Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 462681 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 11-17-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji aaba ta katha byapak hunchha la balla bange taruni ko gharaima jana pa 6 baru sasurali chai hune ho ki haina.lau hai ali katha lai bagaidiu salala parera aarko bhag ma.
 
Posted on 11-17-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बाङेलाई त एउटा रोगै लाग्या रईछ तरुनी भनेसी त,दुइ खुट्टा भा देखेसी हुरुक्कै हुने रईछ।"--

हो भन्या मामा यो बाङे जताततै ठीक्क रहेछ। पिपल पाते भन्छन नि जता हावा चल्यो उतै फर्किने। 

"हैन उताको पनि एक कप चिया चाखम -- हिन " कौसीबाट ओर्लिने भर्याङ्ग तिर बढ्दै मैले भनें। बाङ्गे पछि लाग्यो"----  हो नि। चिया त कतै को पनि छोड्नु हुन्न।


 
Posted on 11-17-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बाङेलाई त एउटा रोगै लाग्या रईछ तरुनी भनेसी त,दुइ खुट्टा à¤­à¤¾ देखेसी हुरुक्कै हुने रईछ।"--


 
Posted on 11-17-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-17-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep bro,

ke pravu  jamana ma ta 16 thousand gopini haru nai thiye ki satha ma , jata tatai hariyali nai hariyali raicha hajurharulai . aafuharuko ma chai khadari parer tension cha yeso milcha vane hami pani tetai aauna parla jasto cha hai ????


 
Posted on 11-18-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nAyAni,

सम्झना आमन्त्रणको हो वा बिदाईको? जान्न पाए हुन्थ्यो क्यार -- नभए बिपना एक्स्प्रेसको टिकस नपाए सम्म सपना एक्सप्रेसमै भए पनि आम्थें --

serial ,

"उता मिलेन भने यता इन केस भनेर राख्या होला -  ब्याकप प्लान त चाहियो नि के कसो। "

फसमा त दुबै तिर मिलोस भन्ने होला -- तर केही गरी एकातिर चिप्लिईयो भने पनो अर्को तिर समात्ने होस भनेर होला प्रभो--

Birkhe_Maila ,

"बाङ्गेले नताप्ने आगो भने पनि, प्रियालाई कौसिमा देख्ननासाथ शिवरात्रीमा ढाड सेकाएको जस्तो एकछिन ताप्ने नै सुर गरेछ हाहाहा।"

हो प्रभो, सुर त किन गर्दैनथ्यो?  मुस्किलले बलेका झिँजा त ताप्न खोज्ने उ -- आगो आखिर आगो हो बुझिस भन्दै -- झन शिबरात्रीको जस्तो धुनी देखेसी त --

CT.,

"हा हा, क्या खतरा कम्बिनेशन छ यो डायलगमा । यो कथामा टेलिफिल्म बनाए सुपरटुपर हिट होला है ।"

डेडली छ नी कम्बिनेसन त प्रभो-- टेलिफिलिमकी हीरोनी चिन्न पा, म नै हिरो हुने कि अर्कैलाई बनाएनी हुन्छ भन्ने हो निर्णय गर्न हुन्थ्यो।

बिस्टे ,

"बाङेलाई त एउटा रोगै लाग्या रईछ तरुनी भनेसी त,दुइ खुट्टा भा देखेसी हुरुक्कै हुने रईछ। "

खै प्रभो अब तिन चारटा खुट्टा भा तरुनी त हाम्रो जमानामा थिएनन।

Parbatya ,

"ति सबै गल्ली अनी घर का नाम लेख्दा त त्यहाका केटी कती मख्ख पर्दाहुन है..."

त्यै त प्रभो, ती मक्ख पर्ने को को हुन खबर पाम्न पा त --- फेरी पुराना कुरा सम्झाम्न हुन्थो केरे --

miss_ me ,

 

अब दिपदाले कति केटीको नाम संझनु त बाबै!

त्यै त अलि अलि हो र भन्या? तर सबै मौरी जस्ता पनि थिएनन --कोई कोई त बारुला जस्ता -- अरिंगाल जस्ता नी थिए नी कोई त नारन!

Harka_Bahadur,

"अनी फेरी दीप प्रभुलाई किन जानु परेको हो बांगेको  ससुराली "

आफ्नो नभए सम्म अर्कैको ससुराली त जाने हो त प्रभो -- अनि त आफ्नो पनि हुन्छ नी --

*~Spring~*,

"lol Kya hasaune. "

धुनधान नी --

सूर्यलेपनमा अहिले त माकुराले गुँड लगायो होला --

Pretty ,

 ल गरिमा दीपलाई नै भो

-- यही कुरा उनको बाउले मलाई उही बेलाँ भन्या भे हुन्थ्यो नी -- टाईममा काम नगर्ने मान्छे रेछन-

amiran,

 
eep ji aaba ta katha byapak hunchha la balla bange taruni ko gharaima jana pa 6 baru sasurali chai hune ho ki haina.

त्यै त ब्यापक त ब्यापकै छ -- अब ससुराली पो कस्को हुने हो --

Dipika02 ,

"हो नि। चिया त कतै को पनि छोड्नु हुन्न। "

किन हुन्थ्यो? हे राम नी -- चिया छोडे पछि त बर्बाद भएन? कि जोगी हुनु पर्यो --अब त्यो अप्सन नै थिएन -- अनि?

nepalibabu101,

"aafuharuko ma chai khadari parer tension cha.."

प्रभो, खडेरीमा बस्नु हुन्न -- अलि अलि भाको रहर पनि सुक्ला फेरी -- तरुनीका अखाडा तिर सर्नु पर्यो -- लभ नपरे नी पर्न ला थ्यो त भन्न पाईन्छ।

 

 


 
Posted on 11-18-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-19-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि उही अलि ठुलो आवाजमा ढ्रीन्न पारेर रोक्यो। हेम्लेट ऐनामा झुण्डायो। झक्कु कुकुर पाल्या रे त्यहाँ भुक्दै आईलाग्यो। दार्यो भने बर्बाद भएन? क्या डर लाग्यो। धन्न एउटी तरुनी त्यो कुकुरको पछि पछि नाम बोलाउँदै आईपुगी।.....


 
Posted on 11-19-08 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अनि उही अलि ठुलो आवाजमा ढ्रीन्न पारेर रोक्यो। हेम्लेट ऐनामा झुण्डायो। झक्कु कुकुर पाल्या रे त्यहाँ भुक्दै आईलाग्यो। दार्यो भने बर्बाद भएन? क्या डर लाग्यो। धन्न एउटी तरुनी त्यो कुकुरको पछि पछि नाम बोलाउँदै आईपुगी।.....

आशलाई त्रासले सजिलै पछार्दो रे भन्ने फेरी बुझियो। कुकुर प्रसादले पिडौला छेडला भन्ने त्रासमा तरुनी हेर्ने आश ओझेल परेछ। कुकुर प्रसाद ठेगानमा आए पछि मात्रै तरुनी तिर ध्यान गयो।

तरुनी हामीलाई देखेर छक्क परी, हामी चै उस्लाई देखेर मक्ख पनि अनि छक्क पनि। थप छक्क पर्या चैं बाङ्गेलाई देखेर पनि हो। उस्को घराँ तरुनी भन्थ्यो, त्यै तरुनी देखेर किन त्यसरी छक्क पर्या हो, मैले बुझिन। तरुनी चै कुकुर लिएर एक शब्द नबोली घर भित्र छीरी।

"यै हो तरुनी?" बाङ्गेलाई मैले सोधें।

"किन होईन ? जाडो महिना कि सिरक जस्ती रै छे, मन नै न्यानो भो" उस्ले भन्यो।

उस्को कुराले अलमलिएँ। "निशिन्ता यै हो?" मैले सोधें।

"हैन यो , तर नभए नी केही छैन" उस्ले भन्यो।

"आउनुस भित्र" अर्कि तरुनीले ढोका खोलेर बोलाई। अघिकी तरुनी चै अहिले ढोका खोल्नेको पछाडी थिई।

बाङ्गेले नजानिदो किसिमले मलाई कुहिनाले हिर्कायो। मैले बुझें ढोका खोल्ने तरुनी निशिन्ता हो।

दुई दुईटी तरुनी त्यसरी ढोकामा उभिएको देखे पछि, बाङ्गे संग यता चिया खान आएर मैले गर्नु पर्ने काम गरेछु जस्तो लाग्यो। पानमा दाउ राख्ने बिचारले आएको राख्दा राख्दै पान डबल पर्या जस्तो भो।

अघि नबोल्ने सुन्दरी पनि अहिले चै मधुर मुस्कान सहित निशिन्ताको छेउमा उभिएकी थिई। हामी ढोकाबाट भित्र छिर्ना साथ, निशिन्ताले देब्रे तिर अगुवाई गरी। अगाडी थिई, त्यस पछि बाङ्गे, अनि अनि पछि अर्कि तरुनी। बैठ्क कोठामा पुर्याए पछि " बस्दै गर्नुस है बुवालाई बोलाउँछु" भन्दै हिनी। अर्की तरुनी पनि गै।

"कस्तो लाग्यो ?" बाङ्गेले कोठाको निरीक्षण गर्दै मलाई सोध्यो।

त्यो "कस्तो लाग्यो?" निशिन्ता प्रति लक्षित हो भन्ने मैले बुझेको थिएँ। त्यसैले  भने, यो चै जाडोको घाम जस्ती रै छे। बाङ्गे हाँस्यो। त्यै मौकामा मैले थपें "तँ चै घाम ताप, चै सिरक ओडनु पर्ला।"

उस्ले तिर हेरेर के हो भन्नै ला थ्यो निशिन्ताको बाउ होला आए। बाङ्गेले फेरी नमस्ते ठोक्यो। अघि कौसीबाट मैले मतलब गर्या थेन अहिले चै मैले पनि थप्दें। थप्नै पर्यो नी। अब तरुनी पनि थपिई नी।

अघि मैले भन्या जस्तो सोफामा बस्दा बस्दै बाउ चैं ले बाङ्गेलाई गाँजी हाले औपचारीक प्रस्नहरुको जालोमा। चै फुर्सदै थिएँ, तर तरुनीहरु के मा अल्झेछन। आफ्नो फुर्सद बेरोजगार भो।

बाङ्गेले अनि मलाई चिनाईदेको मात्रै के थियो बाउ तिर पनि उस्तै। एक पछि अर्को प्रश्न हुर्याउन थाले। पछि उनले अनि अब अगाडी के गर्ने बिचार भनेर सोधे-- मैले पनि जे जे भन्दा उनलाई चित्त बुझ्ला जस्तो लाग्यो त्यै त्यै भन्दें। अब उनले बिचारको सम्म कुरा सोधेका हुन नी। बिचार राम्रै नी सधैं, बिचारको पालना पनि गर्न पो चर्को त। उनले सबै सोधे पछि मलाई नी पाए एउटा कुरा सोधम सोधम जस्तो नलागेको हैन -- 'त्यो अघि निशिन्ता संगै कि सुन्दरी को नी?" भनेर तर के गर्नु ? सोध्न नहुने। हुन किन नहुने तर सोधे पछि फेरी त्यै सराद गर्देलान भन्ने पीर नी।

दिन साँझ सँग मिस्सिदो थ्यो बाहिर। चियाका चुस्कीहरु एक पछि अर्को गर्दै चिया घटाउँदै थिए। अगाडी टेबलमा राख्या पेस्ट्रिज चै खाएको जस्तो मात्रै गरीयो। एउटा टुक्रो खाए सी चार घुटकी चिया खल्लो पार्ने रे अनि के गर्ने ?

मन थिएन जाने तर जानु पर्थ्यो नै। बाङ्ग्या के ठेगान, बिदा माग्ने पनि हो कि हैन -- उनीहरुले नै जाउ भन्या जस्तो गर्नु अघि नै आफुले जान्छु भन्नु पर्यो नी। त्यसैले बिदा माग्ने काम गर्दिनु पर्यो भन्ने सोच्दै थिएँ बाउ चै कोठाबाट "एक्कै छिन" भनेर हिने।

"नामी झुर रे यार, बाउ" बाङ्गेले नजिकै आएर भन्यो अनि फेरी  थप्यो "अन्तरबार्ता दिन को थ्यो ? छोरी चै संगै राखेर सोध्या भए नी लौ भन्नु--त्यो पनि छैन।"

"अब जानु पर्छ बाङ्गे" मैले भनें अनि उठें सोफाबाट।

"खै लभ पनि आफ्नो  स्पिड जस्तो होला , भेलोसिटी जस्तो खोज्या।" उस्ले फिजिक्समा पढ्या पाठ सम्झेछ क्यारे, भन्यो।

मैले केही भनीन। फेरी उसैले भन्यो "भेलोसिटी हैन डाईरेक्सन पनि भा?"

"अँ" मैले भनें।

बाङ्गे नजिकै उभीएको थ्यो, हामी झ्यालबाट बाहिर हेर्दै थिएम। उस्ले भन्यो "जानै मन् छैन--घामै देखिएन"

"अब रात पर्न ला बेलाँ के घाम देख्थिस त--आफ्नो सिरकको त अत्तोपत्तो छैन, अब तँलाई रातीहुँदी घाम?" मैले हाँस्दै भने।

यत्तिकैमा पछाडी कोही छिटछिटो आए जस्तो लाग्यो यसो फर्केर हेर्या त्यै अघिको कुकुर। भयो अब।

"ए! आयो तेरो बाजे" मैले पनि छिटछिटो भने।

बाङ्गेले झस्केर "के?" भन्दा सोफामा चढीसक्या थ्यो। सोफाँ चढ्या देखेर पनि चढें अर्को सोफामा। मलाई कुकुरले क्याप्प पार्या उस्ले सोफाबाट देख्यो भने खत्तम भएन? नरमाईलो हुने मलाई मात्रै हो उस्लाई धुनधानै रमाईलो हुन्थ्यो--अनि टोलमा त्यो घटना बाङ्गेले उस्को स्वाद अनुसार दर्ता गराए पछि सधैको लागि पुग्थ्यो। बिचार गर्नै पर्यो नी।

अनि एकै चोटी दुईटी तरुनी पनि ब्रुनो ब्रुनो भन्दै आए। तरुनीहरु आउँदा बाङ्गे दुईटै सोफामाथि उभिरा।

"किन अब सोफामा उफ्रीने?" निशिन्ता तरुनीले त्यो पनि बाङ्गेलाई नै हेरेर सोधी। त्यसमाथि हाँसेर।

"हैन अब घर जाउ भने भैगो नी कुकुरै लाउनु पर्दैन नी" उस्ले भन्यो।

कुकुरलाई निशिन्ताले समातीसकेकी थिई। अर्कि चै सिरक तरुनी मुस्कान बाण अधरका धनुषमा पुरै खिंचेर उभिएकी थिई, मेरो नजिकै त्यो पनि मलाई नै ताकेर। ....


 
Posted on 11-19-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पानमा दाउ राख्ने बिचारले आएको राख्दा राख्दै पान डबल पर्या जस्तो भो।"

"तँ चै घाम ताप, चै सिरक ओडनु पर्ला।"

"एउटा टुक्रो खाए सी चार घुटकी चिया खल्लो पार्ने "

प्रभो यो भाग पढेर आज को दिन झलमल्ल हुने भयो।

बैस छँदा को हस्योउली,उट्पट्याङगिलो टुक्का अनी रोमान्चक ठट्यौली ले भरिपूर्ण छ् प्रभो।
धेरै धेरै धन्यवाद। सबै सामु बाड्नु भएकोमा।


 
Posted on 11-19-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>बाङ्गेले फेरी नमस्ते ठोक्यो। अघि कौसीबाट मैले मतलब गर्या थेन अहिले चै मैले पनि थप्दें। थप्नै पर्यो नी। अब तरुनी पनि थपिई नी।<<

>>अर्कि चै सिरक तरुनी मुस्कान बाण अधरका धनुषमा पुरै खिंचेर उभिएकी थिई, मेरो नजिकै त्यो पनि मलाई नै ताकेर। <<

अब सिरक तरुनी भनेको शुभेक्ष्या त होला नि - जे भएपनी बाङ्गेले गरेर दीप को पनि भलाई हुने भो नि - दीप किन बाङ्ग्या पछी लाग्छ भनेको त अब पो थाहा भो त - जय होस् बाङ्गे को - अब दुबैको ससुराली एउटै हुने जस्तो छ - दीप ले पनि छप्की पाउने जस्तो भएपछी अब त आँखा डुल्दैन होला नि अरु तिर - दीप ब्रो सिरक ओरेर बस्नु है - बाकी तरुनु हरु लाई चाँही हेर्ने हामी छौ। 


 
Posted on 11-19-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>बाङ्गेले फेरी नमस्ते ठोक्यो। अघि कौसीबाट त मैले मतलब गर्या थेन अहिले चै मैले पनि थप्दें। थप्नै पर्यो नी। अब तरुनी पनि त थपिई नी।<<


 
Posted on 11-19-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 atti hasaune.
 
Posted on 11-19-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 atti hasaune.
 
Posted on 11-19-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब रात पर्न ला बेलाँ के घाम देख्थिस त--आफ्नो सिरकको त अत्तोपत्तो छैन, अब तँलाई रातीहुँदी घाम?" मैले हाँस्दै भने।

त्यसैले  भने, यो चै जाडोको घाम जस्ती रै छे। बाङ्गे हाँस्यो। त्यै मौकामा मैले थपें "तँ चै घाम ताप, चै सिरक ओडनु पर्ला।"

प्रभु बिहान बिहान कथा पढेर दिल खुश भो, एक छीन भएनी हासियो।
गज्जब ल गज्जब ।


 
Posted on 11-19-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब रात पर्न ला बेलाँ के घाम देख्थिस त--आफ्नो सिरकको त अत्तोपत्तो छैन, अब तँलाई रातीहुँदी घाम?" मैले हाँस्दै भने।


 
Posted on 11-19-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just great.. Kya gazab cha yaar..
 
Posted on 11-19-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just great.. Kya gazab cha yaar..
 
Posted on 11-19-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SUPERB!!!!!!!!


 
Posted on 11-19-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SUPERB!!!!!!!!

"paila paila spring lagna thalesi college ka maiyaharu khutto ma paangra raakhera kattu laara ghiwu jastai tighra dekhayera pharyaakphuruk hunikinthie najikkai bata..ho ho..timi haru estarai nai dawudi raakha ...ma heri ranchu "....bhanya jastai timi lekhi raakha ma padhi ranchu bhanni bha cha malai chai......

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters