[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 193707 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-03-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Card त दामी छ भउते।
 
Posted on 08-03-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mama ji so sweet song, senti banayo dai samjhayo ganale.

tara card ta pohor saalkai feri dya jasto chha ni mamale ho? khit khit khit
 
Posted on 08-03-07 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी हुनै पर्यो नि मक्करे। विशेष दिनमा विशेष मान्छेलाई।

सप्पैलाइ जदौ गरेँ। आज त दिन भरि निकै हल्ला भएछ। टायरा भगवतीको दर्शन पनि छुटेछ आफ्नो त।

तितौरीको जन्मदिनको केक अगिल्लै दिन खाएर भ्याएछन्। मैले त अब त्यै चक्कुमा लागेको चाटेर चित्त बुझाउने त होला खै !
 
Posted on 08-03-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती गोताएं का स्राप का हिसाबले त मदी बिनी पुगिसक्योउ होला भन्ठानेको थिएं भौते मैले त।
कतै आत्मा बोलेको त होइन? साँझ पनि पर्न लाग्यो क्यारे।
 
Posted on 08-03-07 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



हो र भान्जी ? उफ मैले त बिर्सेछु, पोहोर कुन कार्ड दे'को भनेर। उसै त काली रिसाएर गोरखकाली (टायर) भैराखेकी छे, अब झन रिसाएर भद्रकाली हुने हो कि कुन्नि।

अनि प्रिती-भान्जीको के छ त खबर ? २६ अगस्टमा हजुरहरुको कार्जेक्रम छ रे नि त्यता। भेट्न आम? यसो नातिनीको नि मुख देख्न पाइने।

मक्करे, तिम्रो लागि त म जिउँदै भए नि आत्मा समान नै हो, होस गर है।
 
Posted on 08-03-07 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त झ्वाइ खट्टे ले ज्यान बनाएका रहेछन गोतामेले अन्तरेको कुरो सुन्दा। तेस्ता बिग्रेको बाहुन्को के स्राप लाग्ला।
 
Posted on 08-03-07 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोदी बेनी हैन मदिमुनी भन्चन
सजिलो को लागि ।
के हो साँझ को बेला पनि सबै तन्दुरुस्त छन त
 
Posted on 08-03-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसो भए मदी मुनी बाट कती परका हौ ए पर्बते बाबु? कतै कटुवा चौपारी तिरका त होइनौ?
 
Posted on 08-03-07 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदी र रती दुबै तर्न पर्च
 
Posted on 08-03-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यो बाट प्रभावित:

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?
 
Posted on 08-03-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रती भन्या कता परो फेरी। एकै पटक पुगेको हो शंकरपोखरी तिर बाट हिंडेर ठुलि एकदशी मा नुहाउन। बस बाट त धेरै पटक पुगे कुश्मा।
 
Posted on 08-03-07 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो त धेरै गोल्माल भो जस्तो छ नि अन्तरे कबिता पढ्दा त।
 
Posted on 08-03-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्ती राम्रो ल अर्को पटक टप मा राखनु पर्छ । बिशेष गरी यो चाँही घत लाग्यो (नसम्झाइदेउ ................................)

"भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के? "
 
Posted on 08-03-07 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you so much bhaute daadu!!
ani saannaani le bhanyaa thikai ho puraano card de'ko feri ...kasto lobhii holaa
 
Posted on 08-03-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

opps (bhulakkad bhaichhu) chiplu dherai dherai dhnyabaad chha hai paat :)
 
Posted on 08-03-07 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे (NAME) नमस्कार।
 
Posted on 08-03-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्म्मामामा म त बेहोस। कस्तो लेखेको बाबा अन्तरेले। दाssssssssssssssमी, ५ पल्ट पढिसकें, कबिता होस् त एस्तो
 
Posted on 08-03-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे नेप्चीले मलाइ नमस्कार गरेको ? लौ मैले नि तुरुन्त नमस्कार फर्काए ।
फुन बन्यो मैया रानी
 
Posted on 08-03-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे नमे, बन्नासाथ म गर्छु है
भान्छा भो? कि पाक्दै छ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters