[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 308702 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-06-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्साँल्ट करेको छ हाम्रो

हामी मान करेर बतियाउछु हे चयाङ्वा दाजु
उहाँ चिचियाउनु हुन्छ "निहु खोज्जास आजु"

अब बोल्नुस् यो कुनै बात भयो राम्रो
चयाङ्वा दाजुले इन्साँल्ट करेको छ हाम्रो

 

इज्जत दिन्छु म उहाको डर के मारे
निशान्त भईया टिरिपमा बोल्नुहुन्छ "वो झारे"

अब बोल्नुस् यो कुनै बात भयो राम्रो
निशान्त भईयाले इन्साँल्ट करेको छ हाम्रो


 

लाइन मारेको छु डालेर सर्सोंके तेल बालमा
बसन्तीले भरी चोतारीके आगे मार्नु भयो गालमा

अब बोल्नुस् यो कुनै बात भयो राम्रो
बसन्तीले इन्साँल्ट करेको छ हाम्रो


 


 
Posted on 06-06-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल नेत्रे!

हामी मान करेर बतियाउछु हे चयाङ्वा दाजु
उहाँ चिचियाउनु हुन्छ "निहु खोज्जास आजु" 


  हाहाहा इनसाँल्ट करेछ रे कसले???

 

नेत्रेको नाम पनि नेतरवा रखिलिने पर्छ रे अब्!


 
Posted on 06-06-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी परिक्षा २००८

 

(उत्तर दिँदा सकेसम्म आफ्ने रिसोच र भाषा शैलीमा उत्तर दिएमा यस्ता उत्तरलाई ग्राह्यता दिइने छ। नक्कल गर्न जति भनेपनि पाइन्छ तर उत्तर नक्कली हुन हुँदैन।)

 

पूर्णाङ्क- १००

उत्तिर्णाङ्क- ४०

फेलाङ्क- ०-३९

 

(कुनै १० प्रश्नहरुको उत्तर दिनुहोस। प्रश्न नं १, २, ४, ९ र १५ अनिवार्य छन्।)

 

१)      झिल्के भनेर चिनिने पुराना चौतारीका औतारी श्री झिल्केनाथ झाँगडको पुरानो नाम के थियो? उनको नाम कसरी परीवर्तन भयो? (२००५-२००६ का चौतारी बाट)

२)     श्री लहरेकान्त लाकौलको पुरा नाम र पद लेख्नुहोस! (२००७-२००८ का चौतारी बाट)

३)     चित्र बहादुर चित्रकारको चौतारीको पहिलो काल्पनीक प्रेमीकाको नाम भन्नुहोस। उनको पुरानो प्रेमिका र उनलाई लिएर चौतारीमा के के भएका थिए खुलस्त पार्नुहोस? (२००५ का चौतारी बाट)

४)     चौतारीको सुरुवात कसरि भएको थियो र चौतारीका प्रथम इन्जिनियर को थिए? (२००५ का चौतारी बाट)

५)    चौतारी स्कुलमा प्रौढ शिक्षामा कतिजना बिद्ध्यार्थीहरु थिए? ति सबैका नामहरु उल्लेख गर्नुहोस। (२००६- २००७ बाट)

६)      चौतारी स्कुलका रोल नम्बर २,३, ४ र ५ का बिद्ध्यार्थिहरुको परिचय दिइ केहि लेख्नुहोस।

७)    मुकुन्डो जात्रा कहिले (साल र महिना भने पुग्छ) कसरी र किन भयो चर्चा गर्नुहोस।

८)     महर्षी श्रि गालबेन्द्र गिरीको स्वस्थानी वाचनमा कुन कुन औतारीहरु समावेश भएका थिए सम्झे सम्म नाम लेख्नुहोस।

९)      कुनै चौतारीका औतारीको नक्कल गर्दै ७ हरफ लेख्नुहोस।

१०)   पुन्टेन्द्र प्यारा परियार, भगुतभाई भन्डारी र राहुलभाई रायमाझिको परिचय दिनुहोस।

११)   चौतारीमा कुनै समय अत्यन्तै कृयाशील रहेका तर अचानक मुगलान भासिएका ३ जना औतारीहरुको बारेमा केहि लेख्नुहोस।

१२)   चौतारी सर्वभक्षी भोजनालयको मेनुमा रहेको कुनै ५ परीकार र त्यसको मूल्य लेख्नुहोस।

१३)   चौतारी तारारम्पम र कफि विद कुम्ले मा आएका  कुनै ५ जना अतिथीहरुको नाम उल्लेख गर्नुहोस।

१४) चौतारीमा कृयाशील रहँदा आफूलाई तितो लागेको क्षण भन्नुहोस, र किन लाग्यो त्यो पनि खुलाउनुहोस।

१५)  चौतारीमा प्रथम पटक पाइला टेक्ने महीला औतारी को थिइन्? उनको बारेमा लेख्नुहोस।

 

 

यो परिक्षाको उत्तर आइपुग्नु पर्ने समय बढाएर आइतबार मध्यरात सम्मको राखिएको छ। सबै कुरा धेरै अध्ययन गरेर लामो लेख्न पर्छ भन्ने छैन। जाँगर भए खोजेर लेखे पनि हुन्छ, नभए सम्झेको लेखे पनि हुन्छ। रिजल्ट सोमबार बिहान प्रकाशित गरिने छ। हतार नगर्नुहोस बिस्तारै गरे हुन्छ!

 

धन्यवाद्

 


 
Posted on 06-06-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो कबी गर्न सक्या हो सब जना  ले, नसकिने भो बा !!

 
Posted on 06-06-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म चाँही अलमल्लै परे है !

सबैजना कबिता लेख्न भएछन हाम्रो चौतारीमा पनि !

 


 
Posted on 06-06-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 1 नेतारवा 1 दामी गयो

Hello aloof


 
Posted on 06-06-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)      झिल्के भनेर चिनिने पुराना चौतारीका औतारी श्री झिल्केनाथ झाँगडको पुरानो नाम के थियो? उनको नाम कसरी परीवर्तन भयो?

ANS: Amazing – आइते, जंगे

उस्ले आँफैले नाम परिवर्तन गरेर अब देखी मलाई झिल्के भन्नु भनेको थियो

२)     श्री लहरेकान्त लाकौलको पुरा नाम र पद लेख्नुहोस!

ANS:  'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा  'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन  चौतारी समाचार समिती का बरिष्ट संवाददाता'  तथा  'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब'  तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा  'उस्ताद  चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'  को पद पाएता पनि तोते बोलिमा केही सुधार न आएको हुँदा सोही दिन पद घटाएर केबल 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष'  मात्र हुन पुगेको छ

पुरा नाम :श्री लहरेकान्त लाकौलको


 
Posted on 06-06-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त, sab जाना कबी लोल !!
ह्यलुउ स्प्रिङ्गअ! ह्यलुउ अरु चौतारे हरु !!


 
Posted on 06-06-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो जाँच पो आइसकेछ त!! अस्तिको सेमेस्टर नि ड्रप हान्द्या थें, यो पालि त ३२ भए नि ल्याउनै पर्छ !! 
लौ म त बसें पढ्न, "चौतारी पाठ्य पुस्तक " !!

हरे म नि कति हुस्सु भएँछु, नमस्कार है सबैलाई


 
Posted on 06-06-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१. आइते ( अस्ति नै झिल्केले भनेको याद छ मलाई )
२. 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा  'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन  चौतारी समाचार समिती का बरिष्ट संवाददाता'  तथा  'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब'  तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा  'उस्ताद  चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'  को पद पाएता पनि तोते बोलिमा केही सुधार न आएको हुँदा सोही दिन पद घटाएर केबल 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष'  मात्र हुन पुगेको छ
४. शुरुवात त साझा.कम मा धागो बनाएर भाथ्यो !! इन्जिनियर चाहिं थाह भएन, म त होइन क्यारे !!
१५. थुल्नानी ठकुरानी । के लेखम् म उनका बारेमा, चतुर्मुखी ब्रह्मा र हजार जिब्रो भएका शेष नागले नि वर्णन गर्न नसक्ने गरी, अवर्णनिय छिन् हाम्री ठूली !
१४: कुनै पनि छैन.



 
Posted on 06-06-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye paataki ho kataa laagyou timiharu? Sappai janaa hasurna laagye jasto chha. Ki chautaari parikchhya ma basyou? 

sorry, unicode chalena.


 
Posted on 06-06-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ni lage padhna chautari pustika
 
Posted on 06-06-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१. आइते ( अस्ति नै झिल्केले भनेको याद छcheli लाई )
२.
'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा  'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन  चौतारी समाचार समिती का बरिष्ट संवाददाता'  तथा  'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब'  तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा  'उस्ताद  चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'  को पद पाएता पनि तोते बोलिमा केही सुधार न आएको हुँदा सोही दिन पद घटाएर केबल 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष'  मात्र हुन पुगेको छ
४. शुरुवात त साझा.कम मा धागो बनाएर भाथ्यो !! world map aka chitre hola, म त होइन क्यारे !!
१५. थुल्नानी ठकुरानी । के लेखम् म उनका बारेमा, चतुर्मुखी ब्रह्मा र हजार जिब्रो भएका शेष नागले नि वर्णन गर्न नसक्ने गरी, अवर्णनिय छिन् हाम्री ठूली !
१४: asti karela khako क्षण bahek tito bhako क्षण  कुनै पनि छैन.

 

 






 
Posted on 06-06-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo mero rough copy ho hai practice gardai chhu ke tyam chha ni  ahile........


१)      झिल्के भनेर चिनिने पुराना चौतारीका औतारी श्री झिल्केनाथ झाँगडको पुरानो नाम के थियो? उनको नाम कसरी परीवर्तन भयो? (२००५-२००६ का चौतारी बाट)

आइते, एक्दिन अकस्मात् उन्ले आँफै अब देखी मेरो नाम झिल्के भनेका


२)     श्री लहरेकान्त लाकौलको पुरा नाम र पद लेख्नुहोस! (२००७-२००८ का चौतारी बाट)

चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा  'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन  चौतारी समाचार समिती का बरिष्ट संवाददाता'  तथा  'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब'  तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा  'उस्ताद  चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'  को पद पाएता पनि तोते बोलिमा केही सुधार न आएको हुँदा सोही दिन पद घटाएर केबल 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष'  मात्र हुन पुगेको

३)     चित्र बहादुर चित्रकारको चौतारीको पहिलो काल्पनीक प्रेमीकाको नाम भन्नुहोस। उनको पुरानो प्रेमिका र उनलाई लिएर चौतारीमा के के भएका थिए खुलस्त पार्नुहोस? (२००५ का चौतारी बाट)

४)     चौतारीको सुरुवात कसरि भएको थियो र चौतारीका प्रथम इन्जिनियर को थिए? (२००५ का चौतारी बाट)

भौते मामा हराएकाले सुचना निकाल्नु पर्ने स्थिती आएको र त्यसै सुचनाको प्रतिफल चौतारी खुलेको श्री नेपालीयन भनिने इन्जिनिएर नमेकान्त

५)    चौतारी स्कुलमा प्रौढ शिक्षामा कतिजना बिद्ध्यार्थीहरु थिए? ति सबैका नामहरु उल्लेख गर्नुहोस। (२००६- २००७ बाट)

एक जना बिर्खे माइला मात्रा याद छ मलाई त।

६)      चौतारी स्कुलका रोल नम्बर २,३, ४ र ५ का बिद्ध्यार्थिहरुको परिचय दिइ केहि लेख्नुहोस।

७)    मुकुन्डो जात्रा कहिले (साल र महिना भने पुग्छ) कसरी र किन भयो चर्चा गर्नुहोस।

८)     महर्षी श्रि गालबेन्द्र गिरीको स्वस्थानी वाचनमा कुन कुन औतारीहरु समावेश भएका थिए सम्झे सम्म नाम लेख्नुहोस।

जिम्माल, भौते, पुन्टे, जुरेली, ठुली, तितौरी, मास्टेर्नी दिदी, नेम, चित्रे, कुम्ले

९)      कुनै चौतारीका औतारीको नक्कल गर्दै ७ हरफ लेख्नुहोस।

१०)   पुन्टेन्द्र प्यारा परियार, भगुतभाई भन्डारी र राहुलभाई रायमाझिको परिचय दिनुहोस।

११)   चौतारीमा कुनै समय अत्यन्तै कृयाशील रहेका तर अचानक मुगलान भासिएका ३ जना औतारीहरुको बारेमा केहि लेख्नुहोस।

१२)   चौतारी सर्वभक्षी भोजनालयको मेनुमा रहेको कुनै ५ परीकार र त्यसको मूल्य लेख्नुहोस।

१३)   चौतारी तारारम्पम र कफि विद कुम्ले मा आएका  कुनै ५ जना अतिथीहरुको नाम उल्लेख गर्नुहोस।

निशान्त, जिम्माल बा, मदनवा, ठुली, तितौरी

१४) चौतारीमा कृयाशील रहँदा आफूलाई तितो लागेको क्षण भन्नुहोस, र किन लाग्यो त्यो पनि खुलाउनुहोस।


छैन

१५)  चौतारीमा प्रथम पटक पाइला टेक्ने महीला औतारी को थिइन्? उनको बारेमा लेख्नुहोस।

म्याउटिस रोज,


 
Posted on 06-06-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

९)      कुनै चौतारीका औतारीको नक्कल गर्दै ७ हरफ लेख्नुहोस।

ANS: च्यङ्बा

आइ जिबाल बारी नाबुल, म्हो तेरो गार्दान सार्दान छिनाली दिन्जा। उसाइदा कुस्लाई भुटेकुशिमा बागाइदिम जास्दु लागिराजा आजा म्होलाई। म्हेरो लोल खाच्चार पानी काराकु काराकाइ जा। त्यो धादुरेले पानी म्हिरो माइच्याङ को गालामा माया गारेजा। म्हो तोङ्बा खारा बासेकु बेलामा माइच्याङ  ले पार्ना लायु।म्होइले कारायु बान्यु उस्ले बायना बान्यु, म्होइले खर्ल्याम बान्यु त्यो पानी बायना बान्यु। त्यो धादुरे ले मोहानि लागायु जास्दो जा मेह्रो माइच्याङलाई म्होइले जे बाने पानी बायना बान्जा। त्यो धादुरे  ले बानेको मात्ताइ बायु बान्जा। तेस्ले के आउसादी दियु म्हिरो माइच्याङ्लाई लु बान  म्होलाई। तालाई पाकाइ थाहा जा जास्दु जा। बानिनास् बाने कि ता छाइन कि म्हो छाइन। लु बान 

jpt है जस्ट अ सट


 
Posted on 06-06-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ४)  चौतारीको सुरुवात कसरि भएको थियो र चौतारीका प्रथम इन्जिनियर को थिए? (२००५ का चौतारी बाट)

ANS: भौते मामा हराएकाले सुचना निकाल्नु पर्ने स्थिती आएको र त्यसै सुचनाको प्रतिफल चौतारी खुलेको श्री नेपालीयन भनिने इन्जिनिएर नमेकान्त

१५)  चौतारीमा प्रथम पटक पाइला टेक्ने महीला औतारी को थिइन्? उनको बारेमा लेख्नुहोस।

ANS: म्याउटिस रोज,

८)     महर्षी श्रि गालबेन्द्र गिरीको स्वस्थानी वाचनमा कुन कुन औतारीहरु समावेश भएका थिए सम्झे सम्म नाम लेख्नुहोस।

ANS: जिम्माल, भौते, पुन्टे, जुरेली, ठुली, तितौरी, मास्टेर्नी दिदी, नेम, चित्रे, कुम्ले


 


 
Posted on 06-06-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम: सुन्तल् मान स्थापित
रोल: पछाडिबाट फस

प्रशन ९ को जवाफ।

अरु उत्तर पछी दिनेछु । तारेमाम। 

९)      कुनै चौतारीका औतारीको नक्कल गर्दै ७ हरफ लेख्नुहोस।

(अंखामा बिहानको घाम पर्छ, बुढा उठ्न खोज्छन)   ऐया बाबा, मरे! यो नली खुट्टो पनि कती दुख्न सकेको। तो मदन्वावे डाउटर हो कि के जाती देहाती लाई देखाको पनि १ बिसा रुप्पे मात्रा नाश, खुट्टो उस्ताको उस्तै।  हरी शरणम। बुढेस कालां यो आँखा ले पनि मेसो नपाउदो रछ। लौरो भन्छु त आफ्नै खुट्टो पो समाछु। कती सुकेको यो खुट्टो पनि। ऐया।  कासी नपुगी मर्छु भो। हरी शरणम। हैन मेरो लौरो कता लगिस ए दीपिके नातिनी। तेरा पासुलाका मासु नझारी त। ऐया।  जहिले यो बुढाको लौरो लियो भाई सँग उफ्र्यो। छोरी मान्छे भर छोरो मान्छेले जे गरो तेही गरेर हिड्नु हुन्थो के त। ऐया। मरे बाबा। काँ मरे काँ नाती नतिना पनि। बल्ल झुल्किस। कां अन्मरिएकी थिस्। ऐया। मेरो घोक्रो सुकिसको। बुधेसकालाँ कती कराउन लगाउछौ। खै ले मेरो लौरो। ऐया। हैन लोटा पनि कता परेछ फेरी। उ उता पुराछन। ऐया। (बारी तिर लाग्छन) . हं हं खुइया ह ह ह खुइया। ......

ह ह, खुइया। हरीसरणम। हन यो तल्ला गराको रायो पनि यसपाला त कहिल्यै झांगेन। सदै आएकै छु यो डिलां। रायो जत्रा को तत्रै। पानी नपुग्या हो कि मल नपुग्या हो। अब यो बुढाले मात्र मल थेग्न नसक्ने भो। खोराक नै छैन, के पुगोस। हरी शरणम। मरे बाबा। ऐया। खुइया। (बुढा मुस्किलले टुक्रुक्क बस्छन)। यो खुट्टो चर्केको चर्कै छ। बस्न पनि गाह्रो। ह ह ह। ............. (लोटा रित्याउछन। यसो पछाडि हेर्छन।) एती जाबो मलले के हुन्थो। तो चेली नातिनी कता गैछ। खाली चक्लेटको पछी लागेकी छ। ऐया। आजकालका केटा केटी चर्पी नभै नहुनी। एसो बिहान बेलुका एही डिल तिर आए त रायो अलिक मौलाउथो नि। ऐया। चर्पी गयो, पानीको सत्तेनाश। खानका कालहरु। न बल छ, न मल छ। ह ह ह .... ऐया। खुइया।

(घर पुग्छन।) हैन तो भौते पनि कता अन्मरिएछ। ए भौते! भौतेssss!! तेरा तिग्रामा मासु बढेका। कस्तो असत्ती। कहिले घरमा छैन। २४ घण्टा जुरेलिकां बास। खान त आउलास नि। तेरा नली खुटा नभाचि त। ऐया। यो खुट्टो कती चर्केको। मरे बाबा। ऐया। ए बसन्ते नातिनी। ए सन्नाने नातिनी! कता छौ। लु मलाई चिया ल्याओ। हरी शरणमा!!!!!!!!!


 
Posted on 06-06-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तर आउने क्रम जारी छ र पुस्तक छापिने क्रम पनि जारी छ! अहिले जति आउँछ लेख्दै जानुहोस र सम्झे पछि थप्दै जानुहोस। जतिबेला अब भयो भन्ने लाग्छ सो उत्तरलाई फाइनल भनेर उल्लेख गर्नुहोस! कापी जाँच आइतबार बेलुका गरिने छ र भोलिपल्ट रिजल्ट प्रकाशित गरिने छ! पुरस्कार पाउनुहुने महानुभावलाई ई-पुस्तक, ई-फेडेक्स द्वारा ओभरनाईट माफ गर्नुहोस ओभरमिनट पोस्ट गरिने छ! साथै प्रथमहुलेलाई, कम्पलिमेन्टरी प्याकेजको पनि व्यवस्था छ! चौतारीका औतारी श्रि मदनवा महतोको कविता (जसलाई उनले गना-कबिता भन्न रुचाउँछन्) को रंगि चंगी हास्य कबिताहरुको संग्रह तथा  चौतारीकै अर्का औतारी भगुतभाई भन्डारी द्वारा लिखित उपन्यास 'सरुको यादमा' को कम्प्लिमेन्टरी कपि उपलब्ध गराइने छ। त्यति मात्र कहाँ हो र, प्रथम हुनेले मिठो मिठो खाउन भनेर मिठा मिठा परिकारहरुको आफ्नै ठेट नेपाली भाषामा लेखिएको रेसिपीको संग्रह पनि दिइने छ! राम्रो संग पढ्नुहोस र परिक्षा दिनुहोस, पुरस्कार पाउनुहोस!

धन्यवाद्

चौतारी परिक्षा नियन्त्रण कार्जेलय


 
Posted on 06-06-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१४) चौतारीमा कृयाशील रहँदा आफूलाई तितो लागेको क्षण भन्नुहोस, र किन लाग्यो त्यो पनि खुलाउनुहोस।

ANS: छैन

 

१३)   चौतारी तारारम्पम र कफि विद कुम्ले मा आएका  कुनै ५ जना अतिथीहरुको नाम उल्लेख गर्नुहोस।

ANS: निशान्त, जिम्माल बा, मदनवा, ठुली, तितौरी

 

लौ बल्ल तल्ल ८ ओटा पुग्यो बाकि चै बिस्तारै अरुले लेखे पछि थाहा हुन्छ।

 

तर माइला दाइ झेल्लि आफु चौतारिमा जन्मिनु भन्दा अगाडिको प्रस्न सोधेर हामि जस्तालाइ मर्का पार्ने, धन्न सान्नानि हुनुहुन्थ्यो र खुशु खुशु सार्न पायियो १ २ ओटा त

 

 


 
Posted on 06-06-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्स्ट्रा ग्रेड प्रश्न सम्बन्धी सुचना:

 

आइतबार बेलुकि सम्म बेला बेलामा र्र्य्यान्डम्ली एकस्ट्रा ग्रेडको लागि प्रश्नहरु सोधिने छ। जसले पहिला उत्तर दिन्छ उसले १ अंक तुरन्तै आफ्नो खातामा जम्मा गर्छ। तसर्थ चौतारी रिफ्रेश गर्दै जानुहोस र खातामा अंक भर्दै जानुहोस!!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters