[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १७६~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 156931 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-09-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७६ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 176 edition

नयाँ चौतारीमा नयाँ तारेमाम।


 
Last edited: 09-Feb-10 08:46 AM

 
Posted on 02-16-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे।



होना चा भन्नेको क्यूरियो पसल हो लहरे ??



के छ खबर ?


 
Posted on 02-16-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो सत्तेनास हुने लहरेका काल, भोक लाग्या बेलाँ ओरिजिनल म:म देखाएर तिम्लाऐ हैचा लाग्न नसक्या! हाम्रा नि दिन आऊलान ए रात्तै! नेपाल मात्रै त जान पाम, २ हप्तामा एउटा राँगो सिङ्गै चपाउँछु।


 
Posted on 02-16-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-16-10 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे को नाम को एभोलुसन

बैरे = बैरे मान = बेइमान



सबै ठीक ठाक छ ठुल्दाइ - अली सन्चो नभएर मात्र हो

अनी जिम्बाल तिमी आउँदा जे गर्न मन लाग्छ गर - हामी त एसै गर्ने हो क्यारे




 
Posted on 02-16-10 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुसट मान्छे | बिहान बिहान भोक लागी रा बेला माँ एस्तो देखाएर के गरेको पापी |


 
Posted on 02-16-10 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गाई केटो ले के भन्या - जिम्बाल लाई त्यसो नभन के - उसै त बुढो मान्छे
 
Posted on 02-16-10 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्डै ४५ मिनेट हुंदो हो, चरो मुसो नि देखिदैन ।



अचेल हाम्रो चिप्ले सर कता ब्यस्त हो ??


 काम चोर्न थाल्या भन्ने सुनेको , झनै बेपत्ता।



बिस्टे सम्धिको खोजखबर गर्नु पर्‍यो बिर्खे बा ।


 
Posted on 02-16-10 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, ठुल्दाइ, पुरे , गोठाले , रिठ्ठे , बिर्खे, बैरे ....... सबैलाई तारेमाम .
क्रेजी लाई प्रणाम ।
लहरे ....... ल ल मोज गर .... भोज गर . तिम्रै छ दिन . रात ....

जिम्माल .... मेरो छुच्चो बोलि ? त्यस्तो त नहुनु पर्ने ....... त्यत्रो तरुनी हरु लाइनमा लेराएको एही बोलिले त हो नि, जिम्माल ले नै एक्दिन मलाई ठमेल को वोरालो लाग्दा भनेको याद आयो (हिद्द्दै गर्दा माइक्रो मा चडेकि एक जना तरुनी सँग म हाँसेपछि ) :

जिम्माल : हैने रामे, तिमी सँग त जो केटी पनि हास्छँन त ..
म : (मुसुक्क गर्व का साथ नदेखिने गरी हाँस्दै ) अँ यार ...... के गर्नु तरुनी हाँसे पछी हास्नै पर्‍यो .....
जिम्माल : हैन तिम्रो सबै केटी सँग राम्रो सम्बन्ध छ कि क्या हो ?
म : राम्रो नै छ ।
जिम्माल : भनेपछी तिम्रो अहिले सम्मा कोही सँग सम्बन्ध जोडीएको छैन ?
म : ?
जिम्माल : मेरो त कोही केटी सँग पनि राम्रो छैन ..... भेट्यो कि ......
(सबै कुरा यहाँ भन्न नमिल्ने भएको ले एती नै .......... कसैलाई सुन्न मन भये फुन पाम )
******************************************************************

 ...... त्येतिकै हुनसक्छ भनिदिने फेरी ठुल्दाइ पनि .....

छुच्चो त त्यही चिच्याउने बाकशमा मात्र हो ........... हैन जिम्मालले कसरी थाहा पायेउ चिच्याउने बाकसमा देखिएको मेरो छुच्चोपन ? सन्का गर्न पर्ने ठाउँ छ है ? कहिले चिच्याउने बाकसमा जान्न भन्थेउ त ......... ल रिठ्ठे रेसोच गरौ है ।

धेरै ठाउमा प्यालो टाउको को आवस्यक्ता महसुस हुन सक्छ ....... मन लागेको ठाउमा मन लागेको किसिम किसिमको प्यालो टाउको राखेर पढ्नु होला ।


 
Posted on 02-16-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो ? साडे दुई घण्टा हुन लागिसक्यो ..... जम्मा दुई वोटा मात्रा पोस्ट ?







कता गये  सबै ..........

 
Posted on 02-16-10 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



एक घण्टा १० मिनेट भो, रामे आए सि कोइ न आएको। के चौतारीको नियती आइन्दा यस्तै हो । घण्टा कुर्ने ??


 
Posted on 02-16-10 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


कहाँ गयो त्यो रिट्ठे डाकु , भा नभा हल्ला फैलाउने ग्र्‍र्‍र्‍


 
Posted on 02-16-10 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ तथा तारेमाम !


३ दिन आराम गरेर बसेको सबै निस्क्यो आज !


के भो बैरे? कस्तो हल्ला? कस्ले फैलायो? कुरो बुझे मार्दिनु !


 
Posted on 02-16-10 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्ला के हो बैरे । खुलस्त पार्नु पर्‍यो।
 
Posted on 02-16-10 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ गोर्खा पत्र , कान्तिपुर , नेपाल टि.भी को अगाडि नी कुरा खोलेर मेरो कल्याण होला र
 
Posted on 02-16-10 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त ठुल्दाइ, के को हल्ला हो? कस्तो हो? हाम्ले नि थाहा पाउनु पर्‍यो नि पैले त ! अनी पो हुन्छ त !


तेस्सै बम्केर हुन्छ?


 


 
Posted on 02-16-10 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is the first time I have been to चौतारी . I am glad to know that it has been providing a common shed for 5 years to Nepalese all around the world. Thank you very much to the initiators creating such a platform whereby the thoughts can be discussed, sweet as well as bitter feelings can be shared and of course a bond of care and love can be created.
Also, thanks to all the active members for making the चौतारी crowed in a sense that it is always good to be here among the lot of talks, laughs and never ending discussions which are always filled with the sweet smell of Nepal. 
Thank you all again.
Long live चौतारी  and may the branches of its tree be always spreading.


eclectic.

 
Posted on 02-16-10 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम इक्लेटिक,
चौतारीमा स्वागत छ। हाम्रो शौभाग्य हो यहाँ लाई चौतारीमा पाउनु। नियमित आउनुस्, नेपाली माटो को सुगन्ध पाउनु हुने छ ।

 
Posted on 02-16-10 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी का औतारी हरु लाई यो साथी को प्रणाम

रामे: हेर जिम्माल पहिलो तालि मै त्यो केटी मलाई हेरेर हसी रहेकी छे
जिम्माल: म पनि पहिलो ताल तलाई देख्दा एक हप्ता सम्म हासी रहेको थे


बैरे: हे पुरे त कहिले केटा जस्तो   कहिले केटी जस्तो व्यबहार किन गर्चस ह?

पुरे: सब पूर्वज को दोस  हो बैरे, मेरा पूर्वज हरु मध्हे ५०% केटा थे बाँकी  ५०% केटी  थे

राहुल भाई: राम राज्य मा बाघ र बाख्रा एकै ठाउँ मा पनि पिउथे रे, यो कसरी सम्भब छ?
भाउजु: किन सम्भब छैन, म्, तपाईं सँग संगै पानी पिउदिन?

तिमी मेरो साथी: दुई महिना भैइ सक्यो कम्मर दुख्या दुखै छ कती  डाक्टर देखाइ सके  ठीक हुने होइन
क्रेजी पर्मात्मा: मैले चिनेको एउटा डाक्टर एकदम आनुभबी छ ३० बर्ष देखी  medicine practice गरी रा हो , उस्लाई देखाये ठीक हुन्छ कि?
तिमी मेरो साथी: त्यस्तो ३० बर्ष देखी खाली practice मात्रै गर्ने दाक्टार् ले मेरो  रोग के ठीक गर्ला
स्रोत: ज्यान गये भन्दिन

 
Posted on 02-17-10 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शुभप्रभात।



 
Posted on 02-17-10 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ ।


तारेमाम गोठाले,
एका ब्यानै ? कुन देबीको दर्शन गर्न हिड्या ??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters