Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 168709 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-15-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oi madanawa chal baju hat hawa ane de (risaeko tauko 5 than)
Last edited: 15-Dec-09 01:11 PM

 
Posted on 12-15-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<हैन यो बैरेलाई त जल्ले नि देख्या देख्या जस्ताइ हुनी रेछ भन्या!! खें खें खें (जिब्रो निकालेको पेंलो टाउको राखेर पढ्नु होला!!)>>


मान्छे हान्सी भए सि यस्तै हो , मक्खुला रिट्ठे , एउटा हेन्सी ले नै अर्को हेन्सी को कुरा बुझ्छ


<<(पुन्टे बुडाको भाई पनि रेछ भन्ठानिरा :D)! >>


हन यो पुन्टे बुढा लाई मैले नि हेर्नु पर्‍यो !! ट्याउसस आउनु अघी उत्तर तिर थिए जाडो रौ ठाडो पर्दै सब लग्यो ।


<<बैरेलाई त मैले देख्या छ जस्तो लाग्छ साँच्चिकै! म तेतै पढ्या हो नि जमानामा! तेई आई २०, आई ३०, १८३, ३६० खुब ओहोर दोहोर गरिन्थ्यो। अनि बैरे पहिले देखि नै त्यहिँ हो?>>


त्यही भन्या फेरी म त त्यही कलेज को छेउ चाउ निकै जान्थे पहिले तिर आफ्नो काम नि त्यतै थियो । आफु त यहाँ बस्या नि भयो ८ बर्ष जती ।


<<चिप्ले ल धेरै धेरै शुभकामना छ, आँटेको काम बनोस!>>
बुझ्या त होइन के को लागि भनेर तर मेरो नि शुभकामना है



(उपयुक्त स्थानहरुमा सुहाउँदो पहेंलो टाउको राखेको कुरा सम्झिनुहोला)    


 


 
Posted on 12-15-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसि नानी तो चोथाले बुडिको कुरै नअर मसित। दिनभरि गाम चहारेर थुतुनो चलाउँदै हिन्छे। अइले नि कतै बजिरा' होलि बिउर्या रिडियोमा कृषि कार्यक्रममा बुडि बोल्या जसरि। कठै कस्ता कस्ताका छोरि दिन आ' थे, कुन साइता एल्लाई पोल्टोमा हालिएछ। कान्छि ल्याईन भने जिम्माल नभन्नु!


हरि शरणम्!

Last edited: 15-Dec-09 01:13 PM

 
Posted on 12-15-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


अड्डा आउने बित्तिकै एक जना सुड्डा को " स्थाई दिमाग खराब " अन्तिम प्रतिरक्षा कार्यक्रम थियो ।


जानै पर्‍यो, आफ्नो पालामा नि च्व च्व भन्न आउने जमात बच्चाउनै पर्‍यो।
बिचराको दिमाग खराब छ , ब्याक्प्याकमा २ बोतल शराब छ ।


 
Posted on 12-15-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"rame hi (na risako na haseko tauko)" न रिसाएको न हासेको ........ लाजले हल्का झुकेका..... मुस्कान कतै वोठमै अट्कियेको जस्तो,   मायालु टाउको हो खुशी?

 
Posted on 12-15-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


हमि बाजु हट्छु


रिठे दाजु भन्छ हम्रो लुङ्गियामे पटाखा फोरनेको


लुङ्गि फेँकके जिनस लगाएछु उपर निचे जोरनेको


आँख हमि लाएछेन तपाईँको कोनो बेनिको


दिल चाहिँ हमि लगाएछु कसम गुट्खा खेनिको


खुसिया भन्छ बाजु हट, दुर से हि चियावँछु


हवाको कथि बात कर्छौ गोदरेज पंखा लियावँछु


खेँ खेँ खेँ


 
Posted on 12-15-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<pure cha chhu jula? (musukka hasera sodheko)>>
खुशीचा छुँ: न मजु, कपा: स्याना वोल: या: छु जु छु जु


<<<खुसिया भन्छ बाजु हट, दुर से हि चियावँछु

हवाको कथि बात कर्छौ गोदरेज पंखा लियावँछु>>>
लोल लोल मदन्वा!!! पेँलो टाउको ५० थान


 
Posted on 12-15-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चरो मुसो छैन कि क्या हो ?? बुढा पार्टी त सब सुते होला बिहानै उठ्या बिचरा हरु पेंलो टाउको १० थान


 
Posted on 12-15-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<चरो मुसो छैन कि क्या हो ?? बुढा पार्टी त सब सुते होला बिहानै उठ्या बिचरा हरु पेंलो टाउको १० थान>>>

यत्रो ज्यान नदेख्या बैरे पाट, कथा चाइँ खै के भो? बिर्सेंको हो? माया मार्या हो? (स्याड अनुहार ५ थान)


 
निशान्त
Posted on 12-15-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिनवटा झारपातहरुलाई छाडेर कि चौतारीको सब सुड्डाहरु, सुड्डिहरु,दाजुहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!


तिनजना पपुलेसन घट्छ ल चौतारीको अहिले नै वार्न गरिदिएको नि फिरि, निशान्त दादाले भनेन भन्ने होइन ल भरै! मो खुकुरिमा धार लाउँदै छ, पहिला हातको औँला काटेर सुरु गर्छ लास्टमा सsssब टुक्रा टुक्रा पारिवरी कच्याककुचुक गरेर धोबिखोलामा फाल्छ मो! को को हो मोलाई थाहा छ। बेसि खोक्नेहरु र हिरो बन्नेहरु गोयो तँहरु! हाँडिगाउँको डनलाई र्रयाग गरेको थियौ कि आबो रिटर्न आउँछ! बाङ्गे, सुपारि, बर्मु, ट्वाक सबलाई लिन गाको छ कि दिप, को को तोर्पेहरु भाग्ने हो भागिहाल ल!


 
Posted on 12-15-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आफू शादि कर्देन सुसरा बेनिको भि करने दिन्देन": खें खेँ ---


-रिट्ठे मदन्वा ले नराम्रो हान्यो है,खोज्नु पर्‍यो नि अब ।।कत्ती सहेर बसेको


-म्याड्डी ब्रो पान चबाएर गाना त बढा अच्छा लेखीलिन्छ हँ तिमी। दिल खुस भयो।
-हैन यो खुशी को कपाल चै किन त्यसरी ठाडिएको हो नि,रिसले कि खुशी ले ??
-भनेसी बैरे ह्यान्सी डल्लु को रइथाने परेछौ,ल पख अर्को चोटि आ बेला भेटौँला। 
-पुरे पूर्व तिर कहिले झर्ने त ?
-निसे कहिले निस्क्यो हँ खोरबाट फेरी पुग्याथिस रे नि भन्ने सुन्या थे।अरु हैन  त्यो प्लस माइनस हिसाब आँफै गरी राख पैला अस्ती सापट लेको २० डो निकाल त 
-


चिप्ले लाई मेरो नि अग्रिम बधाई अनी शुभकामना।


 
Posted on 12-15-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदनवा लोल।
लोल निशे लोल।
 
Posted on 12-15-09 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

----लहरे हराएको सुचना ---


का. म. पा  स्वोयम्भु घर भई हाल स्याउखाने गाउ बस्ने बर्ष २६ को 'बौचा' भनेर चिनिने लहरे कान्त लाकौल ५ दिन अघी देखी हराएको हुँदा देख्नु हुने महानउभाव ले उक्त ठिटोलाई चौतारी जान जान भनिदिन अनुरोध गर्दछु। 'चौतारी बोर फस हान' को नतिजाफल प्रकासित हुँदासम्म नतिजा हेर्न लाइनमा बसेको लहरे लाई चौतारी मन्त्रालयका महासचिब बिर्खे माइला ले धकालेर सातौ इस्थानमा पुर्यादिये देखी एक्लै भुतभुतिदै चौतारीबाट हिनेको कुरा प्रतछ्यदर्सी पुरे प्याकुरेल ले बताएका छन। कसैले उक्त लहरे लाई आफ्नो छाना वा वरी परी को रुख मा देख्नु भएमा एक थान माल्वा केरा वा एक घोगा मकै   देखाएर लोभाएर डोको ले छोपी चौतारीमा ल्याइदिनु हुने लाई बिशेष पुरस्कार को ब्यवस्था गरिएको छ्।


 



 
Posted on 12-15-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन पनि अन्याय नै भएको रहेछ नि बिस्टे। कुरा बुझेर ल्याउंदा भाईसकेको बोर फस लाई स्त्रिलिङ्गिय प्रलोभनमा परी बौचाको अंक घटाइ डिमोशन गरी दिएको रहेछ नि तत्कालिन पारीक्षा नियन्त्रक महोदयले ( पी:) ।


 


धन्न बौचा ले रानी पोखरीमा जलसमाधी खोजेन । ( पानी भे को भे अर्कै कुरा) ।


लौ बौचा, आउ आउ ,
गर्ने हैन म्याउ म्याउ
दिम्ला 1पुरिया चाउ चाउ
धेरै न खोज अब भाउ


 
Posted on 12-15-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--------- बौचा भेटियो --------


भर्खरै चिचाउने बाकस मा लहरे कान्त लाकौल , फेला परिएको सुचना छ, उक्त ब्यक्ती , कुनै महिला सँग मुसु मुसु हासी , पि एम मा कुरा गरेको उपत्यका प्रहरी ले खबर पाएको छ । डोको ले छोप्न जड फुत्केर भाग्दै , नयाँ चौतारी बन्यो भने र बौचा लाई फेरी बोर्ड फस आउन दिए मात्रै आउने जानकारी बौचा उर्फ  लहरे कान्त लाकौल दिएको छ


 


 


 
Posted on 12-15-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<नयाँ चौतारी बन्यो भने र बौचा लाई फेरी बोर्ड फस आउन दिए मात्रै आउने जानकारी बौचा उर्फ  लहरे कान्त लाकौल दिएको छ>>>

डाँका लहरे, तेल्लाई नाखाँ समातेर टुँटमा हान्न नपुग्या अझ कन्डिसन पो राख्दो रेछ मुर्दार। नआये नआउ भन्दे हुन्छ तेल्लाई, बज्ये लिग्-लिगे कत्ती मात्र भाउ बधेको कुलङारको। (रिसाको रातो टाउको १० थान)

 
Posted on 12-15-09 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुडी मुडी .......





 
Posted on 12-15-09 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Faza bhi hain jawa jawa - salma aaga

sundiu na ta Nitisa Jee :)

 
Posted on 12-15-09 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेहेला पेहेला प्यार है ..............





 


 
Posted on 12-15-09 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here you go Ritthe. Enjoy फिजा भि है जवा......





 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters