[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 154263 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ


अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर







Last edited: 13-Aug-07 01:44 PM

 
Posted on 08-15-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वचे लौन के आरोप लगाको म तिमि सङ नबोलुम्लात। म तिमि सङ नबोलि बस्न सक्चु होला र। बाइद वे हाउ आर यु?

चिप्लु, रित्थे, राहुल दा के च ताअाअाअाअाअाआ?

दीप ज्यो नि अौनु भो, दीप ज्यो दर्सन गरे है। deep jyo as usual awesome kabita :D
 
Posted on 08-15-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-15-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित अल्चि बिर्खे दा। जदौ मात्रै।
 
Posted on 08-15-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

के हुँदैछ?

अन्तरे, ठूली, राहुलदाइ, ग्वाँचे, हरी, नेउचे, जिम्माल बा, रिठ्ठे, चिप्ले, इरे, दीप ज्यो सबैमा जदौ!

सेप्टेम्बर ७, २००७ मा हाम्रो चौतारीको दोस्रो बार्षिकोत्सव हो। यो दोस्रो जन्मदिन भव्यताका साथ मनाऔं। सबैले आ-आफ्नो कथा, कविता, चुट्किला आदि प्रस्तुत गरम्। यो मनाउनका लागि एक समिति पनि गठन गर्नु पर्ला जस्तो छ।
 
Posted on 08-15-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चित्रे जासुसले बडा अच्छा कुरा पत्ता लगाएछ, बार्षिअक् उत्सब त हान्नै परो नि।
तारेमाम् है चित्रे, बिर्खे, आइरिश, दीप आदि इत्यादि मा।
 
Posted on 08-15-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे लाई यो कूरा मन पर्‍यो । तारेमाम बिर्खे दाई, चित्रे
 
Posted on 08-15-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शकहरु लामो प्रतिक्षाको घडि समाप्त भैसकेको छ!

एक पटक हामि फेरि आएका छौँ क्लोजअप चौतारी तारारमपम अन्तरवार्ता द्वितिय लिएर!
चौतारीका यस्ता दुईजनालाई हामिले आज स्टुडियोमा निम्त्याएका छौँ जो बिना चौतारी नुन नहालेको तरकारि जस्तो वा चिनि नहालेको चिया जस्तो वा लाटिको म्वाइ खाए जस्तो खल्लो हुन्छ। हजूर, यहाँहरुले ठिक गेस गर्नुभयो, चौतारिकै खुङखार मोडल द्वय अझ पक्का नेपालीमा भन्नु पर्दा चौतारीकै धुरन्धर दुईजना नमुनाहरुलाई हामिले आज बोलाएका छौँ। वहाँहरु कहिले एक आपसमा अजात शत्रु जस्तो बन्नुहुन्छ त कहिले सहोदर दाजु भाइ जस्तो, कहिले एक अर्कालाई छिर्के हानेर आनन्द लिनुहुन्छ त कहिलेकाहि एक अर्काको बुई चढेर साथ दिनुहुन्छ। वहाँहरु हुनुहुन्छ………….

…………. वहाँहरु को हुनुहुन्छ हामि एकैछिनको कमर्शियल ब्रेक पछि भन्ने छौँ।

त्यतिन्जेल सम्म यहाँहरुले गेस गरेर उत्तर पठाउनु होला। सहि उत्तर पठाउने श्रोताहरुबिच गोला प्रथा द्वारा पुरस्कार वितरण गरिने छ। जित्नुहुने महानुभावले पाउनुहुनेछ क्लोज अप रेड धमाकाको एक ठुलो ट्युब र त्यसमा २ बर्ष सम्मको रिफिल, साथै श्रेष्ठ टेलरिङ बागबजारको तर्फबाट एक सत्यजुगि दौरा सुरुवालको एन्टिक पिस, यसका साथै २ जनाको लागि कृष्णभिर यातायात डुबान तथा खसान व्यवस्थापन समितीका तर्फबाट काठमान्डौ- कृष्णभिर- काठमान्डौको रिटर्न बस टिकट!
……………….
………………….

के तिमि क्लोजअप गर्दछौ
या दुनिया संग लड्दछौ
क्लोजअप किन गर्दछौ


टुँssssssssssssssssss………

 
Posted on 08-15-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई अती राम्रो।

ब्रेक सक्किएन?
 
Posted on 08-15-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ नो आइ नो ...मेरो जिजु र आदर्णीय पुन्टेदाइ
 
Posted on 08-15-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute daa n poonte da hai birkhe dai
 
Posted on 08-15-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte and Bhaute....... exact nick bhaneko ke maile puraskaar pauna lai.

THuli, manvi ke chha?
 
Posted on 08-15-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दौरा सुरुवालको एन्टिक पिस रे लौ त्यो हामि केति हरुको लगि के काम। हाम्रो लागि सारि को वा कुरथा सुर्वाल बेवस्त्था गर्नु पर्यो बिर्खे दादु।

सानानि मेरो सबै थिकै च। तिम्रो, चोरि र भिनाजुको के च ?
 
Posted on 08-15-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh Poonte ra भउते .. la kasle payo puraskar ani chado rakhnuparyo antarwarta pani.

काठमान्डौ- कृष्णभिर- काठमान्डौको डुबान तथा खसान ko tikes re LOL

ho ho thuli hamlai ta kurtha suruwal chahinchha. we r all fine thule thanks.
 
Posted on 08-15-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुर्था सुरुवाल को साटो दौरा सुरुवाल पायो भने सुरुवाल त काम लाग्छ नि कम से कम

 
Posted on 08-15-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तर:- श्री पुन्टेन्द्र जंग तथा श्री भ्यागुतेन्द्र विक्रम

गोलाप्रथाद्वारा पुरस्कार दिने भए मलाइ पर्छ कि त?
 
Posted on 08-15-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तर: आदर्णीय पुन्टे दाई तथा भौते दाई
 
Posted on 08-15-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोला प्रथा नै भे त चानस हुन्छ, म नि कागे हान्नु परो:
क्लोजअप चौतारी तारारमपम अन्तरवार्ता द्वितियमा आजका पाहुना हुनुहुन्छ पुन्टे दाई र भौते गुरु!
पुरस्कार परो भने त भोली दाउरा सुरुवाल ढल्का'र, दाँत टल्का'र चौतारीमा आउँछु, परेन भने टाँइ टाँइ फिस, तारेमाम!
 
Posted on 08-15-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के तिमि क्लोजअप गर्दछौ
या दुनिया संग लड्दछौ
क्लोजअप किन गर्दछौ


टुँssssssssssssssssss………

लामो कमर्शियल ब्रेक पछि स्वागत छ दर्शकवृन्द, क्लोजअप चौतारी तारारमपम अन्तरवार्ता द्वितियमा! दर्शकवृन्द थाहा पाइसक्नु नै भयो हाम्रा आजका अतिथि को को हुनहुन्छ भनेर। हजुर, वहाँहरु हुनुहुन्छ हाम्रा अति चिरपरिचित श्रि पुन्टे दाई र श्रि भउते भाइ! (यसको सहि उत्तर दिएर गोला प्रथामा पर्नुहुने महानुँभावहरु हुनुहुन्छ, ठुलि, मुन्नि, सान्नानि र चित्रे। गोला प्रथा गर्दा सबै ४ जना नै छानिनुभएको छ। महिलाहरुको अनुरोधलाई ध्यानमा राखि कुर्था सुरुवाल त व्यवस्था गर्न सकिएन तर माडाको फरिया हामिले व्यबश्था गरेका छौँ। कृपया पुरस्कारको लागि स्टुडियोमा पाल्नुहोला!)

ल त आउनुहोस आजको अन्तरवार्ता शुरु गरौँ-


संवाददाता (दाँत देखाउँदै)-
हे हे हे स्टुडियोमा स्वागत छ पुन्टे दाई र भउतेलाई!

पुन्टे दाई-
लु स्वागत भने स्वागत छ, कुन तरुणिले हेर्छे भनेर दाँत देखाउँदै छौ ए जिम्माले? सित्तैमा आको क्लोजअप भनेर हार्पिक धसेऊ कि के हो? तिम्लाई हेर्ने तरुणिलाइ यो चिल्लो तालुमा म्वाई खाने बनाइन भने मेरो नाम पुन्टे हैन, तेई धोबनिको च्यात्याssss पेटिकोटको कस्सम!

भउते-


संवाददाता- हे हे हे पुन्टे दाई, मेरो शुभकामना छ तपाइँको तालु तरुनिको लिपस्टिकले रातै होस! भउतेजी किन रिसाउनुभएको नि?

भउते-
ए! पुन्टे बुडा! सालि र धोबिनि त कुखुरोले चल्ला छोप्या जस्तो छोप्यौ छोप्यौ हुँदा हुँदा बिर्खैजीलाई हेर्ने तरुनिलाई नि च्यात्या पेटिकोट ओढायौ हैन?? तिम्ले कसैको देखि नसहने भयौ पातकि बुडा!

पुन्टे दाई-
हामि त छुच्चो मुख फोरेर बोल्छम के रे। कतिका सालि बिच्किए कतिका बुइनि आत्तिए यइ मुख फोर्दा, अब त यत्रैसिती जता नखरमाउलि उतै पुन्टे जाउलि!

संवाददाता-
हे हे हे रमाइलो हुनुहुन्छ तपाइँहरु दुबैजना! त पुन्टे दाई भन्नुहोस तपाइँलाई सबै भन्दा मन पर्ने काम के हो? समाजसेवा, यातायातसेवा वा तरुनिसेवा??

भउते-
बुढा परे अब फन्दामा।
भऊते
:-)

पुन्टे दाई-
भउतेको कानमा नपार्नि भए उत्तर भन्छु

भउते-
तिम्रो उत्तर तिम्ले भन्नुभन्दा पहिले नै थाहा छ असत्ति बुढा! हजार सालि भए नि नपुग्ने, हजार धोबिनिको भट्टि गए नि नपुग्ने तिम्रा बखान गर्न मलाई के को आइतबार? तरुनिसेवा त हो नि के ल बाजि थाप्ने???

पुन्टे दाई-
लु भउते बजिया, बाजि थाप्ने भा थापुम् तिम्ले जिते धोबिनि मेरि मुइँले जिते जुरेलि मेरि!

भउते-
लु हुन्छ त थापम् बाजि।

संवाददाता-
हैन भउतेजी पुन्टे दाईको बाजिको शर्त साँच्चै स्विकार हो तपाइँलाई?

भउते-
हँ? धुत्… यि शत्रु बुडाले त मलाई मालुङ्गेको घट्ट घुमा जस्तो रियाईँ रियाईँ घुमाएर पो छाडे! ए! हरिया बाँस! जसो गरे नि किन धोबिनि र जुरेलिको कन्तो खन्छौ हँ? लु सपै तिम्रा भए यो जगतहुँदि भएका सपै तरुनि तिम्रै पेवा भए, मलाई हाम्रो चौतारीको सालि र बुईनिहरु भा’ पुग्छ। त्यता नि आँखा लाएको देखेँ भुने चाइँ तिम्लाई अस्ति भन्या जस्तो आँधिखोला दोभानाँ धुवाँ पुत्पुताम्दै डढाउने हुँ!

पुन्टे दाई (तालु र दाँत दुबै टल्काउँदै)- यो भउते बाठो छ Muaaaaaahh….

भउते-
बिर्खेजी यो स्टुडियोको पछाडि ढोका सोका त छ हैन भाग्नलाई? यिनि बुढालाइ हाम्रो खस्रो गालो मन पर्ला जस्तो छ!

संवाददाता-
हा हा हाहा… रमाइलो हुनुहुन्छ तपाइँहरु!

पुन्टे दाई-
ओइ भउते! यो जिम्मालेले हाम्लाई रमाइलो भन्यो! बज्जियालाइ उठ्नु सम्म रिस उठिरा’ होला तरुणि उसको भागमा पारेन भनेर, अइले जागिर जोगाउन हाम्लाइ रमाइलो रे! येसकि मलाई स्यार्नि संसार अचम्मको छ!

भउते-
होला होला पुन्टे दाई। अब हउर र म त दाजुभाई, झगडा गरे नि मया माने नि हजुर त मेरो साढुदाई बरु हामि हाम्रो झगडा थाँति राखेर यहाँ चाहिँ राम्रो कुरा गर्नु पर्यो नत्र ताक्ने हामि बोक्ने यिनि बिर्खेको नलिखुट्टो हुन बेर छैन!


भऊते


 :-)

संवाददाता-

दर्शकवृन्द!.... स्वयं.... संवाददाता माथि नै .....केहि...... नराम्रो आघातहरु पर्ने सम्भावना देखिएकोले...... हमि यो ....प्रसारण अचानक रोक्न बाध्य भएका छौँ। यसको बाँकि प्रसारणको कन्ट्र्याक्ट हाललाई खुल्ला गरिएको छ र संभवत समय र परिस्थिती मिलाएर उक्त बाँकि प्रसारण कफि विथ कुम्ले मा वा यसे कार्यक्रममा पछि प्रसारण गरिने छ!

धन्यवाद्!


Last edited: 15-Aug-07 11:39 AM
Last edited: 15-Aug-07 11:41 AM

 
Posted on 08-15-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा कमर्शियल ब्रेक सारै लामो भो के। रिसै उत्त्ने।
येसो कुर्थासुवाल जित्यो भने म तेहि कुर्थासुरुवाल हाम्रो आर्ना चोरिको पास्निमा लगाउचु। क्या मजा।
 
Posted on 08-15-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिग्यापन:

- आssssहा कस्तो स्वादिलो मासु, जिब्रो मै झुन्डिने, कुन मसला हालेर पकायौ भन त बुहारी ?
- बि एम सि स्पेसल मिट मसला।
- कुन मसला रे फेरी एक चोटि भन भन त बा!
- उइ त हो नि बि एम सि मिट मसला, प्याज र बि एम सि मसला हालेपछी मासु त हाल्नै पर्दैन।
- बि एम सि स्पेसल मिट मसला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters