[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 138436 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-10-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी,

सबै गाम्लेसँग बस्न मलाई रमाइलो लाग्छ
हाँसो ठट्टा गफ गर्दा सबै नियास्रो नै भाग्छ
तर किन हो, ठूली नहुँदा चैं हराइदिन्छ मन
उनको यादमा चौतारीमा चल्छ शीतल पवन


गाम्लेहरू सबैलाई नमस्ते मेरो!
 
Posted on 11-10-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाम्लेहरु सबैलाई।
सबैले गीत गाईराख्या रछन्, आफ्नु त गीत गाउने मूड छैन। ल म शुकबारे सर्बत (बिजुली पानी) झिरिप्प पार्न लागें बरु। सबैको शुकबार रमाइलो होस्, बीयर खानेलाई बेस्कन लागोस्, नखानेलाई अझ बढी लागोस्। जय रामजी की!
 
Posted on 11-10-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म पनि हाजिर भए।
 
Posted on 11-10-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आष्थाको घर कता प-यो? अउँरिका कि इउरोप?
 
Posted on 11-10-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

औरेकातिर हो गोतामे जि। तपाईत जापान तिर होइन्?
 
Posted on 11-10-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते नमस्ते
आस्था पुरानै कोइ हो कि क्या हो? सप्पै थाहा छ त।
 
Posted on 11-10-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल याँ त बिहान बिहानै गीत सुरु म र च त, जदौ गरें है,
गोतामे ज्यू, त्यो खोयाबिर्के अलिकति येता नि हुर्याउनु पर्यो :P
 
Posted on 11-10-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम सर् जय होस्, के छ प्रभो हालखबर? आस्था जी धेरै धेरै गूड मर्निङ छ है! , च्या खानु भो?
 
Posted on 11-10-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सान्नानी र हरि नि आइपुगेछन्, हेल्लो है तपाईं'रुलाइ नि! तेइ त भुन्या त्यो प्याज त यस्सो हामी तिर नि हुर्‍याइ दे नि हुने हो गौतम सर ले, लौ न ख्वामित शुक्रबार मनाउनु परो भुन्या ।
 
Posted on 11-10-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु ग्वाँचे केटा? बिजोग छ! अनि आफ्नु के छ नि?
ल अलिकति खोया बिर्के मनिटरमा छर्कें के रे, गन्ध आयो त्याँ हरितालिका?
 
Posted on 11-10-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दुई बोतल छ, ग्वाँचे र हरितालिकाले एक एक बोतल घुट्क्याउनु, अनि भोलि बिहान १२ बजेसम्म पसारिनु। जय रामजीकी!

 
Posted on 11-10-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा कस्तो हररर बास्ना आ'को, मोरिजाम आज चाइ लास्ट मजा आउने भो, जय होस् प्रभो तपाईंको!
 
Posted on 11-10-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म फस् म फस्.......... मैले त ठुलो बोटल हाने है हरि, तिमी सानो लिउ!
 
Posted on 11-10-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु सबको जोडी देख्दा कटक्क हुन्छ मन,
दीपज्यु को कबिताले अत्याउन थाल्छ झन,
कहिले काही त पसु पसु कि जस्तो लाग्छ बन,
हुनेबाली खोज्नु परो GPS कहा किन्न पाउछ गाम्ले हरु था छ भने भन,

आहा कलिलो तामा लाइ सोध रामा लाइ,
आहा कलिलो तामा लाइ सोध रामा लाइ,

जदौ अनि शुभ प्रभात नेप्चे को तर्फ बाट।
:-)
 
Posted on 11-10-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल क्या बोर, ठिकै छ म सानैले चित्त बुझाम्ला, अनि बोतलै भरि जापनीमा के के लेख्या होला, हुन त जेसुकै भे नि आफुलाई के,खोलम है,
आहा कस्तो हररर बास्ना आ'को, मोरिजाम आज चाइ लास्ट मजा आउने भो, जय होस् प्रभो तपाईंको!
 
Posted on 11-10-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही गाम्ले औंरिकाबाट कोही इउरोपबाट
भेला भै रमाईलो गर्छन चौतारीको फाँट
कोही राति जापोनमा खोयाबिर्के पिउँछन्
उही बखत केनडाँडामा बिहानको चिया पिउँछन्

कोही चियाउँछन् चौतारीमा बसी सिंगापुर
कसैको चैं गीत गाउने कविता भन्ने सुर
संसारभरीका गाम्लेको जम्मा हुने ठाउँ
सबैको पियारो ‘साझा चौतारी’ हो नाउँ

आज ठूली कता गई? :P
 
Posted on 11-10-06 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै लाइ था' छ म जड्या होइन
सप्पै लाइ था' छ म जड्या होइन
गोतामे दाइले ठुलो बोटल दे'सी म के गरुम ......
खाली एक घुट्को मात्रै घुट्का हो
खाली एक घुट्को मात्रै घुट्का हो
तर खुट्टा लड्खडाँउछ्, जिब्रो लर्बाराउँछ त म के गरुम......
पान को पात......पान को पात
खोया वीरकेको असर हो को कि क्या हो
था' नै भेन दिन हो कि रात
मर्स्याङ्दी सलल्,
औसीको रात नि भो आज त झलल ....
जै शम्भो, हर हर महादेव!

लौ फेरी जदौ टक्र्याए है ख्वामित हरु, म ग्वाँचेले, हिक्क...........हिक्क.....
 
Posted on 11-10-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले हो, मलाई एउटा गीत चाईएको थ्यो, नेपथ्यको तालको पानी माछी ले खानी भन्ने, कसैसङ्ग छ भने भनुम न है।
 
Posted on 11-10-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी!! राम राम राम!!!

के गर्या यो मदिराको सिसी देखाएर? आफुँ त सोझो मान्छे त्यस्तो बोतल देख्यो कि दस कदम पछि सरिन्छ। हे प्रभु! क्षमा गर बिहान बिहान यो मदिराको दर्शन गर्नुपर्यो! :पि

नेप्चे! के हो त्यस्तो? अब छेउमा आएकाहरु नचिन्ने अनि GPS खोज्नुपर्यो भन्ने?? खोइ कुरा बुझेको!!

मिस म सन्चै छु! अनि हजुरलाई कस्तो छ नि? भान्जीहरुलाई अनि मास्टरसाबलाई सन्चै छ होला नि हैन?

चित्रेले ठुलीलाई मिस गरे जस्तो छ नि! हिजो "त्यो चित्रेको दिलमा गएर हेर्छु कोहि अर्की पो छे कि" भन्दै थिइन् क्यारे। अब तिम्रो दिलमा Entrance मात्र खुल्ला छ जस्तो छ Exit चाँहि बन्द गर्या छौ जस्तो छ, एक्चोटी फेरि दिलमा हेर त त्यतै छिन् कि! :पि

:D
 
Posted on 11-10-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hetterikaa!!

Email me :-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters