[Show all top banners]

तिका:
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यो आँधिलाइ कस्ले रोक्ने ?

[Please view other pages to see the rest of the postings. Total posts: 64]
PAGE: <<  1 2 3 4 NEXT PAGE
Keywords associated with this thread

Ethnic federalism ethnic autonomy neo-Brahminism Limbuwan Lal Mohor
[VIEWED 29304 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 08-06-09 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन्नुहोस ताजा खबर - तात्तातो खबर आजैको खबर

माओबादीले स्वायत्त प्रदेश गठन गर्ने रे, स्थानिय सरकार गठन गर्ने रे 

माइक्रोबसमा एउटा पत्रिका बेच्ने फुच्चेको चिच्याहट झ्यालतिरबाट सुनियो । यो चिच्याहट नै काफि छ देश कता लम्किरहेको छ भन्ने बुझाउनलाइ । खस भाषाका अगुवाहरुले राज्यको श्रोतसाधनमाथि एकलौटी कब्जा जमाइ दुरुपयोग गरी अन्य भाषामाथि गरेको दमन थिचोमिचोको नतीजा आउन थालेको आभाष भएको छ । 

गैरखसभाषा बोल्ने जनजातिहरुमा रहेको तीब्र असन्तोषलाइ नजरअन्दाज गरेर भित्तैमा पुर्याउन खसबादी पञ्चायति सरकार हात धोएर लाग्यो, त्यसै नीतिलाइ मलजल गर्न र खसभाषालाइ अभिजात्य भाषा अन्य भाषाभाषिलाइ दोस्रो दर्जाको हैसियतमै राख्न बहुदलीय भनाउदो ब्यबस्थाले कुनै कसर बाँकि राखेन । 

त्यहि असन्तोषलाइ माओबादीले टिप्यो, शुरुवाती दिनमा जनसमर्थन बटुल्न हम्मे हम्मे परेको आतंककारी जनयुद्धबादी माओबादी पार्टी त्यसपछि दिन दुइगुणा रात चौगुणा फुल्दै गए । बिशेषत: खस समुदायमाझ केहि राजनीतिक र केहि प्रतिशोधको भावनालाइ उचाल्दै तथा  गैर खस समुदायमाझ भाषिक स्वतन्त्रता र समान हकको भावनालाइ टिप्दै, त्यो भन्दा अझ एककदम अगाडि बढेर स्वायत्तता र आत्मनिर्णयको अधिकार दिने सम्मका बाचा गर्दै समर्थक पंक्ति बढाउन माओबादिहरु पछि सरेनन ।

माओबादिले ती नारा दिदाबखत पाएको आकर्षण सरकारमा गएपछि टिकाउन सकेन । तर सरकारबाट ओरालो लागेपछि फेरी सस्तो लोकप्रियताको लागि हो वा साँच्चै नै ती मागहरुप्रति संवेदनशील भएर हो फेरि स्वायत्तता र आत्मनिर्णयको कुरा चर्को चर्को बोल्दैछ । 

माओबादिले हालै घोषणा गरेको आन्दोलन र सरकारलाइ समेत ओभरटेक गरेर गठन गर्न खोजेको स्वायत्त प्रदेश र स्थानिय सरकार बिशुद्ध जातीय प्रारुपको छ । माओबादीको माग बेठिक छ म भन्दिन तर माओबादिले आवश्यक गृहकार्य भने गरेको छैन भन्ने मेरो बुझाइ छ ।

उक्त आन्दोलन र गतिविधिको माध्यमबाट संघिय नेपाल तर्फ संक्रमण गराउने एउटा आँधि आउने निश्चित छ, साथै यो आन्दोलन (यदि सफल बनाएमा) अहिलेसम्म माओबादीलाइ मुल्याङकन गर्दै रहेका जनजातिको ठूलो पंक्तिलाइ माओबादी समर्थक बनाउने पनि निश्चित छ । यस्तो आँधिले धेरै पुरानो मान्यताहरु भत्काउने छ, तर नयाँ मान्यता सहि ढंगले बनाउने छ वा छैन भन्न सकिन्न । आँधिको जन्मजात गुण नै बिध्वंश गर्ने, निर्माण नगर्ने प्रकृतिको हुन्छ ।

अन्य भाषाको अधिकारबारे कुरा उठाउने बित्तिकै कुर्लिन तम्सने एक जमात बाहुन खस मित्रहरु साझामा पनि बग्रेल्ति छन, उहाँहरुको लागि यो आँधि बहस, बिचारबिमर्शको विषय बन्नु पर्ने होइन र ? के छ त मित्रहरु बिचार ? कसले कसरी यो आँधिलाइ रोक्ने ?


 
Posted on 08-10-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>bahunbad or bahunism is the sum total of the most deplorable


>“isms”. So its practitioners, the bhanunists, who are not defined


>with reference to any genetic pool, are racists, castists,


>supremacist, terrorists, etc,


 


आजका छेत्री-बाहुन खास गरेर ती जसले समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद र राज्यलाई धर्म-निरपेक्षजाती-निरपेक्ष बनाउने कुराको सहर्ष समर्थन गरिरहेका छन् र केवल जातीवादी संघियता को विरोध गरिरहेछन् तीनलाई बाहुनवादी भन्नु जस्तो विवेवशुन्यता अर्को केही हुन सक्दैन ।


आजका बाहुनवादीजातीवादी संघियता का पक्षधरलाई पो भन्नुपर्छ । हरेक राज्यमा दुई श्रेणीका नागरिक हुनुपर्छ, जस्तै लिम्बुवानमा लिम्बु जाती विशेषाधिकार सहितको उच्च जात हुनुपर्छ र अन्य जाती भन्ने दोश्रो दर्जाका नागरिक हुनुपर्छ भन्ने माँग गर्नेहरुले ठ्याक्कै मनुको वर्णाश्रम माँग गरिरहेका होईनन् ?


 


Nepe  


 
Posted on 08-10-09 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि, राज्यसंयन्त्रमा समस्त खस जातीको प्रभुत्व रहेको भन्ने जुन प्रचारवाजी छ, त्यो पनि घोर त्रुटीपूर्ण र xenophobic प्रचार हो ।


राज्य संयन्त्रमा समस्त खस समाजको होईन केवल, अधिकांश त दरबार निकटका भारदारहरु र तीनका नातागोता र थोरै मात्र अन्य र तीनका नातागोताका, वर्चस्व रहेको छ ।


प्रमाण ?


राज्यसंयन्त्रका उच्च संभ्रान्तहरुको थरको तालिका बनाउने हो भने तिनीहरुको वितरण खसका समस्त सयौ थरहरुमा समान नभई एक-डेढ दर्जन थरहरुमा बाक्लो र अन्यमा पातलो, नगन्य वा शुन्य निक्लनेछ ।


अर्को शब्दमा, खस समाजमा kinship भन्ने कुरा समस्त खस जातीमा नभई केवल नातागोता (नातावाद, फरियावाद भनिन्छ नि) मा सिमीत छ । यो कुरा खसमा मात्र नभई नेपालका सबै समाजमा र अझ दक्षिण एशियाका सबै समाजमा लागु हुन्छ ।


त्यही कारणले खस समाजको एउटा सारै सानो हिस्साको मात्र पहुँच छ राज्यमा, सम्पूर्ण खस समाजको होईन ।


एउटा प्रत्यक्ष प्रमाणको रुपमा खस समाजमा गरीवीको वितरणलाई लिन सकिन्छ । खस समाजमा अन्य समाज (सेतामगुराली, नेवार, मधेसी, थारु आदि) मा जस्तै गरीवी छ । अझ छानेर भन्ने हो भने त खस समाज नेवार समाज र गुरुङ समाज भन्दा गरीव छ ।


तलको तालिकामा नेवार, गुरुङ र खस समुदायको को वार्षिक खर्चशक्ति देखाईएको छ । मैले हरेक समुदायको समस्त जनसंख्यालाई पाँच पञ्चांश (Quintile) मा बाँडेर वर्ग विभाजन गर्न सजिलो बनाईदिएको छु ।


 


 


 


हेर्नुस्त, खस समुदायको प्रत्येक पञ्चांश नेवार र गुरुङ समुदायको पञ्चांशहरु भन्दा गरीव छन् ।


खस समुदायमा अन्य समुदायको जस्तै व्याप्त वर्गिय असमानताले के जनाउँछ ?


यही कि खस समुदायको अधिकांश जनसंख्या अन्य समुदाय जस्तै राज्यमा पहुँचविहीन थियो, छ र रहिरहनेछ ।


खसलाई xenophobic घृणा गर्ने केही मुठ्ठीभर जातीवादी संघियतावादी प्राज्ञहरु भने समस्त खस समुदाय नै पहुँचसम्पन्न छन् भनेर फटाहा कुरा गरी हिडिरहेका छन् ।


 


Nepe    


 
Posted on 08-10-09 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe jee,


What spoils the fun is your tendency to stray into using such gratuitous terms as Chetrri-Bahun. That in itself may be a very poor excuse for persisting with your own khasism, but surely that is no less disingenuous than, say, lumping Gurungs with Newars or Tharus with Magars. Agreed that we can lump everyone somewhere, but let’s start by respecting diversity, not by ignoring it just because it suits our agenda. None of this, however, changes one jot what bahunism is really about and in that sense your second point has wider relevance in that, for example, a Limbu supremacist who treats non-Limbus as second class individuals in their version of Limbu-lebensraum is no less a bahunist than a Updadhya bahun who considers a Jaisee bitalu. In both cases you would have seen how a key bahunist trait, the “chi chi, dur dur pan”, inevitably ends up calibrating/conditioning the underlying relationships. That being the lesson for the day, it should be glaringly obvious that all of us, including chatoor Khadkas, are equally capable of picking-up bad habits along the way.


 
Posted on 08-10-09 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>a Limbu supremacist who treats non-Limbus as second class


>individuals in their version of Limbu-lebensraum is no less


>a bahunist than a Updadhya bahun who considers a Jaisee bitalu.


 


ओके एकछिनलाई बाहुनवादी शब्दबाटै काम चलाउँ । अनि के त स्याङ्जाली बन्धु, मैले जातीय संघियतावादी हरुलाई ती नव-बाहुनवादी हुन् भनेर जो भने यहाँले त्यसैमा सही थाप्नु भा हो त ?


जातीय संघियता (अग्राधिकार र अन्य विशेषाधिकारको व्यवस्था सहितको) ले राज्यको context मा विशेषाधिकारप्राप्त र विशेषाधिकारविहीन गरी दुई दर्जाको नागरिकको व्यवस्थालाई institutionalize गर्ने न हो । माबुहाङजीहरु त्यसै गर्नुपर्छ भनेर माँग गरिरहनुभएको छ ।


के हो यहाँको खास मत ? 


Nepe 


 
Posted on 08-10-09 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe jee,


Tapai ko prasna ko uttar mathi nai prasta cha. Tara bhaunism lie jasari tapaily qualify garnah casrat garirakhnu bhaeko cha, tesma ma bilkul sahamati huna sakdaina. In as much as diversity is to be cherished, there must be constant vigil to expiate any bahunist tendencies from within us.  With your rather disturbing affinity for khasism, the apparent point being made is that you yourself have become dangerously close to parodying these disgusting bahunist traits. Understandably, it’s difficult, but you must better yourself by eschewing such tendencies. And you can start by not confusing Chettris with Bahuns or bahunists with bahuns: start disaggregating the data on those pretty graphs that you so fancy.


 
Posted on 08-10-09 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याङ्जाली बन्धु,


 


एउटा तथ्यांकमा छेत्री र बाहुनलाई संयुक्त गरेर प्रस्तुत गरेको देखेर "बाहुनवादी" को पगरी गुथाईदिनुभएको हो भने लौ यहाँ छ अलग अलग तथ्यांकहरु :


http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=72091


अब त्यो पगरी फुकाली पाम !


 


 
Posted on 08-10-09 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thukka nar pichash haru timiharuko bahas...
2 paisako khopadi navayeka kangaal haru..
manche ko 2 wota jaat chha vanne kuro birsiyara fokat maa time waste garne nirlajja haru....
timiharu ko ghaito ko dimag maa marnu vanda 2 ghanta agadi matra batti balne pakka chha.....
kahile nasudrine vo prbhu yo nepali manasikata....

 
Posted on 08-12-09 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kharibot,


जातपातको बहस गर्नेहरु प्रति तपाईको क्षोभ 90% जायज छ । किनभने नेपाली समाजमा निहीत अवसरको असमानताको 90% हिस्सा आर्थिक (वर्गीय) स्वरुपको छ र केवल 10% जातीय स्वरुपको ।


अहिलेका जातीय संघीयवादीहरुले त्यही 10% लाई बढाई-चढाई गरेर 100% बनाएका छन् र जातीय संघियताले सबै वञ्चीतहरुको समानताको स्वर्ग खडा गर्ने फटाहा दावी गरिरहेका हुन् ।


10% असमानता जातीय स्वरुपको छ भनेर जो भनें, त्यसमा पनि अहिले माओवादीले राज्य दिलाउन लागेको जातीहरु वञ्चनाको पुछारमा पर्दैनन्, तिनीहरु सबै सापेक्षिक रुपमा well off समुदायहरु हुन् ।


यी सबै कुराले के देखाउँछन् भने माओवादीद्वारा प्रस्तावित आंशिक जातीय संघीयता एउटा अज्ञानी हचुवा र केटाकेटौले खेलाँची हो ।


खुशीको कुरा चाही के छ भने अब बिस्तारै बिस्तारै मानिसहरु यो कुरा बुझ्दैछन र यसको विरुद्ध बलियो जनमत (still relatively silent though) तयार भईसकेको छ   सम्विधान-सभाद्वारा अन्ततोगत्वा जातीय विशेषाधिकार सहितको जातीय संघीयता अस्वीकृत हुने कुरामा म लगभग विश्वस्त छु ।


माओवादीद्वारा प्रस्तावित माओवादीले छानेका सात जातीलाई राज्य दिने संघीय मोडेल कती खेलाँचीपूर्ण छ भन्ने कुरा हेर्न तलको जातीय विकास सूचकांक (Human Development Index by ethnicity) को तालिका हेर्दा हुन्छ ।


माओवादीवाट प्रस्तावित राज्य पाउने भाग्यमानी जातीहरु रातो चिन्हले देखाईएको छ ।


 


Nepe 


 


Source: http://www.ekantipur.com/kolnepalinews.php?nid=208938

 

Last edited: 12-Aug-09 06:21 PM


 
Posted on 08-12-09 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe jee,

Since you are so keen on statistics, just where did you get that 90% to 10% ratio from?
 
Posted on 08-12-09 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thukka  magar anna jati sabai jaad banau chha ani kamayeko paisa jati sabai jaad maa sakauchha ani magar rajya ko maag gar6 kasto ho yo para...baal bachha padaune ramro khuwaune gare ta status upgrade vaihalchha ni sala aatanka badiko paci lagnu par6 ra rajya chaiyo vani.. coment herda ta pade lekheko magar jasto chha tara yelle padechha chai k???? manabiya jiban maa jatiya kura kasri aauchha he magar ledo???? junsukai jaati maa pani pichhadiyeko samudaya chha tesko baremaa chinta garnu chhodera bahun chhetri magar gurung newar modise ko kura kina ho padelekheka murkha haru... yestai padeleklhekaa murkha haru nai jimmebar chhan nepal ko yo durgati hunu maa... ki kaso 
 
Posted on 08-12-09 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ledo magar 10 % ko kuro timi jastai so called educated (racist)jaslai matra jatiya rajya chaiyeko chha tesaiko aadhar maa ho...10 % pani badi vo ...truely, 0.01% fits perfect graph..
 
Posted on 08-12-09 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kharibot, spoken like a true bahunist. So the award for being today’s top bahunist goes to, yes – you. Congratulations scumbag. Now get back to reality and answer this question: were you born a bahunist or did you really work hard to become one? Also, who’s a racist here: someone like me who cherishes diversity or you who can’t string a sentence together without making a reference to my magarhood in a derogatory way? Another thing, it’s obvious that you need to practice your English dude and you will get plenty of opportunities with me. Make the most of these free sessions - you know you need these. So you can start by thanking me. But before that try to grow-up and not throw another tantrum – it’s so boring. Up for another session?


 
Posted on 08-12-09 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ledo bhaneko ledai ho k... yes I am bahun and proud to be a brahamin..we people never raise the issue of race like you ledo.. once you enlightened through introspection, cant repent any more..be a wise ledo and go back to nepal for well being of your community where many children and women are dying with starvation, children are compelled for child labour to feed themselves and many women are deprived from other significant social justice..what a quality are you showing by talking like elite???? why the issue of bahun why not the inequality within your magar community???? you would be a good english teacher of many children who even can't imagine how is a school looks like..
why can't you give up your sophisticated living as an outlander  and why can't you go back to you home country?  so better to have less talk and more work..

hunata ledo ko buddi pani hunu paryo ni, buddi bhayeko vaya ta uhile bahun bhanda mathi pugisakya hunthyo ni..

and last, a true scumbag looks like your head.. hurry up and stand infront of the mirror...hurray!!!!!!!!!!!!
Last edited: 12-Aug-09 11:32 PM
Last edited: 12-Aug-09 11:34 PM

 
Posted on 08-13-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याङ्जाली,


यो बाहुनवाद भन्ने गाली मगरवाद, नेवारवाद, लिम्बुवाद, थारुवाद, पोडेवाद जस्तै derogatory शब्दावली हो ।


डोरबहादुर बिष्टजीले बाबुसाहेबी सनकमा समस्त नेपाली समाजमा रहेको भाग्यवाद र असान्दर्भिक र मृत भईसकेको मनुकालिन ब्राह्मण सर्वोच्चवाद लाई बाहुनवाद नाम दिएपछि accidentally आविस्कार भएको यो racist औजार विभिन्न नक्कली प्रगतिवादीले तर्कशुन्यताको अवस्थामा पनि हावामा तरबार चलाई आफु क्रान्तिकारी बन्न प्रयोग गरे भने अहिलेका जातीय संघीयतावादीहरुले त जेमा झोक चल्छ त्यसैलाई बाहुनवाद भन्ने गरेका छन् ।


अवस्था कतिसम्म हास्यास्पद भईसकेको छ भने जातीय संघीयतावाद खेमाकै एक जना प्राध्यापक र अर्को प्राध्यापकले दिएको बाहुनवाद को परिभाषा आपसमा मेल खाँदैन ।


तर त्यो भन्दा पनि comical अवस्था म के देख्छु भने, चाडै नै यो बाहुनवाद भन्ने शब्द derogatory शब्दको रुपमा व्याख्या हुने गरेर नयाँ सम्बिधान र कानुनहरु बन्दैछन् नेपालमा ।


त्यो कानून बनिसकेपछि जातीयतावादी प्राध्यापकहरुले बाहुनवाद शब्दावली प्रयोग गरेर लेखेका साहित्यहरु सार्वजनिक रद्धिको टोकरीमा पुग्नेछन् ।


ती रद्धि साहित्यहरुलाई बाहुनवाद शब्द कालो मसीले छोपेर नयाँ प्रतिलिपी निकाल्नेछन् कि नयाँ संसोधित संस्करणहरु निकाल्नेछन् भन्ने कुरा चाही हेर्न बाँकी कुरा हो । हेरम्, के गर्दा रहेछन् ?


 


Nepe


P.S. तथ्यांकको बारेमा पछि ल ।  


 
Posted on 08-13-09 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिकती अरुबाद को बिरोध गरेजस्तो देखियो कि र अलिकती बाहुन हरुलाई अरुले के के भन्दोरहेछ भनेर लेख्यो कि बाहुन नै हुन पर्छ र आनी रुद्री नै गर्न पर्छ?? यो कसतो सोचाइ ? म जात्पात न मान्ने  हुनाले मेरो जात छैन तर मेरो घरको 2०० फिट टाढा पश्चिम मा पोदे टोल  छ र ३०० फिट टाढा कसाइ टोल छ र कसाइ हरु मेरो मिल्ने साथी हुन।
बाहुन लाई जातिबदी भन्ने नेवार हरुले मधेसी लाई मनु मखु मर्स्य भन्दा उनिहरु सँग  माफि मग्न पर्दैन भन्या? त्यो पो कुरा त? अरु जाती ले बाहुन लाई जे भन्दा पनि जातिबदी नहुने अनी  बाहुन ले अरु लाई भन्दा जातिबदि हुने  हो कि? पो भन्या। रह्यो भाषा को कुरा अमेरिका मा जस्को भाषा लोप भएपनी ईंग्लिश भासि अमेरिकअन लाई दोश नजाने तर नेपाल मा कुनै भाषा अलिकती मार मा पर्‍यो कि बाहुन लाई र खस भाषा लाई दोश किन? सबै भाषा भासी ले अमेरिका मा बर्श को एक दुई दीन आफ्नो भाषा संस्क्रिति मनाय बाँकी ३६३ दीन अँगेर्जी भाषा मा बोल्दा आन्दोलन गर्या छैनन

धेरै भाषा भासि भएकोगरिब थौमा एउटा ल्यांगवेज लाई अफिसल गर्दा  सजिलो होला नि होइना? एसरी पोजेतिभ सोच्दा केही फरक पर्ला र? कि त्यसरी सोच्दा आन्दोलन नहुने र हामीलाई पनि बिकास गर्ने टाईम हुन्छ भनेर चिन्ता लाग्या?   
मधेसी ले अमेरिका मा धोती कुर्ता  लाएर पब्लिक मा जाने कती छ ? घर मा  त र ब्यक्तिगत काम मा त  नेपाल पनि जे लगाये पनि छुट छ होइन र ? धोती कुर्ता लाउने को जनसंख्या नेपाल मा भन्दा अमेरिका मा धेरै छ होइन र? अमेरिकामा हिन्दी भाषा र धोती कुर्ता लाई अफिसल status नचाहिने अनी नेपाल मा चै कती आन्दोलन  चक्का जाम ? कती economic loss? किन? यो प्रश्न गर्ने बित्तिकै म मधेस बीरोधिमा गनिने हो कि?

चाइनिज बोल्ने हरु अमेरिका मा कती छन? रेल बाटो बनाउन लाई चाइनिज अमेरिका मा आको  १५० बर्ष पुग्न लाग्यो चाइनिज हरुले अमेरिका  मा चाइनिज ल्यांगवेज को लागि अमेरिका बन्द किन नगर्या होला? ति चाइनिज हरु पक्कै तपाईं हरु भन्दा मुर्खै हुन पर्छ। अनी तिनिहरु को पहिचान पनि गुम्यो होला कि??
सुतेको मान्छे लाई बिउझौन  सकिन्छ तर सुतेको नाटक गर्ने लाई बिउझौन सकिन्न होइन र?

कती जिबन्त उदाहरण दिनु हिन्दी न हाम्रो भाषा हो न नेपाल मा धेरै हिन्दी भासि छन  तर हिन्दी भाषा ले नेपाल मा बिस्तारै बिस्तारै जरा जमौदै छ वास्तव मा हिन्दी त हाम्रो अघोसित राष्ट्र भाषा भै सक्यो। अझै  मान्छे हरुले  नेपाली लाई सिमित गर्न पर्‍यो भन्छन।  भाई फुटे गवांर  लुटे  भनेको  शायद  एही  हो  क्यारे। कि  नेपाली भाषा को बिरोध  नागरिकअन  आफ्नो भाषाको बिकास मा लग्न सकिन्न भन्या? तेस्तै खस संस्क्रिति को बिरोध नगरि आफ्नो संस्क्रिति को बिकास मा लग्न सकिन्छ नि। शब्द खेलौन जन्याछ भन्दै मा के के हो के के हो लेखेको।कुनै कुनै कम्युनिष्ट पार्टी को घोषणा पत्र हुन्छ नि बुझ्नै नसकिने हो तेस्ताइ।
हुन त सानो तिनो बिरोध जे को पनि हुन्छ तर नेपाल मा चै सानो तिनो बिरोध नै ठुलो बिरोध हुन लागि सक्यो भनेर यो लेखेको मात्र हो मैले।
अनी कतिपये कुरा त एती abstract हुन्छ कि खाली मन को भाडास पोखेको जस्तो मात्र।
बिरोध नगरि खाएको  पच्दैन भने कुरा भिन्दै हो नत्र भने नचिलाएको ठाउँ मा कौसो हालेर चिलौदा देस बिग्रेला।

 
Posted on 08-13-09 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kharibot,


At least you haven’t cared to deny that you are a racist – that definitely is a good start. It’s strange how you feel it’s important to assert that you are a brahmin when your caste is not even in issue. Read above: this is not about magars or bahuns; it’s about cherishing diversity whilst eschewing bahunist tendencies. But for an utter ignoramus like you that revels in making such crass statements about other people who are different, in this case magars, the difference between being a bahunist and bahun is undoubtedly just too much to grasp. Those statements, with your underlying racism and sense of “I am entitled to look down on others because of I was born superior”, may be put down to your poor education, but they nonetheless help to define what you are – the unrepentant bahunist. Still, there is one good thing in all this: you are continuing to take advantage of these free practice sessions – seriously dude, no offense, but your “Inglis” is really embarrassing. Now try again.


 
Posted on 08-13-09 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe jee,


Kasto achi kura garunbhaeko – chi chi: Kharibot ley margar haru ko testo bathwai garda chahi uha tapai ko arya khas mitra, tara bahunbad mathi prasna uttahune haru chahi racist? Haina, tapai lai bhasan chodna ta nahauneyta kurai behena tara nihaley herda shaaid bashan ghari tyo tapai ko phantom statistic jastai hoki – kuni?


 
Posted on 08-13-09 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

damn ya'all,


what we need is a strong govt. and strong manpower to develop Nepal. and if you are here to earn education, then make the most out of it and do smth for your country not squabble in sajha.


magars make 7 % of the total pop and are the most backward community but very honest and very hospitable. plus they make bulk of indian gurkha regiment and british army.


so, magar dai, use ur education to uplift the livelihood of ur community not to argue with a guy whose english is not good. think, u may one educated magar in few lakhs of magars. chiao. 


 
Posted on 08-13-09 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timi Mero Sathi,


Yours is one of the better contributions I have seen on Sajha. But no matter how sober your assessment and no matter how skilfully you have prodded all of us to think these things through, don’t you think all this is near 15  years too late – honestly? Thanks anyway.


 
Posted on 08-13-09 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Snowfed River,


I respect what you have said. We all need to do good by all Nepalis and without exceptions. I tend to think we do this by respecting diversity and eschewing bahunist tendencies. We can disagree on the definitions, but I think you know where I am coming from. Thanks.


 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters