world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 299799 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-01-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुश् ज्युलाइ पनि नमस्ते मेरो।

तपाइको कति छोरि छन्? येसो ध्रम पुत्त्रि भए पनि हुन्थ्यो।
 
Posted on 10-01-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks suntale,

chori ta bush ko biological nai cha ni.

baru uta raampyari po ke garni ho feri?
 
Posted on 10-01-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री नानी! म्यारो छोरा त छाइन, तर ठीमीलाइ चाहिन्छ भोने मो हाम्रो सिनेठरको छोरा मिलाइदिन्छ!
यकदम ह्यन्सी छ!
 
Posted on 10-01-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बा उफ्रि सन्सार जित्ने हुनु!

तो के जाति अर्गानिक रायो को सागको माग असाध्ये बढेर अब एउडो के जाति चेन खोल्ने बिचार गर्या मात्तै के थिएँ 'होलफुड' बाट "लौन कृपया यस्तो नगर्दिनोस हाउँरो बिजिनेस चौपट हुन्छ" भनो, त्याँसि आफ्नो कमलो मन लु त मरिलानु के छ र भनेर बन्द गरेको नि! बरु हाम्रा बारिमा चाइँ फला छ, ढिँडो सँअ मन पर्छ भन्या हो क्यार कइले आउँछौ हाम्रामा?

अब तो चित्र कोरेर रंग भर्न तिर नलागि सिधै सिउँदो कोराउन लगाऊ तस्बिर जाबो त मुटुमै बस्छ नि, कि कसो?

म बुडोलाई टेउसासा तेल किन चाइयो? भुटुन हाल्न एक माना जति तोरिको तेल भ' पुग्छ!

हो नि ग्वाँचे! एउटा घटना राख, टाइमहरु राख साना साना घटनाहरुको अनि लास्टमा तिम्रो स्टाइलमा केलाएर रिपोर्ट बनाउ न, गजब हुन्छ।
 
Posted on 10-01-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्ठले लाइ नि चाहियो केठी? लु, एउठा बिर्कै माइलोलाइ एउटा ठिमीलाइ, है त! अरूलाइ नभन्नु हो कुरा! नत्र फिरी विरोध गर्ला नि व्हाइट हाउस् मा आएर!
 
Posted on 10-01-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bush sir,

la ta tyo handsy ko hoto sutukka malaai pathai halau na. Chautarima halla nagarikana.
natrabhaye kohi kohi ko feri heart break hola ke.
shhhh......
 
Posted on 10-01-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रिले पक्डिहालिन। हैन मैले त मेरो छोरोलाइ केटी खोजि राको उफ्रि। (मनमनै, कस्तो चियो चर्चो गर्नु पर्ने होला, यि केटाकेटीलाइ नि।)
 
Posted on 10-01-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा,

हजुरले निम्ता दिनु भैहाल्यो, आफुलाइ पनि रायोको साग असाधै मन पर्छ।

हजुरको गामको नाम के रे जिम्माल्बा। म आजै पिलेनको टिकेट काट्छु।
 
Posted on 10-01-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले,

छोरोको केटि किन बाउलाइ टेन्सन? पिर नगर, छोरो आफै सक्रिय हुनेछ येस मामिलामा। बरु तिमीचाहि हेल्मेट लगाएर बस नि।
 
Posted on 10-01-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु उफ्रि, हाउँरा गाममा पिलेन झर्दैन माथि माथि मात्तै उड्या देखिन्छ। हेरि आउने नै हो भन्देखुन, बसमा बिचमा झरेर ५ वटा खोलो तरेर उकालो लागेसि बास बस्ने एउटो डाँडा आउँछ हो रि त्याँ बास बसेर भोलपल्ट सखारै हिन्यो भन्दैखुन बेलुइखेर हाम्रा गाम पुगिन्छ। त्या पुएर हाउँरो घर सोधे भन्दिन्छन्!

लु मेरो मेला सकिओ अब उकालो लाएँ घर तिर म।

सारंगि रेटौँला, मौका मिले फेरि भेटौँला!
 
Posted on 10-01-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

FERI BHETNE KAHILE KAHILE
MANA POLCHHA AHILE
 
Posted on 10-01-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ उफ्रि, तेसै गरुम्ला।

अनि जिम्मल बा, त्यो BKMailo भन्या र हजुर् एउटै आदमि त हैन है?
 
Posted on 10-01-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la suntale, narisau hai joke matra gareko.

bye everybody.
 
Posted on 10-01-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काइको रिसाम्थे उफ्रि। मैले नि joke गरेको!

अनि तिम्रो चाहि उकालो लाग्ने बेला भा छैन?
 
Posted on 10-01-07 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-01-07 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिज राति पैलो पन्नाँ छाड्या, कत्ति छिटो कुदाएछन्। दिनभरि आज झगडै गरेर बसेछन् जस्तो छ गाम्ले। लौ है सप्पै गाम्लेलाई नमस्कार।

बुशेले ककस्लाई छोरी दिन ला'छन रे भन्नि हल्ला छ नि। चित्रे, भउते, हरि लौ यै मौका हो। हुनता जिम्मालबा नि अस्ति हुँदो बुढेशकालाँ झ्याईँ पार्नु परो भन्दै हिँड्या थे नि। अनि छोरा पालो आउन अझै १५ बर्ष छ, सुन्तले दाईले चाहीँ धर्मपुत्री भा नि हुन्च भन्चन, चाला निको छैन है।

पुन्टे दाई अचार अझै याद आई'रा छ।
 
Posted on 10-01-07 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किलास सकियो,
गिलास रित्तियो।
अब बाकी के रह्यो?
सम्झना, कल्पना,
सपना र भावना?
 
Posted on 10-01-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालीन जदौ!

कोही हुनुहुन्छ चौतारीमा लुकेर बसिरहनुभएको?

बाहिर आउनुहोला, म पुलिस होइन! (जासूस हुँ)
 
Posted on 10-01-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-01-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ रीठ्ठू! के हेरिराको पल्याकपुलुक?
रात्रीकालीन भोजन भएको हो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters