[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 214829 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 03-02-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जरेमाम ठुल्दाइ !



अनी फिर्ती सवारि भैसक्यो दाई?



घरमै  भएर नि आज किन ढिलो नि? अनी आज त चिया को नि डिमान्ड छैन? ठुल्दाइ सुध्र्या कि बिग्र्या?



हाम्रा तिर नि सेताम्य हिउ छ अझै पर्दैछ ! आज दिन भरी पर्नी भन्या छ असत्ती हिउ पनि ! बरु तेस्को साटो आलु को डल्लो बर्स्या भे हुनी नि ! उसिनेर मज्जा ले नुन र टिम्मुर सँग खानु हुन्थ्यो नि !



हाम्रा मा नि आज म बाहेक कोइ छैन हाम्रो डिपार्टमेन्ट मा ! तेइ भएर आनन्द छ अहिले लाई !



 
Posted on 03-02-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जरेमाम ठुल्दाइ !



अनी फिर्ती सवारि भैसक्यो दाई?



घरमै  भएर नि आज किन ढिलो नि? अनी आज त चिया को नि डिमान्ड छैन? ठुल्दाइ सुध्र्या कि बिग्र्या?



हाम्रा तिर नि सेताम्य हिउ छ अझै पर्दैछ ! आज दिन भरी पर्नी भन्या छ असत्ती हिउ पनि ! बरु तेस्को साटो आलु को डल्लो बर्स्या भे हुनी नि ! उसिनेर मज्जा ले नुन र टिम्मुर सँग खानु हुन्थ्यो नि !



हाम्रा मा नि आज म बाहेक कोइ छैन हाम्रो डिपार्टमेन्ट मा ! तेइ भएर आनन्द छ अहिले लाई !



 
Posted on 03-02-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे।


देख्या थिएं , र पनि छैन होला भन्दै न ठोकेको । अमुल्य तारेमाम खेर जाला भनेर।


रिट्ठ्या मध्ये रात को १ बजे घर पुगियो। हिउं र हुरी को सयुक्त आक्रमण लाई झेल्दै। अनी ढिला सुतियो । ढिलाई उठियो।



पून्टे बुढा सँग हिजो लन्च डिनर थियो । ३ घण्टा शपिङ गरियो। ९९ सेण्ट को मार्कर पेन किनियो ।


 
Posted on 03-02-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कस्तुरीले बास आउँछ भन्छन्
सुन माया आएन त्यो किन हो यो दिनैमा

पहिले माया हाँसेर लायौ
सुन माया अहिले पो चाल पायौ हो यो दिनैमा

सोमबारे जदौ सबै गाम्लेहरुलाई।

आज पून्टे कताबाट झुल्के भनेको त हिउँ परेर यतै अड्केका रहेछन्। अनि एट्लन्टिक छेउमा बसेर पसिफिक तिर जाने हो त मम माल खोज्न?  
रिट्ठे, ल यतै आउ उता जाडो लागेको भए। बिहान ३० जतिमा झरेको थियो यता पनि तर भोलि दिउँसोसम्म त ८० पुग्छ रे।
दीपू पनि बिहानै आएकी रहिछन् तर चियै ल्याइनछन्। हो, सान्नानीले चौतारी छोडेको भन्दा कस्तो शून्य र खल्लो लाग्ने रहेछ।
ठुल्दाइ, तेसो भए आज टडकको काजु भात नखाइने भयो, मखुला?
पूरे, तारेमाम।
बाउचाले चाँही किन हो रिट्ठेको पोस्टिङ् कपेर पेस्टेको, त्यो पनि दुई दुई चोटि? फेरि दिमागको चिरफार गर्नु पर्‍यो कि के हो?    
 


 
Posted on 03-02-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले साथीहरु  सबैलाई हाई!


अनि प्रीति सिस(सान्नानी)   --- साच्चि नै संसार सानो छ ---समयले चाँहे अर्को वे पनि  भेटिएला नि --हैन त?


तिमीलाई धेरै शुभ-कामना!


 
Posted on 03-02-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुराँस को फेद मुनी सम्झना को छाया
जहाँ गये नि किन लाग्छ मलाई तिम्रै माया


जदौ चिप्ले, जदौ लहरे


आउन त हुन्थ्यो नि चिप्ले तर एक्कै चोटि दक्षिण हुइकिनु पर्छ र पो त ! अनी चिप्ले नि आज ढिलाई झुल्क्यो नि?

बौचा कोपी क्यात के छ तिम्रो खबर? जिम्दै रेछौ त ! हिजो कता हो क्रेजीले रुखमा झुन्ड्याइदेको देख्या थे !


ठुल्दाइ, भने सि तेसो पो रैछ कुरा ! पुन्टे दाई हरु हुइक्या रेछन हिजो तेसोभये ! अनी ९९ सेन्ट्स को मार्कर ले काम गर्दैछ त दाई?


पुरे कता बेपत्ता भएछ त ! अली लामो लामो लेख्नु पर्‍यो भन्या ! बिर्खे बुढा को ५ लाइन वाला आचार संहिता बारे थाहा छैन होला सोम लाई !


 
Posted on 03-02-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन मैले लेखे पछी फुल स्टप लागेछन्त !


कता गाका हुन सपका सप?


आज त प्यार प्यारे बौचा र चनमती केली नि छैन त !


बिस्टे नि आज देखिया छैन !


अरु त अरु ठुल्दाइ नि महा को काम छोरा भन्या ! घर बसेसी चाँही चौतारी च्याउनै नहुनी? झन मजा ले घन्टै पिछे चिलिम बिरेक गर्दै ! कबिता कथा लेख्दै गर्नु पर्नी हो !


सुरे, चेली नि छैन आज !


चिप्ले नि कता चिप्ल्यो?


 
Posted on 03-02-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी आउनु भा रैछ ! देख्दै नदेखिरा !


सलामवालेकुम मिस दिदी ! खैरियत है ना?


धेरै दिन पछी आउनु भो मिस दिदी ! अनी हामी सञ्चै छम?


 
Posted on 03-02-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

मिस दिदी आउनु भा रैछ ! देख्दै नदेखिरा !



सलामवालेकुम मिस दिदी ! खैरियत है ना?



धेरै दिन पछी आउनु भो मिस दिदी ! अनी हामी सञ्चै छम?


 
Posted on 03-02-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)


वालिकुमसलाम रिठ्ठेभाइ!


सब कुछ ठिकठाक है, बाइद वे आप कैसें है --  हिहिहिहि मेरो हिन्दि !


बौचा सन्चै छौ?


 
Posted on 03-02-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


उन्ताक देखुन बेफुर्सति भ' र कइले यता लर्याक्क कइले उता लुरुक्क अर्दा अर्दा चौतारीयाँ आम्न पाइएन गाम्लेहो क्यार्नु! भुँडि भर्नै जो पर्दोरेछ क्यार जिन्तखि बाँच्न! लौ बल्ल बल्ल आईपुया छु बात मारम्।


सान्नानीले यो थलो छोडेर हिन्ने कुरो अरिछिन् बरा के परेछ कुन्नि तेस्तो। तर यसपालिओ चौतारी बनाऊने लाउरेले चौतारीको नाउँ नै चाइन्जो बटारेर बनाएछ। तिम्रा आँखाँ फुलो पर्नि, ' चौतरी' हइन 'चौतारी ' हो ए लहरे बजिया! बरु नाउँ सुद्द लेखे सान्नानी नि जान्नथिन् कि?


लु फेरि एउबाजि सपैलाई नमस्ते!


 
Posted on 03-02-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल बा !


हो भने सप्पै एइ लहरे ले अलच्छिन ला'र हो ! बज्जेको दात दुख्या थ्यो क्यारे चौतारी बनाउदा खेरी अन्त 'चौतारी' लेख्या 'चौतरी' लेखेछ ! गर्नु गर्‍यो नि लहरेले ! सान्नानी नि गईन एइ बज्जे ले गर्दा !


अनी जिम्माल बा आज कताटी हो फुर्सत मिल्या??? कि त्यता नि यता जस्ताइ हिम पात भएर घर तिरै आराम गरिरा हो?


जे होस् चर्क्या नली खुट्टो सोझो पारी पारी चौतारी सम्म आइदिनु भएको मा धन्यवाद है ! 


मिस दिदी, मन्ने भि भले चंगे हुँ जी ! अरे आप्दी हिन्दी तो बहुत हि खारा है !


 
Posted on 03-02-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu, himmaa puriyaa madanwaa ko "SUVVU" dulera aaiyo...aba kaat kut shuru...momo paakesi khabar aramlaa...diunsai khoye birko nalaako ni dherai bhaa thyo...majja aai ra-cha!

yaabri day eesnoing ta khub majja bhaying naa? day yaaftarr day momo yund raausii!
 
Posted on 03-02-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ रिट्ठे, काँ पा'र हिउँ पर्नु नि, हिजो बेलुइखेर त चिस्चिसो थो, अइले त बाइर उखरमाउलो घाम छ।


इनको सत्तेनाश हुने पुन्टे बुडा तिम्रा थुतुनाँ किरा पर्न नसक्या, यो भोकले भुँडि हल्लि'रा बेलाँ के के कुरो सुनाम्छौ ए असत्ति बुडा? सभुआँ डुले नि केइ थे'न, ममचा त के सिंगै भैँसि चपाए नि केइ थेन, तिम्रा थुतुनाबाड क्यार्न खोया बिर्केको नाम ओकल्नु परेको हँ? घाँटि सुकेर घ्यार् घ्यार भओ लौन नि! बरु कसैले उताडि दीपको 'सुलोक्सन' ल्या'र  यो बुडोको थुतुनोआँ 'पन्चट' टाल्नु परो, खोया बिर्कोको कुरा सुनेर ह्याँ भुँडि घाँटि सपै 'तिरपट' होला अस्तो भओ!


 
Posted on 03-02-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे बुढा को दिम्सै म:म पाटी विद खोया बिर्के? आब्बो ! वाह  लाइफ हो त ऐसी !


आज पेट दुख्ने पर्‍यो पुण्टे दाई को ! यता जिम्माल ले नि आँखा लाउदैछन खोया बिर्के को उता म:म भनेसी म नि हुरुक्कै !


 
Posted on 03-02-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>दीपको 'सुलोक्सन' ल्या'र  यो बुडोको थुतुनोआँ 'पन्चट' टाल्नु परो<<<


हाहाहा


 


 
Posted on 03-02-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई।
के भाको चौतारीलाई आज? सधैं उपस्थित हुने बिष्टे र ठुल्दाइ पनि छैनन् आज।  चौतारीबाट अघोषित अवकाश लिएका पून्टे र बिर्खे बुढाहरु भने कताबाट बाटो बिराएर आएछन्। रिट्ठे भने बिहानै देखि बसिरहेको छ। तेस्को आँगनमा आलुका डल्ला झरेका भए त्यो पनि बस्दैनथ्यो। उसिनेर नून टिमुरसँग खाइरा हुन्थ्यो तीनपानेसँग।    

 
Posted on 03-02-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kyaa naam...birkhe ko saraap...poonte ko taalu...dekhesi tarsera bhaage holaan ni sappai, chainjo...chiplu!

ma ta fit fit...capitaan morgan ra coke le...dhanna momo ko maasu molna sidhiyo...nattra pachhi garna parya bhe ke ke hunthyo...

oi paataki birkhe!

timlai tyo nakharmaauli dhobini ko kanchi chhori chyaapera piune belaa haamlaai samjhe theu ra ahile aara haamlai dhamki laauni? suloksan le mero thutuno hoina..timrai mutuno taaldimlaa ke re ni aaile! grrrrrrrrrrrr

paaki sakyaa chhiana, nattra fotu raakhera bajje hurlaai murmuryaauna haamle ni jaanyaathem!
 
Posted on 03-02-09 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ladi budi gardai bhae ni aaipuge...din dhalna laaisake cha sab orali laagna thale jastaa chan


lau jadau bhanna matt aako hai..


thuldai,pontedai,samdhijyu,ritthe,lahare,miss naani poore,soore,bhaanji,chiple ani aru chutekaa sappai lai jadau ani taremaam..


bholi sakharai feri aune nai chu..


 


 
Posted on 03-02-09 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यता पनि एकचोटी हेर्दिनु पर्यो (माफ पनि गर्नु होला -चौतारीमा सूचना नदिई छिर्नेलाई)


 


हार्भर्ड बिश्वबिद्यालयको अण्डर ग्र्याडुयतमा अध्ययनरत, शैलेमुनंकर्मी, आफ्नो भक्तपुर स्थित पूर्ब बिद्यालयका बिद्यार्थीलाई "एक बिद्यार्थी एक ल्यापटप प्रोग्राम" (One Laptop Per Child (OLPC) अन्तर्गत् ल्यापटप किनेर सहयोग गर्न लागी परेका छन् । उनकै शब्दमा "म आफूले अध्ययन गरेको बिद्यालय र हुर्केको समाजलाई मेरो क्षमताले भ्याएसम्म सहयोग गर्न चाहन्छु । ती म जति भाग्यमानी छैनन् । "


आजको आर्थीक मन्दीमा पनि शैलेश आफ्ना केहि सहपाठीका सहयोगले यो कार्य पूरा गरि छाड्ने अठोट र बिश्वासका साथ अर्थ संकलन गरि रहेका छन् । यस पुनित कार्यमा हेल्प नेपाल नेटबर्क (www.helpnepal.net )मार्फत् शैलेको सराणा गर्दै आफ्ना दाता र सहयोगीहरु समक्ष पूर्ब सहयोगकोलागि धन्याबाद दिदै शैलेको यो प्रयासलाई सार्थक बनाउन आर्थीक सहयोग गरि दिनु हुन हार्दीक अनुरोध गर्दछ ।  उनको सफलताले अरु कैयौं शैलेहरु ऊत्साहित हुनेछन् र यस्तै पुनित कार्यमा अग्रसर हुनेछन् भन्ने बिश्वास लिएका छौं ।


 


तपाईको सक्दो सहयोग तलको लिंकमा क्लिक गर्नु होला Hundred laptops for Bhaktapur School  चेक गर्नु होस् ।


 


https://secure.groundspring.org/dn/index.php?aid=5012


 


तपाईको सहयोग पूर्ण कर मुक्त रहने छ र भर्पाई पनि तुरन्त छाप्न सक्नु हुनेछ । यदि चेक लेख्न चाहनु हुन्छ भने र भर्पाई हामी ईमेल या हुलाक मार्फत् पठाउने छौं ।


 


Treasurer


HELP NEPAL Network - USA


24 Chandler Street


Arlington , MA 02474


USA


 


 


यस बाहेक शैलेसले अर्थ सकंलन कार्यका लागी काठमाण्डु स्पाईस, आर्लिङ्टनमा मार्च ८ तारीखमा १ -४ बजे सम्म नेपाली बुफेको आयोजना गर्दैछन् अरु सोधनी रहेमा शैलेसको फोन 857-891-1047 या ईमेल shailesh.munankarmi@gmail.com मा सम्पर्क गर्नु होला !


 


नेपालकोलागी नेपाली


 


सहयोगको अपेक्षा गर्दै


डा. मबि सिह


प्रेसिडेन्ट


हेल्प नेपाल नेटबर्क (www.helpnepal.net) अमेरिका


 


नोट : यहांहरुकै सहयोगमा हेल्प नेपालले हालसम्म एकवटा तालीम केन्द्र सहित १० वटा ई -लाईब्रेरी स्थापना गरि सकेको छ ।


 


 


 


 


 Harvard Senior to Raise $20,000 for Laptops for Nepali Children


 


Shailesh Munankarmi, a senior at Harvard University is working to raise US$20,000 to donate laptops from the One Laptop Per Child (OLPC) program to his hometown school in Bhaktapur, Nepal. Under this program, the donor who pays for one hundred or more laptops are able to designate where the laptops are distributed.


Shailesh wants to give back to the school and community that he grew up in. In his own words, not all children are as privileged as he is. Undeterred by the economic climate, believing that help is even more necessary at these difficult times, and with the help from few of his classmates, Shailesh is hosting a fund raising event on March 8, Sunday 1-4  (a Nepali Buffet) at the Kathmandu Spice Restaurent at Arlington (See details at the end of the page).


 


Help Nepal Network USA, a 501 (c) (3) non-profit organization is proud of Shailesh's endeavour and would like to encourage him and others like him in such efforts. To support Shailesh's effort, we have made it possible for you to make tax deductible donations via our website www.helpnepal.net or


 


https://secure.groundspring.org/dn/index.php?aid=5012


 


 or by writing a check to Help Nepal Network USA.


 


Niva Shrestha


Treasurer


HELP NEPAL Network - USA


24 Chandler Street


Arlington , MA 02474


USA


 


Online donors will receive instant receipt via email.


 


Please help this courageous young man help his community in need.


 


Please feel free to contact Shailesh Munankarmi with any questions regarding (857-891-1047) or email: shailesh.munankarmi@gmail.com


 


Dr. Mabi Singh


President, Help Nepal Network USA


www.helpnepal.net


Speaking through action!


 


P.S.: Learn more about low-cost high-impact e-libraries Help Nepal Network (HENN) is establishing in many parts of the country at http://helpnepal.net/news/elibrary.html


 


------------------------------------------------


Benefit Luncheon - OLPC for Nepal


Date:                 Sunday, March 8, 2009


Time:                 1pm – 4 pm


Location:           Kathmandu Spice Arlington MA 02474, (781) 316-1755


Food:                Nepali Buffet


Activities:          Hear Nepali songs, automatic entry in a raffle for gift certificates from      local businesses and restaurants, as well as gifts from Nepal  


Admission:        $100/person (fully tax-deductible)


 


Reservation Required. Early reservations will be entered into a raffle for two complementary tickets.


 


For further questions and reservation please call or email


 


Shailesh Munankarmi    857-891-1047, shailesh.munankarmi@gmail.com


 


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters