[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 200540 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-12-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोझो कुम्लेलाई पनि दशैंको शुभकामना र जदौ! यो कालीकेटीको ल!
 
Posted on 10-12-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe yo december ma hami timro gaau maa ghumna aaune. 

 
Posted on 10-12-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ ठुलि, आओ सबै जना आओ, तिम्रो साथीहरुलाई पनि लिएर आउ है त, रमाईलै हुन्छ,

म:म खानु पर्छ तास खेल्नु पर्छ, सेनिमा पनि हेर्नु पर्छ ल

 
Posted on 10-12-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero sathiharulai cha kina lyaaune ni. hoina ma ta eklai aauchu. 

 
Posted on 10-12-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसिको कवाफ कसरि बनाम्ने हो ?? यसो रेसिपि टासम्न गाम्ले हो।


 
Posted on 10-12-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो साथीलाई पनि ल्याउ भन्या क्या, तिम्रो साथी हौ
ल्याउने नि अब, ल्याउने भने पछी ल्याउने

 
Posted on 10-12-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाडा म तेल हाल ने
तेल ताते पछी बेसर हाल्ने
अनी मासु हलेर भुत्ने
पानि निकिन्छ मासु बाट
पानि नसुकुन्जेल भुत्ने
पानी सुकेपची प्याज हाल्ने भुत्ने
प्याज रातो रातो बहेपची, मसला हाल्ने,
मित मसला, अदुव लसुन पेस्ट, खुसनी को धूलो, नून, जिर सिर जे जे
छ सबै हल्ने
एक छिन पकयप्ची गोल्भेदा हल्ने, धनीय हल्ने
एकै छिन पकाउने
अनी पानि थप्ने, झोल खन्न मन छ भने।
एक्चिन पछी खसिको मासु पक्छ

मलाई त एसरी औछ, अरु तरिक आउँदैन हो


 
Posted on 10-12-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी आज किन सुन्ने हौ?
	
    

          
 
Posted on 10-12-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ लहरे
दुर्गे भाभी ले सोधिलिनु भयो कबाब , तिमी दिन्छ उल्टो जबाब
पानी हालेपछी  त्यो त झोल मासु भइहाल्छ नि लहरे



 
Posted on 10-12-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के थाह रिट्ठे, किन सुन्य किन सुन्य? उफ्री न आइ चौतारी उफ्रिन्न कसो?
अनुराधा पढ्न रत्न पार्क लाग्या होला सबै जना।

 
Posted on 10-12-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी सुके पछी कबाब भएन त। रित्थे पनि केही भुज्दैन भन्या, खँ ख्  खँ खँ

 
Posted on 10-12-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोऽऽऽ! दुर्गे भाउजू, घटस्थापनाको दिनदेखि नै खसिको कवाफ?
पार्टीको दिन त झन् के के पाक्ने होला? वाह!
मलाइ त रेसिपी आम्दैन, सान्नानीलाइ आउँछ होला राम्ररी।

राहुलदाइ, अनुराधा राम्रो लाग्यो।

रिट्ठे, उफ्रीलाइ बोलाऊ न, अनि हुँदैन शून्य!
 
Posted on 10-12-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, बोलाको त हो नि, न आएपछी के गर्ने

 
Posted on 10-12-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा है, सुन्य भयो डाँडैको चौतारी, मायालु नहुँदा।

हिजो राति जिम्मीबुढाले अनलाइन देखेर नि किन बोलेनन् भनेको त बल्ल शंका लाग्यो।

पुन्टेबुढा सँग फुनमा  कुरा गर्दैथेँ। बीचमा जिम्मीलाई नि फोन हानेछन पुन्टेबुढाले। मेसेज तिर गएछ जस्तो छ। अनि हाम्ले जिम्मीको कुरा काटेको जति सप्पै रेकट भएछ जस्तो छ। धुत्, त्यै भेर पो फुलेर बसेछन् जस्तो छ। के के भनियो, ह्यात्तेरी बर्बाद भो।  ह्यारिसको गफ ठुल्नानीको फुनमा रेकट भाजस्तो भयो जस्तो छ।


 
Posted on 10-12-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसिको कबाब (ट्राडिसनल तरिका)

नोट- प्याज नहाल्ने


बिधि-

१)मासुका मध्यम टुक्राहरु बनाउने (पखाल्ने हो भने काट्नु भन्दा पहिले नै पखाल्ने)
२)गहिरो तथा बाक्लो भाँडो हुनै पर्छ, पातलो हुन हुँदैन। त्यसमा मासु राख्ने,चाहे जति तोरीको हरहरी बास्ना आउने तेल मासुमा हाल्ने।
३) नुन र बेसार पनि मासुमा हाल्ने र मजाले पन्यौले चलाउने जसले गर्दा तेल,नुन र बेसार मासुमा मिल्छ। त्यसलाई २-३ घन्टा त्यत्तिकै छाड्ने छोपेर।
४) जिरा (पाउडर हैन) ,धनिया (पाउडर हैन) र मरिचको दाना (पाउडर हैन) र रातो सुकेको खुर्सानि सिलौटो भए सिलौटोमा नभए ग्राइन्डरमा सके सम्म कम पानी हालेर पिन्ने।
५) अदुवा र लसुन सकेसम्म सिलौटोमा नभए चपिङ बोर्डमा एउटा लोहोरो जस्तो ढुङ्गाले पिस्ने पानी भने नहाल्ने।
६) अगिनै राखेको मासुले भएको भाँडोलाई चुल्होमा मध्यम आँचमा(कडा बाल्नु हुँदै हुदैन)राख्ने।
७)चनादाई तिर हेरेर मुसुक्क हाँस्ने र हातमा पन्यौ समातेर भाँडोबाट आउने हल्का आवाज सुन्ने।
८) मासु तातेपछि चलाउने।
९) फेरि मुसुक्क हाँस्ने
१०)चलाइरहने, अलि अलि पानी निस्कन थाल्छ (आगो ठुलो गर्नु हुँदैन नत्र तलको डढ्छ माथि केहि हुँदैन)
११) पानि अलि निस्किएपछि तयो भाँडोलाई आलुमुनियमको थाल वा कचौरा जे ले राम्रो संग छोप्न मिल्छ त्यसैले उत्तानो पारेर छोप्ने र त्यो ढकनिमा पानि राख्ने।
१२) मुसुक्क हाँस्ने र कबाब पाक्दै गरेको मधुरो साउन्डमा छोपेको ढकनिको पानी तातेर साना साना फोका उठेको हेर्ने।
१३)केहि समय पछि बिर्को झिक्ने।
१४) चलाउने र मासुमा पानी धेरै नै सुकेको जस्तो लागे ढकनिमा तातेको पानि अलिकता हाल्ने र फेरि चलाऊने, अनि ढकनिमा फेरि पानी थपेर छोप्ने।
१५) करिब २-३ पटक ढकनि खोल्दै अलिकता पानी थप्दै गरेपछि मासु पाक्न थाल्छ।
१६) लसुन र अदुवाको पेस्ट हाल्ने र पहिलेकै तरिकाले छोप्ने।
१७) एकछिन पछि फेरि ढकनि झिक्ने र मसलाको पेस्ट हाल्ने ढकनिको पानी थोरै हाल्ने र फेरि छोप्ने।
१८) पुरा अपार्टमेन्ट मासुको बास्नाले छाएकोमा गदगद हुँदै चनादाई तिर हेरेर बेसार लागेको गाला देखाउँदै मुसुक्क हाँस्ने।
१९) चलाउने र पाके नपाकेको अन्दाज गर्ने।
२०) पाकेपछि पानी सुकेपछि कबाब तयार भयो।
२१) बुढा बुढि मुसुमुसु हाँस्दै चिउरा संग खाने,भन्ट्याङ भुन्टुङलाई चिचि पापा दिने।
समाप्त

Last edited: 12-Oct-07 04:06 PM

 
Posted on 10-12-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmalbaa recipe thread ma halnu na ma ni banaune feri harauchha ke pachhi. malai aaudaina thyo chitre kabab banauna. ani tyo indian restaurant ma paune kabab ta keemako po hunchha hai jimmalbaa?
 
Posted on 10-12-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

७)चनादाई तिर हेरेर मुसुक्क हाँस्ने र हातमा पन्यौ समातेर चनादाइलाई झटारो हान्ने।

भन्ने भयो भन्ने ठानेको मैले त ।

 

साँच्चीनै घरमा ढलौटको कसेउँडीमा कवाफ बनाको सम्झना आयो मलाई नि। उत्तानो पारेर त्यो छोपेको भाँडोमा पानी राख्ने भनेको सुन्दा त क्या घरको सम्झना आइरा'को ल।

 

दामी स्टेपहरु, जिम्माल बा।

अँ साँच्ची, हिजो फुनमा केही रेकट भाथ्यो?


 
Posted on 10-12-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि धेरै किसिमको कबाब हुन्छ नि बाबै।

अब तो सिक कबाब इत्यादी बनाउन त आउँदैन मलाई पनि क्यार्नु। अर्को ओभनमा राखेर नि बनाउन मिल्ने हुन्छ त्यो कुनै दिन भनुला नि।

खै तो थ्रेडमा राख्न त हुन्थ्यो यता दुर्गे भाउजुलाई भनेर लेखियो, यसो मिला'र तिमि नै राख न तिम्रै थ्रेड हो नि गाँठे त्यो त!


 
Posted on 10-12-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते,

" बिर्खे मान्छे त काम नलाग्ने हो नि...."

" हँ? हो हो ठिक भन्यौ, काम लाग्ने त हैन"

" तेइ त खालि त्यो ..... का ...... हो, ......को लागि मात्र हो नत्र हामि ....."

असत्तिहरु


 
Posted on 10-12-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

Last edited: 12-Oct-07 04:19 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters