[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 200332 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-10-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काजी भनेको काजी नै हो के
दामि गयो लौ बल्ल पो देखियो तो
 
Posted on 09-10-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते-जी, भैगो के मा बिजी छु भनेर नभनम भो यहाँ। यही दु:ख बिर्सन भनेर चौतारीमा धाइन्छ, फेरि यहाँ आएर पनि त्यै कुरा गर्यो भने मज्जा नहोला। अनि यो टुक्रा दाsssssमी छ। माथि माथि धेरै पढ्नै छ। साह्रै मजाको गैराख्याछ जस्तो छ।

अझै याद बाकि नै छ
कोमल हातले छोएको दिन
तिमीले बिर्सेर जाँदा
भक्कानो परेर रोएको दिन

मलाई यस्ता सरल तर अथाह भावुक टुक्राले साह्रै छुन्छन्। प्रशंशा गर्न पर्छ भनेर गरेको हैन, पर्बते-जी, आत्म देखि बोलेको।
साथै मेरो टुक्राको प्रशंसाको लागि धन्यबाद है।

शुभ-दी, दर्शन गरेँ। त्यो शेर प्रश्फुटनमा साझाकै सालीको देन छ। अब त कल्पनाको भरमा लेख्न सकिन छोड्यो। अनुभवलाई शब्दमा उतार्न अर्कै मज्जा हुने रे'छ के। अब चेली बन्न तयार हो भने गुरु दक्षिना तयार पार्नुस है। म अलिक महङ्गो मान्छे छु।
 
Posted on 09-10-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन भउते को टेबलाँ फोटु हुल्ने काम फत्ते भएर लेख्न पनि सुरु भाईसकेछन्त
ल ल अती उत्तम

 
Posted on 09-10-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
भउते दर्शन मेरो पनि
भावि चेलिमा पर्छ कि पर्दैन ? :)
---हुनत हिजो राखिसकेकि आज फेरि परिमार्जन गरेर 'गजल' भन्न लायक छ त ?नेपेदाजुको त दर्शन नपाइने होला त्यसपछिको हस्ति हजुर लै दक्षिणा स्वरुप टक्रयाए माइती झन यति महंगो र प्यारो हुन्छ भन्ने थाहै थिएन

आँखैमा धुलो पर्दा,मेरो हजुर याद आयो
समाहित हामीदुबै, त्यो प्रहर याद आयो

समर्पित सबै विस्वासमा, शून्य सरी दूरी
संयोजन तृप्ति स्वर्गिय, शहर याद आयो

पिउने बहाना लीइ, धेरै बाजी थाती राखी
रित्तिएको संगै रातको, लहर याद आयो

ढुकढुक धडकन , जोड्दैसिंगो बनाउदै
सम्हालेको हजुरले त्यो कहर याद आयो


अब हजुरको हुन पाए चेली भावि सबै राउरो लाग्छ बाबै!! जुरेली लै बुइनी बना'र ज्वाइसाप को दिदी सासु( मनमनै:पुन्टेदाले साली भन्न बेर छैन फिरि) नि बनुम कि जस्तो। अझ यस्तै मिठा मिठा शेर हरु फुरिरहने भए त साली पनि बनुम कि जस्तो
Last edited: 10-Sep-07 09:48 PM

 
Posted on 09-10-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ-दी, अब मलाई नै गुरुस्थापना गरेपछि द्रोण जस्तो अभिमान बोकेर अस्विकार गर्न नि सकिन। पछि बुढि औँला माग्नु भन्दा अहिले नै गुरुआश्रममा शरण दिएँ, रे क्या ।

अँ साँच्ची, गजल दामी छ। तर प्राविधिक रुपमा भने स्यानो त्रुटि देखियो। यो नियम भन्ने कुरा यस्तै हुन्छ के। गद्य कवितामा जस्तो पकेटा फिजाएर भुरुरुरुरुरु उड्नै नपाइने।

त्यो सुरुको लाइनको "हजुर" ले थोरै कुरा बिगारी राखेको छ। अन्त्यमा "हर" अथवा "अर" आउने खालको शब्द खोज्नु पर्यो। हुन त त्यहाँ "हजुर"लाई प्रतिस्थापन गर्न सक्ने त्यस्तो सुहाउँदो र मीठो शब्द पाउन साह्रै गाह्रो छ। प्रत्यक हरफमा अक्षरको सँख्या त के गनिराखुम र, पढ्दा ठीक लाग्यो, चाहिने त्यै हो।

दोश्रो शेर उत्तम श्रेणीमा राख्छु म। तेश्रो नि उत्तिकै शशक्त छ। तर त्यसको भाव सँग म रत्तिभर सहमत छैन। चौथो शेरको भाव अलिक क्लिष्ट लाग्यो। पाठक आफू सँगै उड्न समर्थ छन् कि छैन , अलिक बिचार पुर्याउनु नि पर्यो नि।

लेख्ने-सोँच्ने मान्छे आफ्नै लेख पढेर वाक्क भैसकेको हुन्छ। त्यसैले मेरो लेख नलेख्ने-नसोँच्नेलाई लक्षित गरिएको हुन्छ।

गुरु भैटोपलेको, भउते बज्या।

नेपे गुरु आएर मेरो ढाडाँ लात नहान्दै म यहाँ बाट भागेँ।
 
Posted on 09-10-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गोरूऽऽऽऽऽ! (ए! सरी गुरू पो त!)
लौ न मलाइ पनि त्यो के जाति गाजल, (आइ मीन गजल) लेख्न सिकाइदिनु परो पर्भूऽऽऽ! आज त्यो अर्को धागोमा लेख्या त जेपिटी पो भएछ। यस्सो नियम सियम बताम् न हजूर! आभारी हुने थिएँ!
 
Posted on 09-10-07 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भउतेगुरु! म धन्य भए। मलाइ यस्तै सजिलो संग बुझाइदिने गुरु चाहिएको थियो।अबदेखि सुभलाइ 'दि' हैन 'शुभ चेली' भन्नु पर्ने भो महंगो त मै पो भए कि माहाभारतको कर्णले गुरुको सेवा गरे जस्तै सेवा गर्नेछु :)
' नेपे गुरु आएर मेरो ढाडाँ लात नहान्दै म यहाँ बाट भागेँ।'---- हजुरलाइ झम्टिने हरेक झोक्काले पहिले मेरो सामना गर्नु पर्ने छ

खै परिवर्तन त गरे के रे कस्तो भयो गुरु थाहै भएन--

आँखैमा धुलो पर्दा, प्रिय रहर याद आयो
समाहित हामीदुबै, त्यो प्रहर याद आयो

:)

अरु त्रुटिलाइ क्षमताले भ्याए सम्म सच्चाउने कोसिस गर्नेछु




अब म पनि नेपेदा आएर मेरो गालामा एक झापट नहिर्काउदै म टाप

Last edited: 10-Sep-07 10:57 PM

 
Posted on 09-10-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पिताको मुख हेर्ने पबित्र दिन। गोकर्ण औंसी अर्थात कुशे औंशी। पिता भै सकेकालाई बधाइ। चौतारिका मित्रहरुले बुबा आमालाई संझेर फोन गरे खुशी हुनु हुने छ भन्ने बिश्वास का साथ घर परिवारमा संपर्क गर्न हुन आग्रह गर्दछु। पिता न हुने म जस्ताले पनि पिता संझे कल्याण नै हुने छ। अस्तु!
 
Posted on 09-11-07 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हात बढाउँदा नि मैले अहो!, निर्धक्क थाम्न किन डर मान्यौ
सम्झियौ कठै घात अरुका, र त झस्केर मसंग 'नि डर मान्यौ

वाह! वाह!!
उ बेलाँ थाहा पा’भे मरिजाम् ल, यी अन्तरे यस्ता राम्रा गजलहरु लेख्दारछन्! हाउँरो झ्वाईँखट्टे सेसनमा पनि अझ रौनक थपिन्थ्यो होला। (तर रमाईलो त भ’कै हो त्यो बेलाँ पनि, दुनियाँलाई गाली गरेर र राउनीतिका कुरा गरेर। कि कसो अन्तरे?)

अनि तो गोरे कता भास्सिया’ छ अचेल? कि अझै नेपालका फुन लाईन बिगारेर बस्या’ छ पातकी?
************
नेपे बूडाको गजल पढेसी’ जीउ र मन दुबै रनननन—हुन्छ सधैं मेरो त! बूडाको गजल देखेसी जे मनाँ आयो त्यो लेख्न मन लाउदैन, गतिलो आफ्लाई आउँदैन। बूडाको यो ‘सुस्केरा याद आयो---‘ मा सशक्त भाव छ र भविष्यको (अहिलेको) कुशल गजल सर्जकको सम्भावनालाई प्रष्ट्याउने Raw Energy भरपूर देखिन्छ।
********************
मिसको राम्टिके गजल पनि असाध्यै राम्रा छन्। तो दोश्रो क्या “हजुरको ----“ भन्ने त २० बाजी पढिसकें ल! सबभन्दा मन परेको शेरचाहिँ यो-

पिउने बहानामा धेरै बाजी थापि थापि
रित्तिएको संगै रातको त्यो लहर याद आयो
******************
गालउले पनि रमाईलो गरे। तर अलि सिरियस्ली पनि जाला भन्ने आशा छ।
*******************
सुन्तलेको नयाँ वर्ष पनि राम्रो छ, तर ठाउँ-ठाउँमा आएका अँग्रेजी शब्दले बिझाउने क्या! ती गाइखाने शब्द हटाउन मिल्दैन यार?!
**********************************
नेप्चेको अँग्रेजी कविता कति बुझें कुन्नि तर बुझेजतिचाहिँ राम्रो लाग्यो। चोखो मायाको चित्रण छ।
**********
ग्वाँचेको “ममता”ले अहिलेको नेपाली समाजका बिभिन्न आयामहरुलाई चित्रण गरेको छ। कथावस्तुमा मेरो खासै गुनासो होईन तर आमाको माया प्रमाणित गर्न रमाको ‘निधन’ जस्तो अप्रिय स्थितिमै नपुगेर अरु कुनै घटनालाई माध्यम बनाएको भएपनि हुन्थ्यो जस्तो लाग्छ।

अनि अर्को कुरा, विदेश बसेर जे-जे गरेपनि पैसा पठाकै भरमा ‘यो सबै स्वास्नी छोराछोरीकै लागि गरेको त हुँ।‘ भन्ने जुन मानसिकता छ, त्यसैलाई प्रहार गरेर कथा लेख्नुपर्ने पनि आवश्यकता छ। एउटा जाओस् न ब्रो!

बाँकी कथाको शैली आदिमा मेरो गुनासो केहि पनि छैन। ब्रोले भाषिक शुद्धाशुद्धिमा भने अलिक ध्यान दिँदा राम्रो होला। हुनत, साझामा टाँस्ने त हो नि भन्ने कुरा पनि हुनसक्छ, तर लेखिसकेपछि सकेसम्म शुद्धै लेखेको राम्रो हो नि। कि कसो?
****************
गीतको लागि नमेलाई धन्यबाद!
***********************
लोककथाको लागि चित्रेलाई धन्यबाद! साह्रै रमाइलो लाग्यो।
****************
शिकारीलाई स्वागत गरें मैले पनि चौतारीमा! चितवनको कुन ठाउँ प-यो कुन्नि हउरको?
*******************
ठूल्दाई बूडाले किन हाम्रो निद्रा बिगारिराख्या हुन् सस्पेन्समाथि सस्पेन्स थपेर?!
************************
दीपको कथा सधैंझैं छोटो-मिठो-सटीक र रोमाञ्चक छ। गर्नु ग-यो बाँगेले पनि!
****************
मिसको मार्मिक कथाको अर्को भागको ब्यग्र प्रतीक्षा छ।
************************
जिम्मालले दीपको कथालाई तन्काएर मात्रै टार्लान है मउसब! यीनले एउटा दामी कथा नटाँसीकन म यिनीसंग नबोल्ने!
*************************
शुभ नानी,
राम्रो जवाफ गयो! किन रिसाउँथे र नि?!
**********************
भउते के आयो बहार आयो! रमाईलो छ गजल! भउतेका अरु गजल पनि पढेको हुनाले अरु गजल हेरी भने ठिकठिकै हो! विशेष गरी साली-दिदी-भिनाजुको प्रसंग भा’को त्यो तेश्रो शेरको बिल्कुलै काम छैन यो गजलमा। पूरै गजललाईनै अलि सस्तो बनाईदिएको छ त्यसले। अरु शेरहरु पनि हल्काफुल्का भएको भए समूहमा मिल्थ्यो होला, तर अहिले त कागको हूलमा बकुल्ला भएको छ। त्यो शेरलाई मिल्नेगरी अर्कै गजल लेखम् पर्भो!
*******
अझै जाओस् पर्वतेजी! यस्सो काँटछाँट गरेर मुक्तकको रुप दिँदा झन राम्रो हुन्छ।
************************
ल जा खोकियो सबैका रचना पढेर! ठूलो भ’को भने भनुन्। मुख छुच्चो छ आफ्नो!
Last edited: 11-Sep-07 01:31 AM

 
Posted on 09-11-07 4:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी अहिले आएर मेरो जीबनको एउटा अभिन्न र प्रिय भाग भइसकेको छ र भौतिक रुपमा भेट भइसकेका-अझै नभइसकेका सबै चौतारीयाहरु मेरा अन्तरंग-आत्मीय बनिसकेका छन्।। जति बेफुर्सदी भएपनि अरु सबै काम छोडेर पहिला चौतारी पस्ने गरेको छु म हरेक दिन। लेख्न भ्याइएला-नभ्याइएला त्यो बेग्लै कुरो हो, तर पढ्न भने पूरै पढ्छु। चौतारीको कुनैपनि भागको कुनैपनि टाँसो (पोष्टिङ) छुटाएको छैन मैले, ठोकेरै भन्दिन्छु। अचेल चौतारी छिटि-छिटो हिँड्ने गरेकोले साझाका अरु धागाहरु पढ्न पनि छोडिएको छ।

पुराना भागहरुमा आफूलाई खोज्दै जाँदा भाग २ (जसको नाम CHAUTARI! Continued.... थियो) देखि यता सबै चौतारीहरुमा थकाई मारेको रहेछु, कहिले धेरै, कहिले थोरै। चौतारीको पहिलो भागमा टुसुक्क बस्न छुटाईएछ, तर चौतारीको भ्रुणधागो BHAUTE HARAYEKO SUCHANA मा भने खोक्न भ्याएको रहेछु।


BHAUTE HARAYEKO SUCHANA
Posted on 08-19-05 6:26 PM Reply | Notify Admin
हैन कुरोको चूरोको भेऊ पाउन सारै पर्ला जस्तो छ । अब क्या' अर्नी ? बटौलीको भट्टीतिर त छैनन् कतै भउते दाई । टाट भएर आउने भए बिचरा; मील किन्न स'योग गर्नु परो भने र दशौटा नोट सापट देको थेँ । मील किन्ने दाम मैँयाहरुलाई चढाएर आफुचाहिँ नील हुने भे बूढा ।

CHAUTARI! Continued……
Posted on 09-22-05 8:49 PM Reply | Notify Admin
डल्ली, www.mpp.org.np बाट यूनिकोड तानेको छैन र? एकदम सजिलो छ। एकचोटि कोशिश गरि हेर्ने हो कि?
Last edited: 11-Sep-07 04:28 AM

 
Posted on 09-11-07 4:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम दाई, प्रतिकृयाको लागि धन्यवाद, साँच्ची भन्दा तपाईंको प्रतिकृया पर्खेर बसेको थिए।

मैले कथा लेखेको भन्दा पनि आफ्नै वरीपरीका घटनाहरु, भोगाइहरुलाई पानामा उतार्ने प्रयास मात्रै गरेको हुँ । मैले लेखेका अरु टुक्राहरुमा जस्तइ यस टुक्रामा पनि, म भन्ने पात्र, आमा, रमा, सुनिल, सुनिता र दाई जस्ता पात्रहरु तपाईं, मेरो, हाम्रो सबैको वरिपरि नै छन, हाम्रइ समाजका पात्रहरु हुन।
हो कथामा रमाको 'निधन' जस्तो अप्रिय स्थितिको चित्रण गरिएको छ, जसलाई परिवर्तन पनि गर्न सकिन्थ्यो। तर मैले देखेको कथामा, मैले अनुभब गरेको कथामा रमा भन्ने पात्र आफ्ना संतान्हरुलाई छोडेर 'पोइल' जान्छिन, हो मानसिक रुपमा उनी बिक्षिप्त भइसकेकी थियिन तर पनि यो कथा आमाको मायालाई 'बेस लाइन' मानेर लेखिएको हुनाले जे जस्तो भए पनि रमा पात्र पनि आमा नै भएको हुनाला पोइल जस्तो 'निर्दयी' घटना भन्दा पनि मृत्‍यु जस्तो 'क्रुर' घटनालाई माध्यम बनाइएको हो। दाइले भन्नु भए जस्तइ मलाई पनि लागेको हो तर 'पोइल' भन्दा 'मृत्‍यु (बलिदान??)' बढी 'फिट' हुन्छ कि जस्तो लागेको हुनाले यस्तो हुन गयो।

भाषिक सुद्दा सुद्दिले चाइ सकेसम्म मिलाउने प्रयास गर्ने छु तर कती वटा ठाउँमा ठ्याक्क शब्द नै भेट्टाइँदैन अनी अर्थको अनर्थ लाग्न जान्छ। ह्रस्व दिर्घको कुरा चाइ यै युनिकोडको दोस हो, दिर्घ हुन्छ भन्ने था' भएको शब्द पनि ह्रस्व भइदिन्छ, मिलाउन अल्छि लाग्छ। यो टुक्रो चाइ हतार हतारमा लेखेर टांसेको हुनाले अली बढी नै गल्तीहरु हुन गए जस्तो छ, केही केही त मैले पनि ठम्याए पछी टाँसेको टुक्रो पढ्दा, तर फेरी उही, मिलाउन अल्छि लाग्यो, सरी! अहिले त एडिट नि गर्न मिल्छ, मिलाउने कोसिश गर्ने छु।

चौतारीमा टाँसेको भनेर हेला गर्ने त कुरै आउँदैन तर अलीकती 'टेकन फर ग्रान्टेड' चाइ लिएकै हो भन्नु पर्‍यो, क्यार्न झुटो बोल्नु!

सबैलाई मंगलबारे न्यानो अभिबादन!
 
Posted on 09-11-07 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle taaaaaaaaaaaaaaa

khai sabai le ke ke lekhira ho padhne fursad ni bhaako chaina.
 
Posted on 09-11-07 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवता त होइन म पनि धेरै कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति त्यती नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि
नबोलाउ मलाई निष्ठूरी भनि
तिम्रो जस्तो बाधा मेरो पनि

जदौ यो मंगलबारे बिहानीको।
 
Posted on 09-11-07 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज म फेरि सेकेन्ड भैइछु। के छ ताअाअाअाअ, ठुली च्या खायौ?

आज काम थुप्रो छ, रामरी पढ्ना नि पा छैन। दिउँसो फुर्सतमा पढ्न पर्ला।

झरी त याँ नि पर्‍या छ, दिक्क लाग्दो। यो मेरो मनको मौसम नि झरीमा भर पर्छ जस्तो, झरी पर्‍यो कि त दिक्क लाग्नि। बरु झरीमा मुक्तक थपिदिनु हुन्थ्यो, समय भएन।

"यस्तो पो हुन्छ त गजल जो पायो ले लेख्न खोजेर को के गजल बन्थ्यो भन्छु र :)" लौ शुभ दिको यो पढेसि अब मैले गजल लेख्न छोडिदेँ आफ्ना त सप्पै कविता भ'चन। अनि तो गजल ता मिस दिदीले राख्या हैन र भन्या?? म त रनभुल्लमा परि सकिं। भाषा नि मिस दिदी झैं छ के हो कुरो?

गोताएँ पक्कै हो मलाई नि तेस्तै लाग्या। ज्वाईँखट्टेका शेशनहरु अझै रमाईला हुन सक्थे। गोरेले बिगारो मोरोलाई यस्ता कुरामा चासै नाईँ। अनि अहिले त बिहे गरो रे भन्नि खबर पा हुँ, पैलेको हाम्रो फुनाँ फुन लाउन खोजो कहिले लाग्दैन तेसैले कुरा भा छैन थुप्रो भो। बरु तो केटो सिताराम अहिले याद आउंछ। ब्यान ब्यानै भात खानि बेलाँ दोहोरी हालेर दिक्क लाउंथो अहिले सोच्दा तेस्का दोहोरी रामरी सुन्या भे उतिबेला अहिले याँ चौतारी आईडलाँ फस हुइन्थो भनेर। अनि लेख्या मनपराईदेकोमा धन्यबाद छ है त।

ठुल्दाई हिज राति उताको बिहान फुन गर्न पाईएन, अहिले बिहान गर्दैछु बालाई फुन। कुरेर बस्या होलान छोरोले फुन गर्ला भनेर।

लौ सप्पैलाई फेरि पनि नमस्कार, दिउँसो भेटम्ला। मिस दिदी जोकिंग् वोकिंग् में मजाक करेछु नरिसाउनुहोला।
 
Posted on 09-11-07 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

antare u r later again

rahul dai namaste
 
Posted on 09-11-07 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचमा कसैले घुस्पैठ नगरे म थर!

ठुलि अन्तरे, नमस्कार, बेसै होला!
बुवाको मुख हेर्ने दिन त आज हैन र भन्या, म पनि एक्छिनमा फुन गर्छु भनेर बसेको। बुवाको मुख हेर्न चाइ, सप्पैले तिम्रो र बुवाको अनुहार ठ्याक्कै मिल्छ भन्छन, बिहानै एना हेरिसके!

अन्तरे पनि पैला हाम्राइ गाम्मा बसेको भन्ने सुन्या थे, कतातिर हो?
 
Posted on 09-11-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शूभ-प्रभात!
राहुल्दा, थुली ग्वाँचेभाइ !

अन्तरे,
''मास्टर्नी दिदी पख है त तिम्लाई
उतिबेला कलेजाँ मास्टरलाई तो कागजको रकेट् हानेर कपाल भरि रकेटै रकेट बना जस्तो तिम्लाई नि जान्या छ कछ्छेबाट लखेट्न....''

अब फेरि का’ट आयो मिस कै संझना ? के गर्नि बिचार छ?
(मनमनै: दिदीबहिनी दादहरुसंग झगडा गर्न नपाको वर्षौ भयो यइ अण्तरे संग झगडा गरेर चित्त बुझाउनु पर्यो )
लौ आऊ सिंगल सिंगल!!


उ बेलाआँ नि कुनचै ले तेइ राखेट ले हान्न खोजेओ बेला आँखा तर्दा त्यो के जाती रकेट आँखैमा परेर बाचुन्जेल चस्मा लाउन पर्याछ मिस लै । मिस को बानि ज्याद्रै जो छुच्छो छ है अन्तरे –रकेट हान्ने कुरो नगर फेरि चस्मा नै फुट्ला नि :P.

'लौ शुभ दिको यो पढेसि अब मैले गजल लेख्न छोडिदेँ ' शुभ लै 'दि' ?
हन म हुदा हुदै तेस्लाइ क्यार्न भन्नु पर्यो दिदी। उस्ले बोलेओ कुरो पनि!! आज कलका आलाकाँचा को कुरो सुनेर नि हुदो हो त भन्छु ? कुकुर को पुच्छर बांगो देख्न हुदैन तेसै हास्चन मोरा-मोरीहुर
लेखम गजल कबिता कथा सप्पै जे जे लेख्न मनलाउछ।

अन्तरेजी, हमी पनि सानो तिनो जोकिगं वोकिगं करिलिएछु

 
Posted on 09-11-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मङ्लबारे बिहानि को जदौ यो रिट्ठे को ।

ब्यान ब्यानै गजलको फुहार भइसकेछ
हेर्दा हेर्दा चौतारी त साझा को बाहार भइसकेछ

अरू थपुम है मित्र हो...



फेरी भेटौँला !
 
Posted on 09-11-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्बप्रथम हिरक अँकको चौतारी चिनेकोमा चित्रेलाई मुरि मुरि धन्यबाद। मनले चिताको पुगोस्।

गौतम दाईको कथा अत्ति नै मज्जाको लाग्यो अनि छ नि दाइ छोरीसङ बुवा धेरै attached हुन्छन् भन्ने सुन्या हो रैछ त? आर्याको photo पनि हेर्न पाए अझ बढि रमाइलो हुन्थ्यो के। हजुरको कथा देखेर मनि लेख्छु छोरिको बारेमा भनेको मनमा कुरो छ शब्दमा झर्दै झर्दैन क्यार्नि होला?

रिठ्ठे को "हे प्रिय" गजब् को छ अनि maverick को प्रयाश पनि कम छैन।
नमे the आशुकवि!!! wow साच्चै हो त भन्या? दुवै घच्चिका कबिताहरु गए ल।

मिस् दिदिको फटिङ्रे को continuation राम्रो छ। यस्तो गहकिलो message बोकेको कथा लेख्नुहुन्छ हजुरले मन पर्छ मलाई।

हेहे ठुलीको first post in chautari, कस्तो अचम्म लाग्छ है ठुली? समय कहाबाट कहा पुगिसकेछ।

दीप साँचै कस्ले सम्झाको रे कबिता? राम्रो छ।
अनि single single बाङ्गे महात्मे हेहे गज्जब्, जिम्माल बाको continuation झन् गज्जब, बाङ्गेले खुचिङ् गर्यो होला दीपलाई।

जिम्मालबाको गन्थन् पढ्न डर लागिराथ्यो कतै बुढाले मलाई नै प्रश्न माथी प्रश्न को झटारो त हान्या छैनन् भनेर। तै अर्थोकै रैछ, हसाम्छन् बुढाले।

ठुल्दाईको अनुराधा कहिले अगाडी बढ्ने हो? Can't wait के ठुल्दाइ। साच्चै छोरिले SLC दिसक्या हो र भन्या?

ओहो कलन्किले नि ट्वाक्क एउटो टुक्रो सुनाएर हिडेछ त।

नेपे दाजीले चौतारीलाई खुब माया गर्नुहुन्छ। हजुरका गजलहरु अनि अरु लेखाई गज्जबका लाग्छन् तर कहिले हजुरसङ direct कुरा गरेको जस्तो लाग्दैन आज आँटै गरेँ है त मैले नि।
"ज्यानमारा तिम्रो मुस्कान देखेपछि
मलाई मेरो तहसनहस याद आयो "
awesome

अन्तरे, मिस् दिदि, गालब्, सुन्तले दाई का गजल / कबिताहरु रमाइला छन्।

नेप्चेको औरेजि कैता मिसले बुझाइदिनुभो राम्रो छ।

ग्वाँचुको कथाले लास्ट लास्टाँ एकदम् रुवायो, सम्हाल्नै सकिएन। कथा राम्रो छ तर एउटा पाठकको हिसाबले भन्नु पर्दा कुनै कुनै कुरा क्लिएर् नभएको जस्तो लाग्यो, तिम्रो मनमा छ तर कथामा नउतारिएको जस्तो। जस्तो रमाले किन आत्महत्या गरिन्? के उनलाई थाहा थियो उस्को husbandले बाहिर बिहे गरेर छोरा पाइसकेको? या त खाली धेरै समयसम्म एक्लै बस्न नसकेर? मैले पढ्दा छुटाको भे माफ पाम् है त।

चित्रेको दन्त्य कथा राम्रो रैछ, काम लाग्छ मलाई।

अनि हरि, कुम्ले, ठुलि, तितौरि तिमारुको प्रस्तुति खै त? पुन्टे दाई, नेउचि दी, दुर्गी भाउजु, चनादाई सबै कता लुकेको?

मामा मलाई नि त्यो साली भेनाको अलि ठीक लागेन त्यो गजलमा।
शुभ दी राम्रो छ।

क्रिश्नकाले, नेप्कान्छि, mrhunter लाइ चौतारीमा स्वागत छ
तितौरी we all are missing u.

HAPPY FATHER'S DAY to all fathers and would be fathers of chautari!!!
 
Posted on 09-11-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुशे औँसी अर्थात पिताको दिन!
सबैले आफ्नो जीवनको प्रथम गुरुलाई याद गरौँ!

मंगलबारे जदौ! यो बिर्खे माईलाको!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters