-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ए ठुलि के भन्या त्यो ?
धुलो कोशेली रे ? तेस्तो धुलो कोशेली ता ४-५ महिना अघि पनि खा हो अब ४-५ महिना पछि आफै गएर खाइन्छ नि ? तिमिले बोकेर दु:ख गर्नै पर्दैन्त्तो ।

केक्के न होला भनेर मख्ख भा...........
 
Posted on 01-02-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

welcome back name, where were u
 
Posted on 01-02-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जदौ सपै गामलेहरुलाई!

सिरे मोरो अरप बाट फर्केछ, पैसो को थैलो बोकेछ र हाम्रा भन्दा बढि खेत किन्ने भनेर गामभरि फलाक्तै हिनेछ! तेल्ले खाडिबाट ल्या पैसोले त पोर -परार बन्दकिआँ राखेओ खेत निखन्न नि पुउदैन गाँठे! मेरो उठिबास लाम्ने कुरो अर्दो रेछ ए राता मकै!!
भनेसि काका बुडा नि गाम फर्केछन कि के हो हँ?

ठुल्नानि नि नेपाल शहराँ ग'र आइछिन्। म बुडोलाई के ल्याइदिन कुन्नि? यो जाडाँ घाँटि छोप्ने एउडा फेटा भए यो खोकि अलि कम हुन्तो कि?
 
Posted on 01-02-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

को को छौ अइले?
लु बात मारुम!
 
Posted on 01-02-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

के गर्दै छौ मामा बुढा अहिले? सन्चै ?
 
Posted on 01-02-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

प्याच्च बोल्न मुन लाओ!

यि दादा नि अगेर कल्ले हो बनाओ चौतारिआँ छपनि भएन भुनेर फत्फताइरा थे, एसपालि
आफैँले एउडा गमलाँ राख्ने फुलको बुटा अस्तो जिनिसलाई चौतारि भुनेर राखेछन्!
यो चौराँ फुला माला गाँस्तै बस्नु?? फेरि मजाले देखिने भा' नि हुन्तो!
उसै त बुडेउलिले अर्दा आँखोले तेति ठम्माम्दैन तेसमाथि यो फुला बुटा हेर्न बलडेङ्ग्रे चस्मा लाम्नु पर्ने!!!

हरिशरणम!!
 
Posted on 01-02-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सन्चै छु भन्नु परो भान्जो।जाडोले ज्यानै लिन लाइसको!
हाड सम्म चिसो छिर्छ गाँठे!
 
Posted on 01-02-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तेस्तै हो गाँठे, हामी ठिटाहरु लाई त सताई रा'छ यो जाडोले। मामाको त झन बुढो हड्डी, ख्याल गरुम है, बित्याँस पार्ला नि।
 
Posted on 01-02-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भान्जो मात्तै रेछ याँ त!
कता अन्मरिए अरु?
भउते बज्जे र यामे उता पल्लो गाममा इस्कुल हो कि के को हो कुरो अर्दै रेछन अउँरेजिमा!
 
Posted on 01-02-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हरि, जिम्मालबा नमस्ते अरे है!
के छ हालखबर, सँचै ?
 
Posted on 01-02-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तारेमाम्, सबै लाई, नयाँ चौतारी सुस्ताए छ कि क्या हो, धेरै जना छुट्टीमा हो कि?
 
Posted on 01-02-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल मेरो पनि नया बर्षको नमस्ते है।।अनि १ बर्षको बिदामा साथिभाइहरुले के गर्नु भो कुन्नि?
 
Posted on 01-02-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दाम छैन, काम छैन, त्यसैले राम राम भन्दै बसें, नयाँ सालको छुट्टीमा । नानु जी ले के गर्नु भयो, सुनम न हामी पनि ।
 
Posted on 01-02-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

के गर्नु दाइ?मेरो पनि हाल आम नेपालिको जस्तै त हो नि।।।छोरि सँग बसेर खेलियो।।मोमो खाइयो अनि छोरिले नदेख्ने गरेर लुकेर बिएर पिइयो।।फिल्म् हेरियो।।गर्द गर्दै एक् बर्स बिति हालेछ नि।।।थाहा नै पाइएन।।। अनि साझामा तपाइहरुका बिचारहरु पढ्न पाएपछि त समय गाको पत्तै हुदैन नि।।।।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  >>


Please log in to be able to reply! If you don't have a login, please register here.

NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Quick Links

Like us in Facebook!

free counters
66.249.73.62