world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 244914 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-28-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lau mero paani sabailai "ram ram" sabailai namaskaar. hijo sutnebelama bhauteko momo

herera sutiyo.. raat bhari momo matrai sapana dekhera hairaan bhayo.. bhauteko chinese store

baata lera aako frozen momo ramro thiyo j hosh.. raat bhari kalikastanko momo, everest momo

mahabaudhako momo, momo king, jwalakhel ko tibetan momo dekhera k bhannu..

lau yo aayoki khali khane kura garchha bhanchhan feri yaaha lu aahile chai coffee khau hai ta.

beluka bhetaula.. dherai sajha chalako dekhe bhane marchhan feri kaam ma.

jai chautari

 
Posted on 01-28-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचुराम्, तारेमाम् है।
स्वस्थानी मै बिजी हो लाइफ अरु पनि इजी भा छ?

 
Posted on 01-28-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठु सोम,

पोर सालको सोस्थानि महात्म्य एकदम मन परेको हुनाले यो साल नया आउने गाम्लेहरुले नि पुन्य कमाउन भनेर आर्काइभबाट खोजेर सोस्थानि पेस्ट्याइदेको। गालब गुरु र चित्रे नातिले खुब गजबको काम गर्‍या थे पोर साल, चौतारीमा सोस्थानि बाचन गरेर!

 
Posted on 01-28-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी स्वस्थानी व्रतकथा - (अंक चैं भूलें, गालवले मिलाउँछ भोलि) (मिलाईएको: अंक: १४)
वाचक - गालवको सब्स्टिच्युट (चित्र बादुर)

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मूनि! म अब तिमीलाइ भौतेकाजी किन अस्ट्रीचबाट लखेटिनुपरे, र केनडाँडाको राजा बन्नबाट कसरी बन्चित भए भनी सुनाउँछु, एक चित्त भई सुन।

पून्टेले जुरेलीलाइ लुकाएर आफ्नो पहुँच भन्दा टाढा राखेकोमा भौतेले रीसले चूर हुँदै केही गरेर देखाउने अठोट गर्दै महादेवको तपस्या गर्ने निधो गरे। केनडाँडाको पश्चिमतिर रहेको रक्की माउन्टेन्स्मा गई एक खुट्टाले टेकी हजारौं मिनेटसम्म शिवको घोर तपस्या गर्दा भए। यो कुरा थाहापाई महादेवले फोन गरी भौतेलाई भन्नुभयो, 'भौतेकाजी, तिम्रो घोर तपस्यादेखि म खुसी भएँ, वरदान माग'। खुसी हुँदै भौतेले भने, 'हे महादेव, भक्तजनको ईच्छा पुर्याउने, विष भाङ् धतुरो खाएर काठमाडौंको पब्लिक बसमा बब मार्लेको संगीतमा ताण्डव नृत्य गर्ने, यस्ता तपाइलाइ मेरो कोटी कोटी 'हेल्लो' छ। अब वरदान त तपाइले अनुमान लगाइ नै सक्नुभो होला, मलाइ चाहिएको त्यै जुरेली नै त हो नि, जुरेली पाम् पर्भु।'

यो सुनी महादेवले भन्न थाल्नु भयो, 'हे भौतेकाजी, तिमी कस्तो कुरा गर्छौ, तिमीलाइ थाहा नै छ, मैले त उछिट्याउन नसकेकी जुरेली म तिमीलाइ कसो गरी वरदान दिम्? मैले तथास्तु भने नि तिमीले पाउँछौ कि पाउँदैनौ निश्चित छैन, बेकारमा मेरो वचन मात्र खेर गयो भने त मेरो घोर बेईज्जत हुन्छ। बरू अरू नै वरदान माग।'

यो सुनी भौतेकाजी भन्न थाले, 'उसो भए प्रभु! म केनडाँडा राज्यको राजा हुन पाउँ'। महादेवले पनि केही नसोची 'तथास्तु!' भने, त्यही समयमा महादेवको फोनको क्रेडिट शून्यमा परिणत भयो र फोन काटियो। भौतेकाजीको खुट्टा खुशीले भुइमा रहेन, केनडाँडाको राजा बन्ने कल्पनाले प्रफुल्लित हुँदै नाच्न थाले।

फोन काटिएपछि महादेवले ध्यान गरेर विचार गर्दा भए, एकैछिनमा उनी झसंग भए, किनकि केनडाँडामा राजा हुन्नन्, राष्ट्रपति मात्र हुन्छन् भन्ने कुरा उनले त हेक्का नै नराखी वरदान दिएछन्। केही बेर सोचे पछि महादेव कैलाश पर्वतको 'त्रिशूल ईन्टरनेट' क्याफेमा गई भौतेकाजीको नाममा ईमेल लेख्दा भए।

प्यारा भउत भउतेकाजी,
मेरो फोन अनायासै काटिएकाले तिमीलाइ केनडाँडाको राजा बन्न के गर्नुपर्छ भनी बताउनै भ्याइनँ। अब यो बिजुलीपत्र मार्फत भन्छु, पलेटी कसेर दुई हात जोडेर एक चित्त भई पढ।

केनडाँडाको राजा बन्न त्यति सजिलो छैन। केनडाँडामा हरेक साल हात्तीलाइ माला दिएर राजा छान्न लगाइन्छ, जसलाइ हात्तीले माला लगाइदिन्छ, ऊ नै केनडाँडाको राजा हुन्छ। उक्त हात्तीलाइ फकाएर आफ्नो हातमा पार्नको लागि तिमीले यौटा काम गर्नु पर्छ। त्यस हात्तीको धेरै वर्ष देखि कोही सन्तान छैन, सन्तान सुखको लागि साह्रै तड्पिरहेको छ। तर उसको कोही ढोइ नभएको हुनाले तिमीले उसलाइ यौटा 'हात्तीको अन्डा' उपहार दिनुपर्छ, जुन फुटेपछि हात्तीको बच्चा निस्कन्छ।

उक्त अन्डा लिन यहाँभन्दा धेरै टाढा अफ्रिका भन्ने ठाउँको मरूभूमीमा जानुपर्छ, र बालुवा मुनि गाडिएको अवस्थामा हात्तीको अन्डा झिकेर ल्याउनु पर्छ। त्यति गर्न सक्यौ भने तिमी केन्डाँडाको राजा हुने १०१ प्रतिशत निश्चित।

श्री महादेव,
कैलाश पर्वत। shreemahadev@hahoo.com


भौतेले महादेवको कुरा पत्याएछ र अफ्रिकाको मरूभूमितिर हान्निएछ। घन्टौं तातो बालुवामा हिंडेर पनि केही नभेट्टाएपछि, निरास हुँदै काँडैकाँडा भएको बोटमुनि थकाइ मार्न बसेछ। ऊ बसेको ठाउ नजीकै बालुवामा आधा गाडिएको अजंगको सेतो बस्तु देखेपछि भौतेको खुशीको सीमा रहेन। हत्त न पत्त उक्त बस्तु निकाली, सकि नसकी बोकेर हिंड्न थाल्यो। यत्तिकैमा अचानक, एउटा अजंगको, भीमकाय जीउ भएको, बाँस जस्ता खुट्टा भएको, भाला जस्तो गर्दन भएको, छुरा जस्तो चूच्चो भएको, चरा भनुँ भने उड्न नसक्ने, जनावर भनुँ भने चार खुट्टा नभाको जीवले लखेट्न थाल्यो। यो देखी भौतेकाजी आत्तएर 'हात्तीको अन्डा' त्यही फाली न्वारनदेखिको बल लगाइ भाग्दा भए।

इति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्मये कुमारागस्ते संवादे......।


 
Posted on 01-28-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रामपुड्केलाइ स्वागत!

ग्वाछे हो त नि आज भोली तिमी हाम्लाई बाल नै दिन छोडेउत। अब ह्यान्सिको कथा २ बर्ष पछी सम्झ्यो भने लेखुम्ला। हाम्रो बिहेको काहानी

yaamuuuuuuuuuuuuuuuuuuuuuuuuu darsan gare.


 
Posted on 01-28-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ चित्रेको स्वस्थानी कथा नि खतरा रइछ बा
ल चित्रे यस्पाली नि लेख्नु पर्‍यो तेसो भये नयाँ अध्याय

 
Posted on 01-28-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् सबैलाई
धेरै जना राइछ, नाम साम लिन्न मत
तेही पुरानो नाम हो, जती पल्ट लिये पनि तेही हो,
नयाँ नयाँ भये पो।

आमले भन्छ धाराको पानी
साह्रै नै चिसो नखाउहै नानी
मरे नि तिर्खैले,
तर बाबै भन्छ धारा को पानी रक्सी गनायो। 


 
Posted on 01-28-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि लाई किन बाल चाहिया फेरी छैन भने विग राख न,
छानी छानी राख्न पाउछ।

 
Posted on 01-28-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि, बाल फेडेक्स गरेर पठाइ दिँउ, यो विकन्डा बाल काट्छु भन्ने सोचिराछु!

 
Posted on 01-28-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रान्तीपूर दैनीक

 

आर्मी परिचालन गरिने

चौकपा खाओबादीका अध्यक्ष अखन्डले, तराईमा संघर्षरत छापामारहरुको गतिबिधी नरोकिएमा अन्तरीम संबिधान अनुसार आर्मी परीचालन गर्ने धम्की दिएका छन्। आफ्नो पार्टी बाहेक अरु कुनै पार्टी वा समुहले कुनै पनि किसिमको छापामार गतिबिधी, आन्दोलन, भौतिक कार्वाही, लुटमार वा हत्या गर्नु आतंकवादी कृयाकपाल भएको ठहर गर्दै कमरेड अखन्डले यस बिषयमा उनका सेकेन्ड ह्यान्ड डाक्टर साधुराम गिध्धेहेराईको दूरदर्षीताको प्रसंशा गर्नुभयो।

 

प्रधानमन्त्री चिरिजा जवान

हालै चौतारी देशमा प्रधानमन्त्री चिरिजा प्रसादको स्वास्थ्यलाई लिएर चलेको नानाथरि हल्लाको खन्डन गर्दै, प्रधानमन्त्री स्वस्थ मात्र हैनन नाक, मुख र आँखामा करिव एक दर्जन अक्सिजन, टियर ग्याँस, अन्यौल ग्याँस, नातावाद ग्याँस, बुढेसकालको पेटको ग्याँस इत्यादीको पाइप अड्याएर टुलुटुलु छोरी कुजातालाई हेर्दै बोल्न सक्ने जवान हुनुभएको कुरा आज आयोजित प्रेस कन्फरेन्समा बताइयो। उक्त प्रेस कन्फरेन्सको आयोजना रिपोर्टर्स कल्ब चौतारीका अध्यक्ष ईस्सि गमलाले ठाडो ठाडो बोल्दै गर्नुभएको थियो।

 

भारत द्वारा सबै भन्दा सस्तो कारको अमेरिकामा प्रदर्शन

छिमेकी राष्ट्र भारतले संसारकै सबैभन्दा सस्तो कारको हिजो अमेरिकाको टेक्सस राज्यमा प्रदर्शन गर्यो। उक्त खबर सुनेर हाम्रो देश चौतारीका एक बिद्धयार्थी नेताले १०-१२ जना भुस्तिघ्रेहरुलाई दायाँ बायाँ राख्दै कलेजको क्यान्टीनमा मौका मिले यहि शैक्षिक वर्ष भित्र युनियनको पैसा तल माथि गरेर उक्त कार किनेर सेन्ट्रल कमिटिको चुनाव प्रचारमा जाने कुरा बताए। प्रयोगात्मक कक्षामा जान कुरिरहेका एक दुब्लो पातलो चस्मा लाएका साधारण बिद्धयार्थीले उक्त कुरा सुनेको देखेर, बिद्धयार्थी नेताका केहि भुस्तिघ्रे साथीहरुले अत्यन्त प्रेमपूर्वक निज बिद्धयार्थीको चस्मा फोरेका थिए र साथ साथ अघिमात्र उनले सुनेको कुरा उनको दिमागबाट मेटाउन सफल पनि भएका थिए।

 

झुन्डेर मृत्यू

उपत्यकामा डेरा गरि बस्ने वर्ष २१कि सुन्तली नाम गरेकि एक युवती आफ्नो डेरामा हिजो मृत अवश्थामा फेला परेकि थिइन्। करिव २ वर्ष अगाडि उपत्यकामा काम गरेर रसुवाको कुनै गाउँमा रहेका परीवारका अरु सद्स्यहरुलाई सहयोग गर्ने तथा भाई पढाउने इच्छा लिएर आएकी निज युवती एक क्याबिन रेस्टुरेन्टमा काम गर्दै थिइन्। ४ दिन अघी पुलिस द्वारा हनुमानढोकामा सोधपुछका लागि लगिएकी निज युवतीलाई हिजो बिहान मात्र छोडिएको थियो।

 

सैनिकको मृत्यू

भारतिय गोर्खा राईफल्समा काम गर्ने एक सैनिको आज भिरबाट लडेर मृत्यु हुन पुगेको छ। उनि ५ बर्ष पछि घर फर्किरहेका थिए।

 

भारतमा अर्को नयाँ मेट्रो रेलवे संचालन

छिमेकी राष्ट्र भारतको अर्को एक शहर भारतपूरमा पनि हिजो बाट मेट्रो रेल संचालमा आएको छ।

 

शौचालय निर्माण

चौतारी देशको विकट हिमाली गाउँमा नर्वे द्वारा आर्थीक सहयोग पाएको एक एनजिओले २ वटा शौचालय निर्माण गरेको छ। नर्वेले नेपालको हिमाली गाउँहरुमा शौचालय निर्माणका लागि दिएको तीन लाख युरोको लागतमा उक्त शौचालय निर्माण गरिएको हो। संसारमा नै यति महँगो तथा सरल शौचालय बनाएर गजक्क परेका उक्त एन जि ओ का अध्यक्ष श्री मौकाराम चौकाले बत्तिसवटा दाँत देखाउँदै आफ्नै निवासको भव्य बैठकमा भेट्न आएका पत्रकारहरु संग उक्त कुरा बताउनुभयो।

 

वर्गिकृत बिज्ञापन

चाहियो- एक रेट्टुरेन्टको लागी ४ जना वेट्रेस चाहियो। उमेर १४-१८, साधारण लेखपढ गर्न जान्ने वा जान्दै नजान्ने भए पनि हुने। पोटिलो जिउ र चोटिलो मुस्कान भएकोले सम्पर्क राख्नुहोला। किस्नजी- ४२८२८४८४

विक्रीमा- चालु हालतको मोसा। हिरो होन्डा, मूल्य रु- २५००० मात्र, सम्पर्क- स्यान्डो ब्रो- ३४३४५३४३।

जग्गा विक्रिमा- तिनकुने सुबिधानगर नजिकै, मोटरबाटो भएको २ रोपनी जग्गा बिक्रिमा, काटेर पनि दिन सकिने। सम्पर्क- अनिलजी- ३०४३३४९३४, नोट- दलालले कस्ट नगर्नु होला।

आरोग्य अस्पताल- के तपाइँ गानो, गोला, वायू, शूल, ग्याँस्टिक, अमलपित्त, कमलपित्त, कृस्णपित्त, नपुंसकता, स्तन झुकेको, पुट्ठा सुकेको, ढाड खस्ने, पिलो आएको, चाया, डन्डिफोर, शिघ्रपतन, स्वप्नदोश, कफ, क्यान्सर तथा एड्स बाट पिडित हुनुहुन्छ? हुनुहुन्छ भने हामिलाई सम्झनुहोस, आरोग्य अस्पताल।

 

 

Last edited: 28-Jan-08 11:04 AM

 
Posted on 01-28-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्माल बा दर्शन!
ब्यान ब्यानै भान्तिपुर लिएर आउनु भे'छ, गजप गजपका समाचार रइछन आज त!

 
Posted on 01-28-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि, बाल फेडेक्स गरेर पठाइ दिँउ, यो विकन्डा बाल काट्छु भन्ने सोचिराछु gwache u tooooooooooooooooo

 
Posted on 01-28-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब आफ्नो नि टिरेनको ट्याम भयो। अड्डा मा धड्डा पल्टाउनु छ, धेरै कुरो सल्ताउनु छ। तारेमाम्।


बिर्खे बा भान्तिपुर ले हसायो, लोल्!

लहरे तारेमाम्।


 
Posted on 01-28-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दादुउुउुउुउुउुउुउुउुउुउुउुउु


 
Posted on 01-28-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल! जिम्मालको समाचारले हसाउन सम्म हसायो
ठुलि के गर्दै हो? के हसुरेउ नि आज?
अरू कता कता लागेछन त?


 
Posted on 01-28-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे होइ आउ बैसमा सधैं पिरती लाउ

तारेमाम गाम्ले हो,के हुँदै छ् ,आफु त भोकले २ अक्छेर लेखन पनि गाह्रो भर त्यो डिला बसेर वाल्ल परेर हेरी राथे भर्खर बजाइयो ट्न्न अनी अली चुस्ती आयो, अब एक फुकेर आसी फुर्ती नि आउछ


 
Posted on 01-28-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे म बोर भएर बसिराको। मैले आज कप नुदल खाको।


 
Posted on 01-28-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एकजना चाँही हिजो मो:मो खा'र प्यात्ल्याक्क भुँडी पल्टा'र सुति'रा होला
खान नि ठेगानाले खाए हुने नि


 
Posted on 01-28-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बोर भो रे ठुलि? लौ न नि
लु आउ तिमी र म अन्ताछरी खेलम
लु म सुरु गर्छु है त:-


sss तिम्लाई हामी चाहिने
हाम्लाई तिमी चाहिने
आउन बस दाहिने डर मान्नु पर्दैन
आछु कत्ती खाए बाछु कती खाए
तिम्लाई झुसे बारुलो फकाउनु पर्दैन


लौ 'न' बाट तिमी पनि गाउ अब


 
Posted on 01-28-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचू बाजे, लु मैले हात मुख धोएर सुनें स्वस्थानी।

रिट्ठे, ट्याम नि कति चाँडो बित्दो रैछ, पोहोर साल खोला पारी आयरी गाममा बसेर लेख्या स्वस्थानी, कति चाँडो 
१ वर्ष बितेछ, यो साल त ट्याम नि नहुने, लेख्ने जाँगर नि आ'छैन। मेरो अरू दुइ तीनवटा अध्याय होलान् बाँकि।

हा हा! हाम्रो जिम्माल बुडाले हँसाउछन्, न्वारन गर्न नि खप्पीस रेचन्!
साधुराम गिध्धेहेराई
ईस्सि गमला
मौकाराम चौका

ठूली, ह्यान्सीको लागि स्वस्थानीको व्रत बस्ने हो तिमी?

बिस्टु राम, लु लु अब फुर्ति आएपछि त नाचगान गर्नु परो नि चौतारीमा!

राहुलदाइ, ट्यारेम्याउँ!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters