[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 235587 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-30-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त क्रीक्रेट हेर्न मस्त छु क्या र । ग्वाँच भाई को राम चन्द्रे को संस्मरण ले मलाई नि हाम्रो जमानाको क्रीक्रेट कहानी याद् आयो। तर यो याद् लाई भरे सम्म लाई स्थगित् गरेको छु। अलि कति रिसर्च् भन्ने काम् नि गर्नु पर्यो( गर्या जस्तो)। क्रीक्रेट् नि हेर्नु पर्यो, अनि भाइ बहिनिको कथा कबिता चुट्किला नि पढ्नै पर्यो। सय थरि काम् छ। केवल् दाम् छैन। अस्तु!
 
Posted on 03-30-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी, मैले ज्ञानोदय मैं पढेको हो तर यहाँ भनेको ज्ञानोदय पुस्तकालय भनेको हाम्रो स्कुलको हैन । यदि तपाईं सानेपातिर जानु भएको छ भने एउटा चोक छ, सानेपाबाट पुल्चोकतिर जाँदा, त्यही चोकमा झम्सिखेलबाट आउने एउटा बाटो मिसिन्छ, टिका स्कुलतिर बाट झम्सिखेलतिर जाने बाटो पनि मिसिन्छ, त्यहि चोकमा एउटा सार्बजनिक पुस्तकालय छ, त्यहि हो ज्ञानोदय पुस्तकालय। त्यहिं निर पहिलाको ललित्पुरको एउटा मेयरको घर पनि छ, त्यसको नाम चाँही बिर्से, कम्निस्टको हो क्यारे ।

रामे, म भनिमन्डल त हैन त्यसको आसपासमै हुर्केको हो। कस्तो अचम्म यार, हाम्सँग खेलेको जेन्टल्म्यान् संग पनि पुरै किट थियो, दुइ सेट स्ट्म्प्स, ब्याट, पंजा...। अझ हुँदा हुँदा दुइ सेट स्टम्प्सको लागि बेल्स पनि थियो, हुन त हावा चल्ने हुनाले बेल राखेर त्यती खेलिदंनथ्यो ।तेइ जेन्टलम्यान पर्‍यो कि क्या हो, तर हाम्सँग खेल्ने त खतरा खेल्थ्यो, माथि भने जस्तै पर्फेक्ट टाइमिङ र प्लेसमेन्ट! त्यसपछि एउटा तराई तिरको साथी पनि खेल्न आउँथ्यो, इनड्यामा रन्जी खेलेर आ'को भन्थ्यो, गफ पो द्या हो कि था भेन, तर खतरा लीङ गर्थ्यो, किपिङ गर्दा मलाई आपत पर्ने, लास्ट्मा गेम सिद्दिदाँ त हातको सबै औंलाहरु कच्याक कुचुक !
 
Posted on 03-30-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-30-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेको र रामचन्द्रेको स्मरणले नि रमाइलो बनायो। जे होस त्यस्तो क्रिकेट खेलाडी एउटा एउटा चाँहि सबैले भोगेको हुनेरहेछ। मैले त थुप्रै नै भेटेको छु।

एउटा दाई चाँहि अत्ति राम्रा। क्रिकेटको लागि भन्यो कि १००-२०० रुपिया तुरुन्तै दिने चन्दा। एक दिन नयाँ ब्याट किनेर ल्याएका थियौँ हामीले, अनि त्यो दाईको कपडा पसल अगाडी गफ गर्दै बस्यौँ। दाई आउनुभयो र "अब चाँहि दामी क्रिकेट खेल्नुपर्छ, बुझ्यौ केटाहरु हो" भन्दै क्रिकेट ब्याट माँग्नुभयो। अब दाईकै पैसा थियो सबैभन्दा बढि लागेको त्यस्मा। त्यहि भएर दाई ब्याटपनि दिइयो। ओहो! दाई त Right Hand Batsman मान्छे ले देब्रे हात ह्यान्डलको बटममा र दाहिने हातले टपमा समातेर त्यो ब्याटलाई यस्तो सार्हो भुइँमा ठोक्न थाल्यो नि। हाम्रो त सात्तो गयो। "ल दाई अब फिल्डमै खेल्नुपर्छ" भनेर लग्यौँ त्यो ब्याट। नत्र त्यहिँ भाचिएला जस्तो भा'थियो। त्यस्तो!!

मिस कत्ति राम्रो फूल हो! ओहो!! थ्यान्क्यु!! :डि

आज घर गएर आमालाई सोध्न पर्यो त्यो ठुलो खड्कुलो छ कि छैन भनेर। भोली बिहान सबैलाई खाना खान बोलाउन पर्यो घराँ।

हुन त त्यस्तो कुरो गर्यो कि आमा रिसाउनु हुन्छ आजकाल, "खीर पाक्यो कि चौतारी लान्छस, खसी काट्यो कि पोलेको मासु त्यहि चौतारी पुर्याउछस्, घराँ चाँहि खानुपर्दैन?" भनेर त्यत्रो गाली गर्नुभाको अस्ति भर्खर हो। "यसले चौतारीमा लगेर खुवाको खर्च जोड्ने हो भने त्यत्ति पैसाले त्यो माथी भन्ज्याङको बोर्डिङ स्कूलमा पढाउने सकिन्थ्यो। पढाई त सित्तैमा भन्थे, यो भतेरले पो घर खेत गर्ने भो। एक किलासाँ नि त्यत्रो भोज गर्न पर्छ त?" भन्दै हुनुहुन्थ्यो। खोइ मैले त केहि बुझिन। :पि

:-)
 
Posted on 03-30-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे पनि विकेट् कीपर् पर्यो। हाम्रो टीम को म पनि विकेट् कीपर् थिएं।
 
Posted on 03-30-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

मैले आफ्नो बाल्यकालको अर्को भाग नि लेखें। यो दशौं भाग हो। यस कथाका सबै पात्रहरूको नाम परिवर्तन गरिएको छ।
अरू कथाहरू नि आएका रैछन, यो टाँसेपछि मज्जाले पढेर कमेन्ट गर्ने नै छु।

प्रेरणाको प्ररणा

“फिनल्याण्डको राजधानी कुन हो?”
“पासऽऽ“
“यो प्रश्न ग्रुप बी लाई जान्छ।“
“उलन बटोर”
“गलत, यही प्रश्न ग्रुप सी लाई”
“उमममममऽऽऽ“
“समय सकियो”
प्रश्न ठोक्किँदै ठोक्किँदै हाम्रो ग्रुप मा आइपुग्यो। म जुरूक्क उठें र भनें “हेलसिन्की”!
“ठीक!!!”
तालीको पर्रा छुट्यो, हाम्रो अंक बढ्यो।

क्वीज शुरू हुनु भन्दा पहिले त मलाइ भित्र भित्रै डर लागिरहेको थियो, क्यापटेन पनि राजेशलाइ नै बन्न कर गरिरहेको थिएँ। तर मोहन सरले म नै बन्नु पर्ने अडान राख्नुभएकोले आँट गरेर क्यापटेन बनेको थिएँ। जीवनको पहिलो हाजिरी जवाफ प्रतियोगिता भएकोले होला मलाइ त्यस्तो लागेको, तर म त्यसबेला छक्क परें जुनबेला हामी बिजयको संघारमा पुगिसकेको मलाइ थाहा भयो। मलाइ कुन बेला क्वीज सकियोस् जस्तो लागेको थियो, किनकी अरू टीमले हामीलाइ उछिन्ने चिन्ताले मलाइ सताइरहेको थियो। मेरो ओंठ मुख सुकिसकेको थियो तैपनि प्रश्नका सही उत्तर चैं म दिइरहेको थिएँ। अन्तमा हाम्रो टीम ‘डी’ ले जित्यो, मेरो मन खुशीले नाच्न थाल्यो, चिन्तामा डुबेको चित्त शान्त भयो।

“हुर्रे!! हाम्रो क्लासको टीमले जित्यो!!!” मेरा साथीहरू म र राजेशलाइ काँधमा बोकी उफ्रँदै खुशी मनाउन थाले। साथीको काँधमा चढ्दा टाढा अर्को कक्षामा उही गोरी, राम्री, फूर्तिली केटीमाथि मेरो आँखा गएर टक्क अडियो। उनी पनि क्वीजमा ग्रुप ‘ए’ कि क्याप्टेन थिई। तर मलाइ अझै उनको नाम भने थाहा थिएन।

-----------------------------------------------------------------------------------------------------

स्कूलको आन्तरिक प्रतियोगितामा जितेर अब म र राजेशको टीम अन्तर विद्यालय क्वीजमा जाने भयौं। म फुरूंग थिएँ, तयारी गर्नेतिर पनि वास्तै गरिनँ, अत्यधिक आत्मविश्वासबाट ग्रसित भएँ। प्रतियोगिता शुरू भयो, विभिन्न विद्यालयका समकक्षी साथीहरूसँग खेल्दा रमाइलै हुँदै थियो, तर हामी धेरै राम्रो भने गर्न सकिरहेका थिएनौ।

क्वीज मास्टरबाट प्रश्न आयो: “म राष्ट्रको नोकर हुँ” यो कुन प्रधानमन्त्रीले भनेका थिए?”
“मरीचमान सिंह” यौटा टीमबाट फूर्तीसाथ उत्तर आयो।
हलमा उपस्थित सबै गलल्ल हाँसे। भर्खर ४६ सालको आन्दोलन सकिएको थियो।
मलाइ कुनै राणा प्रधानमन्त्री हुन् भन्ने चैं थाहा थियो तर नाम भने आएन।
“जुद्द शम्सेर” मैले उत्तर दिएँ। तर वास्तवमा पद्म शम्सेर रहेछन्।

पहिला तीन टीम अर्को राउण्डमा जाने भएकाले मलाई कम्तीमा तेस्रो हुनैपर्ने कुरा थाहा थियो, तर निकै हम्मे हम्मे परिरहेको थियो। साधारण प्रश्नको पनि गलत जवाफ दिएर मैले आफ्नै खुट्टामा बन्चरो हानिरहेको थिएँ। अन्तमा हाम्रो टीम १० अंकले गर्दा चौथो स्थानमा अड्केको अवस्थामा प्रतियोगिताको अन्त्य भयो, मेरो मन कुँडियो। एकै पल्ट ‘जिनी’ जस्तै अन्तर्ध्यान भएर साथीहरू र गुरूहरूको कडा नजरबाट भागुँ जस्तो लाग्यो तर अफसोच म जादूगर थिइनँ।

------------------------------------------------------------------------------------------------------

“ए चित्रे भन्ने को हो?” हाम्रो स्कूल बसको ड्राइभर कराए।
“म हुँ, किन?” मैले बसको सीटबाट उत्साहका साथ उठ्दै घर जाने मूडमा उत्तर दिएँ।
“तिमी बस, फेरी स्कूल जानु पर्छ”। ड्राईभरको यो कुरा सुनेर म झसंग भएँ, घरमा गएर भिडियो गेम खेल्ने योजना डगमगाउन थाल्यो।
“किन? के भयो?” घरको स्टप आइसकेर फेरी फर्काएर स्कूल लग्न खोजेको देखेर मेरो कन्सिर तात्तेर आयो।
“तिम्रो मम्मीले भन्दै हुनुहुन्छ।“
हँ? मम्मीले म घर पुग्न लागेको मान्छेलाई किन फर्काएर स्कूल पठाउन लाग्नु भएको होला? मनमनै यो कुरा सोच्दै यस्सो बस बाहिर हेरेको त मम्मी वाइवाइ चाउचाउ र कोकोनट बिस्कुट बोकेर मलाइ बोलाउँदै हुनुहुन्थ्यो।
“चित्रे! तिम्रो स्कूलबाट फोन आएको भर्खर, तिमीलाइ फेरी स्कूल फर्काइदेऊ रे। क्वीजको तयारी गर्नुछ रे, तिमीलाई क्लास पछि बस्नु भनेको तर तिमी त बस चढेर भाग्यौ भन्दैहुनुहुन्थ्यो सरले!!”
“ए हो त! मैले त भुसुक्कै बिर्सेछु!” मैले भनें, अनि खानेकुरा लिएर मन नलागी नलागी फेरी उही रित्तो बसमा बसेर स्कूल फर्कें।

हाम्रा सरले आन्तरिक प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने क्यापटेनहरूलाइ मात्र छानी नयाँ टीम बनाउनु भएको रहेछ, विद्यालयको आधिकारिक टीम। अनि एक ठूलै प्रतियोगिताको लागि तयारी हुँदै रहेछ।
“ए चित्रे! मैले तिमीलाइ स्कूल सकिएपछि पनि बस भन्या हैन? तिमी त भागेछौ नि, झन् हाम्रो टीमको क्याप्टेन भएर!” प्रदिप सरले भन्नु भयो।
“हैन सर, मैले त बिर्सें।“ मैले किन्चित लज्जा र डर मिश्रित स्वरमा भनें।
“ल भइ हाल्यो, त्यो रूममा जाऊ, नितीन र प्रेरणा पनि त्यहीं छन्, म एकछिनमा आउँछु” सरले भन्नुभयो।

उक्त कोठाभित्र पस्नेबित्तिकै मेरा आँखा एक जोडी आँखासँग गएर जुधे अनि मेरो मुटु जोडले ढुक्ढुकाउन थाल्यो। सेक्सन ‘ए’ कि उही केटी पनि त्यहीं होली भनेर त मैले सोचेकै थिइनँ, उनको ग्रुप ‘ए’ तेस्रो भएको त मैले भुलिसकेको थिएँ। उनले मलाइ देख्ने बित्तिकै मधुर मुस्कानका साथ भनी ‘चित्रे! किन भागेको घर?’
म झण्डै बेहोस भइनँ। उनलाइ मेरो नाम नि थाहा रहेछ, मेरो मुटु मार्च पास गर्दाको ड्रम जस्तै ड्वाङ् ड्वाङ् बज्न थाल्यो। मैले सकिनसकि घाइते मुटु सम्हाल्दै भनें, “मैले त भुलेछु”।
“प्रेरणा! कति राम्रो नाम!” मैले मनमनै सोचें।

-------------------------------------------------------------------------------------------------------

नितीन, प्रेरणा र मेरो टीम खूबै जम्यो, हामीले पहिलो राउण्ड र सेमीफाइनलमा सफलता पाएर फाइनलमा प्रवेश गर्यौं। पहिलो राउण्डको महत्त्वपूर्ण समयमा नितीनले हाम्रो टीमलाइ बचाएको थियो। दुई टीम सेमीफाइनलमा प्रवेश गर्ने अवस्थामा हामी केही अंकले तेस्रो स्थानमा थियौ र अन्तिम केही प्रश्न मात्र बाँकि थिए।
प्रश्न थियो’ “अफगानिस्तानमा बिद्रोह गरिरहेका समूहलाइ के भनिन्छ?”
मलाइ यसको जवाफ थाहा थिएन, प्रेरणा र नितीनबाट पनि केही उत्तर आइरहेको थिएन।
आफू क्यापटेन भएको हुनाले मैले जे भएपनि उत्तर भन्ने प्रयास गर्दै थिएँ तर केही शब्द दिमागमा आएन।
जम्मा ३० सेकेन्डको समयमा २५ सेकेन्ड त बितिसकेको अनुमान मैले लगाएँ।
यत्तिकैमा नितीनको मुखबाट अनायासै निस्कियो, “मुजाहिद्दिन”।
मैले पनि केही नसोची जुरूक्क उठेर चिच्याएँ, “मुजाहिद्दिनऽऽ“।
“ठीऽऽऽक!”
म खुशीले गदगद भएँ, हामी पहिलो स्थानमा पुगेछौं। पछि सेमीफाइनलमा पनि प्रवेश गर्यौं।
फाइनलको एकदिन अगाडि तयारीमा प्रदिप सर भन्दैहुनुहुन्थ्यो, “तिमीहरू राम्रो टीम हौ, तर अरू टीम कस्ता छन् त्यो हेरेर तयारी गर्नू। सेन्ट मेरीजलाइ त तिमीहरू जित्छौ, सेमीफाइनलमा त उनीहरूलाइ हामीले धेरै अंकले दोस्रो पारेका थियौं।“

-------------------------------------------------------------------------------------------------------

फाइनलको दिन म अलि चाँडै स्कूल पुगेको थिएँ खानै नखाई, तयारी गर्नको लागि। गर्ल्स होस्टेलका ईन्चार्ज गुप्ता सर मलाई खाना खुवाउँदै प्रश्न सोधिरहनु भएको थियो।
“तिमी त भूगोलमा धेरै राम्रो रहेछौ।“ गुप्ता सर भन्दै हुनुहुन्थ्यो।
खाना खाने टेबलमा केटीहरू कराउँदै थिए” ह्या! कस्तो बोर भो, ईङ्ग्ल्याण्ड हार्यो नि!”
मलाई मनमनै हाँसो उठ्यो, “ठीकै भयो, ईङ्ग्ल्याण्ड त मलाई मनै पर्दैन, मलाई त अर्जेन्टिना जिते पुग्छ।“ मैले मनमने सोचें।
अर्जेन्टिना ईटलीलाइ सेमीफाइनलमा हराएर फाइनलमा प्रवेश गरिसकेको थियो। त्यतिबेला १९९० को विश्वकपको फाइनल नजिकिरहेको थियो। जताततै विश्वकपको ज्वरो व्याप्त थियो।

हाम्रो हाजिरी जवाफको फाइनल पनि शुरू भयो, हामी आरामका साथ अघि बढिरहेका थियौं, धेरै प्रश्नका सही उत्तर दिंदै। अन्त्त्वोगत्वा हामी विजयी भयौं, सुनका तक्मा भिर्यौं र क्यापटेनको नाताले मैले शिल्ड उठाएँ।
घर फर्कँदा म सोच्दै थिएँ, “प्रतियोगिता जित्ने प्रेरणा मैले प्रेरणाबाट त पाएको हैन?”
 
Posted on 03-30-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त ठुल्दाइ तेसो भे तपाईंलाइ पनि थाहा होला, त्यो खाल्डा खुल्डी भएको पिच्मा किपिङ गर्न कति गाह्रो हुन्थ्यो, बल नै न्याचुरल स्पिन भईदिने। कैले काही त पेस बलरको बल अफ स्टम्पमा पिच भएर पनि न्याचुरल स्विङ भएर वाइड गइदिने । विकेटको पछडी बस्न त साह्रै गाह्रो, फेरी किपीङ ग्लोभ्स पनि राम्रो नहुने, ब्याटिङ प्याड लाएर खेल्नु पर्ने, दु ख नै हुन्थ्यो तर साथीहरुसँग हुँदाको मजा नै अर्को नि । स्टम्पीङ गर्दा, रन आउट गर्दा, क्याच लिंदा गज्जब आनन्द आउथ्यो ।
 
Posted on 03-30-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ! शीर्षक नै गल्ती भएछ!

* प्रेरणाको प्रेरणा
 
Posted on 03-30-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ को बाल्याकाल को कुरा सुन्न सबै साथीहरु लाइ बल्याकालको सम्झना आयो। र मलाइनि आफ्नो बल्याकालको सम्झना आयो। म मेरो मामा घरमा हुर्केको। मेरो थुलो मामा म २ बर्सको जुदा बित्नु भो। मेरो मामाको एउता चोरा थियो जो म भन्दा १ बर्स ले जेथो थियो। र माइजुको उमरे नि तेति धरै नबाकोले मेरो बिचारमा उनि १८ बर्स कि थिएन्। जवानिमानै सृमान् बेतेकोले मेरो हजुर् आमा र आइजुको आमा बुबा सङ सलाह गरेको उन्के बिवाह एउता सज्जन् केता सङ गर्देको थियो। तेति बेला मेरो दाजु ४ बर्सको हुनुहुन्त्यो। तेसैले मेरो दाउ (मामको चोरा)एखै भाकोले मेरो आमाले उस्लाइ साथि हुन्च बनेर मलाइ मामा घर् मा राखेको थियो। दाजु र म सरै मिल्थ्योउ। दाजु लाइ सबै ले सरै माया गर्त्यो र जो आए पनि उस्लाइ पैसा दिन्थ्यो। र सबै जे चाहियो भनेनि तेहि किनिदिन्त्यो। दाइले उस्लाइ दिएको पैसा सबै एउता खुत्रुके मा जम्मा पार्नु हुन्त्यो। र दाजु को बहिनि भनेकै मै एउता मत्र भएकोले मलाइ सरै माया गर्त्यो र अहिले नि माया गर्नु हुन्च। मेरो नि दाजु भने नि साथि भनेनि उहानै मात्र थियो मेरो मामा घर् New Road मा बकोले सानु मामाले हामिलाइ घरबात् बाहिर खेल्न जानदिनु हुन्न थियो। मलाइ बचै देखि औथि लागाउने स्वख् थियो। मलाइ अझै पनि याद् च हरेक् बर्स गथामङलको दिन कालिमातिमा परोपकार् स्चूल् को सङै आउथि हरु बेच्न रक्थ्यो र दाजुले र म हात् समातेर त्याहा जन्त्यो र उहाले आफ्नो खुत्रुकेको पैसाले मालाइ आउला भरि औथि किनि दिनु हुन्त्यो। bro i still remember those days . love u n miss u bro.

first timi being serious in this chautari . i m not a good story teller so pls milaaera padhnu holaa. खित खित खित
 
Posted on 03-30-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त ग्वाँचे भाइ, त्यो टुंडिखेल् को अनि क्याम्पस को नेपाल् को भ्प्प्गोल् जस्तो खेलमैदान् मा कीपिङ् गर्ने काम अप्पा शेर्पा को काम् भन्दा कम् थिएन। अप्थ्यारो क्याच छुटायो भने नि सब् ले गाली गर्ने, समात्यो भने नि क्याच गर्ने त काम् नै हो भन्ने। बडा अपजस को काम् थ्यो। एक् दिन् जोस मा होस् गुमाएं। रन् आउट् गर्न बल कलेक्ट् गर्न अघि बढेको, थ्रो गर्ने मोराले मेरो आँखालाई स्टम्प सम्झे छ क्या र सिधै आँखा मा झ्याम्म।
टुडिखेल् मा खेल् भएको ले बीर् हस्पिटल नजिकथ्यो र दौडी लगे साथिहरुले।
एक् छिन् लागेकोथ्यो, अब नेपाल् अपाङ्ग संघ को सद्स्य बन्न गै रहेछु।
डाक्तरि जांच भो, आखा नै चिलिम् भयो भनेको भएन छ।
एक्स् रे मा पनि खास् खराबी देखिएन। तर सुन्निएर भूत् जस्तो देखेकोथ्यो। मानौ कतै मल्ल कुस्तिमा पराजय भोगेर आएको जस्तो।
त्यस्पछि पनि हिम्मत् हारिन, खेल्दै रहें। जिन्दगि एउटा खेल् न हो।
 
Posted on 03-30-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभातकालिन नमस्ते तातो तातो कफि सङै!

सबै का कोशेलि त पढ्न भ्या'छैन तर खुब् राम्रो होला जस्तो छन । तर ठुलु को पढे है awesome! thulu u r a very good writer girl ....yaa I am not kidding :D keep writing la.

चित्रे तिमि मान्छे सोझो भन्या त कन्या राशि को पो परेउ कि क्याहो बाबै कहिले प्रीति कहिले थाइकट् त कहिले प्रेरणा हिहिहि अब कुसुम कहिले आउने हुन्।:P

मिस ले झेल्लि गर्न सम्म गर्या भन्ने मान्या छु आधा कथा भनेर ।

लौ न कसै सङ छ भनि यो चौतारी मा राखौ:

मगर मुझको लौटा दो बचपन के वह दिन
वह कागज कि कस्ती वह बारीस का पानी ।।।। :( I want those days backkkkkkk ....

ए हरि त्यो "चुलेसि मा" त राम्ररि खुल्दैन नि उता साझा FM मा, यहा राखन् न फेरि एक्पटक्। :)
 
Posted on 03-30-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदिको बाल्यकालको प्रस्तुती राम्रो लाग्यो, फटेङ्रे पात्रलाइ तपाइले शसक्त ढंगले प्रयोग गर्नुभाछ।

ग्वाँचेको बिगतको कृकेट,फुटबल अनि पूल्चोक, पाटनढोका, र मेरो आफ्नै मंगलबजारको बयानले मलाई पनि पुराना यादहरूमा चुर्लुम्मै डुबाइदियो। म अलि क्रोनोलोजिकल अर्डरमा लेखिरहेको हुनाले अहिले बल्ल ५ कक्षातिर
पुगेको छु। फुटबल, कृकेटकोलागि पूल्चोक क्यामपस र लगनखेलको राजदल पुगेको, जगिङ गर्दै रिङ्रोड, बल्खु,थापाथली, रत्नपार्कसम्म पुगेको, टेबलटेनिसको लागि पाटनभरिका टीटी बोर्डहरू चहारेको, कराते खेल्न लगनखेलको डोजो धाउने गरेको सम्झनाहरू त अझै आउन बाँकि नै छ। तर एकै पल्ट संझिन नसकिने, प्लट पनि बनाउन नआउने हुनाले पछि पछि लेख्दै रहनछु बिस्तारै।

राहुलदाइ, कुम्ले, रामचन्द्रेका कृकेटका यादहरूले नि रामन्चित बनायो।

ठूलीको लेखाइ दामी लाग्यो, तिम्रो मार्मिक लेखाइ पढेर एक चुलबुली केटी भित्र लुकेर रहेको गम्भीरता प्रतिबिम्बित भयो।

तिरू, म नेपालीमा 'धनु' राशी हुँ, अंग्रेजीमा चैं virgo हुँ, त्यो भन्या 'कन्या' नै हो क्यारे तर अंग्रेजीको virgo त केटीको पछि त्यति ला्ग्दैनन् त, म नि लागेको छैन क्या। :P
हा हा! म सोझो नै त हुँ नि, त्यसैले त केटीहरूलाई खाली हेर्छु, आँखा झिम्क्याउँछु अनि अन्तैतिर लाग्छु। ;) अब चैं यौटीलाई भेट्यो भने च्याप्प समातेर छोड्दै नछोड्ने विचार छ जिन्दगीभर। :P ;)

ठूलु, तिमीलाइ कस्तो औंठी मन पर्छ? ;)
 
Posted on 03-30-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाइ मेरो नि नमस्ते है। यहाँ त गजब गइ रा रैच। यो चौतारी त अकबरी सुन कै हो भन्नेमा कुनै सन्देह छैन। बाल्यकाल स्पेशल! सबैको कथा पढियो। अरु थप्दै जाम है।

ल अब एकछिन कथाकार हरुले कथा लेख्दै गर्नुहुदा यो चौतारीमा फर्माइस गीतबाट अगाडि बडाम। तिरुको फर्माइसमा-- सञ्जीव सिंह को चुलेसीमा! यदी गीत अड्केको जस्तो भयो भने कम्पुटराँ खसालेर सुनौं।



कम्पुटराँ झार्नेभा ह्याँटी
 
Posted on 03-30-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेलाई बिहेको लागि बधाइ दिनै भुलिराको।

कुम्लेलाई शुभ विवाहको लागि हार्दिक वधाइ र सुखद दाम्पत्य जीवनको लागि धेरै धेरै शुभकामना!!!
 
Posted on 03-30-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tiru, thank you so much for encouraging me.

चित्रे म real life मI चुलबुले नै छु । कहिले काही मात्रै हो serious कुरा गेर्ने । chitre if u r really buying me ring i want 1 ct Dimond ring hehhe just kidding.
 
Posted on 03-30-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dimond = diamond
 
Posted on 03-30-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क साला यो जिन्दगी पनि के जिन्दगी यार
कतै स्वर्न महोत्सब लाग्या छ, बहिर घाम लागेर सबै चौरमा नाङ्गै भुतुङ्गै लडिराछन् । आफु भने कोठाभित्र जोतिन पर्या छ । राहुलदाइले कता लेख्या जस्तो लाग्याथ्यो, सारै बोर भो जिन्दगी ।

लौ गाम्ले हो मेरो त कामको चटारो ले हैरान छ । लेख्दै गरम । भ्याए पढम्ला न भ्याए महोत्सब पछि पढम्ला ।

उपस्थित सबैलाइ गछ्छे अनुसारको अभिबदन ।
 
Posted on 03-30-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलु, As you wish! :D ;)
मलाइ थाहा छ तिमी चुलबुली छौ भनेर, अनि तिम्रो विकेन्डको पिलान के छ नि? मेरो त यहाँ अब नेक्स्ट विक लास्ट हो। अब घुम्नु परो यहाँ, पछि कहिले आईन्छ थाहा नि छैन।

यामे, तिम्रोमा घाम लाग्या छ रे? हाम्रो वेदर अपडेट हेर:-
वेदर अपडेट:- दिनभरि बदली, सिमसिमे पानी। :(

आज ईंग्लेहरूले आयरेहरूलाइ खूब चुटेछन्। अब आयरेहरूले ब्याटिङ् गर्न बाँकि छ, हार्ने त होला नि दुष्ट छिमेकिसँग।
 
Posted on 03-30-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, दुष्ट छिमेकी त भारत पो हो । कहाँ अंग्रेज लाई भन्ने ?
तिम्रो टीम को त बलिङ चाँही अच्छा थियो है ।
ब्याटिङ अलि झूर छ, नेपाली टीम जस्तै ।
क्रीक्रेट सके सि आज नि एउटा कथा, पट कथा पस्किने सूर मा छु । झूर भए छ भने माफ पाउं । हिजो को नेडरल्याण्ड्स् को कथा फ्लप भएको मानेछु ।
 
Posted on 03-30-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ,
नेपालको दुष्ट छिमेकी त भारत नै हो नि, यसमा कुनै शंका छैन। तर मैले त आयरेको दुष्ट छिमेकी पो भनेको त, जुन ईङ्गलेहरू हुन नि, उनीहरू ईङ्लेहरूलाई कत्ति नि मन पराउँदैनन्। ल यसै सिलसिलामा मलाइ लागेका दुष्ट छिमेकीहरू को लिष्ट बनाउन मन लाग्यो, मिल्छ मिल्दैन थाहा छैन, मलाइ थाहा भएसम्म है त। नमिल्या भए भनम्, छुट्या भए लेखम्।
दुष्ट छिमेकिहरू
नेपाल - भारत
आयरल्यान्ड - ईङ्ल्यान्ड(ब्रिटेन)
अम्रिका - केनडाँडा (गेस हान्या :P)
चाइना - जापान
नेदरल्याण्ड्स - जर्मनी
नर्वे - स्वीडेन
पाकिस्तान - भारत

तपाइको हिजोको हल्ला ल्याण्डको कथा दामी थियो राहुलदाई, अर्को नि पस्कनुस्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters