world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - होली अंक --

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 227302 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-20-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - होली अंक--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 107 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!

http://www.theclayshoppe.com/welcome_sign_with_flower_pots__SCI_03865.jpg



होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-24-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी जी,

मैले माथी प्रयोग गरेको शब्दलाई काफीया भन्छन्। कफीया भन्नाले जस्तो कि बुद्द, गिद्द, यूद्द , पित्त आदि !

पित्त र गिद्द बाहेक अरु "द्द" अन्तिममा ऊच्चारण हुने शब्दहरु जस्को अगाडी "उ" (उदाहरण = ब+उ = बु , य+ऊ =यू) आउछ  !
"गिद्द" मा (ग + इ) आउछ ! यस अर्थमा सबै "उ" ऊच्चारण हुने शब्द प्रयोग गर्नु भए बेस होला -

 यस्ता खालका "काफीया" पनि नभएका होईनन् तर शास्त्रीय नियम पालना गर्ने हो भई शब्दहरु जस्तै "अबरुद्द , बिरुद्द, क्रुद्द, शुद्द" जस्का
"द्द" अगाडी "" ऊच्चारण हुने प्रयोग गर्नु भए कसैले बिरोध गर्दैनन् ! पित्त त हुदैं भएन!

अब कुरो आयो बद भनेको के हो भन्ने? पुराना स्वस्थानीका गजलहरुलाई हामीले हेर्ने हो भने दुष्ट दानवहरुको अनेक चलखेलहरुबाट आजित भएर सम्पुर्ण देवगणहरुले जसरी भगवान शिवको आरधाना गरेर, स्तुति गान गरेर प्रभुका हस्त कमलबाट दैत्यहरुको बध गराउथेँ। त्यस किसिमबाट बध भैसकेपछि निक्कै हल्लाखल्ला गरिरहने, रिसले राता राता आँखा पार्ने, यस्ता दानवहरुको शरिर एउटा मुढा जस्तो अवस्थामा लडिरहेको हुन्थ्यो। न यो चल्थ्यो, न यो बज्थ्यो!!

हो!! त्यसरी नै केहि छिनको लागी मेरो सेलफोन पनि नचल्ने अवस्था अथवा भनौ नबज्ने अवस्थामा गएको हो कि अथवा बध गरिएको हो कि भन्ने प्रश्न हाम्रा प्यारा जिम्माल बाले गर्नुभएको हुँदा त्यसो नगरिएको कुरा अवगत गराउन खोजिएको हो!

मेरो माथीको लेखाईमा बदलाई काफीयाको रुपमा लिइएकोछ।

गजलकै कुरा गरिरहेको बेलामा मलाई एउटा मिर्जा गालिवको गजलको धुन याद आयो। यो मेहेफिलमा एउटा मिर्जा गालिवको गजलको धुन राख्न पाए कत्ति रमाइलो हुनेथियो भन्ने बिचार आयो!

 


 
Posted on 03-24-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि अस्ती किताब पढ्दै गर्दा को फोटो खिच्या देखाउनै बिर्सेंछ नि 


 
Posted on 03-24-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्नानी जी

Ritthe thanks photo khichi dinu bhaekomaa



 
Posted on 03-24-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-24-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खित खित खित थ्याँक्स भाउते दा।


 
Posted on 03-24-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले!

 

ठूल्नानी जी-

त्यस्तै बद्, हद, कद र तद् हरु पनि काफीया मिलेर बनेका हुँदैनन् भन्न सकिँदैन भने यस्तोमा मने कुम्लेले भनेको लुम्लेको लेक जत्रो अग्ला तथा चिसा कुराहरुमा पनि काफीया झल्किन्छ भन्ने हाम्रो भनाइलाई पालना गर्दै जाँदाको अवश्थामा समेत हामिले मने हाम्रो काफीया मिलाउन खोज्दा गलत काफीया मिलान हुन पुगेको स्थितीको कुरा गर्दा गर्दै पनि हामि र हाम्रो पार्टीको मने निर्णय स्विकार गर्ने नगर्ने परिप्रेक्षमा सम्पूर्ण मने जनसमुदायहरुको हक हितको कुरा उठाउनु कति सम्म तार्किक मने हुन्छ भन्ने कुरा हाम्रा वाइसिएलका मने जवानहरुको टाउका भित्रको खालि कम्पार्टमेन्टमा समेत अग्रगामी कुरा पुगेको वस्तुस्थीतीलाई नियाल्दा काफिया भन्ने तत्व हाम्रो पार्टीको मूलभूत आचार रहेको कुराको जानकारी गराउँदा हामि र हाम्रो पार्टीको कुरा सुनिएन र समानुपातीक प्रणालीको मने बिरोध गरियो र हाम्रा कमरेडहरुको मने सपनामाथी कुठाराघात गरियो र यो कुठाराघात पछि अर्को आघात मने नआवस भन्नाका लागि हाम्रो पार्टीले आमहडतालको मने निर्णय गरेको हो र यो निर्णय मने आम जनता र अशिक्षित, पिडित, शोषित, दलित र अपहेलित वर्गको वर्ग संघर्ष मात्र नभएर मने हाम्रो राष्ट्रपती बन्ने सपनाको मने एउटा अध्याय भएको कुरा हामि हाम्रा क्रान्तिकारी साथीहरुलाई मने अवगत गराउन चाहन्छौँ!


 
Posted on 03-24-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-24-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काफीया bhaneko ke ho taaaaaaaaaaaaaaaaaaaaaaa?

 
Posted on 03-24-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-24-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले बिहनै भनेको थिएनि हाम्रो गाउमा चोर आको च भनेर्

 
Posted on 03-24-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बा! लोल!!

ठुल्नानी जि-

काफीया र रदिफ भनेका गजलका अभिन्न अंग हुन! यस्ता अभिन्न अंग भंग भएमा गजल केवल नबुझिने पजल हुन जान्छ। रदिफको कुरा गर्दा यहाँले अतिफले गाएको गाना सुन्दा छानामा असिना परेको बेला पल्लो घरको साहुको पसिना छुटेको कुरा पनि यहाँ सम्झिनुपर्ने हुन आउछ।

 


 
Posted on 03-24-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्ले दा र बिर्खे दाले खै के के भनेको हो बुझे मरिजाम।


 
Posted on 03-24-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्ननी, स्वागतम्।

कुम्ले दा र बिर्खे दा को गजल महात्म्य जाँदै रे'छ। म पनि हातमा फुल समाएर सुन्न बसेँ है त।

के हो कुम्लेदा', पल्ला गाममा धोति खुस्केको हल्ला छ नि? कुरो के हो ? लौ रउसीको रउसी पानीको पानी बनाउनु परो।


 
Posted on 03-24-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-24-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल भउते भाई, चाइन्जो धोती कत्ति चोटी खुस्क्यो कत्ति चोटी लगाइयो भन्ने कुरो को के हिसाब भो र अब! लोल!! कुरो बुझियो नि हैन? :-)
 
Posted on 03-24-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नारने आज किन धिलो सवारि नि


 
Posted on 03-24-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-24-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा कुमल्वा,

बडा ज्ञान गुणका कुरा रहेछ। बुझ्या भए मरिजाम ( ठुलीको भाषामा)।

संसरमा होस् या भंसारमा हरेक कुराको दुइपाटो हुन्छ, बुझिने र नबुझिने। बुझिने कुरा भए बुझी हालिन्छ, बात खत्तम। नबुझिने कुरा भए दुई कारण हुन सक्छन। एक बुझ्दै नबुझिने, दुई बुझ्न नसकिने। बुझ्दै नबुझिने भए त ईन्द्रको बाउ चन्द्रले पनि बुझ्दैन, बात खत्तम। बुझ्न नसकिने भए त्यसका नि दुई कारण हुन सक्छन। अक्षर नै न बुझिने वा भाषा नै नबुझिने। अक्षर नै न बुझ्इने भए त कसैले नि बुझ्न सक्दैन, बात खत्तम। भाषा नबुझिने भए यस्का पनि २ कारणहरु हुन सक्छन। एक जान्दै नजानेको भाषा, वा जानेर बिर्सेंको भाषा। जान्दै न जानेको भए, जान्न खोजेर साध्य हुँदैन बात खत्तम। बिर्सेंको भए बिर्सनु  को पनि २ कारण हुन सक्छन। एक स्मरण शक्ती नै नहुनु दुई दिमाग खुस्किनु।
समरण शक्ती गुमाएको भए केही छैन, भुलक्कड भन्छन बात खत्तम, पागल भए भने २ लक्षण देखा पर्ने हुन्छ। एक चौतारी चौतारी भनी कराउने अर्को चौतारी मै निदाउने।
 


 
Posted on 03-24-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन रिट्ठे भाट्टीमा बसेर एला: पिउदै चौतारी
जद्या समुह लाई गफ चुद्दै थियो:

रिट्ठे: अस्तीको हप्ता मैले whiskey मा पानी मिसाएर पिये, मलाई लाग्यो,
          हिजो मैले brandy मा पानी मिसाएर पिए, फेरी मलाई लाग्यो,
          आज मैले vodka मा पानी मिसाएर पिये, आज पनि मलाई लाग्यो,
           साला यो पानी भनेको पिउनै नहुने चिज क्या, जे मिसाएर पिये पनि लाग्ने भन्या।  

Last edited: 24-Mar-08 03:13 PM

 
Posted on 03-24-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल ! लहरे हा हा हा
kina चुप चाप छ बौचा आज भन्या त कुरा फुरा'र बसि'रा रइछ

लोल ! ठुल्दाइ हास उठ्यो भनुम भने हासी हाले बात् खत्तम

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters