nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 109702 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-18-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छु साथि सान्नानि, कस्तो रमाइलो भयो है पिक्निक् अस्ति शनिबार् :D
पिङ् राखे'सि आउने रे छे सान्नानि मोरि पख तिम्लाइ।
 
Posted on 09-18-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!

अघिसम्म शान्त भएको चौतारी त एकैछिनमा कहाँ पुगेछ, लौ!!

तितौरी र सान्नानीलाई धन्यवाद है!! अनि फेरि जिम्माल बा र पून्टे दाईलाई उक्साउने होइन है!
 
Posted on 09-18-06 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जस्तो सुकै भये पनि दशैं भन्या दशैं नै हो मरभूमि मै पनि गाम्लेहरु संग मिलेर घोर्ले खशि ढाल्नै पर्यो । बरु रौसि पो कहां खोज्ने गांठे ।
चाने जो चाड पर्ब त मनाउनै पर्यो नि कि कसो ?

रोल नम्बर १०२
रोजर
 
Posted on 09-18-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू सबैलाई नमस्कार है!

कुम्लेको कथा पढेर खूब हाँसो लाग्यो। :D

लौ, मेरो त सुत्ने बेला नि भो। शिवरात्री, आई मीन शुभरात्री। :D
 
Posted on 09-18-06 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
धन्न कुम्ले मेरो घरा'ट बाँस काट्नलाइ खुर्पा लगेको भनेनच

मुखीया घराँमुन्छेको भिडभाँड देखेर यसो कान ठाँडा पारेर चियो गरेको त मेरि बास्सै !!!! " बाँस काट्ने मुन्छे भन्दा बाँस काट्ने प्रयोग गर्ने हतियार दिनेलै झन ठूलो कार्वाहि गर्नपर्च" भनेर करौन थाल्यार'चन ।
त्यै भ'र पो रे'च ब्यानै पधैँरा पानीलिन ग'कि बेला चित्रे र जिम्माल बा खस्याक खुसुक अरेको सुनिकिम । बिचरा जिम्माल बा फस्नु भ'च क्यार्नु र" लड्न ला गोरुलै राम भन्न सकिन्छ छोप्न जान सकिन्न" .. अब त्यो खुर्पा मैले द्या हो भुन्न कसरी जाम र बरै
"भो म दिन्न खुर्पा तेस्तो असत्ति काम अर्न लै" भन्दा देउ माष्टर्निनानी केइ परे तिम्लै लाग्नेपाप मै लिम्ला भन्नु भाको हो के रे भन्न त । अब का'ट पाप हुन्थ्यो जिम्माल बा लै त हुनस्म हुने भो बुढेसकाला ..कसरी मुख दिखौनि हो र?।
जिम्माल बा त पक्डिहाल्नु भो म त क्यार्न जाँउ मलै नि शंका अरे के अर्मला भन्ने भो'र
अनि फेरि त्या पस्दै नपसेर चप्पल समातेर दौडिकिम के रे । त्यो नेप्चेले डरा"र दौडेको देख्यो के रे..भन्दिन्च कि भन्ने लाइरा"च।
त्यै एउडो नप्चे छ जा गएनि सुख दिन्न देखिहाल्च...आज भोलित के भओ र कुन्नि स्कूल नि आउन छोड्यो
 
Posted on 09-18-06 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दसैं को सबै जना लाइ मेरो पनि शुभकामना छ है । । एस्पाली को बोका कत्नी जिम्मा चै मेरो । ।
 
Posted on 09-18-06 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे हाँसेको हेर न! हे हे हे!!

मिसको खुर्पाको कुरो नि निस्केको थियो रे पल्लो गाउँमा। खोइ कुन दिन आउछन् गाउँलेहरु अनि तिनीहरुबाट कसरी भाग्नु हुन्छ नि? :डि
 
Posted on 09-18-06 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहा "ध्यान् दे'र सुन्नु पर्छ के आफै खुस्काउछन् कुरा कस्ले बास् चोरेको यो चौतरी गाम् का मान्छे हरु, अब भो हतियार् दिने चै मास्टर्नि बास् चोर्ने चै जिम्माल् बा घिसारेर लाने चै कुम्ले गोतामे पुन्टे (दा)पो रहेछ्न् ,भोलि जान्या छा हाम्ले "
- भन्दै थिए है पल्लो गाम् का मान्छे हरु म भर्खर् सुनेर आ' म। आ' म। सब् थाहा पाएछन् तिनि हरु ले । :D
 
Posted on 09-18-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुम्ले साईध्वाँलाई दुनियाका अगाडि किन बकबक गर्दै हिन्नु परेको होला?! मलाई त हिजो लाग्या थ्यो, यस्का प्वाल प-या पेटाँ कुरा अडिन्नन् भनेर। अब हल्ला भईहाल्यो। जिम्माल बाको इज्जतको कुरो छ, जिम्माल बाको इज्जत भनेसी गामकै इज्जत भो। म गएँ ती मुखियालाई फकाउन। पैसा उठाऊँदै गर्नु, भरे लगेर बुझाम्नु पर्छ।
 
Posted on 09-18-06 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के होला र?
फेरि दशैको बेला छ काट्ने भाडो माग्न आ'सि मलै के था त?? खसि पो काट्न लै हो कि भनुम्ला नि त । खसि को मासु खान मनला'थ्यो । पैसो नि थेन । कमसेकम काट्ने भाँडो दे"सि मासु सित्तै मा खान पाउला अस्तो लायो अब कति पो बाँचुला र ? बुढेसकालाँ मुन पर्ने कुरो त खान पाउन पर्यो नि बृध्द अधिकार त जसरी नि हुनै पर्च :D



खुर्पा किनेर ल्याइदिने तिमुर नै हौके रे अस्ति पारि डाँडाको हाट मेला ग'को बेला आउदा बाटाँ भेटेकिम के रे उनुर्लाई (कुम्लेर तितौरी)। खुप हास्तै हाताँ टल्किने खुर्पा पक्डेर ल्याराथेउ ।
" किन ल्याको ह? मौउवादी त हेनौ ?"
भनेर सोधे'सि डराएर "ए माष्टर्नी दिदी यो त हजुर्लाइ पो त। बाख्रालै स्याउला काट्न होला नि भनेर चालिसौटा रुप्पे मा किन्देको " भनेर कुरो मिलाए
त्यै बेला जिम्मालबा ले देख्नुभा'थ्यो अनि माग्न आउनु भ;को होला के रे
भन्दिउला नि म नि बाँस काट्ने भन्दा .. हतियारदिने लै भन्दा... हतियार किनेर ल्यौने लाई कारवाइ गर्न पर्च । "

अनि त्यो भन्दा पैले कथा बनौनेलाई झन ठूलो कार्वाई
:P
***********************
जे होस कथा राम्रो छ के :)
 
Posted on 09-18-06 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि मिस् हाम्ले बाख्रा लाइ स्याउल काट्ने भनेर दिएको खुर्पा हजुर् ले बाख्रा होकि बास् काट्न लाइ दिए'छि कस्को दोस् हुन्छ नि? आफु मासु खान लाइ मन् लागेर अनेक् जुक्ति निकाल्नु हुदोरे'छ अनि हेहेहे :D

अब गोतामेजि ले भन्या झै गरेर चुप् लगाउने हो त्यो मुखिया लाइ ।

तेइ त यो कुम्ले को मुख् मा एउटा कुरा अडिए त मरि जाम् ,हुन पनि कोहि आफै मकै चोरेको भन्दै हिन्छ त त्यस्तो नभा भए ,हिहिहि .....
 
Posted on 09-18-06 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी पिङ खेल्दा अरुलै पाळो नै नदिनि ऐले आ'र तिखो तिखो मुख अरेर कुरा अर्न पाइन्च ??
फर्खि न .. उ बेला मिस दी पिलिज घराँ बा आमालै नभन्दिनुस है कुम्लेसं हाट मेला गको भनेर भन्नि ( नरिसाउ है तिरु :D )... भन्दिन्चु फुपुलै ...फख!! किन गा'को कुम्ले सं हाट मेला ह .???
बाँस ल्या"एर पो पिङ भो नि तिरु :):)
 
Posted on 09-18-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हजुर् होइन पो त्यो कुरा लाउनि त म त हजुर् होला भनेर नि लौ क्यार्नु हजुर् ले नभनिर कस्ले सुनाएछन् फुपु ले त मर्ने गरि सिर्कुना ले कुटेर झन्डै मारिन् नि फेरि बा लाइ भन्देर राक्षनि फुपु ले :P
अब त कहिले जान्न मेला सेला , पिङ् त खेल्नु पर्यो नि आफ्नो पालो म मिस् भए भन्दै म पालो मिच्न पाइन्छ त :p:p :P
 
Posted on 09-18-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे प्रभु!!!!! म का'ट खेलिकिम र? आखँ रिंगौच पो त ‍+ २५ को चस्मा ले नि काम नअर्नि भैसयो :)

हे हे 'फस्ट टाइम' चौतारीमा लेखेको शब्द बुझिन .... 'सिकुर्ना'?? के हो सिकुर्ना भनेको ?
त्यै जिम्माल बा ले चोरेको बाँसको हांगा बड बनेको छडी त हैन ??:D
 
Posted on 09-18-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँस मुखियालाई भनेर पैसो सैसो दे'र ल्याम्ने कुरो भाथ्यो हिजो चौतारिआँ कुरो हुँदा। हामि सपै बुडाअरु मिलेर चाइन्जो ठिटो नि छ, बुझ्झकि नि छ भनेर तो कुम्लेलाई जिम्मा देको हो सपै कुरो अर्ने, गोताएँ बुडा, पुन्टेदाई सपै साक्षि छन गाँठे! एउटा भेडो भा निलो नोठ त म बुडाले सुरुवालको ईँजाराटि झिकेर देको हो। गोताएँले नि सिरको टोपिमा लुकार राखेओ बिस बिसका २ टा नोठ देको। पुन्टेदाईले घराँ पैसो राखो भुने भाउजुले खटन अर्छिन भुनेर धोबिनिका राख्न देको छ त्यइँ ग'र दिम्ला भनेसि, कुम्ले र पुन्टेदाई हाम्लाई मुखियाको बारिमा जाँदै अर्नुस हामि आम्छौँ भनेर गा'का थे। अब हामि बुडा बिस्तारै हिनेर बारिमा पुउदा कुम्ले र पुन्टे दाई आइसकेछन्। तेतिबेला सम्म नि बाँस चोर्न लाएको कुरोओ अत्तो पत्तो पाए भोलि भन्न नपाम! बाँस काट्दै अर्दा रामनामिले अल्झार तो मोरो कुम्लेलाई " लौन यो एउछिन समात" भुनेर देको हो। बाँस काटिसकेसि कुम्ले सँअ रामनामि मागुम भनेओ अलि पर पुगेको रेछ। " क्यार्न कान्लातिर लाएओ कुम्ले?" भनेओ त, "अस्तिको पिखनिखको खानेकुरा अझै बाँकिरेछ जिम्मालबा पेटमा, तेई फाल्न पर्ने भओ" भनेर कान्लामुनि टुक्रुक्क बसो के रे। त्याँसि, सपै मिलेर बाँस ल्याईओ चौतारिआँ, कुम्लेले रामनामि कान्लामै छाडेछ!
न के के जाति पुछ पाछ पारो कि राम राम राम!!!

मुखियालाई सपै कुरो अर्न जान लागेओ गाम्लेओ, मलाई फँसाको मात्तै हो है!
 
Posted on 09-18-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो अरो कुरैको दुख,
तो हाम्ले खनखन्ति गनेर देको पैसो मुखियाको हाताँ परो कि परेन तेस्को नि नियाँ निसाफ चाइन्जो हुनु परो। समाज बोलाम्नु परो।
अर्को कुरा माष्टरनी नानि सँअ लिएको खुर्पा (हँसिया) को कुरो नि अर्नै पर्ने भो।
गाम्लेहरु, म सोझो बुडो भनेर ठुलो चाइन्जो खडयन्त्र हुन लाएको छ याँ। यो हँसिया मैले माष्टरनी नानिओ हाताटि किन लिएको भन्दा, चाइन्जो माष्टरनी नानीलाई एस्कुलाँ भुराभुरि पिट्न लौरो भएन भुनेर, सिमलीको हाँगा काट्नलाई ले'र गा'को मैले। :)
 
Posted on 09-19-06 5:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे बुरो, तो गीत सुनाऊ त.

गोरियाके खेतमे..
मेरी ढोलक बजे ...
हो भैया सररर
... ... ...


 
Posted on 09-19-06 5:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-19-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको फेटा र आस्कोट दुबै क्या आँखै खाने गरी पहेँला हुन् गाँठे! अनि त्यो LLTT जस्तो एकातिर हेरेर अर्कोतिर नमस्कार किन गरेको नि दादा?
 
Posted on 09-19-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters