[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 262894 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-15-08 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


chitreeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee

 
Posted on 02-15-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई!!!


 
Posted on 02-15-08 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिजो मैले कति फोने गरेको यो चित्रेले त फोने नै बन्द गरेको रैच। अनि भोइस मेसेज्म च "यो चित्रेको मोबाइल हो। आज् चित्रे आफ्नो चित्रेनि सङ दिनरमा ब्यस्त भएको कारनले हजुरहरुको फोन उथाउन नसकेको मा छ्यमा प्राप्ति चु" रे


 
Posted on 02-15-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म पनि आए है, आज त बिहानै देखी अैपुगेछु त.
ठुलि, चित्रे, चेली लाई तारेमाम् गरे है,
कस्तो जाडो, वो चित्रे अली पर सर त, म पनि आगो तापु, कस्तो
आगो छेकेर बसेको। वो ठुलि आलु ल्याएन आज, पोल्नु हुन्थ्यो,
अनी चेली त बिहानै अैपुगेछ, आज त चौतारीको ढोका चेली ले नै खोल्यो होइन,
ल ल आउ ल बस, 

 
Posted on 02-15-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुक्रबारे सुक सुकाउदो जदौ सबैलाई
हो हो अन्तरे दाई म र आकसि मैया लगभग सँग सङै छिर्या हो चौतारीमा

आकासि मैया र म चाँही एक्कै पटक हो छिर्या, खै कता लागिछन त अचेल
लौ अन्तरे दाई, चमेली, ठुलि, चित्रे, सबैलाई हाssss
Happy Friday!

 
Posted on 02-15-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !!!!!!!
के छ ताअाअाअाअाअाअाअा?
शुक्रबारे झमाझमे जदौ!

ठुली चिया खायौ?


अन्तरे दाई एका बिहानै ?


चेली जदौ!


 चित्रे, रातो गुलाफ भेटियो कि?


 
Posted on 02-15-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है गाम्ले हरु ।

चितरे बोरो ले हिजो पलास्टिक को गुलाफ ले परपोस गरेछन् नि । कसलाई हो त्यो चाहि थाहा भएन ।

 
Posted on 02-15-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो लहरे कस्तो बात्थो क्या आलु लेर अौरे। मेरो आमाले मलाइ मर्दैन आलु लेर गयो भने। आफै लेर अौ।
रित्थे हाउ आर् यु?


 
Posted on 02-15-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई शुक्रबारे जदौ!

खै हाम्लाई त फुन सुन नि गरेनन् कसैले! हिजा दिन यो बुडोलाई कल्ले सम्झनु खै, आफ्नै पुन्टे दाईले गरे बरु! भउते भाईले गरो बरु!


 
Posted on 02-15-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा हिजोको दिनमा हजुरलाइ किन दिस्तर्ब गर्नु भनेर नि। भाउजु सङ फोन मा बिजिहोला भनेर नि।

Last edited: 15-Feb-08 09:00 AM

 
Posted on 02-15-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो लोभी राइछ तो ठुलि त, एउता आलु पोलेर खाउ भनेको पनि पैदाइन जस्तो छ,
एतो जाडो मा आलु पोलेर खान कस्तो मिठो हुन्छ। तेत्रो बारिमा आलु रोपेको थियो ठुलिको।
एउता, दुइता चौतारीमा ल्याये सबैले खान पाउथे।
ठुल्दै, रिट्ठे, जिम्बाल अनी सोमे लाई पनि तारेमाम्
 
Posted on 02-15-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे त्यो हाम्रो बारिको आलु तिम्रो लागि भनेर रोपेको होकि क्याहो। आर्काको चोरिलाइ लोवि रे

 
Posted on 02-15-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, बिर्खे बा, लहरे , सोमे अनी रिट्ठे।


आज भोली बिर्खेबा ब्यस्त भएर बिजी हो जस्तो छ।

 लहरे आलु खाउ, पिडालु खाउ, दिमाग नखाउ।


 
Posted on 02-15-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे, चित्रे, चेली, ठूली, लहरे, रिट्ठे, ठूल्दाई तथा सोमेलाई नमस्ते!

हिजो राति देखि नेपे दाईको यो लाइन बर्बराएको बर्बराएइ छु-

 

बिहान् मेरो चिहान् लिइ आउँछु भन्थ्यो अरे

म सिउँदै थिएँ, केवल त्यहि एक रात म ज्यूँदै थिएँ

 

Last edited: 15-Feb-08 09:14 AM

 
Posted on 02-15-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे आलु खाउ, पिडालु खाउ, दिमाग नखाउ। Rahul dai le hasayo

 
Posted on 02-15-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहान् मेरो चिहान् लिइ आउँछु भन्थ्यो अरे

म सिउँदै थिएँ, केवल त्यहि एक रात म ज्यूँदै थिएँ dami cha tara kina chihaanko kuraa gareko bhane hyaa.

 



 
Posted on 02-15-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठूल्दाई मेरो दिनभरि काम गर्दा फुर्सत अनि काम छुटेसि व्यत भएर बिजि हुन परिराछ!

हैन ठूली त्यो त नेपेदाईको लाइन हो, हिजो राति भिडियो हेरेको अनि त्यहि गुन्गुनाइरा छु!


 
Posted on 02-15-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ठूली, म हिजो सपनामा चित्रेनीसँग डिनरमा थिएँ, तिम्रो फोन नि सपनामै आएको थियो क्यारे!

राहुलदाइ, गुलाफहरू त टन्नै भेटिए, तर रातो हो कि कस्तो हो रंग छुट्याउन अलि गाह्रो भैराछ!

जिम्माल बा, तपाइलाइ म बृध्द दिवसको दिनमा फोन गर्छु नि है!

सोमे, पलास्टिकको गुलाफ झन् राम्रो नि, कहिल्यै ओइलाउदैन!

लहरे, रिट्ठे के छ हालखबर?

आज अलि बिजि भैएला जस्तो छ!

 
Posted on 02-15-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maila dai ko dui laina ramro ta babal ramro chha, tara ali kasto kasto lagyo!! Chihan ko siunu sanga k sambhanda? K siunu bhako ho? kehi bujhiena! Aasha chha, aru haraf ma kuro aafai bujhiela!

 
Posted on 02-15-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!

बबाल सुतिएछ गाँठे!  अड्डा पुग्नुपर्ने बेलाँ त सपनामै परिएछ, बल्ल बल्ल जसोतसो पुगिया'छ।  पुग्न त पुगियो अब क कस्को के के सुन्नु पर्ने हो कुन्नी, के फसाद आईला' हो यस्तो?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters