[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 165262 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-13-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुलि !

के च तिम्रो हालकबर

नया बर्ख कसरि मनाउदैचौ

माया नमारे है गम्ले हो
माया नमारे
दुइ दिनको जिबनमा
माया नमारे

राहुल दा खोइ आर्को भाग कहिले रिदिङ् गर्न पाउने हो

चना को लोव् स्तोरि हाम्लाइ पनि सुनउन हो
 
Posted on 04-13-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. Ahem! Ahem!! Mic Testing.. Mic Testing......" Koi Chha........!!!!"

:P
 
Posted on 04-13-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमल्वा , इधर हम छे, देखिलिएन ?
 
Posted on 04-13-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ!!

के छ हौ खबर? आम्बो कस्तो लुकि लुकि बस्देको नि अन्त। मो चाँहि आबो चौतारीमा कोहि नभएको बेलामा माइक जोडेर यसो एक्लै गाना गाइदिम भनेको त ब्रो टुप्लुक्कै! घरमा भाउजु ले बस्नु दिदैन कि के हो हाम्रो ब्रोलाई? ताल पर्यो कि ब्रो त खुरु खुरु चौतारीमै आइपुग्छ। आबो यो उमेर सम्मपनि चिलिम छोडेको छैन हो! अन्त भाउजुले किन बस्नु दिन्थ्यो त घरमा। लास्टै र्‍याक भएछन्त ब्रोलाई।

आबो राहुलब्रो आइसकेछ कि अन्त के गीत गाउनु हो। आबो राहुल ब्रो सङ चिलिम मागेर तान्दिनु पर्ला जस्तो छन्त।

अनि बिहानै पून्टे सुड्डालाई नि के भएछ हौ? आम्बो लास्ट अङ्रेजी हान्देर गएछ नि त। जिम्स सुड्डाले त पक्कै पनि केहि बुझेन होला के। आबो मलाई भेट्यो भने "त्यो पून्टेले औरेजीमा के बोलेओ, उल्था गर गर" भनेर हैरान गर्छ। सुड्डालाई भन्देन भने फेरी उस्को बारीको मकैहरु केहिपनि खानु पाउदैन्त हो, अनि लास्ट र्‍याक हुन्छ।

आम्बो कत्रो गफ हान्दि सकेछु हौ!!

लु म माइनस आबो!!

:P
 
Posted on 04-13-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी ।

"पिताजी को सुनको तक्मा" -भाग ६

"म यसपाली फस्ट भएं भने के दिनु हुन्छ?" यस्तो हावादारी कुरा सुनेर हास्नु भयो र भन्नु भयो"तं जस्तो लड्डु फस्ट हुनै सक्दैन, ल भए छ भने तैले जे भन्छ त्यही किनी दिन्छु" । त्यसो भए मलाई एक जोर नयाँ लुगा किनी दिनु पर्छ साथमा एउटा जाकेट पनि भनेर भने । दाइ ले यो लड्डु ले दिउसै सपना देखे छ भनेर ल ल पहिला मार्कसीट ल्याउ अनि सपना देख भनेर भने ।
अनि त्यो दिन पनि आयो, रिजल्ट नि आयो । राहुले बेहोस्।



राहुले मात्र कहाँ बेहोस् भए र भने । धेरै जनाको होस हराए। पूरानो स्कूलमा सात बर्ष सम्म अनवरत प्रथम भएकि मित्र यसपाली दोस्रो मै चित्त बुझाउन बाध्य भई। उता घरमा दाइ बेहोस्, प्रथम् भएको खबर् सुनेर। दाइ र घर् परिवार् को लागि अकल्पनिय खबर थियो त्यो। राहुले ले कहिलेइ पढेको देखेको थिएन। घिरौला जत्रो नाक बोकेर घर पुगें। सबै खुशी भए नै। पिताजी लाई खबर सुनाए र मार्कशीटमा प्रथम भनी रातो अक्षरले कोरेको टिप्पणी लाई गौर गर्नु भयो। र स्याबस्स भन्न हात उठाउन खोज्नु भयो, तर हात चाहिँ हल्लियो, उठाउन चाहिँ सक्नु भएन।
पहिलो पटक् दाइ ले ज्याकेट् सहित नयाँ पाइण्ट र शर्ट किनी दिनु भो र भन्नु भयो"अब फर्स्ट् भयो भनेर बढि फुर्केर् काम मा ध्यान् न दिने होइन नि। काम को चाप् पनि छ, खर्च पनि जोगार् गर्नु छ।"त्यो तीतो यथार्थ मैले न बुझेको कहाँ छु र, काम गरी हाल्छु नि भनें ।

मीन पचास को बिदा भरि खूब काम गरियो । कमाइ पनि राम्रो नै भयो । गुठी गहना, "नख:, चख:"( चाड पर्ब) समेत मनाउन सकिने जस्तो भयो । बिदा सकियो । नौ कक्षाको पहिलो दिन, राहुले जिन्दगीमा पहिलो पल्ट फर्स्ट ब्वाइ को हैसियतले स्कूल गएको । मन मा अनेक तर्कना खेलाउंदै ।
अब के गर्ने होला भन्ने चिन्ता ले सताउन पो थाल्यो । मास्टरले कसैलाई न आए मलाइ नै सोध्ने हुन्छ। आफु परियो अझै लड्डु को लड्डु नै। जे पर्ला पर्ला, चुनौतीको सामना त गर्नै पर्‍यो ।
पढाइ सुरु भयो, कक्षा कोठामा पढाईदा ध्यान दिन थालें( पहिला पहिला खास् खुस् गर्ने बानी थियो) ।
एउटै उद्देश्य रह्यो, मेरा वरिपरी थुप्रै घायल प्रतिस्पर्धिहरु छन । कुनै पनि बखत मेरो "प्रथम" को उपाधी खोसिन सक्छ ।
त्यही एउटै मन्त्रमा अडिग भएर पढ्न थालें । प्रथम हुनु को धेरै फाईदा के भयो । एक अपरिचित राहुलेलाई धेरै ले चिने । दोस्रो अब फेरी मनितरको लागि कसैले चुनौती पेश गर्न हिम्मत गरेन । तेस्रो पढ्न वाध्य भएं ।

पढाइ भन्दा नि अंग्रेजी र नेपाली दुबै भाषा मा यथेष्ट सुधार देखियो । स्कूल बाट निबन्ध प्रतियोगीताहरुमा प्रतिनिधित्व गर्न आयोजित प्रतियोगीतामा दोस्रो भएं र एक जना सिनियर दाई सँग सँगै निबन्ध लेख्न धेरै ठाउँमा गएं । सिनियर दाजु बद्री मानन्धर ले सबै जसो प्रतियोगीता जिते र मलाई अर्को साल राम्रो गर्न सक्छु भन्ने आश जाग्यो । अंग्रेजीमा
पनि उल्लेख्य सुधार भो । त्यतिबेला, बी ए मेजर अंग्रेजी को परिक्षा को केन्द्र स्कूल मा परेको रैछ । अंग्रेजीका गुरु, भूपाल लामिछाने सर ले उक्त बी ए को जम्मै ग्रामर बोर्ड मा लेखो दिनु भो र ट्राइ गर्नु भन्नु भयो । आफ्नो ब्रम्हले सके जती हल गर्यौं । पछि चेक गर्दा सम्पूर्ण ग्रामर खन्ड मिलेछ र धाप दिंदै भन्नु भयो"नेगेटिभ् थाहा न भएको को यति प्रगति हुन्छ भन्ने सोचेको थिइन, धेरै राम्रो प्रगति छ, एस् एल् सी मा कुनै कष्ट् हुने छैन"।

यता पढाइ मा जती सुधार हुँदै थियो उता घर मा पिताजी को स्वास्थमा पनि त्यतिकै सुधार । अब पिता जी लौरो को सहयतामा हिड्डुल गर्न सक्ने हुनु भयो । बिस्तारै चम्चा ले गाँस मुख सम्म पुर्‍याउन् सक्ने हुनु भयो। औषधि उपचार् जारि नै थियो। तान्तृक् तन्त्र को असर् वा चिकित्सा बिज्ञान् को चमत्कार्, कुनै धमिलो आशा पनि न देखिएक्को बिरामीमा चहक् देखिन थाल्यो।


नौ कक्षा को पनि सम्पूर्ण परिक्षा सकियो । यसपाली भन्ने प्रथम हुन्छु नै भन्ने बिश्वास थियो र भयो पनि । दोस्रो हुने को भन्दा पनि झन्दै १०० अंक ले छलाङ लगाएछु । अझ अरु दुई वटा सेक्सन मा प्रथम हुनेहरु भन्दा त १५० अंक ले बेग हाने छु । आफ्नो परिश्रम को फल मीठो नै पाए जस्तो भो । बिहान ६ बजे देखि ७ बजे सम्म र बेलुकी ९ बजे देखि ११ बजे सम्म मात्र मेरो अध्ययन को अबधी थियो ।

अब १० पुगियो । ख्याल ठट्टा गर्ने बेला हैन, एस् एल सी को सवाल छ भन्थे सबै जना । शैक्षिक सत्र को सुरु मै हेड सर आदर्णिय गम्भीर मान सर बाट बोलावट भयो, हेड्सर को कार्यक्षमा ।
"तेरो प्रगती को रिपोर्ट हेरें, म प्रभाबित छुं । तैलें हाम्रो स्कूल को इज्जत राख्नु पर्छ । बोर्ड ल्याउन सक्छौ । हामीले सक्दो सहयोग गर्छौ ।"
हेड्सर को यस्तो प्रेरणादायी कुरा सुनेर अझ म मा उर्जाको संचार भयो । मैले मेरो घर को नाजुक स्थिती र मेरो बाध्यता सुनाएं र भनें"अझै पनि मलाई बिश्वास् छ, म राम्रो गर्नु सक्छु । एस् एल सी को २ महिना अगाडी मात्र सम्पूर्ण समय पढाई मा बिताउन पाए हुन्थ्यो । अहिले देखि पढन भनेर मेरो घर परिवार को माड खोस्न म सक्दिन र चाह्दिन पनि ।"
हेड सर पनि भाबुक हुनु भो । अझ आश्चर्यचकित हुनु भो । भात जोडेर कलम कापी समात्ने को यस्तो प्रतिभा । यसै सिलसिला मा हेड्सर् हाम्रो घर् पाल्नु भयो र पिताजी सङ् लामै भलाकुसारि गर्नु भयो। र एस् एल् सी को २ -३ महिना अघि नै उस्लाई पढ्ने मौका दिन अनुरोध गर्नु भयो। घर् का अन्य सदस्यहरु पनि चकित् थिए। हेड्सर् घर् आउनु नै अचम्म को घट्ना थियो। शालीन् स्वभाबका गम्भीर् मान् सर् को गम्भीर् आग्रह् न मान्ने कस्को हिम्मत्?

फाल्गुन मा सुरु भएको शैक्षिक सत्र को सुरुवाट मै जी ए ए ले आयोजना गर्ने एश्वर्य शील्ड हिज्जे प्रतियोगीता भाग लिनु पर्ने भयो । अंग्रेजी भने पछि झ्याउ लाग्ने आफुलाइ । भाग लिन्न भनेर बसेको, गन्भीर मान सर को आग्रह लाइ टार्न सकिन । छनौट मा भाग लिएं । न चाहदा न चाह्दै पन सेलेक्सन मा परियो ।

स्पेल्लिङ कन्टेस्ट भनेको नै त्यतिबेलाका अंग्रेजी आवासिय स्कूल हरु, सेण्ट जेभियर्स्, सेण्ट मेरिज्, बुढानीलकण्ठ्, आदर्श बिद्या मन्दिर्, भानु भक्त मेमोरियल्, शिद्धार्थ बनस्थली, आनन्दकुटी, ल्याब स्कूल्, आदी इत्यादी हरुको पेवा मानिन्थ्यो । हाम्रो जस्तो एक दुई सरकारी स्कूल ले कहिलेकाही दरो चुनौती चाँही दिन्थे ।

प्रतियोगीता सुरु भो । पहिलो चरण मै आनन्दकुटी, सेन्ट मेरिज र बुढानिलकण्ठ सँग भिडियो । हिम्मत हारेनौ । सेण्ट मेरिज र हामी डोस्रो राउन्ड पुग्यौं । अर्को राउण्ड पनि जित्यौं । सेमी फाइनल पनि जित्यौं । फाइनल मा सेण्ट मेरिज्, सेण्ट जेभियर्स् , भनुभक्त मेमोरियल र हामी भिड्ने भयौं । हेड सर तनावयुक्त मुद्रा मा । कहिलेइ सुपारी समेत न खाने ले चुरोट सल्काएको देखें ।
बडा महारानी को समक्ष अब बेइज्जत हुने डर रहेछ । त्यो डर हामी मा नि थियो । एक से एक बलियो स्कूल हरु माझ फुच्छे घाटे स्कूल का हर्लम्फु हरु ।

रानी को सवारी सँग सँगै प्रतियोगीता सुरु भो । हामी ले हिम्मत चाँही हारेका थियनौ । प्रतियोगीताको रिकर्ड हेर्दा भानुभक्त लाई चाँही जित्न सक्छौ जस्तो लाग्यो । तनावमय वातावरण मा जुझ्दै अन्तिम राउण्ड सम्म मा पुग्दा हाम्रो स्थिती सेण्ट मेरिज पछि दोस्रो मा थियो र सेण्ट जेभियर्स् भन्दा धेरै नै अगाडि भयौं । अन्तिम राउण्ड मा पनि त्यही स्थिती कायम गर्न सक्यौं र सिल्भर मेडल को हक्दार भयौं ।

यसरी पहिलो पल्ट जीवन मा कुनै पदक जित्यौं र त्यो पनि तत्कालीन महारानी को बाहुली बाट । खुशी को सीमा रहेन । समारोह बाट सिधै घर पुगें र पिताजी को हात मा त्यो चाँदी को तक्मा राखी दिएं र धेरै बेर हामी बाबु छोरा रोइरह्यौं ।
क्रमश:
 
Posted on 04-13-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया बर्ष २०६४ सालको धेरै धेरै शुभकामना!!



सलाम!!

:-)
 
Posted on 04-13-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार ! सम्पूर्ण साझाका मेरा आफ न्तहरुलाइ, नयाँ बर्षको मंगलमय शुभकामना !!!
 
Posted on 04-13-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सम्पुर्ण गाम्लेहरुमा नव बर्ष २०६४ सालको हार्दिक् मङलमय् सुभकामना। सबैको मनले चिताएको पुगोस्, सबैको जय् होस!!!!
 
Posted on 04-13-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा पाल्नु हुने सबैलाइ मेरो शुभकामना छ है गाम्ले साथी हो, सबैको सपना पुरा होस् अनि सधैं खुशीले साथ दिओस्।
 
Posted on 04-13-07 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी आयो हर्षको पर्ब, फैलाई हरियाली बसन्त
सत्य शान्तिको सन्देश छरी हाँक नव युग अनन्त.



नव बर्ष मंगलमय होस् । तपाईं त तपाईं को परिवार को जय जय होस् ।

२०६४ को शुभकामना
 
Posted on 04-13-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो तर्फबाट पनि

नयाँ बर्ष २०६४ को शुभ-कामना
 
Posted on 04-13-07 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैपि निउ यियर टु थाउसान्ड सिक्स्टी फोर टु यभ्रीबोडी!

ओन माई चेस्ट
दिस् शोर्ट भेस्ट
सिक्कल ओन माई वेस्ट
आस्क मोम्मीलाई

सोम्वान् रिच ईन हार्ट
यू वोन्ट एभर फाईन्ड
ह्वेर ईज द बोई लाईक मि?
आस्क मोम्मीलाई

आऽऽ है,
म जस्तो खोई केटो?
सोध आमालाई!

गुट नईट!
 
Posted on 04-14-07 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैपि निउ यियर टु थाउसान्ड सिक्स्टी फोर टु यभ्रीबोडी!

न्यू यियर मा त फस्ट हुनुपर्यो भनेर के :-)
 
Posted on 04-14-07 1:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy new year 2064 !!

My Happy New Year wish for you all...
Is for your best year yet,
A year where life is happy, peaceful,
And what you want, you get.

A year in which you cherish
The past year’s memories,
And live your life each new day
Full of bright expectancies.

I wish for you a holiday
With happiness galore;
And when it’s done, I wish you
Happy New Year, and many more.

:-)

 
Posted on 04-14-07 5:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्खको उपलेक्षमा सपैलाई शुभकामना
 
Posted on 04-14-07 5:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्ष सबैको मंगलमय होस्,
नव बर्ष २०६४ को शुभ कामना!
 
Posted on 04-14-07 6:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समस्त चौतारीबासीलाइ म नमेको तर्फबाट नया बर्ष २०६४ को
हार्दिक मंगलमय शुभकामना टक्राउछु । बिगतमा जस्तै हामी चौतारीबासीमा आपसी सद्वाभाव बढ्दै जाओस,चौतारी तथा चौतारीबासीको
चौतार्फी प्रगती तथा यो नया बर्ष सुखमय रहोस ।

 
Posted on 04-14-07 6:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहुरलाई नयाँ वर्षको शुभकामा!

फुलोस्, फलोस् अनि डाली नुगोस्।
 
Posted on 04-14-07 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्ष २०६४ को शुभ-कामना

 
Posted on 04-14-07 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ भन्न त भुसक्कै बिर्सियछ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters