[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 153949 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 09-29-06 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भए भोलि साइकल् गाडि कालि मोटि सबै को पुजा गर्ने दिन् हो रे'छ?

PS- मैले भने को
कालि = दुर्गा, भवानि, महाकलि etc.
 
Posted on 09-29-06 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर गाडीको पुजा चाँहि गरेको थियो के नेपालमा दशैँको बेला! साँच्चि हौ!! कस्सम्!! खोइ के भन्ने!

हत्तेरी!! कसरी सम्झाउने!!

:D:D
 
Posted on 09-29-06 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल लम्बर ४२०, हाँजीर!! धत् अहिले त दशै बिदा पो हो क्यारे, कहिल्यै स्कुलाँ बस्या भे पो था हुन्थ्यो!! स्कुल शुरु हुने बित्तिकै मिस ले उठ-बस गराउने होला!! यो बर्ष त स्कुल नै जान्न ल जा।

सबैजानालाई ह्याप्पी भिजया दशमी को हार्दिक उपलक्षमा हार्दिक मंगलमय हार्दिक शुभकामना !! कलंकी माई ले सबै को रक्षा गरुन् !! :P

त्यो काली को पूजा चै कहिले गर्ने हो।। स्कुलाँ जहिले नि त्यसको पोई मैले नै छान्द्या जस्तो गरेर घुरेर हेर्छि !! एक दिन दशैं को मौका पारेर डंकिनीलाई डंकिन डोनड चढाएर पूजा नगरी भा छैन। ehe.
 
Posted on 09-29-06 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे..
 
Posted on 09-29-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सपैलाई!

सबैलाई सप्तमी, अष्ठमी, नवमी, दशमी ....गन्न सकिएजति ..वमीको शुभकामना!
 
Posted on 09-29-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक उउउउ bhirkhe maila

ani sabai lai हाप्पी दसैं hahah

हाप्पी दसैं हाप्पी दसैं हाप्पी दसैं हाप्पी दसैं

सबै को हात्मा पैसा नै पैसा होस् यस् पाली
 
Posted on 09-29-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पै गाम्ले'रु,
गालवले बताइ हाल्नु भो क्यारे, हिजो न्यू रोडाअँ भेटघाट भो, मो मो नि खाइयो, गोलभेडाँ अचारसँअ । खुब मज्जा लाग्यो चौतारीको साथीसँअ प्रत्यक्षरुपाँ भेट्दा, असाध्यै रमाइलो मान्छे हुनुहुँदो रैछ । दसैंको मुखैमा फर्किनुपर्ने रहेछ उनले, सुन्दा नरमाइलो लाग्यो । दादा नि भोली पर्सी तिर आउने रे काठमाडौं, म अझै केइ दिनसम्म त छु काठमाडौंआँ, मौका मिल्यो भुने दादासँअ पनि भेट्नु पर्ला ।

हिजो डेड दुई घण्टा हामीहरुले चौतारीका सप्पै गाम्ले'रुको बारेमा कुराकानी गरेम्, दुई चार जना गाम्ले'रुलाइ चाँइ गालवले प्रत्यक्ष रुपमै चिन्न्नु हुँदो रैछ, उहाँ हरुको बारेमा थाहा पाउँदा खुशी लाग्यो । मुइले त प्रत्यक्षरुपाँ कसैलाइ चिन्दिन तर मैले अप्रत्यक्षरुपाँ चिनेको साथी (हरु) को बारेमा थाहा पाएको जती कुरा गालवलाइ बताएँ ।

जे होस् चौतारीको माध्यमबात एउटा नयाँ साथीसँअ चिनजान भो, खुशी लाग्यो ।

सप्पैलाइ मेरो तर्फबाट दसैंको धेरै धेरै शुभ-कामना, दुर्गा भवानीले हामी सप्पैको रक्षा गरुन । ।
 
Posted on 09-29-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ राँके (rockend) र ग्वाँचे!


लु ग्वाँचे रमइलो अरेछौ। जे होस चौतारिले अर्दा कोई सँअ त भेट भओ नि तो पनि राउँरो कुरो हो। मलाई नि कोई चौतारिको मुन्छेहेरु सँअ भेट्न त मन लाएको छ। पुन्टेदाईकहाँ मिनपचासओ बिदामा भेट्ने मेसो मिल्छ कि मिल्दैन हेर्दै छु।
 
Posted on 09-29-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाडबाड आउँदा घरको सम्झना धेरेलाई आउँछ, मलाई पनि। एउटा दिदिको वेदना, गितमा सुनेको थिएँ भित्र सम्म छोएको थियो। शब्दहरु मात्र भनेपनि राख्दैछु!


पैयुँ फूल्दा त्यो लेक लेक
बेँशिमा बुकी फूल्दैछ
सयपत्रि फूल्यो तिहारको बेला
भाई मेरो कहाँ डुल्दैछ

पसिना पुछ्दै डुल्दै पो छ कि
अरबको खाडिमा
दौडँदैछ कि बिदेशि पल्टन
जङ्गल झाडिमा
पैयुँ फूल्दा त्यो लेक लेक
बेँशिमा बुकी फूल्दैछ
सयपत्रि फूल्यो तिहारको बेला
भाई मेरो कहाँ डुल्दैछ

अत्याउँदो रहेछ यो सम्झनाले
चाडबाड आउँदा
सबैले याहाँ निधारमा टिका
फूलमाला लाउँदा
पैयुँ फूल्दा त्यो लेक लेक
बेँशिमा बुकी फूल्दैछ
सयपत्रि फूल्यो तिहारको बेला
भाई मेरो कहाँ डुल्दैछ

नजाऊउ छोडि यो घर आँगन
सुनसान पारेर
फर्केर आउ बसौँला यहिँ
सुख दुख बाँडेर
पैयुँ फूल्दा त्यो लेक लेक
बेँशिमा बुकी फूल्दैछ
सयपत्रि फूल्यो तिहारको बेला
भाई मेरो कहाँ डुल्दैछ

 
Posted on 09-30-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा के को उज्यालो हो तेस्तो भनेको त राँक्या थुतुनो पो टल्केको र'छ!

अनि ग्वाँचे, ती गालउ पनि साँच्चिकै रियल मुन्छे र'छन् कि के हो?
हिजो मिसको घाँटी खुब खस्खसाईराख्या थ्यो रे! यी दुइटाले कुरा काटेर पो हो र'छ।

जिम्माल, दशैं कुन रउसीले मनाईँदैछ त? यसपालीको दशैंबाट त जिम्माल्नीले पनि कुर्ता-सुरुवाल लाउने रे हो? अर्को पालीको दशैँबाट त फेरि पयँठै लाउलीन् नि होश गर है!
 
Posted on 09-30-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि गौतम बाउ(बाबु) के विधि घाटि खस खस गर्यो ..जत्ति पानी खाँदा नि नहुनि कल्ले पो कुरा काटेछ मेरो भन्ने लायो... कसैको केहि बिगार्ने कुभलो सोच्ने आज यो उमेर ३विस र १ हुदा सम्म नि नगरेकिम कैले नसोचेकिम क्यार्न यस्तो भो... कस्तो पिर लायो । अनि खेरि कुरा दइथरि हुन्च एउटा गालि अर्ने आर्को मया अर्ने भनो त्यो सानो नातिले र हो त नि बरै जस्तो लायो । यि ग्वाँचे र गालावले कुरो अरे र'चन

त्यै पनि अब भ'न भुनेर मजेत्रो को एक छेउ गाँठो पारेकिम के रे खस खस अर्न छोड्चको भनेर । एउछिन ता छोड्यो केरे । फेरि उस्तै.......के भयो भनेर सानो नातिलै हेर्न लाको त ए मेरि वास्सै !!! घाटि भीत्र फोका पो उठ्यार'चन

अस्ति तिल गन्न जाउ मास्टर्नी नानी एकढिस्को तिल द्दया'छु तिम्लै भुनेर पुन्टेदाले भन्नु भो के रे । केविधि धुलो भ'को तिल को ढिस्को रे'छ सप्पै धुलो भरि घाँटिमा पस्यो गन्दा गन्दा दिक्कै जो लायो बिमारि जो परिएच

नमस्ते अरे है सप्पैलै
**************************
विजया दशमिको शुखद उपलक्षमा संपूर्ण चौतारी परिवार तथा चौतारी मा आउनु हुने सबै पाठक हरुलै धेरै धेरै शुभ-कामना!!!!

 
Posted on 09-30-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! तितौरी त ठुली कस्तो राम्ररी पिङ खेलेका!

लौ अब हाम्रो पालो!!

 
Posted on 09-30-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानीको घाँटीआँ तीलको धुलो जम्मा भो रे? यसो अर्नुस्:

आलु उसिन्नुस्, अनि सानो टुक्रोमा नुन, खुर्सानी, भुटेको जिराको धुलो, बेसार, चिरेको हरियो खुर्सानी र मेथीले फुरा’को तोरीको तेल, अमिलो मिसाउनुस, अनि जाँ नेर तीलको धुलो जम्मा भा’ हो, तेतई तेतई मिला’र हल्लाउँदै निल्नुस! दशैंआँ आलुको अचार नि खाईयो, अनि! :D

बोकाको आन्द्रा भुँडी किन्न गईं म त। भुट्टन बनाम्नि हो भोली त! ;)
 
Posted on 09-30-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूण्टे दाई ब्रो, यस्सो लिवर र किट्नी नि ल्याम है, फराई गर्या हरिप हुन्छ नि!!
ठूलो बोसे आन्द्रा नि ल्याउनु, बोसो सोसो कोचेर चुस्ता बनाम्न पर्छ! रेड लेबल संग हरिप जान्छ त्यो नि!! फँराँस सराँस खेल्या हो कि हैन बरू दशैं को मौकामा !! ehe.
 
Posted on 09-30-06 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जिम्माल बाले नेतृत्व गर्ने कुरा त सबैलाई मान्य हुन्छ होला नि हैन?" गोताएँ दाईले सबैलाई सोध्नुभयो।

"हैन हैन! मेरो नेतृत्व होइन। यो पल्ट पून्टेलाई नेतृत्व गर्न दिनुपर्छ। अलि फुर्तिलोपनि छ, उस्तो परेको बेला बलपनि प्रयोग गर्न सक्छ", जिम्माल बाले नेतृत्व लिन अलि संकोच मान्नुभयो।

"हुदैन हुदैन! नेतृत्व चाँहि जिम्माल बाले नै गर्नुपर्छ। ५ साल पहिले पनि तपाईँकै नेतृत्वमा हामी सफल भएका थियौँ", पून्टेदाईले जिम्माल बालाई सम्झाउनुभयो।

"त्यो बेला त अलि तरुनो पनि थिएँ, त्यहि भएर हो! अब यसपाली त अलि बुढोपनि भइयो, खोइ! के गर्ने के? लौ त नि! अब तिमीहरुले भन्छौ भने कसरी हुन्न भन्न सकौँला र!" जिम्माल बा नेतृत्व लिन तयार हुनुभयो।

"ल त ल! अब जिम्माल बाको नेतृत्वमा अरु सहभागी हुनेको नाम पनि लेखम", गोताएँ दाईले आफ्नो सुर्ती बेर्ने पेपरमा कानमाथी अड्याउनु भएको कलम निकालेर लेख्न थाल्नुभयो।

"अब नाम चाँहि, १ नम्बरमा जिम्माल बाको लेख्नुस्, २ नम्बरमा तपाईँकै लेख्नुस्, ३ नम्बरमा मेरो लेख्नुस्....", पून्टे दाईले लिस्टमा नाम चडाउदै हुनुहुन्थ्यो, त्यत्तिकैमा छेउमा बसिरहेको कइले उठेर करायो," यसरी कहाँ हुन्छ? सबै बुढाहरुको मात्र नाम राखेर कहाँ हुन्छ? हामी तन्नेरीहरुलाई पनि त राख्नुपर्यो नि लिस्टमा"

"हो हो! हामी तन्नेरीहरुलाई पनि राख्नुपर्यो। यस्तो चौतारीको इज्जतको कुरोमा पनि हामीलाई सहभागी गरिएन भने कसरी हुन्छ?", अघि देखि चुप लागेर बसेको नमेपनि कइले कराएको देखेर उफ्रियो।

"चूप लाग तिमेरु! हिजोका चल्लाहरु! त्यहाँ तरुनी देख्यौ भने उतै भुलिन्छौ। यसपाली हुदैन तिमीहरु" पून्टेदाईले तिनीहरुलाई झपार्नु भयो।

नमे र कइले चूप लागेर बसे।

"अँ! अघि म कस् कस्को नाम भन्दै थिएँ? ए! ल ल मेरो नाम भयो हैन? अब ४ नम्बरमा गालउ, ५ नम्बरमा ग्वाँचे अनि ६ नम्बरमा भउते राख्नुस्" पून्ट् दाईले ६ जनाको लिस्ट तयार गर्नुभयो।

"भएन भएन! त्यो भउते चौतारी आउनै छाडेको कत्ति भयो, अझ उसैको नाम राख्ने? हाम्रोपनि नाम राख्नुपर्यो", कइले फेरि जङ्गियो।

"भउते चौतारी नआएर के भयो त? मैले अस्तिनै खबर पठाइसकेको छु, उस्लेपनि 'अब चौतारीको इज्जतको कुरो रहेछ, राख्नुस् न मेरो नामपनि लिस्टमा' भनेको छ" पून्टे दाईले कइलेलाई फेरि चूप लगाउनु भयो।

"ल ल ठिकै छ! यि तन्नेरीहरुको नामपनि राखुम्। भरै केहि पर्यो भने यिनीहरुलाईपनि हाल्नुपर्ने हुन्छ" जिम्माल बाले युवाका कुरा बुझे झैँ गर्नुभयो।

"त्यसो भए ७ नम्बरमा नमेको नाम राख्नुस्, खूब स्याहार गर्छ यस्ले मेरो। अनि ८ नम्बरमा चाहि यो कइलेलाईपनि राखिदिनुस्, निकै किच किच गर्यो यस्लेपनि", पून्टे दाईले लिस्टमा अरु २ वटा नाम थपाउनुभयो।

"अब! नामपनि भयो, भोली बिहानै जानुपर्ने हुन्छ पल्लो गाउँ, त्यसैले सबैजना भोली बिहानै चौतारीमा आइपुग्नु" गोताएँ दाईले भोलीको कार्यक्रम सुनाउनुभयो।

"यस्तो राम्रो कार्य गर्न जान लागिरहेका छौँ त्यो पनि नवमीको दिनमा। यसो जानेबेलामा मास्टर्नी नानीलाई भनेर साइत गराउन लगाउनुपर्यो। भोली बिहान मास्टर्नी नानीलाई टिका र फुलपाती लिएर साइत गर्न आउनु भन्नु अनि चेलिबेटीलाईपनि बोलाउनु", जिम्माल बाले आफ्नो नेतृत्वको सुरुवात गर्नुभयो।

"हुन्छ!" भन्दै सबैजना आफ्नो घर तिर लागे।

भोली पल्ट बिहानै सबैजना चौतारीमा आइपुगे। सबै ८ जना निकै फुर्तिला देखिन्थे। मिसले पुजाको थालीमा टिका अनि प्रसाद बोकेर आउनुभयो। उहाँको पछि पछि तितौरी र ठुली माला बोकेर आए। मिसले लाइनमा बसिरहेका आठै जनालाई टिका अनि माला लगाइदिनुभयो।

"तपाईँहरु यस्तो राम्रो कार्य गर्न जान लाग्नु भएको छ। यो त चौतारीको इज्जतको कुरो हो माता दुर्गाले तपाईहरुको लक्ष पुरा गरुन्। हामी सबैजना यहाँ बसेर माता सङ्ग यहाँहरुको सफलताको लागी प्रर्थना गरिरहन्छौ" मिसले सबैलाई भन्नुभयो।

आठैजनाले चौतारीमा रहेको कालीको मुर्तीमा नमस्ते गरे अनि आफ्नो बाटो लागे।

तितौरीले केहि बुझेकी थिइनन्। उनि मेरो नजिकै आएर मलाइ सोधिन्, "कुम्ले जिम्माल बा हरु कहाँ जान लाग्नु भएको हो? लडाईँ पर्न लागेको हो?"

"लडाईँ जस्तै हो तितौरी", मैले पर पुगिसक्नु भएका जिम्माल बाहरुलाई आँखाले भ्याए सम्म हेरिरहेँ।

"कस्तो लडाई नि कुम्ले?" तितौरीलाई सुन्ने इच्छा भयो।

"पल्लो गाउँकाले यसपाली हामीलाई नवमीको दिन पारेर भलिबल खेल्न बोलाएका छन्। जस्ले जित्छ उस्ले खसि उपहार पाउँछ रे। अनि जिम्माल बा ले भन्नु भएको, हामीले त्यो खसि जितेर नमेको बुवालाई दिने रे"

समाप्त (:पि)
 
Posted on 09-30-06 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा---! कुरो ल्यायो कुम्लेले पनि!
अब त्यसो नगरे त नमेलाई बाले घरा'ट निकाल्देलान् जस्तो भईसक्या छ।
 
Posted on 09-30-06 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
कुम्लेले चाइन्जो कुरो कस्तो कस्तो ल्याम्न जानेओ गाँठे!

भलिबल खेल्न हामि बुडाहरुलाई पठा'र तो नमेओ बालाई कसरि खसि लइदिनु नि? घुँडा जाम भैसकेओ, नलि खुट्टो मक्कि सकेओ बुडाहरु सँअ कम्पिसेन अर्ने कस्ता कस्ता रैछन हँ पल्ला गाम्ले?
 
Posted on 09-30-06 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगि घराटि चौतारोतिर झर्दा डाँडाबाट गोताएँलाई देख्या थेँ चौतारिआँ कता लाएछ?
 
Posted on 09-30-06 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुलसुधार:

"लाएछ ‍= "लाएछन्"
 
Posted on 10-01-06 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कोई आएन त चौतारिआँ!
शायद सपैलाई दशैँ लाएको होला।
खै क्यार्नु एक्लै चौतारिआँ बस्दा बस्दै घर सम्झिएँ गाँठे मैले त। दुई चार अक्षर कोरेँ पनि। यसलाऐ पछि थपथाप अरेर कविता बनाम्नु पर्छ, अईले यति नै टाँस्न लाएँ मुइले।

निधार खालि छ-

पँहेला, सुन्तला, सयपत्रिको
मोहक, कोमल स्पर्श,
घाँटिमा अझै बाँकि छ.
मेरो निधार फेरि खालि छ!!

बुबाको गहकिलो माया,
आमाको मिठो स्नेह,
मेरो लागि पल पल
उम्लिरहेका होलान्!

पँहेला लामा जमरा,
मेरो सानो जमारघरमा
चुरिएर मौलाएका होलान्।
बिहानि शरद्को हावा
दशैँको गन्ध लिएर,
मेरो घर वरिपरि बग्दै होलान्!

करेसाको त्यो मेरो माटो
मखमलिले ढपक्क ढाक्दै,
तीहार पर्खँदै होला!
आंगनको त्यो बाबरी,
आफ्नो गन्ध फैलाउँदै
म सम्म पुर्र्याउन खोज्दै होला!

दहि र अक्षताको त्यो झिनो दवाब,
अन्तरआत्मामा अझै बाँकि छ।
पँहेला, सुन्तला, सयपत्रिको
मोहक, कोमल स्पर्श
घाँटिमा अझै बाँकि छ
उफ! मेरो निधार फेरि खालि छ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters