world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 138416 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-09-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma Nepali mero taraf bata! Jai Nepal!

 
Posted on 11-09-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Or "Hami Nepali" from me!
 
Posted on 11-09-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका है
कस्तो गल्ति भो
माफ पाम गाउलेहरु !!!

त्यो मेमोरियल को रहेछ पछि पो थाहा भो
अब यसलाइ चौतारि एल्बम मानेर हेर्न परो

फेरि पनि
गल्ति भो माफ पाम है
 
Posted on 11-09-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ni name ... herana kasto daraaeko ke ma fotu kchichdaa ke tyo jhilikka hudo re'chh ni ho tysle ;-)
 
Posted on 11-09-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउ कम पून्टे दाईको फोटो दुई ठाममा पुटिङ?? एउटा नमेले राखिङ अनि अर्को चाहि फस्ट रो को फिफ्तमापनि राखिङ!! :एस
 
Posted on 11-09-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-09-06 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-09-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठट्टै ठट्टामा के के गरियो यहाँ। तर हामीले अहिले जे जस्तो गरेपनि सान्नानीले बनाएको memorial poster अनि सो कार्यक्रमको गम्भिरतालाई भुल्न हुन्न।

पून्टे दाई हामीहरु त आउन सक्दैनौ सो कार्यक्रममा, अलि टाढा छौँ, कृपया हाम्रो तर्फबाटपनि दिवङत आत्माहरुको चिर शान्तीको लागी प्रार्थना गरिदिनुहोला। :-(
 
Posted on 11-09-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा:D:D
 
Posted on 11-09-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है जम्मै लाई बाई बाई टा टा ; अड्डा छुट्ने बेला भो, आज देखि त सप्ताहान्त सुरु हुन्छ आफ्नो त, मिल्यो भने चियाउदै गरम्ला एताहुँदी, रमैलो गर्दै गरौं है
 
Posted on 11-09-06 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त जाम् कान्छी घर
भाले बास्यो डाँडैमा घाम लाग्यो
नबासे पाइपखीं भाले
लाम्न दे जुग जाने पिरती! ... ...

जदौ! यो दादा_गिरी को.
 
Posted on 11-09-06 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाs हाs हाs हा आहाsss हाs हाs हाs हाss
भुइँमा बस्दा दाग लाग्ला
काखैमा बस्दा बात लाग्ला
हासौँ खेलौँ नक्कली
ओछ्छ्याइ दिउँला चकटी...


जदौ! यो बिर्खे_माईलाको
 
Posted on 11-10-06 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेशि झरेसि
रमाइलो हुन्छ नि फ्राइडे आएसि
अरु दिन कटाउनै गारो
फ्राइडे भने काम टुङ्ग्याउने चटारो

बेशि झरेसि
रमाइलो हुन्छ नि फ्राइडे आएसि

जदौ यो यामे को
 
Posted on 11-10-06 3:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालो बादल पानी चाइ परेन
पानी मात्रै हैन असिना नि झरेन
विक इन्ड आयो साउको काम गर्नु परेन
तर चौतारीमा आउने जाँगर चाइ मरेन

कम्प्युटर ह्याङ्ग हुँदा मल्लाई चल्यो झोँक
हेईईईइ गाम्ले हो, ठोक न मादल ठोक

जदौ! यो ग्वाँचे को
 
Posted on 11-10-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे-हे-हे
पानि मुनि घुमाउने साँचो
नबोल्नेलाइ बोलाउने के खाँचो

विक्डेwek day)मा साह्रै दुख हुने
विकेन्डे(week end)ले मात्रै कामै नचल्ने

लौ जाssss मुइले नि गिदो टुक्रो गाइदे

जदौ माष्टर्नी नानीको!!
 
Posted on 11-10-06 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोइ सोइ ला हो हुर्र हा हा

हे हजुर हे हजुर!!
मोहनी मायामा दिल बस्यो
एनी लै लै हो बरि लै लै

चिनाजानी नौलो होइन बगरैमा
कर्के आँखा त्यै पनि किन माया!
चिनाजानि नौलो होइन बगरैमा
कर्के आँखा त्यै पनि किन माया!!

हे हजुर हे हजुर!!
त्यै आँखाको भाकामा दिल बस्यो
एनी लै लै हो बरि लै लै
सोइ ढोले सोइ अर्को ढोले खोइ!!

जदौ!! यो कुम्ले को तर्फबाट!!
 
Posted on 11-10-06 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

जदौ यो सन्नानीको तर्फबाट!!!
 
Posted on 11-10-06 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ब्यानैदेखि मैले आज ठूलीलाई कुरेको
गाम्लेहरूलाई चौतारीमा मीठा गीत फुरेको
रमाइलो गरौं आज शुक्रवारको दिन
चौतारीमा चियाउँछु हरेक छिन छिन


जदौ! चित्रेको
 
Posted on 11-10-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरीबस चित्रे भाइ ठूली आउदै होलिन्
मिठा मिठा भावनामा उनी गम्दै होलिन्
यति विधि चौतरीमा बसेका सब हामी
ठूलीमात्र खोजीबस्ने कस्तो तिम्रो बानि?

ओ हो!! प्रीती कति राम्री
चुरा पोते तिम्लाइकल्ले किन्द्यो नानी?
हिराको टप क्या साह्रो चम्केको
तेइ भएर होला यसरी नाचेको :)

मलै किनहो आज गित् फुरि'रछ?
:D:D
कुम्ले भाइ सन्चै?
 
Posted on 11-10-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा दादाले जहिले नि एउटा एउटा trend ल्याउनुहुन्छ। कहिले सुगा रटाई कहिले गीतै गीत। :D:D

मिस् नमस्ते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters