hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 254679 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-07-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हाम्रो हरी लाइ के भो ? ढल्नु अघी एस्तो बिरही गीत पो टास्दै छ त। सारै चोट परेछ कि के हो केटो लाइ ?
 
Posted on 08-07-07 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन मुन्नि, के भो तिम्लाइ बा? सारै नियाउरो मुख लायौ नि? खाना त खायौ होला के रे, कि भोकै छौ? हन तिम्लाइ भनेर नेपाल बाट तितौरा, गुत्पाक अनि पुस्टकारी ल्याइ देको थे के रे।

 
Posted on 08-07-07 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म पनि अब सुकला गर्नु पर्‍यो। शुभ रात्री ताअाअाअाअाअाअाआ
 
Posted on 08-07-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थकाई लाग्यो खाएको छैन तेही गूड्पाक खाएर बस्छु त नि खइ कहाँ छ ?
 
Posted on 08-07-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा नेप्चे, खास कुरो केई हैन यार। अगि एसो बाहिर निस्केको, गाडीमा यो गीत बज्न थाल्यो अनि मुखाँ झुण्डेको झुण्डेई भो। अनि ह्याँ नि टाँस्देको नि।
 
Posted on 08-07-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गरें है सबैलाई! को-को बाँकी छन् कुन्नि?!

दुर्गे भाउज्यूलाई धन्यबाद छोरीहरुको फोटाका लागि। कस्ता राम्रा र मायालाग्दा रहेछन्! यो गोताएँ अंकलको तर्फबाट पनि माया सुनाइदिनुहोला।
मैले भनौंला भनेको कुरो तिरुले पहिल्यै भनिसकिछिन्। मलाई पनि ठूली भतिजी दुर्गे भाउज्यू जस्ती र सानी दाइजस्ती हुनुपर्छ भन्ने लागेको।
 
Posted on 08-07-07 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gautam dai
 
Posted on 08-07-07 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नि, अब साचै को गुतपाक खाने भए म कहा आउ के रे। हन अब फोटु खान्छौ भने चाइ भोलि तिर टासिदिम्ला।
हरी को कुरो तेसो पो रैछ। म त केटो लाइ साचै पीर परेछ कि भनेर पो त।
गोतामे दाइ लाइ मेरो पनि जदौ छ है।
रिट्ठे लाइ शुभ रात्री।।
 
Posted on 08-07-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NKC भुत भएर आउँदा हुन्छ ?
फोटो राख्दा हुन्छ ke
goodnight ritthe
 
Posted on 08-07-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे मुन्नि, भुत भएर आउ कि पिचास बहेर आउ, मम् डराउदिन क्यारे।
फोटु चाइ भोलि राखुमला है त। फोटु राख्न लाइ पहिला फोटु नै खिच्नु परो के रे।

 
Posted on 08-07-07 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन सान रात छ के , पर टाढा कोही रोएको जस्तो सुनिन्छ। एक्कासी धोका खोलेको आवाज धर्मराएको पाइला झन्झन नजिक खाटै नजिक आयो भुत उभिएको जस्तो अनी ...अनी ... अनी ...ओधेको सिरक स्वात्त्त तन्यो भने
 
Posted on 08-07-07 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे मुन्नि, अब यो गर्मि मा कस्ले सिरक ओढेर सुत्छ होला। तिम्रो कथा सुनेर त सानो मा हजुरमुवाले कथा भनेको याद आयो।

 
Posted on 08-07-07 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepal bata koseli ke aayo bhanera yeso chautari tira chirekoni
 
Posted on 08-08-07 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ
मैले भनौंला भनेको कुरो तिरुले पहिल्यै भनिसकिछिन्। मलाई पनि ठूली भतिजी दुर्गे भाउज्यू जस्ती र सानी दाइजस्ती हुनुपर्छ भन्ने लागेको।
 
Posted on 08-08-07 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ
मैले भनौंला भनेको कुरो तिरुले पहिल्यै भनिसकिछिन्। मलाई पनि ठूली भतिजी दुर्गे भाउज्यू जस्ती र सानी दाइजस्ती हुनुपर्छ भन्ने लागेको।
 
Posted on 08-08-07 1:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hatterika, dui choti po hun pugechha!
 
Posted on 08-08-07 6:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज दौ!!
हिजो त खुब चिरवीर भे'छ चौतारीमा, जिम्मालबाले त २४ घण्टामा ६० भन्दा बढी पोस्ट गरे भन्ने गाँइगुँइ हल्ला नि सुनियो, बुढेसकालमा नि कस्तो जोस हो बुढाको? जिम्मालबाको जोश देखेर त आँफैलाई लाज लागेर आयो, आज त म पनि १५ वटा जती पोस्ट त गर्छु गर्छु।

दुर्गी भाउजुले क्युट नानीहरुको फुटु राख्नु भे'छ, मेरो तर्फबाट नि भतिजिहरुलाई माया गर्दिनुहोला, चकलेट, पुस्टकारी चाइ लाग्यो लाग्यो गर्नु पर्ला।
गोताएँ दाई, मिस दिदी, सान्नानी, दुर्गे दिदी सबैको नानीहरुको फुटु हेरियो अब जिम्मालबाले आफ्नी नातिनीको फुटु चौतारीमा कैले राख्ने होलान?

मिस दिदीले अनी तिरुले कथा-सथा लेख्नु भनेर आदेस दिनु भा' जस्तो ला'थ्यो, के गर्ने आफ्नै कथा भईरा'छ यता त। साउको खेत जोत्न सिद्दिन सिद्दिन ला'छ त्यस्पछी फेरी खेत जोताइको पुराण लेख्नु छ, भ्याइ नभ्याइ छ। तैपनी केइदिन पछी मिल्यो भने केही टासुम्ला !

सबै सिरक भित्र गुट्मुटिराहोलान ऐले त, ठुलि त आम्थिन यतीबेलासम्म कता गैछिन आज। एक्लै फत्फतायो, सुरुवाल टक्टक्यायो गयो, यस्तै भईराछ आज्कल, कुरा गर्‍यो कुरा कै दु:ख!
 
Posted on 08-08-07 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Goooooooooood morning Chautari!
 
Posted on 08-08-07 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle haru taaaaaaaaaaaaaa

name ni ekaa bihanai dekhaa parecha. ke cha name timro haal chaal?
 
Posted on 08-08-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache i m here.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters