[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 वाह ! मन्त्री ज्यु वाह !

[Please view other pages to see the rest of the postings. Total posts: 67]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 34739 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 06-19-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

He is our hon. state minister for energy Mr. Chandra Singh Bhattarai


What an appealing attire ! Wow !


I wonder what does he wanna show? simplicity? or what?


I personally DO NOT like this ! not at all



 




अलमल

 
Posted on 06-19-09 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुजाताको नेतृत्वलाई स्वीकारी सके पछि ईमान्दार भन्दा पनि बफादार पो देखें त मैले ! भरे पार्टी चलाउन परो - पैसा लिएर आईज भने पछि के गर्छन् ? समयले बताउला ! हामी उनको पिछा गर्दै जाम् र हेरम् !
 
Posted on 06-19-09 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

you moozi YCl haru ko eautai nara chha


nagarik sarwochatta ra sujata koirala


terrorist harule desh lutda kehi bhayena, aafno point strong banauna khali sujata


 
Posted on 06-20-09 1:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिश,

मैले तेरो पोष्टहरु लगातार हेरेको छु र तेरो काम सुजाताको पछि कुकुरले झैँ सुँघ्दै हिँडेर उसका सु वा दूर्गन्धहरूको बखान गर्नु हो । किनभने रामहरि हत्या वा प्रचण्ड थैवको हत्यामा देस बलिरहँदा पनि तेरो दृष्टि कुन कामग्रेसीले के खायो वा खाएन भनेर खोजी गर्दै बितेको थियो ।  सुजाताले यो र त्यो गरि भनेर नेपाली कम्युनिष्ट छापाबाट कपि गर्दै पेष्ट गर्ने तेरो जागिर आज अर्को कांग्रेसीले गतिलो कपडा लगाएन भनेर आलोचना गर्ने बहादुरीमा रुपान्तर भएको देख्दा के भन्न मन लाग्यो भने तेरो जागिर चाहे तिनले राम्रो वा नराम्रो जे गरुन  कांग्रेसी नामका मान्छेहरूको आलोचना गर्नका लागि नै दिइएको हो । 

चन्द्रसिंहको पहिरनले कमसेकम देशलाई कुनै घाटा पुर्‍याएको छैन । मन्त्री बनाइदिएका छन् उनले अब केही दिनमा दौरा शुरूवाल किनेर लाउलान्। कांग्रेसमा यस्ता धेरै मान्छे छन् जो साँच्चै  इमान्दारीताको समाजवादी आवरनको आदर्शमा बाँचेका छन् र यस्ता आदर्शवादी जोगीहरू जसले समाजवादको आदर्श बाँचेका छन् तिनको संख्या सर्वहाराको नारामा भ्रष्ट बनेर गन्हाएर सडे गलेका कम्युनिष्टहरूको तुलनामा त्यहीँ बढी छ । हो कांग्रेसी डफ्फा भित्र भ्रष्टहरू पनि प्रशस्त छन् र ती भ्रष्टहरू कम्यनिष्ट समानताको नशा खाएर देशलाई मजाले लुट्ने हरूमा झन बढी छन् । नेपालको बिडम्बना के हो भने , कम्युनिष्ट बनेर एन जी ओ को खेति गरेर ९०% भन्दा बढी डलरको बाली फलाउनेदेखि सरकारमा बसेका बेला पार्टीको नाममा संयुक्त लुट मचाएर बडेमानका गौँथली महल ठड्याउनेदेखि लिएर शहिदपुत्रको कोटामा आफ्ना छोरालाई डाक्टरी छात्रवृत्तिमा लूट मच्चाउने बामदेवहरूको कथा सँधै लुकिरहन्छ । धेरै छन् यी कथाहरू चाहिए सम्पर्क गर्नु ।  अब चन्द्रसिंहका बारेमा :

- के जनतमारा युद्दमा जिन्स लगाउने र कपाल काट्ने केटीलाई शिर मुण्डन गराइ सजाय दिलाउने आतंककारी कम्युनिष्टहरू आँफै सरकारमा पुगेर जिन्स र ब्वाइज कटमा सपथ लिने हिसिला र पम्फाको कर्तूत भन्दा  चन्द्रसिंहको पहिरनले मुलुकलाई घाटा दियो ?

 - को हो भ्रष्ट ? मुलुकको खरबौँ लूट्ने खरबौँको संरचना उडाउने माओवादी ? करोडौँ  खाने खुमे , बामे, गोबिन्दे, वाग्ले वा   अरबौँ बिना कागज प्रमाण सरकारी ढुकुटीबाट लगी छापामारलाई बाँड्ने नाममा रिसोर्टमा सयल गर्ने प्रचन्डे ? कति हो माओवादीले हिजोदेखि आजसम्म लूटेको रकम र कहाँ छ त्यस्को उपयोगको रेकर्ड ? कस्तो लूटलाई भ्रष्टाचार भन्ने हो ? कांग्रेसीको लूट् भ्रष्टाचार अनि कम्युनिष्टरूपी ब्वावसको चाला ओढेपछि लूट् नै क्रान्ति हुने हो कि कसो ? कस्तो लुटपरस्त मानसिकता यो ? अहिले माओवादी , वाइसिएल र छापमारले मुलुकभरि चलाएको लूट क्रान्ति, लुट ठेक्का, लूट क्यासिनो, लूट जग्गा कारोबार, लुट हप्ता असूलि , ई सब कुन कोटीका क्रान्ति हुन बताउँथिस् कि ? 

मेरो बिचारमा यी सबै लूट र भ्रष्टाचार नै हुन । तर तेरो  आँखामा सुजाताले गर्ने भ्रष्टाचार हुन्छ र प्रचण्डेको डफ्फाले गर्ने कुरा क्रान्तिकारिता । 

मान्छेको पहिरन सबै कुरा हैन तर त्यो पहिलो इम्प्रेसन् हो । नेपाली मन्त्री दौरा शुरुवालमा हिँडून र भ्रष्टाचार बिरुद्द कडा होऊन तर दावा एउटा र व्यवहार हर्को गरेर जनता नढाँटून । सर्वहाराको नेता  बनेर बिलाशी जीवन बिताउनेहरू र अरबौँ कुम्ल्याएर हाम्रो निजि सम्पत्ति केही छैन भन्नेहरू बढि खतरनाक छन् किनभने यिनको नियत बैमान छ । तर सादगी जीवन बिताउनेबाट कसैलाई केहि घाटा छैन । नेपालमा कछाड बाँधेर चप्पल पड्काउँदै बाटोमा पैदल हिँड्न सक्ने क्रान्तिकारी मन्त्रिको खाँचो छ , लूटको राजमा क्रान्तिकारिताको ज्यानमारा उद्योगका सञ्चालकहरूको हैन 

 
Posted on 06-20-09 5:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la yo chahi YCL khate haru lai. (recognize yourself)


You have the habit of copying from nepali papers and pasting in sajha. i have done the same with bigger fonts from one post above


ढुकुटी क–कसले पाएछन्:  

माओवादीको सरकारले राज्यको ढुकुटीलाई कसरी व्यक्ति–व्यक्तिमा बाँडेछ भन्ने
केही नमुना। यी नमुनामा दुई लाखभन्दा कम रकम उल्लेख भएको छैन। यसरी रकम
बाँडिएकामध्ये व्यक्ति र संस्था गरी हजारभन्दा बढीको संख्या पुग्छ।
तीमध्येबाट केही यहाँ प्रस्तुत गरिएको हो।  
  माओवादी नेता कृष्णप्रसाद दाहाल निर्णय नं. १११ .... .. ५ लाख।  
  प्रजातान्त्रिक राष्ट्रिय युवा संघ– ५ लाख  
  माओवादी सांसद् राजकुमार नाल्वा लिम्बु ५ लाख  
  नेपाल जनप्रशासन संघ २ लाख  
  सीता आचार्य (अधिकारी) २ लाख  
  तराई सांस्कृतिक प्रतिष्ठान, छठ मनाउन १ लाख ५० हजार  
  सुरेन्द्र सापकोटाकी छोरी शीला सापकोटा २ लाख  
  नेकपा माओवादीका नेता ओमप्रकाश के.सी. ७ लाख  
  तमु छोजोपी केन्द्रीय समिति ५ लाख  
  जनजाति संघ मगर समन्वय समिति ३ लाख  
  दोलखाका कष्णप्रसाद दाहाल निर्णय नं. १२०, ५ लाख  
  दाङका सूर्यबहादुर श्रेष्ठ निर्णय नंं. १२० ३ लाख नवलपरासीका विन्दु शाही ५ लाख  
  पूर्व सांसद सोमप्राद पाण्डे ६ लाख ७० हजार  
  पकली झरना सेवा समिति २ लाख  
  हर्कसिंह धामी दार्चुला ३ लाख ३० हजार  
  नेपाल भाषा मंकाखल ३ लाख  
  सितानन्द राय ३ लाख  
  सभासद राजकुमार नाल्वा आठ लाख  
  सम्पादक समाज दुई लाख  
  श्रीमती गोमा कुवर जुम्ला १ लाख ७५ हजार  
  माघी महोत्सव आयोजना समिति दुई लाख  
  नेपालबार एशोसिएसन ६ लाख  
  संविधानसभा सदस्य महेन्द्र पासवान ५ लाख  
  संविधानसभा सदस्य जयपुरी घर्ती दुई लाख  
  जयलाल चापागाई ५ लाख  
  हरिशिद्धि जात्रा ५ लाख  
  तेज प्रकाश रिजाल पाँचथर ४ लाख  
  झापाका बुद्धिप्रकाश निरौलासमेत १४ लाख  
  रमेश विक बारा ४ लाख  
  मा. कलावती पासवान ७ लाख  
  विष्णुप्रसाद पौडेलसमेत ११ लाख ५० हजार  
  नेपाल गणतान्त्रिक खेलकुद महासंघ २५ लाख  
  लक्ष्मीप्रसाद शतवार्षिकी समारोह १० लाख  
  संघीय लिम्बुवान राज्यपरिषद् १ करोड ८७ लाख  
  संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा ८ लाख ५ हजार  
  बेपत्ता नागरिक परिवार समाज ३ लाख  
  गोर्खा निवासी लिला बस्नेतको छोराछोरी १२ लाख  
  जनक्रान्ति घाइते तथा अपाङ्ग महासंघ ३ लाख  
  नेपाल साहित्यकार कलाकार टोली अभियान १५ लाख  
  नेपाल तराई संघ २ लाख  


 


 
Posted on 06-20-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish dai, Sumedhuko baulai testo bhanne ho ta? Tapai ni!


Sumedhu, timro baulai ali gatilo luga layera katai utghaatan garna janu bhannu ni hai


Kura gare kurai ko dukha, Bhutra jasto!


 
Posted on 06-20-09 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जस्ले जे सुकै भनुन, मलाई त तिनी कलाकार सन्तोष पन्तको दाई जस्तो लाग्यो, कि कसो ?

 
Posted on 06-20-09 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sumedhu,


                  यो पब्लिक फोरुम हो, शिरिश लाई , रित्थे लाई , राहुल भाई लाई अनी हिमालय लाई भन्न मन लगेको कूरा लेख्नु स्वभबिकै हो, र त जस्तो सुजता जस्तो लाई support गर्नी मान्छे नेपाली कांग्रेस लाई चैएको पनि छैन होला, गिरिज बाबु भाईन्जेल तेस्को राजनीति हुन्छ, जून दिन गिरिजा को स्वर्गबास् हुन्छ त्यो दिन देखी सुजता को पोलिटिक्स को पनि आन्त हुन्छ , त्यो पनि याद गर, त्यो मात्र हैन शायद आज राम चन्द्र पौडेल ले जित्नु भन्नु नै सुजता को खेदो खन्नु हो , त्यो शायद देउबा लाई थाहा भयो , सुजता लाई थाहा भयो , गिरिजा बाबु लाई थाहा भयो अनी तलाई पनि थाहा भयो होला, तेत्ती ज्ञान भएस


 
Posted on 06-21-09 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't think any wrong in his attire? It is far better than the so called communists hypocrites who are in turn sucking the blood of common people in the name of people supremacy.
No,matter how's the  attire of a person is he can prove his worthiness by his deeds not by his clothes.

 
Posted on 06-21-09 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 21-Jun-09 09:46 AM

 
Posted on 06-21-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

grow up people. May be it was casual Friday.

 
Posted on 06-21-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुमेधु जी


म तपाईको हरेक हरफको जबाफ दिने कोशिस गर्ने छु !


तपाईले लेख्नु भयो -


मैले तेरो पोष्टहरु लगातार हेरेको छु र तेरो काम सुजाताको पछि कुकुरले झैँ सुँघ्दै हिँडेर उसका सु वा दूर्गन्धहरूको बखान गर्नु हो । किनभने रामहरि हत्या वा प्रचण्ड थैवको हत्यामा देस बलिरहँदा पनि तेरो दृष्टि कुन कामग्रेसीले के खायो वा खाएन भनेर खोजी गर्दै बितेको थियो ।  सुजाताले यो र त्यो गरि भनेर नेपाली कम्युनिष्ट छापाबाट कपि गर्दै पेष्ट गर्ने तेरो जागिर आज अर्को कांग्रेसीले गतिलो कपडा लगाएन भनेर आलोचना गर्ने बहादुरीमा रुपान्तर भएको देख्दा के भन्न मन लाग्यो भने तेरो जागिर चाहे तिनले राम्रो वा नराम्रो जे गरुन  कांग्रेसी नामका मान्छेहरूको आलोचना गर्नका लागि नै दिइएको हो ।


 मेरो जबाफ -


मैले यो साझा मार्फत् तपाईको ध्यान आकर्षण गर्ने सकेकोमा खुशी ब्यक्त गर्दछु !


मेरो मात्र होईन माऔबादि बाहेकको बिचारमा उनीहरुको दाउ तरीका सबै खराब छन् र कमेण्ट गर्न लायकका पनि छैनन् ! ति सोझिन सक्दैनन् र राजनैतिक रुपले उनीहरुको अस्तित्ब प्राय: समाप्त भईसकेको छ !  मेरो पोष्ट लगातार हेर्नु भएकोमा धन्यबाद ! मेरो पोष्ट कुनै कपोकल्पित पोष्ट होईन - सबैजसो छापा र electronic media बाट प्राप्त सामग्री हुन् !


त्यत्रो गर्दा पनि तपाईले ति कुरा सहि होईनन्  भनेर भन्न सक्नु भएन ! तपाईले यि development हरुलाई पोजेतिभले लिन नसक्नु भएको भए अन्य केहिले जस्तै बिरोध गर्न सक्नु पर्थ्यो ! तर तपाईले गर्नु भएन !!!


सुजाता public figure भई सकिन् - जो सुकै पब्लिक फिगरले के खाए? के लाए? कुन पार्टीमा गए ? को को भेटेब्यक्तिगत जीबनमा के गरे?  भन्ने जन चासो हुन्छ नै ! उदाहरण हेर्नु हुन्छ भने ओबामा हेर्नुस्, मिचेल ओबामा हेर्नुस्, कार्ला ब्रुनि, बिल क्लिन्टन  ईत्यादी ईत्यादी ! अझ नेकाबाट प्रधान मन्त्री बन्न सक्ने संभाबना बोकेकी हुन् -सुजाता ! किन follow नगर्ने ?


म कुनै राजनैतिक पार्टीसंग संलग्न छैन ! तर पनि मलाई लाग्छ नेपालको भबिष्य नेकामा निहित छ ! कम्युनिष्ट भन्नेहरु नामका मात्र कम्युनिष्ट हुन् ! अर्को चुनाबमा ने का को बहुमत सरकार बन्ने निश्चित प्राय: छ भने यि  ओरालो लागेको कसरी हेर्ने ?


माफ गर्नु होला - कान्तिपुर, हिमाल, रिपक्लिकालाई कम्युनिष्ट छापा भन्नु भए  मेरो भन्नु केहि छैन ! म अरु खासै consume गर्दिन !


आलोचनाको हकमा तपाईले मलाई गाली गर्नु भन्दा बरु प्रतिकार गर्नु भए बेस हुन्थ्यो !! अझै समय छ आउनु होस् स्वस्थ्य discussion को सुरुबात् गरौ !


 


 


 
Posted on 06-21-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चन्द्रसिंहको पहिरनले कमसेकम देशलाई कुनै घाटा पुर्‍याएको छैन ।


पुर्याएको छैन तर पुर्याउने संभाबना नभएका भने होईनन् ! मन्त्री हुनु भनेको निती निर्णयहरु effective रुपमा लागु गर्नु छ (यदि छ भने) र ब्यक्तित्व (personality) को जरुरत पर्दछ ! innate personality बाहेक looks ले दिने ब्यक्तित्व पहिरणले जनाउंछ ! बेलायतमा हेर्नुस् Gordon Brown को कत्रो आलोचना भएको थियो Tony   Blair सित compare गरेर ! ओबामाकै केसमा हेर्नुस् न उनले अमेरिकी पिन लाएनन् भनेर अराष्ट्रिय भन्न समेत पछि परेनन् !


 


मन्त्री बनाइदिएका छन् उनले अब केही दिनमा दौरा शुरूवाल किनेर लाउलान्।


 


मन्त्री बनाई दिएका छन् भनेर भट्टराई जीको खुबीको अबमूल्यन गर्न खोज्नु भएको ? कृपा नै गरिएको हो त !


उनको political asset छैन र ? तपाई आफै भन्नु हुन्छ उनी सच्चा र ईमान्दार छन् !


 


कांग्रेसमा यस्ता धेरै मान्छे छन् जो साँच्चै  इमान्दारीताको समाजवादी आवरनको आदर्शमा बाँचेका छन् र यस्ता आदर्शवादी जोगीहरू जसले समाजवादको आदर्श बाँचेका छन् तिनको संख्या सर्वहाराको नारामा भ्रष्ट बनेर गन्हाएर सडे गलेका कम्युनिष्टहरूको तुलनामा त्यहीँ बढी छ ।


मान्दछु तपाई भनाई !


 


हो कांग्रेसी डफ्फा भित्र भ्रष्टहरू पनि प्रशस्त छन् र ती भ्रष्टहरू कम्यनिष्ट समानताको नशा खाएर देशलाई मजाले लुट्ने हरूमा झन बढी छन् । नेपालको बिडम्बना के हो भने , कम्युनिष्ट बनेर एन जी ओ को खेति गरेर ९०% भन्दा बढी डलरको बाली फलाउनेदेखि सरकारमा बसेका बेला पार्टीको नाममा संयुक्त लुट मचाएर बडेमानका गौँथली महल ठड्याउनेदेखि लिएर शहिदपुत्रको कोटामा आफ्ना छोरालाई डाक्टरी छात्रवृत्तिमा लूट मच्चाउने बामदेवहरूको कथा सँधै लुकिरहन्छ । धेरै छन् यी कथाहरू चाहिए सम्पर्क गर्नु ।  


 


मान्दछु मैले भनि हालें नि ! कम्युनिज्म नारा मात्र हो भनेर ! सार्थक भए संसारैबाट कोन लोप हुन थाल्थ्यो कम्युनिज्म !!

 

नेपालीको दुर्भाग्य: 


कम्युनिज्मको बारेमा यति कुरा हुंदा हुदै पनि कमरेड माधब कुमार नेपाललाई नेपालको प्रधानमन्त्री बनाउने डिजाईन कस्को ? प्रस्ताबक को ? नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईराला ! मेरो अरु भन्नु छैन !!

Last edited: 21-Jun-09 09:44 AM

 
Posted on 06-21-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

     को हो भ्रष्ट ?


-           


-          नेपाल मात्र होईन कुनै पनि मुलुकमा राजनिति गर्न पैसाको जरुरत पर्दछ ! भोली चुनाबकोलागी, कार्यकर्ता पाल्न ईति ईत्यादीकोलागी पैसा राजनितिक पार्टीहरुले कहांबाट ल्याउने ? खुम बहादुर, गोबिन्द बाग्ले जति भन्दा ने का पार्टीलाई अरु कस्ले पैसा दिन सक्या छ? बाम देबलाई कम्युनिष्टहरुले तेतिकै मन्त्री बनाएका हुन् र ? हो तेहि पार्टीलाई पैसा ल्याउछन् भनेर !!


-           


-          कुनै  मुलुकको खरबौँ लूट्ने खरबौँको संरचना उडाउने माओवादी ? करोडौँ  खाने खुमे , बामे, गोबिन्दे, वाग्ले वा   अरबौँ बिना कागज प्रमाण सरकारी ढुकुटीबाट लगी छापामारलाई बाँड्ने नाममा रिसोर्टमा सयल गर्ने प्रचन्डे ? कति हो माओवादीले हिजोदेखि आजसम्म लूटेको रकम र कहाँ छ त्यस्को उपयोगको रेकर्ड ? कस्तो लूटलाई भ्रष्टाचार भन्ने हो ?


 


-          कांग्रेसीको लूट् भ्रष्टाचार अनि कम्युनिष्टरूपी ब्वावसको चाला ओढेपछि लूट् नै क्रान्ति हुने हो कि कसो ? कस्तो लुटपरस्त मानसिकता यो ? अहिले माओवादी , वाइसिएल र छापमारले मुलुकभरि चलाएको लूट क्रान्ति, लुट ठेक्का, लूट क्यासिनो, लूट जग्गा कारोबार, लुट हप्ता असूलि , ई सब कुन कोटीका क्रान्ति हुन बताउँथिस् कि


 


कांग्रेसीले पनि लुट्छन् भन्ने कुरा कमसेकम मान्नु भयो ! मैले भनि हाले नि पार्टी चलाउन सबले भ्रष्टाचार गर्छन् ! माओबादीको हकमा जुन छापामा आए त्यो iceberg को टुप्पा मात्र होला ! तपाईले भने जस्तै करोडौ खाने खुमे, बामे, गोबिन्दे वाग्ले भन्दा अरबौ लुट्ने प्रचण्डे खराब यहि हो नेपालीको भाग्य नेकाले नि लुट्यो कम्युनिष्टले नि लुट्यो ! अझ नेपाली कांग्रेसको त खाता नै छैन भन्ने पो सुन्छु म त ! हो सुमेधु जी ?


 


मेरो बिचारमा यी सबै लूट र भ्रष्टाचार नै हुन । तर तेरो  आँखामा सुजाताले गर्ने भ्रष्टाचार हुन्छ र प्रचण्डेको डफ्फाले गर्ने कुरा क्रान्तिकारिता ।


 


मैले प्रचण्डको कुरा गरेकै छैन ! सुजातालाई सफाया दिने र राम्रो देखाउने क्रममा तपाई आक्रामक बन्नु भएको हो ! स्याउ र सुन्तला compare गर्न मिल्दैन ! नेकाले आफूलाई माओबादीसंग तुलना गरेर आफूलाई उनीहरुको स्तरमा झार्रनु ऊचित हुंदैन !!


 


जबाफको प्रतिक्षामा !

Last edited: 21-Jun-09 10:37 AM

 
Posted on 06-21-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I like this quote


Great minds talk about ideas, average minds talk about events, small minds talk about people


 
Posted on 06-21-09 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिशदाई,
धन्य हुनुहुन्छ, सुमेधु ज्युलाई तपाईंको जवाफ ले सभ्यता र असभ्यता को अन्तर मानिस को लेखाइ बाटै थाहा पाईन्छ भन्ने कुरा सार्थक भयो।
आशा छ मन्दबुद्धी सुमेधुज्यु ले तपाईं को उत्तर बाट केही ज्ञान पाउन सफल हुनुहुन्छ होला, नत्र वहाँको YCL बुद्धी कहिले सम्म टिक्ने हो।

 
Posted on 06-21-09 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>Great minds talk about ideas, average minds talk about events, small minds talk about people<<<



DO NOT forget ideas are always derived and events are always organized
by the people. However I didn't originate this thread in order to
comment  neither Mr. Bhattarai's conduct nor his parties. I wouldn't
absolutely sit back and watch if any other minister from other parties
would have appeared with the same get up as Mr. Bhattarai did.



As 'Namaskar' already mentioned above
This is not the image I would like to see and introduce our leaders  to the outside world.



 
Posted on 06-21-09 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish, nice response, liked it.

Last edited: 21-Jun-09 09:00 PM

 
Posted on 06-23-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राज्यमन्त्री भट्टराईमाथि माओवादी आक्रमण

माओवादी कार्यकर्ताहरुले टिकापुर नगरपरिषद उदघाटन कार्यक्रम ढुङ्गामुढा गरी बिथोलेका छन् ।



कैलाली जिल्लाको टिकापुर नगरपरिषद उदघाटन गर्न पुगेको उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईमाथि माओवादी कार्यकर्ताहरुले आक्रमण गरी उनी चढेको मोटरमा क्षति पुर्‍याएका छन् । असार ९ गते परिषद उद्घाटन कार्यक्रम सुरु हुनैलाग्दा करिब २५० माओवादी कार्यकर्ताहरुले प्रधानसेनापति प्रकरणमा राष्ट्रपति डा. रामवरण यादवले चालेको कदमको बिरोधमा नाराबाजी गर्दै लाठीले आक्रमण थालेपछि झडप सुरु भएको थियो । प्रहरी र माओवादी कार्यकर्ताबीच भएको झडमा डेढ दर्जन माओवादी कार्यकर्ता र आधा दर्जन प्रहरी घाईते भएको टिकापुरबाट पत्रकार पूर्ण थापाले बताए । राज्यमन्त्री टिकापुरबाट फर्कन लाग्दा माओवादी कार्यकर्ताहरुले प्रहार गरेको ढुङ्गाले राज्यमन्त्री चढेको मोटरको सिसा फुटेको छ ।


 सूचना:  यो समाचार/ लेख/ अन्तर्वार्ता प्रशारण वा प्रकाशन गर्दा हिमालखबर डट कमलाई उदृत गर्न अनुरोध छ

 
Posted on 06-23-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भन्दा दु:खदायी अरु के हुन सक्ला र?
देशको रक्षक भनौदा प्रहरीहरु पनि मुख हेरेर बस्न बाहेक केही गर्न सकेनन !
कस्तो मानवता नभएकाहरु !


 


 


नागरिक सर्वोच्चताः एकीकृत माओवादीको जुलुसले सिंहदरबार क्षेत्रमा बाटो बन्द गरेका कारण सवारीसाधन नपाएपछि खुट्टा भाँचिएको छोरालाई बोकेर अस्पतालबाट घरतर्फलाग्दै गरेका पिता।


Courtesy: www.newsofnepal.com




 
Posted on 06-23-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेले राखेको यो फोटो हेरेर सार्है मन कटक्क भो, थुईक्क पाजी भतुवा क्रान्तिकारी भनाउँदा हो, मर्न नसक्या पिसाचहरु साला, देश बन्द गरेर के पाउँछौ एह घण्टाहरु। हेर बिचरा छोरा-बुवाको गती, केको लागि नागरिक सर्वोच्चता, जनतालाई दु:ख देर।
 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters