[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 462819 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 11-12-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yi halla haru hun hami le suneka kasai sanga bange jail ma gakochaina po raicha. lol
 
Posted on 11-12-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" चै सोच्दै थिएँ, के भन्नु रे उस्को मलाई?" ---

त्यो साँझ बाङ्गे आएन कहाँ। भोली पल्ट बिहानै आयो।

"तँ बेपत्ता भईस नी" मैले उसलाई दुई चार दिन देखि भेटन मुस्किल पर्या कुरो सम्झाएँ।

"एका तिर ठाउँमा पुग्न अर्को तिर बेपत्ता हुनै पर्यो नी" उस्ले हाँसेर भन्यो।

"अनि त्यो ठेगानको एकातिर चैं कता हो?" मैले सोधें।

"बालुवाटार -- त्यो प्रधानमन्त्रीको निवास बाट अलिकति उकालो लागे पछि दाईने तिर जाने बाटो छैन? हो त्यहीँबाट अलिकति अगाडी लागे पछि ठेगानमा पुगिने रहेछ।" उस्ले सुनायो।

"के त्यो सजलदाईको घर भए तिर?" मैले सोधें।

"सजलदाईको घर संगै भने पनि हुन्छ" उस्ले भन्यो।

"अनि हिंजो तैले  सँग के कुरा गर्नु भन्या?" मैले हिंजो उस्ले भन्या कुरो सम्झाएँ।

"कुरै यही हो नी" बाङ्गेले भन्यो।

"के?" मैले बुझिन।

 "सजलदाईकहाँ पुर्याईदिनु पर्यो तैले मलाई" उस्ले भन्यो अनि थप्यो "यार यस्तो कुरा गर्दा चुरोट तानेर गर्न एकदम मजा आउँछ अझ ट्वाँट चुरोट भए झनै मजा नभए चिया सँगै भए पनि --"

"यो कोठाँ चुरोट तान्या तानेई हो अब -- त्यो धुप सुपको लेठो गर्न सक्दिन --झंझट पनि टेन्सन पनि -- तान्ने भए हिन बाहिर--उता गणेशथान तिर जाम" मैले भनें।

"छोडदे भैगो -- च्या ख्वा बरु जा" उस्ले भन्यो। त्यसको बन्दोबस्त गरेर आएँ सोधें "अनि यत्तिका दिन सम्म के गरीस ?"

"हेर बाबु, गार्हो भनेकै बि सि डी चिन्न हो -- जे पनि सुरुमै हो गार्हो हुने -- त्यै बि सि डी मा लाग्या थिएँ -- सुत्र लाउनु परेन? एउटा गतिलो खबर नल्याई तँलाई भेटेर के सुनाउने?-- त्यो तरुनीको घर पत्ता लगाउने चक्करमा अलि अलि बरालिनु पर्यो ?" उस्ले हलुका मुस्कान सँग आफ्नो कुरा भन्यो।

"सजलदाई कहाँ गएर के गर्ने?" मैले सोधें।

"तँ मलाई त्यहाँ पुर्या मात्रै -- त्यहाँबाट कसरी अगाडी बढ्ने त्यो मलाई थाह् " उस्ले भन्यो।

"सजलदाई कहाँ हाम्रो परिबारको राम्रै आवत जावत थियो। मेरो बाउ पट्टीका मान्छे थिए उनीहरु। सँग बाङ्गे पनि पुग्या थ्यो त्यहाँ एक चोटी।

चिया आयो यही बिचमा अनि हामी चुस्कि लिंदै थिएम। एउटा कुरो मेरो मनमा छ्यास्स आयो। बाङ्गेलाई नसोधी हुन्नथ्यो उस्लाई सजलदाई कहाँ लाने नलाने बाचा गर्नु अघि।

"तँ प्रियाको धुनमा हैन ?" मैले सोधें।

"किन हैन? प्रियाकै धुनमा हो " उस्ले भन्यो।

"लात खान मन लाग्यो तँलाई?" मैले सोधें।

"किन?" उस्ले पनि सोध्यो।

"बौलाईस कि क्या हो? तँ प्रियालाई ताक्ने अनि चै तँलाई सजलदाई कहाँ पुर्याउने -- तँलाई पिस्छन पिस्छन मलाई पनि बाँकी राख्दैनन" बांङ्ग्या कुरा मलाई पटक्कै मन परेन।

"किन ? सजलदाई पनि त्यै तरुनीको भजनमण्डलीमा? बुढाले बोरै गरेनी -- तर तैंले कसरी थाह् पा नी?" उस्ले अचम्म मान्दै सोध्यो-- पनि एक निमेषलाई छक्क परें। अनि कुरा बुझें। हाँस पनि उठ्यो।

"मान्छेलाई यहाँ लभै नपरी ट्र्याजिडी पर्ला जस्तो भै सक्यो, उल्टो हाँस्दा " उस्लाई मेरो हाँसो मन परेन।

"प्रिया प्रिया, मैले चै सजलदाईको बैनीको कुरा गर्या --त्यै सजलदाईको बैनीलाई बल्छि हाल्न ला हो कि तैले भनेर सोध्या मैले-- तैले भन्या तरुनी अर्कै रे छे -- त्यो तरुनीको नाम पनि प्रिया?" मैले सोधें।

"त्यै -- त्यो सजलदाईको बैनी पनि -- " उस्ले आफ्नो कुरा रोक्यो --अनि थप्यो "काँ सजलदाईको बैनी सैनीको कुरा गरीरा? त्यस्तो आफु चढ्नला रुखाँ नी बन्चरो हान्छु ?" त्यो तरुनीको नाम प्रिया हैन।

"के रे ?" मैले सोधें।

"निशिन्ता रे" उस्ले भन्यो। त्यो तरुनीको नाम भन्दा उस्को अनुहार झिलिक्क चम्केको थ्यो।

"निशिन्ता रे? कहिलेई नसुन्या नाम --निशिन्ता भन्या के? मैले सोधें।

"निशिन्ता भन्या तरुनी --अरु किन चाहियो? मैले राख्या नाम हो मलाई सोध्न लाई?" उस्को अनुहारमा अघिको झिल्का हरायो।

" तँ दिउँसो वालुबाटारबाट गैर्हीधारा तिर गा थिस? " मैले दिउँसोको कुरा सम्झेर उस्लाई सोधे।

उस्ले एकटक तिर हेरेर भन्यो "यता उताको कुरा गर्ने हैन --सजलदाई कहाँ कति बेला जाने त्यो कुरा गर्न--"

कहिले जाने पनि नभनेर कति बेला जाने भन्छ बाङ्गे त। भने पछि आजै जानु पर्ने रे छ।

"तँ सँग मोटरसाईकल अझै?" उस्ले मोटरसाईकल लिएर आएको थिएन, त्यसैले सोधें।

", नभए बर्बाद भै गो नी" उस्ले भन्यो।

"भरे तिर जाउँला नी --" मैले भनें।

" बजे आउँछु उसो भए-- तँ ठिक परी राख" भन्दै बाङ्गे जान उठ्यो।

"अनि गुम्बेलाई बजाउने कैले ?"

"किन?" उस्ले ढोका नजिकै पुगेर सोध्यो।

"हिंजो हनुमानढोकाको बबाल बिर्सीस? त्यस्तो नभा नभा कुरो गर्दै हिने पछि सम्झाउन परेन? --झ्यालिन्चा फेरी उस्तै -- तर सुरु गरेको गुम्बेले रे --" मैले भनें।

"त्यस्तो पुरै नभा कुरा गर्या नी हैन गुम्बेले -- काँबाट तीँ पुग्या रे नी फेरी --" हलुका मुस्कान अनुहारमा ल्याउँदै बांङ्गेले भन्यो।

"भन्या के नी?" मैले सोधें।

"केई केई, भरे बजे आउँछु त्यै बेलाँ कुरा गरम्ला" भन्दै निस्क्यो।-----

आफु पनि भोजन पछि बाउको भरोसा थाम्न गैयो।

पछि साढे तीन जति बज्या थ्यो होला--किस्न पाउरोटीको बिज्ञापन आउँदै थ्यो -- नै बाङ्गे कहाँ जानु पर्यो भनेर जाँदै थिएँ --छ्याक ट्वाकलाई भेट भो।

मलाई देख्ना साथ छ्याकले भन्यो, "बुझीस, ट्वाकले प्याकमारा पार्दियो नी"

"के?" मैले सोधें।

"गुम्ब्या गाला" छ्याकले हाँस्दै पिच्च थुकेर भन्यो।

मैले ट्वाक तिर हेरें।

"नभा कुरा गर्दै हिन्न हुन्न नी -- अब गर्दैन।" ट्वाकले हाँसेर भन्यो।

मलाई के भनम के भनम भो।

नारनजात्राको रथको पाँग्रा राख्ने पाटी नेर पुग्या थिम, बाङ्गे आयो मोटरसाईकलमा।

"गुम्बेलाई दिएछ दनक ट्वाकले" मैले भनें।

बाङ्गेले ट्वाक तिर मिलाउनलाई हात बढाउँदै भन्यो "ठिक गरीस"

हात मिलाए पछि बांग्गेले खल्तिबाट पान्सेपचपन्नको बट्टा झिकेर ट्वाकलाई दिंदै भन्यो " तिमीहरु यो तान्दै गर --बाँकि हामी फर्के पछि सुरु गरम्ला" अनि तिर हेर्दै भन्यो "बस"

"कता नी?" छ्याकले सोध्यो।

"ससुराली" बाङ्गेले मोटरसाईकल बढायो। मैले पछाडी फर्केर हेर्दा, ट्वाक हाँस्दै थ्यो। .....


 
Posted on 11-12-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" चै सोच्दै थिएँ, के भन्नु रे उस्को मलाई?" ---


 
Posted on 11-12-08 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



khai, parvo...tyo kaalo dhokaa waali ta yaad bhayena...kyaari chhutechhan kunni haamro sapanaa ki heroine huna baata? achammai bho baaaaaaaaa...ki parvo le rjaap garesi gufaan lukaaune garthyo? :p

je hos, rashtra baink baata chinese embassy tira ta hoina...rashtra baink ko thyakkai agaadi chai parvo le aankha gaadheko sajhaa kai euti sundari thiyin...bhandim ko? LOL :p maarchhin ahile aai bhane...

 
Posted on 11-12-08 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



khai, parvo...tyo kaalo dhokaa waali ta yaad bhayena...kyaari chhutechhan kunni haamro sapanaa ki heroine huna baata? achammai bho baaaaaaaaa...ki parvo le rjaap garesi gufaan lukaaune garthyo? :p

je hos, rashtra baink baata chinese embassy tira ta hoina...rashtra baink ko thyakkai agaadi chai parvo le aankha gaadheko sajhaa kai euti sundari thiyin...bhandim ko? LOL :p maarchhin ahile aai bhane...

 
Posted on 11-12-08 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"निशिन्ता भन्या तरुनी "

त्यही त भन्या तरुनी भएपछी निशिन्ता होस् या शिशिन्ता के कसो
एस्पाली पनि हाती आयो हाती आयो फुस्सा हो कि - जहिले नि बाङ्गेको लोप पर्ला पर्ला जस्तो हुने
लास्टाँ त्यही फेरी - पेलम ल चिट्टै अर्को भाग ले पेलम 

 
Posted on 11-12-08 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"निशिन्ता भन्या तरुनी "

त्यही त भन्या तरुनी भएपछी निशिन्ता होस् या शिशिन्ता के कसो
एस्पाली पनि हाती आयो हाती आयो फुस्सा हो कि - जहिले नि बाङ्गेको लोप पर्ला पर्ला जस्तो हुने
लास्टाँ त्यही फेरी - पेलम ल चिट्टै अर्को भाग ले पेलम 

 
Posted on 11-13-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे प्रभो,


 
Posted on 11-13-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे प्रभो,

त्यो बालुबाटार रास्ट्र बैकबाट ओरालो लागेर दाइने तिर नलागी सिधै चाईनिज एम्बेसी तिर हानिदा दायाँ बायाँ नै थिए जवानीका शस्त्र अस्त्रले सुशोभित सुन्दरीहरु -- हिने पिच्छे घाईते हुनु पर्थ्यो तै पनि नहीनी चित्त नबुझ्ने---

ए अनि त्यो राष्ट्र बैक अगाडीकी को हुन त प्रभो? आँखा गाडेको हैन मैले हेराई बिसाएको होला उन्को परेलीमा -- रहर थ्यो ती मदहोस उन्का आँखाहरुमा प्रतिबिम्बित हुने --  मनमा उन्को बास बस्ने अनि हरेक धडकनमा उनको आफ्ना धडकनहरु सुन्ने --

 

serial ,

"त्यही त भन्या तरुनी भएपछी निशिन्ता होस् या शिशिन्ता के कसो "

हो प्रभो, मुनासिब ब्यक्तब्य हो।


 
Posted on 11-13-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु पर्भु, पढ्ने मेसो नमिलेर त्यसै गयो दुइ चार दिन्।

अहिले पढियो। पढ्दा पढ्दा फेरि एक पटक केहि बर्ष घटाएर काठ्मान्डौमा दिनभरि चर्न जान मन लाग्यो। तर के गर्नु उतिबेला हाम्ले हेर्ने तरुनिहरुले नि बर्ष घटाएर पहिले जस्तै नजर कटाक्ष गरे त हो नि नत्र अहिलेकाले त "छ्या कस्तो मात्तिएको अंकल!" भन्लान भन्ने डर!

गजप प्रभो!


 
Posted on 11-13-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु पर्भु, पढ्ने मेसो नमिलेर त्यसै गयो दुइ चार दिन्।


 
Posted on 11-13-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाँदैन त गाली धेरै उपद्रो गरे पछी। गाजल भनेर प्रिन्टर को टोनर पो दल्दिएको रहेछ। आँखा त भत् भत् पोली राछ।


 
Posted on 11-13-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाँदैन त गाली धेरै उपद्रो गरे पछी। गाजल भनेर प्रिन्टर को टोनर पो दल्दिएको रहेछ। आँखा त भत् भत् पोली राछ।


हैन बाङेको साँचै लोप पर्ने भयो कि क्या हो?


 
सान्नानी
Posted on 11-13-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 e ma  tei bhaera nAyAni ko aakha bahira niklya ho?

kathako lagi chai dhanyabaad hai deep.


 
Posted on 11-13-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डबल पोस्टिङ्।
Last edited: 13-Nov-08 10:21 AM

 
Posted on 11-13-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्पाली पनि बाङे को बल्छी मा चै निशान्ती पर्ली जस्तो लाग्दैन मलाई। बाङे सधैं आँफै दङ पर्ने मात्र हो।
हो भन्या बिर्खे प्रभो ले भन्या जस्तै गर्न मन लायो मलाई नि तर अली धेरै नै बर्ष घटाऊनु पर्ने भोर पो मार्यो।
हैन बाङे अझै नि त्यसरी भौतारिदै छ कि ,दुइटा को बाउ भएर सुध्रीसक्यो।
 
Posted on 11-13-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji katha aaisakechha lau..Yeso hereko ta hijo po aako raichha .Maile ta majja liye hai.

K ho aaba feri sanka lagyo Bange ko.... Pheri kura garna ta baaki nai rakhera tarunitira po kassirako 6 ta gathe.Tara phanda ma chai pareko ho ki gangun suneko milne ho ki jasto 6 hai......

Bichara Gumbe......

 


 
Posted on 11-13-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji katha aaisakechha lau..Yeso hereko ta hijo po aako raichha .Maile ta majja liye hai.


 
Posted on 11-13-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरन, त्यो बांगेले केटीहरुको घर जति सबैतिर ससुराली भन्दै हिड्दा हो त?!क्या यो दिपदा पनि -- à¤•à¥à¤°à¥‹ यस्तै त्यस्तै पारेको भए पनि हनुमानढोका चै पुगेको रहेछ बांगे


 
Posted on 11-13-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरन, त्यो बांगेले केटीहरुको घर जति सबैतिर ससुराली भन्दै हिड्दा हो त?!क्या यो दिपदा पनि -- कुरो यस्तै त्यस्तै पारेको भए पनि हनुमानढोका चै पुगेको रहेछ बांगे


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters