[Show all top banners]

jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८४

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 174724 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-10 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८४ ~  




                                                                                                                                                                                                             

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी 

चौतारी १८४ औं 
संस्करणमा आइपुगेका छौं। 

अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने 

पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, 

दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र 

उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ। 

अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। 

कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी 
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। 

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै '

हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले 

हार्दिक स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | 
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, 

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? 

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! 

नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो 
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! 
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा ! 
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! 
त्यो सुनौलो धौलागिरी, 
त्यो पाखा, त्यो बारी, 
त्यो पाठशाला, त्यो पसल, 
त्यो गैह्रो, त्यो  लाँकुरी.... 
कठै त्यो मेरो गाउँ !!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, 
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



 सधैंझैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली, Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, Baire - बैरे, Khushi - खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस, टुसे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 184 edition




Last edited: 08-Apr-10 11:32 AM

 
Posted on 04-20-10 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-21-10 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाँदनी रातको चन्द्र झै
आएउ तिमी मेरो जीवन मा
क्षितिजमा छरिएका मुस्कान झै
सुबाश छरेउ यो दिलमा


कती बस्छौ ओढी लाज को घुम्टो
मनमा पलाएका रहर छोपी


बुधबारे जदौ चौतारीका सबै औतारिहरुमा !


ल म चाँही उक्ले चौतारी तिर अरु को को आउने हो आँम है !




 
Posted on 04-21-10 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त रिट्ठे फर्स्ट - के भा यो - बुझ्नै सकिन बा

अरु कता लागे त खै -


हिजो पनि ठुल्दाइ सँग अली बेर भलाकुसारी भा थ्यो -

ग्वारामरी खाने भनेर पो सोध्दो रैछ,

ग्वारामरी ब्रेक फास्ट खान ला रे -

मैले नि धेरै चिल्लो खान हुन्न भन्दे - के गर्ने - अरु केही भन्न सक्ने ठाउँ नै थेन

ल मेरो पनि हाजिर भो है

 
Posted on 04-21-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो लहरे के छ हौ?


देखेउ त सधैं रिट्ठे यस्तो रिट्ठे उस्तो भन्थेउ आज बोर फस भएर देखाइदिये !


योमरी त सुन्या छु त्यो ग्वारामरी भन्या के हो? योमरी को दिदी बैनी हो कि क्या हो?


फोटो राख त ग्वारामरी को !


अनी कस्तो लाग्दैछ रे ठुल्दाइलाई नयाँ नेपाल?


 
Posted on 04-21-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब फोटो त पाइएन तर यो चाँही पायो ल

Gwaramari consists of two words, Gwara and mari where gwara means round
shaped and mari means bread in Newari. It is made up of flour mixed
with some baking powder (soda) and salt and then deeply fried in oil.
The taste is just so awesome. It is best when you eat it when it is hot.

ठुल्दाइ को त मस्ती छ नि नेपाल मा - मोज गरिराछ

घर मा एक दिन टिक्न पाएको छैन रे - कहिले कता कहिले कता -

धुँवा धुलो लोड शेद्दिङ बाहेक अरु त राम्रो छ रे - अब म: म: को के कुरा गराइ भो र - महेन्द्र बौचा तारेमाम भन्दैथ्यो

 
Posted on 04-21-10 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्जे हरु बिहान बिहानै देखी खानाको कुरो गर्दै रछन ।


तेही भनेको रिठ्ठे नयाँ बर्ष मा एती नचिएछ , अहिले सम्म जिउ दुखी राछ हल्लाउन नहुने भको छ ।


खै चियाको ब्यबस्था गरन हो , अनी त्यो फोटोमा रिठ्ठे ओरालो लागेको कि उकालो लागेको हो।


सप्पैलाई नमस्ते अनी तारेमाम छ है ।


 
Posted on 04-21-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हर्के दाई नि आउनु भएछ - तारेमाम

लन्च को कुरा गरेको होइन - ब्रेक फास्ट के

अब बिहान पनि त खानै पर्‍यो - नखाई बस्न सकिदैन नी होइन र

 
Posted on 04-21-10 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-21-10 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-21-10 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY NEW YEAR 2067!


IS IT STILL BAISAKH? HO HAI??


NEPALI CALENDAR MARU, KASU GARU?


 
Posted on 04-21-10 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY NEW YEAR 2067  TO YOU TOO CRAZY!!!

HO HO STILL BAISHAK...............

 
Posted on 04-21-10 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जेठ ७ गते भईसक्यो आज के को बैशाख हुनु नि !


दुइटैको आँखामा धमिरा लागेछ खेँ खेँ खेँ


 
Posted on 04-21-10 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधवारे + बिहिबारे सयुक्त जदौ ।


आइ पि एल को इनिङ ब्रेकको फाईदा उठाउदै काइदाको इन्टर्नेट चलाऊदै छु । नयाँ नेपालमा मोज र भोज त होइन घामको डोज मजाले पाइरहेको छु। चर्को घाममा एक पछी अर्को काम ।


जागिर छोड्नु जागिर खानु जत्तिकै गाह्रो हुने रहेछ । अहिले त्यही छोडेको जागिरको हिसाब फरफारक गर्न दिन दिनै अड्डा धाइरहेको छु ।


जताततै मान्छे अनी भान्छे बाहेक केही देखिन्न। यमराज यातायातहरु सडकमा न अटाएर पेटीमा पनि बिराजमान छन। तस्बीरहरु क्यामरा भित्रै कैद छन । माथिभार बिसाउन ( अप लोड ) गर्न इन्टर्णेटको यो संबिधानमय गतीले संभव भएन।


चौतारीका सम्पूर्ण औतारिहरुमा नयाँ नेपालबाट पुन अभिवादन ।


 
Posted on 04-21-10 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khe khe khe garne manche kata gaecha? mango ko season hoina?
 
Posted on 04-21-10 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


नयाँ नेपालबाट पुरानै चौतारीमा स्वागत छ !


धन्न टिभी सम्म हेर्न पाउनु भएछ ठुल्दाइले ! मैले त टिभी मा एक्छिन आँखा तेर्स्याउन पनि पा होइन ! घर फर्कदा कैले १२ बज्ने कैले १ बज्ने ! तेत्तिकैमा बित्यो !


अनी काठमाडौं को यातायात को त के कुरा गर्नु कती खेर ल्याएर बज्जेहरुले ठोक्छन जस्तो लाग्छ !


भनेपछी अरु सबै राम्रै होला क्यारे ! भाउजु लाई नि नमस्ते भन्दिनुस् न त है !


खुशीले मदनवा कता गयो भनेर हामीलाई पो सोधेको? लौ न अब चाँही बन्छ कि क्या हो संबिधान !


 
Posted on 04-21-10 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशीले मदनवा कता गयो भनेर हामीलाई पो सोधेको? लौ न अब चाँही बन्छ कि क्या हो संबिधान !

mango =
मदनवा

khe khe khe....
 
Posted on 04-21-10 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एसो खार आको म त -

ल को को आएछ सबैलाई तारेमाम



 
Posted on 04-21-10 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mango = मदनवा


होइन ब्रान्डी होइन मदन्वा त उ चिया पसल मा बसेर गफ लाउदैछ ! साइकल चाँही छेउ मै लडाएछ मोरोले !


के खार आएउ ए लहरे हन्तकाली !



 
Posted on 04-21-10 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के खानु भात खाको - मासु सँग - मास को दाल अनी गुन्द्रुक को अचार सँग


 
Posted on 04-21-10 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जरुरत है जरुरत है जरुरत है
एक सिरिमतीकी कलावतिकी
सेवा करेगी जो पतिकी
जरुरत है जरुरत है जरुरत है
सख्त् जरुरत है


जय रामजीकी। जय रावणजीकी। तो खुशीया सुन्द्री आएछ चौतरीयामे हाम्रो नि दिल खुश भाईदियो खेंखेंखें। मदनवाको बात् कर्दैछ खुशीया? हामीले सुनेछ कि वो आँप लिनेको लागि देहात गए थियो। जब आँप बगैंचामा पुगेथ्यो, बनवरीकी बेटीसँग मिल्गयो। वो दोनोको ऊही लब वब पर्‍यो र सादी करीलीयो। दहेजपे मोटरसाइकल और मोबाइल भि मिल्गयो उस्को। शीर पर हेल्मेट लगाएर वो त हाई वे पर ८० किलोमिटरको स्पीड मे भगाउँछ। साइकिल, ट्रैक्टर, बयलगाडा सबको उछिन्छ।


लौ हेर्दा हेर्दै बाउचा र रिट्ठे पनि आएछन्। रिट्ठ्ले त खोइ त मेरो प्रश्नवलीको जवाफ दिएको? कोशेलीको नाममा दुई थोपा आँशु रे, फोटो पनि केही टाँस्ला भनेको त पहिले नै देखेको जस्तो लाग्ने बासी फोटो पो टाँसेछ त।
बाउचाले चाँही के खाएर आएको? र्यापरको मम हो?
ठुल्दाइ, बिजुली र ईन्टरनेटले जहिले साथ दिन्छ, त्यही बेला तारेमाम स्वीकार्नु होला। मैले अस्ती भन्या सामान चाँही जसरी भए पनि ल्याइदिनुहोस् है, अटेन भन्न पाइन्न। महेन्द्र बाउचाकहाँको ममको स्वाद र गुणस्तर उस्तै कि परिवर्तित रहेछ त?


    
    


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters