बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 363419 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-06-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेले पनि हर्के मार्का खान्छ र भनेको , पचाउन सक्छ , पर्बते मार्साब्ले पचाउन सक्छन बूङूर्को मासु ।


मैले चै एसपाला फ्रेश बूङूर साँधेर चिसो बियर सँग खाए निक्कै मजा आयो , चिसो सुरुप्प पर्‍यो अनी तातो साँधेको मुखमा क्वाप्प हाल्यो , ख्याल मजा भएन गान्ठे ।


 
Posted on 04-06-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा लहरेको न्युज आको रैछ , अरु पनि थप्दै जाउ है ।
 
Posted on 04-06-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेछी निकै रमाइलो गरेसन पुर्बेली औतारिहरुले। हाम्ले नि कम रमाइलो गर्या त कहाँ हो र। तर तिमेरु जस्तो फलाक्दै हिंड्ने बानी सैन। ल सबैलाई एक्मुस्ठ तारेमाम, जदौ, सलाम नमस्ते।
 
Posted on 04-06-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, आउनु चाँही छैन अझ गलत समाचार छापेको हेर त, यो त रक्त पत्रकारिता भयो नि
ठुल्दाइ, तारेमाम है, त्यो पिठो र मासु को डल्लो (नाम लिदा नि वाक्क आऊला जस्तो भैसक्यो) बनाएर ख्वाएको धन्यवाद पनि कती पटक दिनु भनेर नि त्यही नि चाहिए देखी दिउला
रिठ्ठे, थ्यान्क यू फर द कम्पनी है 
अनी हर्के को बिज्नेस्स त भब्य रहेछ नि , त्यत्रो तान्नु छ ५० त जाने नै भयो नि


हो नि हर्के, त्यो मार्का त नखाम भने के अनी के भने जस्तै हो,
अब ठुल्दाइ ले त्यो मार्का कपिराइट लिनु होला जस्तो लागेको छ है


 
Posted on 04-06-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो मार्का भनेको के नि खै कुरो बुजिएन , हेर सप्पैले खान थालेछन हर्के मार्का जे होश खुशी लाग्यो ।


तारेमाम नेत्रे बौवा , सप निमन छि ?


 
Posted on 04-06-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेत्रे।
पूर्बेली को भेलामा पश्चिमेली को गुलियो अंगुर ( अमिलो किन भन्ने भनेर )।


हैन हर्के, हर्के मार्का मात्र हसुरे त पर्बते, रिट्ठे, बिस्टे तिनै जना टेकु अस्पतालमा हुन्थे ।


४ पाउण्ड कुखुराको किमामा १ पाउण्ड हर्के ब्र्याण्ड किमा मिसाएर बनाउने क्या। असली शान्दार म:म: को स्वाद निकाल्न।



५ भाग को १ भाग त हरिण , जरायो, खरायो जे को हाले नि पचाउछन । आखिर काठमाडौंमा   पनि बफ पचाएकै हुन।


 
Posted on 04-06-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फुटेको सम्चार


हेल्लो तपाईंहरु एही हुनुहुन्छ अहिले सम्म पनि। ल सुन्नुस्।


सन्चर्बार को भेला मा जम्मा भएका मध्ये सबै भन्दा अनुभब भएको ब्यक्ती अरु केही मा नभै म: म: बनाउने मा , हो उही राहुल भाई रायमाझी उर्फ ठुल्दाइ ले अस्ती को पालो पनि म: म: नै बनाउनु भयो। तर एसपाली सबैलाई ठुल्दाइ भनाउदा ले नून नपुगेको म: म: खुवाएर सबैलाई जिल्ल पार्दिएको थियो। भेला मा भएका एक पर्वते काइला त्यो म: म: लाई पिठो को डल्लो भनेर सम्बोधन गरेको बाट एस्को पुष्टी भएको छ। रिट्ठे साइलाको पेट गडबड हुनु, पर्वते काइला पो मुखै डाम्नु - एसबाट के पुष्ट हुन्छ खराबी म: म: त होइन। एसको जवाफ कसले दिने त। जिम्मेबार को त। जवाफ एउटै छ -


"राहुल भाई रायमाझी उर्फ ठुल्दाइ"



 


सुन्दै हुनु हुन्छ फुटेको सम्चार  


बरिष्ठ चौतारी सम्वाददाता
लहरे कान्त लकौल
      चौतारी सम्चार      


 
Posted on 04-06-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुटेको समाचार, स्थलगत रिपोर्ट:


 


लहरे- (टाइ मिलाउँदै, ठुस्स परेको मुख खोलेर बत्तिसि देखाउँदै क्यामेरमा हेर्दै) "दर्शकवृन्द, हामिले भर्खरै जिब्रो डामेर घाइते भएका काइते...आच्या पर्वतेको समाचार प्रकाशित गरेका थियौँ। यहि मौकामा चौका हान्न हाम्रा संवाददाता घटनास्थलमै उपस्थित हुनुहुन्छ। आउनुहोस वहाँले लिएको स्थलगत अन्तरवार्ता हेरौँ:


(टुँssss....झ्यार्र्र्र्र्रssss....टुँsss.....)


(टिभिबाट लहरेको थुतुनो गायब हुन्छ र एकैछिनको झ्यारझ्यार पछि संवाददाताको थुतुनो देखिन्छ। वरिपरी केहि मान्छेहरु हुन्छन, र कसैले ऐया आत्था गरेको र कसैले "मैले हैन मैले हैन" भनेको सुनिन्छ।)


संवाददाता- (पर्वतेतिर हेर्दै) " तपाइँको जिब्रो डाम्यो रे?? तात्तातो कुरा मुखभित्र हुल्न हुँदैन बनेर केट्केटि बेलामा बाले भनेको बिर्सेको?"


पर्वते- "कहाँ बिर्सनु नि, तर ठुल्दाईले आफ्नै मुखले "म:म जति तातो खायो त्यति मन रमायो, तारेमाम्" भनेकोले मैले पनि बाफ उड्दै गरेको म:म गनेर दुईवटा मुखमा हुलेर मुखको दुई गाला तिर लगेर चपाउन खोजेको नि!"


संवाददाता- "अनि?"


पर्वते- "अनि के नि, जिब्रो मात्र हैन मेरो तालु, गाला सबै डाम्यो नि!"


ठूल्दाई- (बिचमा कुरा काट्न खोज्दै) "असलि...."


पर्वते- " त्यसपछि एक कचौरा सुप चिसो हुन्छ कि भनेर यहि मुखमा हुलेको, राम राम राम त्यो पनि तातो रहेछ, मेरो त बर्बादै भयो नि, अब कतिदिन भात खान नहुने गरेर मुख दुख्छ!"


ठूल्दाई- (फेरि बिचमा कुरा काट्न खोज्दै) "असलि..."


संवाददाता- " भात खान नभए नि बोल्न चाहिँ म:म ले पोलेर झन सजिलो बनाइदियो जस्तो छ हेँख हेँख हेँख। (ठूल्दाई तिर फर्कँदै) " केहि भन्न खोज्दै हुनुहुनथ्यो तपाइँ?"


ठूल्दाई- " असलि म:म भनेको तातो म:म हो मात्र भनेको हो मैले, अब कसैले असलि म:म खान खोजेर सिधै भाँडोबाट मुखमा हाल्छ भने यो ठूल्दाई जवाफदेहि हुने छैन, म:म पकाएको जिम्मा सम्म लिने छैन, तारेमाम्"


संवाददाता- "तर म:म त तपाइँले नै बनाऊनु भएको रे नि त? वहाँले तपाइँलाई सु गर्नु भयो भने त तपाइँ फस्नुहुन्छ नि?"


ठूल्दाई- " हेर्नोस कसैको आन्तरिक मामलामा यो इलाहाबादि पस्दैन, नगरेको कुरामा ठुल्दाई फँस्दैन, तारेमाम्!"


संवाददाता- " हैन के कुरा गर्नु हुन्छ? म:म तपाइँले बनाऊनु भएको हैन?"


ठूल्दाई- " सत्य बोल्नु आजको खाँचो हो, ठुल्दाईले म:म बनाएको कुरा ठिक साँचो हो, तारेमाम्!"


संवाददाता- (अचम्म पर्दै) " अनि त? म:म बनाएको चाहिँ हो रे, आफू फँस्ने चाहिँ हैन रे? तपाइँ किन दुईजिब्रे?"


ठूल्दाई- (केहि रिसाउँदै) " दुई जिब्रो साँपको हुन्छ, झुठो बोल्दा कुरा पापको हुन्छ, तारेमाम्! मैले गरेको कुरा ---प्याज काटियो, आँशु झारियो, लसुन थिचियो पिठो मिचियो, हल्ला गरियो डल्ला बनाईयो, अचार पिनियो रउसि किनियो, त्यत्ति हो, तारेमाम्!"


संवाददाता- "अनि? सबै काम गर्नु भएको रहेछ नि, भनेसि तपाइँले बनाएको म:म खाँदा पर्वते घाइते भएर काइते अवश्थामा आएकोले तपाइँमाथि कानूनि कार्वाही हुन्छ नि!"


ठूल्दाई- " संवाददाताजी, तपाइँले माईक समात्न सिक्नु भन्दा पहिला कानूनको किताब घोकेको मान्छे यो यो राहुलभाई, झुठको कुरा धेरै बेस बस्दैन, यो ठुल्दाई अझ पनि फँस्दैन!"


(दुवैजनाको कुरा हुँदै जाँदा पर्वते टुलुटुलु हेर्दै थियो भने, बिस्टे बुढा चाख मानेर कुरा सुन्दै थिए)


पर्वते- " के रे? दुख मलाई भा'को छ, यसको क्षतिपूर्ती लिएर छोडिन्छ!"


ठूल्दाई- " म कानुनि मान्छे हो पर्वते मार्साप, वास्तवमा नै क्षतिपूर्ती लिनु पर्छ! मैले बनाएको म:म मैले जसरि बनाएको थिएँ त्यसैगरि खाएको भए केहि हुन्थेन, तर बिस्टेले स्टोभमा दम दिएर पानी उमालेर म:म खुब तताएर पकाएकोले यो भएको हो भन्ने थाहा पाउनुस, उनकै कठालो समाउनुस, तारेमाम्!"


संवाददाता, बिस्टे तथा पर्वते- "हँ?"


ठुल्दाई- "अँ!"



 
Posted on 04-06-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>प्याज काटियो, आँशु झारियो, लसुन थिचियो पिठो मिचियो, हल्ला गरियो डल्ला बनाईयो, अचार पिनियो रउसि किनियो, त्यत्ति हो, तारेमाम्!"<<<


 


हाहा हा ठुल्दाइ को पारा ठ्याक्कै निकालेको जिम्माल ले ! हाहा


 
Posted on 04-06-09 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 06-Apr-09 03:38 PM

 
Posted on 04-06-09 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फुटेको सम्चार


भर्खरै लाईभ रिपोर्टिङ सुनु अनी हेर्नु नै भयो होला। अब दोष जान्छ बिस्टु राम बिष्ट लाई। अहिले भर्खरै प्राप्त सुचना अनुहार बिस्टे गुप्ता बास को लागि गुप्त ठाउँ मा पुगेको अनी त्यो गुप्त ठाउँ नयाँ जर्सी को एउटा ठाउँ रहेको छ, पुरै ठेगाना भन्न मिलेन पछी खुसुक्क भन्ने नै छु। अब एकचोटी पीडित ब्यक्ती तर्फ ध्यान दिने हो कि


पर्वते - आयाss दुख्यो नि, आथाsss पोल्यो नि


पर्वतेनी - कत्ती कराइरा - एकछिन चुप लागेर बस्न सक्दैन - सिरियल पनि राम्ररी हेर्न दिदैन - चुप लाग एक्छिन


पर्वते - हेर एसको ताल - लोग्नेको हाल एस्तो छ, तर एसलाई भने सिरियल कै चिन्ता छ


पर्वतेनी - (वास्ता नगरि सिरियल हेरेर बस्छ)


पर्वते - होइन सुन्न छाड्यौ कि क्या हो - जा न बुढी अली आईस लिएर आउन न - पोल्यो भन्या


पर्वतेनी - हैन कोल्ले दुई दुइटा म: म: यकैचोटी मुख भित्र हुल्या त - खान नपा जस्तो - के मैले तिमीलाई बनार खान्द्या थिएन - सोमत नभएको मान्छे - अरुले के भन्यो होला - (रिस्ले चुर हुन्छ पर्वतेनी)


पर्वते - आयाsss आठआsss पोल्यो दुख्यो - निहुँ खोज्ने होइन अहिलेssssss


पर्वतेनी - के अहिलेsssssss, के चला हो तिम्रो हँ - कस्तो मान्छे तिमी न्याप्किन ले पनि तिम्रै टाउको फुट्ने, म: म: ले पनि तिम्रै मुख डाम्ने, बेल्ना मुख मा मैले हान्दा नि तिम्रै मुख कुचिने, जहाँ गए नि आँखा घुमाउनु पर्ने, बानी पनि त्यसतै


पर्वते - कती कराउन सकेको अहिलेsssss अहिलेsssss


पर्वतेनी - हैन अस्तिको पुगेन जस्तो छ तिमीलाई - आज त जिउ मालिसै गर्छु - लौ खा


पर्वते - आयाsssss हैन बुढी अब गर्दिन आयाsss




निक्कै गर्मा गर्मी चल्दैछ आज पर्वते कहाँ - अहिले को लागि यो बिज्ञापन  


सुन्दै हुनु हुन्छ फुटेको सम्चार  


बरिष्ठ चौतारी सम्वाददाता
लहरे कान्त लकौल
      चौतारी सम्चार
      


 
Posted on 04-06-09 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल महालोल
म:म: थियो असली झोल
 
Posted on 04-06-09 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा, आजको समाचार निक्कै रोचक अनी घोचक लागेको जानकारी गराउन मात्र आको

मेरा नि दुई-तिनता महालोल, हा हा हा हा सार्है मज्जाको विवरण आयो, समाचार त सक्या छैन होला केरे भन्ने मान्याछु, अझ जाओस

 
Posted on 04-06-09 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम।


गीतान्जली नियमित रुपमा प्रसारण नभेकोमा घोर बिरोध गर्दै आजको सीतान्जली कार्यक्रम सुरु गर्न अनुमती चाहन्छु ।


 










akhako nid khosi lane ti .mp3 - arun thapa


 
Posted on 04-06-09 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


दिनभरी झरी परिरह्यो । फत्तेमान दाईको मन मै झरी परिरह्यो।


 










Jhari_pari_Fatteman.mp3 -


 
Posted on 04-06-09 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-06-09 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुम मुझ से मिलने सम्हाँ जलाकर ताज महल मे आ जाना


 










Taj Mahal Mein Aa Jana - Nina Mehta


 
Posted on 04-06-09 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-06-09 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-06-09 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम दाजु,एक एक्लै कडा कडा गीत सुनेर बस्दिने ,, अनी भोजन हानियो त ।।
एक दुइ वटा म नि हान्दिम न त ,,की कसो ,चस्मा लगाएर।।





 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters