[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 262920 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-14-08 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाग्यो ल खाना खानु पर्‍यो, ल म खाएर आउछु एक्चिन्मा, तब सम्म यो गीत सुन, अङ्रेजी हो,
तर धेरै राम्रो, valentine     स्पेसल्

 
Posted on 02-14-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हर्कबादुर  दाइ को गुड गर्ने हात हेर्दा हेर्दै नेप्चे भाइ र पर्बत लै सुन्नै देखिन छु

 म सन्चै छु  भाइ अनि तिमी नि ? :)

पर्बत,

 हउर दैक्दै डरलाग्दो छ र? किन डराम्चन बाबै  हउर सअ सप्पै जो  ? हउरलै देकेको  मुन्चे होला कि डराम्ने  म त   हउरलै देख्या पनि छैन त्यसैले डराम्दिन त भनेकी मात्रै  डराम्चू भनेर

 

 

Last edited: 14-Feb-08 08:36 PM

 
Posted on 02-14-08 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रोफेसर सिनेमाको 'आवाज देके हमे तुम बुलाओ'
क्या मार्मिक गाना छ वाह




सम्मी कपूर र हिरोइन लिना चन्दवाकर  हो? कस्लाई थाहा हुन्छ? ठुल्दाइ लाई थाहा होला कि त?
 
Posted on 02-14-08 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आफ्नो भ्यालेन्टाइन नि सक्कियो
लहरे नि हसुर्न गयो, अब कस्ले गाना बजाउनी होला नि
मेरी प्यारिको लागि एउटा गाना फर्माइस गर्छु भन्या, लहरे टाप कस्यो यार


 
Posted on 02-14-08 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Valentine Special --

 
Posted on 02-14-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे एउटा बाङे (baange) को  लव सँग राखन यार
 
Posted on 02-14-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सलामआलिकुम!!रिठ्ठैभाइ

लु  फर्माइस गर रिठ्ठे भाइ म बजाइ दिन्छु  टिभीयाँ


 
Posted on 02-14-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

valentine special --


 
Posted on 02-14-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे लाई धन्यवाद है, भेटेदेखिन भोली भए पनि राख

ज्यानले मात्रै कहाँ डराम्चन र मिस, मेरो ज्यान देखे त झन हेप्न थाल्चन्
मेरो अनुमाननी त्यही भएर त रेसोच गर्न पर्नी भनेको बुढेस्काल लाइसको अब के दु:ख गर्नु हैन (बोल्न डराम्चन भनेको हो खास मा चाँही , लजाएर होला नि भनेर चित्त बुझाउनी बाटो)
लौ है त अब सुत्न परो, शुभरात्री, भोली फेरी को जोत्न जाओस 
 
Posted on 02-14-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-14-08 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारीले शताब्दी मनाएकोमा हामी सबैलाई बधाई छ! हामी सबैको दु:ख_सुख बाँड्ने थलो हो, मिलेर रुने,
मिलेर हाँस्ने थलो हो यो। अचेल लेख्न नभ्याएपनि चियाउन र पढेर हाँस्न भने छोडेको छैन। 

सकृय भएर चौतारीलाई जोगाइराख्ने सबैलाई मुरी_मुरी धन्यबाद!

यहि मौकामा चौतारीको सबैभन्दा जागरुक चौतारीया हाउँरी ठुल्नानीलाई 'लाइफट्याम् याचिभमेण्ट अवार्ड' 

दिनुपर्छ भन्ने जोडदार प्रस्ताव छ मेरो। हुनत त्यो पुरस्काराँ जिम्माले पातकीले पनि आँखा गाड्याछन्
भन्ने सुन्या' छु, तर तीनलाई दे'र के काम?! पा'को आधा घण्टाँ' तीनले तो तक्मा लगेर धोबीनीका 
भट्टीमा बेचेर ठाडो घाँटी लाएनन् भने मलाई गोताएँ नभन्नु ल! (बरु गोतामे भन्नु!)


 
Posted on 02-14-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-14-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका लहरे नि
बाङेको गाना राख भन्छु लम्बुको राख्छ
रिट्ठे आउने बित्तिकै सधैं लम्बुको फर्माइस हुन्छ भन्ने लाग्या होला
तर आज त बिशेष दिन बिशेष बेला, बाङे को राखन है
बाङे भन्या साहारुख बाङे क्या
त्यो "दो दिल मिल रहे है" भन्नि गीत
मिस दिदी-- सञ्चै? ल ल मेरो फर्माइसको गाना रख्दिनु पर्‍यो
गोतामेदाई लाई मेरो सलाम छ
दोहोरो कुरा कानी भा' छैन क्यारे अहिले सम्म
 
Posted on 02-14-08 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-14-08 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सुत्न गाको निन्द्राइ लाग्दैन आझ के भा के भा, चिलिम खानु परो निन्द्रा लाग्छकी, एउटा गीत लगाउत लहरे सुनेर फेरी सुत्ने ट्राइ गरम।
 
Posted on 02-14-08 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आझ त चौतारीमा बत्ती बल्नु पर्ने दिपावली मनाउनु पर्ने खै १०० बर्षा पुगेको उपलछ्यमा हैन त कि कशो?
 
Posted on 02-14-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-14-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्परी भुट्या बुङुर नखाएसी कताटी  निन्द्रा आउछ ओ हर्के दाई?
 
Posted on 02-14-08 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-14-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो हर्के दाई,  बत्ती बाल्नु पर्छ आज
अनी आज ब्यान बत्तीको ब्यबस्था गर्न जान्छु भन्या हैन तपाईंले? खोइ त बत्ती बाल्नु पर्‍यो अब
गफ दिने ओइसे?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters