ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी ७७-

[Please view other pages to see the rest of the postings. Total posts: 615]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 149267 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-22-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७७ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 77 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को
शुभ-कामना




 
Posted on 09-26-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारा गाम्ले साथीहरु,

तलको बाक्य कसले कसलाइ भनिएका हुन्?

"रायोको साग जिम्माल बाको घरनिरको कान्लामन्तिरको त हैन?"

"रिट्ठेलाई नदेख्दा त जोन इब्राहमलाई ह्यान्सी भन्ने हाम्री उफ्रीले रिट्ठेलाई देखेपछि त झन जोन इब्राहमलाई कत्ति ह्यान्सी भन्ने होलिन्। :P "

"रिट्ठेलाई नदेख्दा त जोन इब्राहमलाई ह्यान्सी भन्ने हाम्री उफ्रीले रिट्ठेलाई देखेपछि त भ्यागुता नि ह्यन्सी भन्ने होली!"

"लौ, तेसो भे' मेरो नाउँ अमित! हामी दुई परम्ला फाइनलाँ। तर ढाका टोपी चैं तेस्बेलाँ मै लाउँछु, अमित भएनि। तालु छोप्न पर्च"

"चिहानै खन्दा पनि हराएको नभेटिनु भनेको कस्तो रहेछ त?"

सही उत्तर दिने महानुभावलाइ तलका पुरस्कार् लिनु हुन अनुरोध गर्दछु।

१। जिम्माल बाको ओर्ग्यनिक रायोको साग ५ मुट्ठा।
२। सानान्नीले दिनेछिन टिम्मुर् २ गेडा।
३। कुम्ले ब्रो बाट एउटा ढाका टोपी उपहार।
४। राहुल्दाइ बाट बोक्सिमन्त्र।
५। चना दाइले दिनु हुनेछ १ किलो चना उपहार।

लौ साथी हो छिट्टो उत्तर मिलाएर चौतारिमा पठाऔँ।


 
Posted on 09-26-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho rithhe ho. bhaute lai gali garda uskai gauma. bhaute ayera nepali ma gali garla kata..sachhai nepali nai audaina. kotha matra aucha. computer herda ta naya nai chha.
 
Posted on 09-26-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भोलि रातो नि लगाउन हुन्न रे। रातो लगायो कि रातो रुमाल बाध्ने केटाहरु, वाइसेल् भन्छन क्या र, हुल क हुल आएर हाकिमलाई नै धुल बनाइदिन्छन् रे।
रातो लगाउने कुराले मेरो जागिरे जीवन याद अौछ।

१५ बर्ष जागिर खाइयो तर समयमै अड्डा भने मुश्किलले १५ दिन पुगें होला। अल्छि को त कुरै न गरम्, त्यसमा नि समाज सेवा गर्नु पर्ने ट्याम ट्याममा, त्यसमा नि क्रिक्रेट हेर्नु पर्ने।
पटक पटक रातो लगाए, दुष्ट हाकिमहरुले। रातो लगाए नि वास्त नगर्ने आफु त। कहिले काहिं मन्त्रालयबाट छद्के हुन्थ्यो। स्पष्टीकरण माग्थ्यो, कति दिने, कति त दिदै दिइन।
अनि परारको कुराहो ज्ञानेको कसाही सरकारले छद्के मार्यो, मन्त्री आफै आएर। मन्त्री को भन्दा पद्म ठकुराठीलाई गोली हान्ने जगते। हकिमहरु परेको बेला अब ठुल्दाई न पर्ने कुरै भएन। छद्के परेकोमा अरु चिन्तित थिए, ठुलदाई भने गौरवान्बित।
आफुले बिरोध गरेको सत्ताको छद्केलाई के छद्के भन्ने?
स्पष्टीकरण मागियो। दिदै दिइन। हुदै भएन भनेर हाकिम आफैले बोलायो, २ लाइन भए नि लेखेर दिनु पर्‍यो, हाम्रो जागिरको सवाल छ भनेर। बिचरा हकिमको जागिर बचाउन लेख्नै पर्ने भयो। २ लाइन के लेख्थें र, एक पाना भरियो।
यस्तो थियो मेरो स्पष्टिकरण।


श्रीमान महा निर्देशकज्यू
खाने ढल तथा पानी निकास बिभाग
पानी न भाएको पोखरी
काठमाडौ।
उपर्युक्त सम्बन्धमा मिति को पत्र प्राप्त भै ब्यहोरा अबगत भयो। उक्त उल्लेखित दिन छद्के मार्दा छद्केमा परेको ठिक साँचो हो।
सो दिन पनि सदा झै समयमै कार्यलय पुग्ने हेतुले समयमै घरबाट प्रस्थान समेत गरेको ब्यहोरा अनुरोध छ।
तर यसो गर्दा गर्दै पनि आफू चढ्ने बाहनले बिचबाटोमा अचानक ढोका दिएको र सो बाहनलाई ठोकठाक गर्न मर्मतकेन्द्र मै एक प्रहर खर्चिनु परेकोले छद्के हानेको समयमा कार्यालयमा उपस्थित हुन नसकेको मात्र हो।
भवदीय
ठुल्दाई
 
Posted on 09-26-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahuldai ayera k kotha lekhera gaye. la hai rahul dai taremam gare.
 
Posted on 09-26-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-26-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taaremaam, Na me.
roman mao padha hai ta?

aaja bholi raato ni lagaauna hunna re. raato lagaayo ki raato rumaala baadhne keTaaharu, vaaisel bhanchhana kyaa ra, hula ka hula aaera haakimalaaii nai dhula banaaidinchhan re.
raato lagaaune kuraale mero jaagire jeevana yaada aauchha.
15 barSha jaagira khaaiyo tara samayamai aDDaa bhane mushkilale 15 dina puge* holaa. alchhi ko ta kurai na garam, tyasamaa ni samaaja sevaa garnu parne Tyaama Tyaamamaa, tyasamaa ni krikreTa hernu parne.
paTaka paTaka raato lagaae, duShTa haakimaharule. raato lagaae ni vaasta nagarne aafu ta. kahile kaahi* mantraalayabaaTa chhadke hunthyo. spaShTeekaraNa maagthyo, kati dine, kati ta didai di/ina.
ani paraarako kuraaho gynaaneko kasaahee sarakaarale chhadke maaryo, mantree aafai aaera. mantree ko bhandaa padma ThakuraaTheelaaii golee haanne jagate. hakimaharu pareko belaa aba Thuldaaii na parne kurai bhaena. chhadke parekomaa aru chintita thie, Thuladaaii bhane gauravaanbita.
aafule birodha gareko sattaako chhadkelaaii ke chhadke bhanne?
spaShTeekaraNa maagiyo. didai di/ina. hudai bhaena bhanera haakima aafaile bolaayo, 2 laaina bhae ni lekhera dinu parryo, haamro jaagirako savaala chha bhanera. bicharaa hakimako jaagira bachaauna lekhnai parne bhayo. 2 laaina ke lekhthe* ra, eka paanaa bhariyo.
yasto thiyo mero spaShTikaraNa.

shreemaana mahaa nirdeshakajyoo
khaane Dhala tathaa paanee nikaasa bibhaaga
paanee na bhaaeko pokharee
kaaThamaaDau.
uparyukta sambandhamaa miti ko patra praapta bhai byahoraa abagata bhayo. ukta ullekhita dina chhadke maardaa chhadkemaa pareko Thika saa**cho ho.
so dina pani sadaa jhai samayamai kaaryalaya pugne hetule samayamai gharabaaTa prasthaana sameta gareko byahoraa anurodha chha.
tara yaso gardaa gardai pani aafoo chaDhne baahanale bichabaaTomaa achaanaka Dhokaa dieko ra so baahanalaaii ThokaThaaka garna marmatakendra mai eka prahara kharchinu parekole chhadke haaneko samayamaa kaaryaalayamaa upasthita huna nasakeko maatra ho.
bhavadeeya
Thuldaaii
 
Posted on 09-26-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री त्यो पाँच् वटै उपहार मलाई काम न लाग्ने पर्‍यो, अर्को उपहार राख अनी उत्तर दिम्ला क्यार
ठुल्दाइ, रातो लाउनेको कथा त्यस्तो रैछ भने पछी रातो लाएर पनि फाईदा देखिदैन खासै !
अब के गर्नु पर्ला त यि काम चोर् गाउले हरूलाई

 
Posted on 09-26-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि नमस्ते सबैलाइ,

राहुलदाइ, अनुराधा फेरि झगडा गरेर माइती गइन् कि के हो?
रिट्ठे, ल ल तेसो भए। सुस्मिता सेन। उसको त अझै बिहे भएको छैन नि।
त्यो नि नभए त्यो अस्तिको मिस नेपाल।


 
Posted on 09-26-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीमान ठुल्दाइ,
हाजिरी हिसाब किताब बिभाग
चौतारी, साझामाण्डौं।

उपर्युक्त सम्बन्धमा मिति ९/२६/२००७ को रिठ्ठेको उजुरी अबगत भयो। उक्त उल्लेखित दिन छद्के मार्दा छद्केमा परेको ठिक साँचो हो। सो दिन पनि सदा झै समयमै कार्यलय पुग्ने र चौतारी छिर्ने हेतुले समयमै घरबाट प्रस्थान समेत गरेको; समयमै कार्यालय पुगेको र चौतारीमा सबैभन्दा पहिले हाजिर भएको ब्यहोरा अनुरोध छ। तर अत्यन्त व्यस्तताको कारण चौतारीबाट हा.टा. गरेर फेरी फर्कन नभ्याएको बेलामा छडके मारिएकोले छड्केमा परेको ब्यहोरा जानाकारी गराउछु।
बरु सबै व्यस्त हुदाहुदै पनि छड्के मारिनुमा ठुलो षडयन्त्रको गन्ध देखिन आएको व्यहोरा जानाकारी गराउन चाहन्छु।

भवदीय
हरि

बोधार्थ: रिठ्ठे, चौतारीका अरु सम्पूर्ण महानुभाव हरु!
 
Posted on 09-26-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! उफ्री त्यो सुस्मिता सेन मलाई उपहार दिने भन्या?
"चेली बेटी बेच-बिखन तथा जिउ धन नाश" मुद्दामा परिएला नि फेरी


 
Posted on 09-26-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे उफ्री नानीले यसो उसो गरेर पुरस्कार चाँहि रिट्ठेलाई नै दिने बिचार गरिछिन्। हामी रेगुलर आउनेहरु मध्य जो जो उत्तर देला जस्तो छ, त्यसमा रिट्ठे बाहेक सबैलाई (जिम्माल बा, सान्नानी, म, चना ब्रो र राहुलदाईलाई) पुरस्कार बाँड्नेमा राखिछिन्। अनि त स्वत: पुरस्कारको हकदार त रिट्ठे हुने भैगयो नि, हैन त?

फेरि रिट्ठेपनि थाहा नपाएजस्तो गरेर बसिरा'रैछ। ल ल!
 
Posted on 09-26-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिती ९/२६/२००७
श्रीमान् हरी प्रसाद ज्यु
बरिस्ठ प्राबिधिग्य

उपरोक्त सम्बन्धमा तपाईंको मिती ९/२६/२००७ को पत्र प्राप्त भै ब्यहोरा जानकारी
भयो । सदा झै समयमै कार्यलय पुग्ने र चौतारी छिर्ने हेतुले समयमै घरबाट प्रस्थान समेत गरेको; समयमै कार्यालय पुगेको र चौतारीमा सबैभन्दा पहिले हाजिर भएको तर ब्यक्तिगत कारणबस हा.टा. गरेको पायिएकोले अब आइन्दा यस् किसिमको कृयाकलाप नगर्न हुन सचेत गराउदै एक पटक को लागि यो चेतावनी दिएका छौ ।
अब आइन्दा कुनै पनि समय बिभागबाट निरिक्षण्को लागि आउन सक्ने हुँदा समय मै कार्यालय उपस्थित हुन समेत् यसै सुचना द्वारा जानकारी गराइन्छ ।

भवदीय
रिठ्ठे

बोधार्थ: ठुल्दाइ, चौतारीका अरु सम्पूर्ण महानुभाव हरु!
 
Posted on 09-26-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ब्रो,

ढाका टोपी मलाइ दिनु र अफै उत्तर मिलाउनु न। टोपी पनि तपाइलाइ अनि बाँकि उपहार पनि तपाइलाइ नै।

रिट्ठे मोरालाइ के चाहिएको हो बुझ्न सकिएन? भिटामिन भएको हरियो रायोको साग पनि खाँदिन भन्छ। तेस्तो दुर्लव टिम्मुर, चना, बोक्सिमन्त्र र ढाकाको टोपि पनि चाहिदैन भन्छ।

राम जाने।
 
Posted on 09-26-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स पाट
>>>सही उत्तर दिने महानुभावलाइ तलका पुरस्कार् लिनु हुन अनुरोध गर्दछु। <<<

"सही उत्तर दिने महानुभावलाइ" भनेपछी म मात्र परेको हो र?
नेपाली पनि बुझ्न छोडे कि क्यi हो मैले त ? भनौ है साथी


 
Posted on 09-26-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाँहि हाजिर भएर बिदामा गएँ

बोधार्थ: चौतारिका सबै जना
 
Posted on 09-26-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jaaa kurakani bata hataechhi ta aba chautarimai thichnu pardo rechha yaha aauna ta. bore bho. first page ma nadekhine ta.
 
Posted on 09-26-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे जदौ।
हन जम्मै कता अन्मरिएछन। झन लन्च खादै गफ गरुम भन्या त, चौतारी सुनसान पो छ त।
 
Posted on 09-26-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुट नोइट!
 
Posted on 09-26-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ चित्रे चिम्पान्जी,
खाली बेला न कुबेला गुड नोइट भन्न बाहेक अरु केहि गर्न आउदैन?


साहु को आखा छलेर लेख्नै परे पछी २-४ लाइन त लेख्नु नि।

Last edited: 26-Sep-07 01:44 PM

 
Posted on 09-26-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे चिम्पान्जी lol

सन्नानी के गन गन गरिराको? के भयो चौतारी मा? बुझ्ने गरी भनन
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters