[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 असारे फूल र एक जोडी आँखा।

[Please view other pages to see the rest of the postings. Total posts: 176]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

crazy
[VIEWED 89977 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 04-28-09 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिँड्दा हिँड्दै उसलाइ सधै हिडेको यो बाटो आज सार्है रमाइलो लाग्छ। बाटो वरपरका रुखहरुमा रातो रातो पातहरु पलाउदै छन्। हरियो रुखको बिच बिचमा रातो पात हरु लुकामारी खेल्दै छन् जस्तो भान हुन्छ। कति नरम अनि कलिला पातहरु। कति सुन्दर रङ, नेहा पालुवा हेर्दै मुग्ध हुन्छे। कस्ले भर्छ यति सुन्दर रङ्हरु बोटबिरुवामा। उस्लाइ अचम्म लाग्छ, एक फेरि निलो आकाशमा एक नजर पुर्याउँछे अनि  मुस्काँउछे उ। सारा आकाश उसैलाइ हेरेर मुस्काए जस्तो, एक टुक्रा बादल छैन त्यहाँ उस्लाइ  लुकि लुकि जिस्काउने।  सर्‍सर चिसो बतासले एकचोटि नेहाको कोमल अनुहारललाइ हलुका स्पर्श गरेपछि उ आफुलाइ ताजा महसुस गर्छे। मानौं यो मात्र बतासको उपहार होइन, यो उसले पठाएको माया हो। धत्! पागल केटी! आफैसङ कुरा गर्छे उ। उस्को छेउमा गुलाबी फूलहरु फुलेका छन्, ती फुलहरु असारमा फूल्ने असारे फुल झैँ देखिन्छन्। नेहालाइ फूलको नाम त्यति आँउदैन तर असारे फूलसङ उस्को आफ्नै सम्बन्ध छ, कहिले नटुट्ने खालको। उ नजिकै गएर फूललाइ निहार्छे, उसलाइ झन् झन् सुन्दर लाग्छ। त्यही फूलको गुलाबी रङ चोरेर लाँउ जस्तो, फूलकै जामा लगाँउ जस्तो। कहिलेकहि उसलाइ यस्तै लाग्छ, फूल हुन मन लाग्छ, पात हुन मन लाग्छ, अनि चिसो बतास हुन मन लाग्छ।


अहिले के महिना होला नेपालमा? उ मनमनै सोच्छे। तर अड्कल लाउन सक्दिन। महिना जे भए पनि उसको मनमा बसन्त छाएको छ, उसलाइ हर बस्तु सुन्दर लाग्छ। रुखबाट झरेको पातलाइ पनि मायाले सुम्सुम्याँउछे। उसलाइ हरेक कुराको माया लाग्छ। मानौं उ भित्र मायाको ठुलो ज्वालामुखी फुट्दैछ, र उ त्यो लावालाइ प्रेमको रुप दिदैंछे। उसलाइ अचम्म लाग्छ, उसको मन कहाँ कहाँ उडिरन्छ अचेल। उसलाइ आफुवरिपरि के भाको होश हुँदैन। बिनाकारण मुस्काउन मन लाग्छ, सुमधुर गीत गुनगुनाउन मन लाग्छ। उसलाइ यस्तो लाग्छ, उ नशामा  डुबे जस्तो लाग्छ। उसलाइ रात, दिन, अध्याँरो उज्यालो केहिको मतलब छैन। हर क्षण उ असारे फुल हाँसिरहेको देख्छे।


"तिम्रो गाला किन यस्तो गुलाबी हँ?" अफिस पुग्ना साथै उसकी मिल्ने साथी साराले उसको रुमानी मौसम भत्काउन खोज्छे।


"गर्मीले तातिएको होला नि।" नेहालाइ कसैसङ कुरा गर्न मन लाग्दैन।


"हैन, तिम्रो गाला गर्मीले होइन अरु कुनै कारणले तातिएको जस्तो देखिन्छ।" सारालाइ झन् जिस्किनु पर्छ जहिले पनि।


"के कारण?" आफ्नो अनुहारलाइ एकचोटि लिप्स्टिक राख्ने बट्टाको ऐनामा हेर्दै सोध्छे उ।


"तिमी प्रेममा छौ। प्रेममा यस्तै गरी फक्रिन्छन् बासन्ती फूलहरु अनुहारमा। त्यसैले तिमी उज्याली देखिएकी छौ। भर्खरै नुहाएर आएकी परी जस्ती।" सारा जोडसङ हाँस्छे। वरिपरिका क्याबिनमा काम गरिरहेका कर्मचारीहरुको नजर उनिहरु दुइमा केन्द्रित हुन्छन्। नजरहरु मध्यको एक जोडी आँखा नेहाको आँखामा जुध्न पुग्छन्, अनायासै नेहाको अनुहार गुलाबीबाट रङ रातो हुन्छ। नेहा ती आँखाबाट आफ्नो आँखा हटाउन सक्दिन, जवाफमा एउटा मिठो मुस्कान आँउछ। उ झन् एकोहोरो हेर्न थाल्छे ती एक जोडी आँखालाइ।


"उस्तै हेराइ! उस्तै मुहार! उस्तै मुस्कान!दुरुस्तै उस्तै।" सानो स्वरमा आफ्नो आस्चर्यलाइ लुकाउन खोज्छे उ।


"उसलाइ चिन्छौ?" सारा प्रश्न गर्छे।


"अहँ, चिन्दिन त।" नेहा अनभिज्ञ देखिन्छे।


"तिम्रो आँखाले त्यस्तो भन्दैन।" सारा नेहालाइ बिस्वास गर्छे तर उसको अनुहारको भाव बिल्कुल अर्कै देखिन्छ।


"साँच्चै उ को हो?" नेहा उल्टै सारालाइ सोध्छे।


"मलाइ के थाहा? मुस्कान त उसले तिमीसङै साटेको हो नि।" सारालाइ लाग्छ नेहा साँचो कुरा लुकाँउदैछे।


"तर उ "उ" जस्तै लाग्छ मलाइ।" नेहा प्रस्ट भन्छे।


"को उ?" सारा छक्क पर्छे।


"मेरो एउटा साथी!" भन्दै नेहा कम्प्युटरमा ब्यस्त देखिने प्रयाश गर्छे।


सारा ट्वाल्ल परेर नेहालाइ एक्छिनसम्म हेरि रहन्छे।


क्रमश:


 


 



 

Last edited: 28-Apr-09 08:10 PM

 
Posted on 05-05-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दरो छ दरो थप्दै जाम बरु अली लामो लेखुम न यो बर्षौ पछीको मिलाप आफ्नै कथा दोहरिन लाग्यो कि झै लाग्यो । त्यो बर्षौ पछीको भेट पेटका आन्द्राहरु नै बाटरिने उस्लाई यती पछी देखेर, उसको मुहार फेरिए पनि ति अतितका कोमल्ता लाई खोज्न मन लाग्ने, उसको त्यही पहिलेको मन पर्ने परफिउमको सुगन्ध । लौ न मलाई नै अतित को याद आयो
 
Posted on 05-06-09 2:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ज्यु,


प्रतिकृयाको लागि धन्यवाद।


कथाको तेस्रो भाग पनि पढें। एकदम राम्रो छ। कथाको टेस्ट लीई रहदा कथाले बिस्राम लिएको पनि थाहा भएन।
छोटो भएपनि प्रत्येक् हप्ता वा हप्ताको २ भागहरु राख्नु भए कथा पढ्नलाई भोकाएका पाठकहरुको भोक मेटिन्थ्योकी? भन्ने मेरो जिज्ञासा हो।
कथा लेख्नलाई समय पनि हुनु पर्‍यो। जबकी डाडु पन्यु नै लेखकको हातमा छ भने भोकाएर पनि के गर्नु?


कालेदाइ 


 
Posted on 05-06-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

arko lamo bhagko parkhaima ma pani chhu hai.
 
Posted on 05-06-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे हराको छैन क्रेजी जस्ट हाइबरनेटिंग ।।।।
थोरै भो ढिलो भो भनेर भन्नु पर्ने भो बरु तिमीलाई चाहिँ
रमाइलो छ कथा दुइ चार कुरा छन के रे फुर्सदमा गनगन गर्नु छ ।।।।।।।।।


 
Posted on 05-06-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी माने है माने
कल्पिन कत्तिको जानेको हो, कत्तिखेर आउने हो एस्ता कुरा हरु दिमाग मा,पक्कै पनि सुत्दा होला हैन अनी जराय्क्क उठेर टाइप गर्न बसी हाल्ने हो ?
हरेक डाइलग अनी मोनोलग उत्तिकै रोचक छ्


<<"--------------------------" नेहा निशब्द भइ।>>रमाइलो लाग्यो -------- निशब्द को प्रस्तुती


अर्को भाग चै अलिक लामो है अनी शुक्रबार नकुरौ है एस्पाली।  


 
Posted on 05-06-09 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुलाई मन पर्‍यो भनेर हेरी रह्यो ,कि ओइलाएर झर्छ कि कसैले टिपेर लान्छ त्यही भएर फुल चाँही मन पर्दैन तर फुल को कथा चाँही पढ्दै छु है क्रेजी
http://www.sajha.com/sajha/chat/smileys/m-biggrin.gif
 
Posted on 05-07-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-४


"तिमी कुरामा मात्र होइन, हसाँउने कलामा पनि पोख्त रहेछौ। कसरी सिक्यौ यी कलाहरु?" नेहाले हाँसोलाइ जबर्जस्ती रोक्दै सोधी।


"तिमी पत्याउदैनौं होला मेरो कुरा।" सगर जस्तो सगरले भन्यो।


"किन?" नेहाको स्वरमा अरु कौतुहुलता देखियो।


"केटा मान्छेलाइ धेरै गार्हो छ।" छोटो उत्तर दियो सगरले।


"मैले त केहि पनि बुझिन त।" नेहा झन अलमल्ल परी।


"आधुनिक केटिलाइ केटा मान्छे "स्मार्ट" मात्र भएर पुग्दैन रे, "सेन्स अफ ह्युमर" पनि चाहिन्छ रे नि त। अनि त सबै कुरा सिक्नै पर्‍यो नि।" सगर जस्तो सगरले कुरा प्रस्ट्यायो।


"कुरा त गहकिलो गर्‍यौ नि।" नेहा  भित्तेघडि हेर्न थाली, लन्चको समय सिद्धिनै लागेकोथ्यो।


"तिमीलाइ मैले बोर त गरिन है?" सगर जस्तो सगर चिन्तिन्त देखिन्यो।


"होइन, होइन। म त काममा फर्किने बेला भएर पो घडि हेरेकी। अब धेरै समय बाँकि छैन।" नेहाको जवाफले सगर केहि ढुक्क देखियो।


"के तिमीलाइ म एउटा अनुरोध गर्न सक्छु?" सगर जस्तो सगरले अनुनय गर्‍यो।


"त्यो भन्दा पहिले एउटा कुरा भनुँ?" नेहाले उल्टो प्रश्न थपी।


"अबश्य! भन" सगर तयार देखियो।


"तिमी मलाइ ठ्याक्कै मेरो कलेजको एउटा साथी जस्तै देखिन्छौ। उस्तै हेराइ, उस्तै हाँसो, उस्तै अनुहार।" नेहाको कुरा सुनेर सगर जस्तो सगर एक्छिन चुप लाग्यो।


"त्यसो भए म तिम्रो लागि "उ" जस्तो मात्र हुँ?" नेहालाइ गहिरिएर हेर्दै सोध्यो सगरले।


"मलाइ त्यस्तै लाग्छ, तर यो पनि थाहा छ तिमी "उ" हैनौ।" नेहा आफै सगर र सगर जस्तो देखिने सगरलाइ छुट्याउनै नसकिने भइ।


"कुरा अलि जटिल हुँदैछ। के तिमी मलाइ इमान्दारीपूर्बक भन्न सक्छौ। तिम्रो "उ" साथी मात्रै थियो? तिमीले मलाइ हेर्ने नजरले त्यस्तो भन्दैन। के उ तिम्रो प्रेमि थियो?" सगरले केहि बेर सोचेर सोध्यो।


"तिमीले बुझिसकेको छौ, उ प्रेमि जस्तो साथी अथवा साथी जस्तो प्रेमि, तर अब्यक्त प्रेमको स्वरूप हाम्रो सम्बन्ध थियो।" नेहा गम्भिर देखिन्थी।


सगरले एकचोटि लामो सुस्केरा तान्यो, अनि हेर्‍यो नेहालाइ उहि आग्रहपूर्ण नजरले।
"ठिक छ, म तिम्रो लागि "उ" मात्र रहेछु। तर के यो संभव छैन, तिमी मलाइ "म" भनेर सम्झ।" सगरले फेरि सोध्यो।


"म कोशिश गर्नेछु।" नेहा उठी।


"त्यसोभए के हामी साथी बन्न सक्छौ?" सगर जस्तो सगर नेहाको उत्तरको प्रतिक्षामा अधैर्य थियो।


"अबश्य!" नेहाको जवाफले सगर जस्तो सगर ढुक्क भयो।


"अहिले नैं फोन नम्बर माग्न त मिल्दैन होला, नाम त थाहा पाउन सक्छु होला नि मेरो साथीको।" सगरले जिस्क्यायो।


"नेहा!" आफ्नो नाम भन्ने बितिकै "ल अहिले म गएँ।" भन्दै नेहा त्यहाँबाट हिँडी।


जाँदै गरेकी नेहालाइ पछाडीबाट सगर जस्तो सगर भन्दैथ्यो।


"ए, हसिँली साथी! नेहा ! मेरो पनि नाम छ। मेरो नाम चाहि चाँहिदैन तिमीलाइ?"


नेहा उ बाट धेरै पर पुगिसकेकी थी। शायद नेहाले उसको अन्तिम अनुरोध सुन्न भ्याइन।


क्रमश:


 
Posted on 05-07-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचा,


लामो लेखु भन्यो यति नैं हुन्छ भन्या। अर्को चोटि कोशिश गर्छु है।


बैरे,


आन्द्रा बटारियो भने त अपरेशन गर्नु पर्छ, थाहा छ कि छैन? बरु परफ्युम चाहि कुन हो त्यस्तो? अतित सम्झिनु भएकोमा धन्यबाद, त्यही अतित त हो मन बुझाउने बाटो, अरु त के छ र है?


कालेदाइ,


मैले सकेसम्म २ भाग लेख्ने प्रयास गरेकी छु। तर हेर्नुन यो जिन्दगीमा फुर्सद नि हुन्न काम पनि हुन्न क्या।
मलाइ त लेख्न पाए त खान नि पर्थेन जस्तो लाग्छ, तर फेरि पेट कराउछ र पो आपत है।


खुशी,
अलिकति खुशी यता पनि छरिदिउन खुशी है।
धन्यबाद साथी।


यो फुच्चे नि कति गनगन गर्न सक्छ? सुधा बोलाइदिनु पर्‍यो छिट्टै।


बिस्टे,


दिमागमा त है खानेकुराको फोटो मात्र आँउछ,
त्यो भन्दा पनि बिस्टेको प्रतिक्रिया पढे पछि चाहि टाइप हान्न मजा हुन्छ।


"Stat"


फूल हेरेरै बस्ने भएपछि कि त ओयिलाँउछ कि अरुले टिप्छ नि। तर नओयिलाउने फूल पनि पाँउछ प्लास्टिकको, सधैं हेरे हुन्छ।
बेलाबेलामा फूलको वरिपरिको झारहरु सफा गर्नु पर्छ, राम्रो बार लाउनु पर्छ नि। त्यति गर्दा नि फूल टिप्नचोर्न आउने हात चाहि भाँच्नु पर्छ।
यस्तो फूल नैं मन नपराउने त भएन है साथी।



 


 
Posted on 05-07-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे नेहाले जादै गर्या बेला एक फ्यानको पनि नफर्की हेर्या, म सागरको ठाउँमा भाको भे त मन मनै पलट पलट भन्दै बस्थे होला


यो कस्तो कन्जुसाईं हो भन्या, यो भन्दा बेसी त पशुपतीको पूजारीले पनि धेरै प्रशाद दिन्छ, थपुम थपुम


 
Posted on 05-07-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आधुनिक केटिलाइ केटा मान्छे "स्मार्ट" मात्र भएर पुग्दैन रे, "सेन्स अफ ह्युमर" पनि चाहिन्छ रे नि त।


ए हे यस्तो पो रैछ गोप्य कुरा !!
अनी नेहा त लौ भुपु प्रेमी जस्तो लाएर हेर्या हेर्यै भाई अनी त्यो 'सगर जस्तो सगर' चाँही के देखेर झुक्किएछ ?
प्लास्टिक को फुल राख्नु रे?


 
Posted on 05-07-09 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL lai असारे फूल khojna gako ta.. dui episodes post bhaisakechha.
Crazy, kasari teti ramro lekhna aauchha ho, malai pani sikaunu ni.

Waiting for another episode.
Guchcha Chor.
Last edited: 07-May-09 07:53 PM


 
Posted on 05-07-09 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-09-09 2:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ज्यु को लेखाईलाई मन्नु पर्छ। जे होस् आफुलाई कथा लेख्न नाआए पनि तपाईहरुको कथा पढ्न पाउँदा खुशी छु। लेख्ने क्रम जारी रहोस्, आकाश सरी आकासिदै जओस, प्रगतिको कामना।     
क्रेजी ज्यु, यो बिधिको बिधान नै होला,पेट्मा मुसा दौडने। यिनै कारणले त सबैलाई सताएको छ। तैपनि कथा लेख्नलाई खान नखाइ - नखाइ लेख्ने होइन। पेटलाई कराउने मौका कदापी नदिनु होला। हामीले अत्याआउँदैमा खान नै छोडि लेख्नु राम्रो होइन। प्लिज स्वस्थलाई पनि ख्याल गर्नु होला।


नेहालाई पूर्व प्रेमी सगर जस्तो सगरको नाम समेत् जान्ने समय भएन। त्यस्तै तपाईं हामी सबैलाई समयले पछ्याउदै छ। अर्को भागमा निस्चय सगर जस्तो सगरको नाम सोध्ने नै छे या त नसोध्ला, क्रेजी ज्यु कै कथाको प्रतिक्षामा........ । जदौ


कालेदाइ           


 


 
Posted on 05-11-09 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy,
I hope you haven't forgot you are writing a story and I am waiting to read.
Maile post gareko asare ful man parena ho?

Guchcha chor.
 
Posted on 05-11-09 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ब'बाल गएछ यो भाग

फुर्सद ले टाईम नपार पढ्न नभ्याएको पढि भ्याएँ

मलाई त्यो सगर जस्तै केटा मै सगर होला कि जस्तो लागिराछ

कस्तो मजाको गयो यो भाग

साथी लामो नलेखे पनि अली छिटो छिटो लेखेर टाँस न है http://sajha.com/sajha/chat/smileys/m-smile.gif
 
Posted on 05-12-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-५


त्यो दिन पुरै नेहा र सगर जस्तो सगरको नजरहरु लुकामारी खेलिरहे। नेहा बादल माथि माथि हिडिरहेकी थी। एकप्रकारको रमाइलो अनुभव थियो, अलि धेरै खुशी अनि थोरै थोरै सकोंच पनि थियो। दिन छर्लङ खुलिएको थियो, न त धेरै गर्मी न त धेरै चिसो। नेहाको मनका भावनाहरु पनि दिनको सौन्दर्यसङ मस्त भएकोथ्यो। नेहा प्रेम गीत हरु सम्झी सम्झी गुन गुनाँउदैथी।


साँझ पनि उस्तै सुन्दर देखियो त्यो दिन, नेहा उहि असारे फूलहरुलाइ जिस्काउन गइ। बिहानभन्दा अझै बढी मुस्काए झैं देखिन्थे तिनीहरु, यस्तो लाग्थ्यो उनिहरु पनि प्रेममा छन्, प्रेमको अथाह गहिराइमा र बुझ्दैछन् नेहाको मनका कुराहरु। ती फूलहरु नेहाको प्रेमको साक्षी बनेका थे, त्यो बेला पनि र अहिले पनि। उहिले सगर थियो अहिले पनि सगर जस्तो सगर छ। आखिर सगर नैं त छ उसको मनमा र छन् यी असारे फूलहरु।


राति निद्रा लागेन, झ्यालबाट देखिने आकाशले नेहालाइ बोलाइ रह्यो। आकाश यानि सगर नेहा आफै मुस्काइ र हेरि आकाशलाइ। ताराहरु झिलमिल झिलमिल गरी आकाशलाइ सजाइरहेको थ्यो। ती ताराहरुको माझमा एउटा चन्द्रमा मुस्काइरहेकी थी। नेहालाइ चन्द्रमाको सौम्य र शीतल रुप देखेर आनन्द लाग्यो। उ सधैं झै मनलाइ बुझाउने सुत्र उपयोग गर्न थाली। यो आकाशलाइ म देख्छु, आकाशले पनि मलाइ हेर्छ। सगर पनि यो संसारको कुनै कुनामा आकाशलाइ हेर्दो हो, आकाशले पनि उसलाइ देख्दो हो। यदि ज्यामितिय सुत्र बनाउने हो भने त नेहाले सगर देख्छे, सगरले पनि नेहा देख्छ। उसले सुत्र फेरि दोहोर्‍याइ नेहा=आकाश, आकाश=सगर, नेहा= सगर। उ फेरि एकपटक खुशी भइ, सगर त्यति टाढा पनि छैन, किनभने उनिहरुको आकाश एउटै छ। बाहिर सिर्सिर बतास चलेको जस्तो लाग्यो नेहालाइ। त्यसपछि झ्याल खोली। झ्यालको ठ्याक्कै अगाडी एउटा रुख थ्यो, त्यो रुखको हाङाहरु बिच चन्द्रमा उसैलाइ नियाली रहेकी थी। झ्याल खोल्नासाथ सरर बतासले उसको अधरमा सुमसुमायो, उ आँखा बन्द गरेर सगरलाइ सम्झिन पुगी। साँच्चै यो बतासले नेहालाइ स्पर्श गर्छ र फेरि गएर सगरलाइ छुन्छ, यसरी कल्पिदाँ नेहा र सगर एक अर्काको स्पर्शको अनुभुति गर्न सक्छन्। नेहालाइ लाग्यो उ हरेक कोणबाट सगरसङ समाहित भएकी छे। यो मानिसले अर्थ्याएको भौतिक दुरी केहि होइन, उनिहरु सुक्ष्म रुपमा एक भएका छन्।


चन्द्रमा अझै नजिक आइ, नेहा निदाउने कोशिशमा थी। चन्द्रमाको उज्यालोले उसलाइ निदाउन गार्हो भैरहेको थ्यो।


"कस्ती तिमी त! अहिले नैं कुरा गर्न आउनु पर्ने! म निदाउन चाहन्छु।" नेहाले चन्द्रमालाइ बनावटी रिस देखाइ।


"तिमी प्रेममा कस्तो सपना देख्न चाहन्छ्यौ?" चन्द्रमाले सोधे झैं लाग्यो नेहालाइ।


"तिमी सगरलाइ देख्न सक्छौ?" नेहाको प्रश्न अरु केहि हुन सक्दैनथ्यो।


चन्द्रमा मौन भइ र भनी "म सबैलाइ देख्छु।"


"मलाइ थाहा छ तिमी सबैलाइ देख्छौ। तर मैले तिमीले सगरलाइ देख्छौ कि भनेर मात्र सोधेको।" नेहालाइ चन्द्रमाको कुरा मन परेन।


"नेहा!" चन्द्रमाले जबर्जस्ती आँखा बन्द गर्न लागेकी नेहालाइ बिस्तारै बोलाइ।


नेहा बोलिन, नसुनेको झैं गरी।


"नरिसाउ न नेहा! मलाइ एकचोटि त हेर।" चन्द्रमाले बिन्ती गरी।


नेहालाइ धेरै बेर रिसाएको नाटक गर्न मन लागेन, उसले बिस्तारै आँखा खोलेर चन्द्रमालाइ हेरी।


"ल भन अब! तिमी म मा कसलाइ देख्छौ?" चन्द्रमा सोध्दैथी।


नेहाले एकचोटि फेरि आँखा बन्द गरी र देखी उसलाइ, मनको ऐनामा "सगर जस्तो सगर" मुस्काइ रहेको थ्यो।


नेहा सगरलाइ खोज्ने प्रयास गरि रही, मनको कुना कुनामा।


क्रमश:


 

Last edited: 12-May-09 12:13 PM

 
Posted on 05-12-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे त क्या खतरा हौ! पलट पलट भन्दा लड्यो  मान्छे भने नि, अरु भन्दा पनि हड्डि भाँच्च्यो भने चाहिँ के गर्नु?


ल ल थपे नयाँ भाग पनि।


Stat,


ल हेर, साथीलाइ त त्यति पनि थाहा रहेनछ, त्यो पनि गोप्य कुरा हो र? हे हे हे।


गुच्चा चोर ज्यु,


हेर्नु न! भाइले कराएर हैरान छ भन्या। भाइको गुच्चाहरु पनि लानु भाको छ रे, फिर्ता मागिदे भनेर मलाइ दिक्क पारि सक्यो। Just kidding hai!


तपाइले राख्नु भएका फूलहरु सुन्दर छन्। असारसम्मै फूलिरहुन् भन्ने आशा राख्छु।


हरेक मान्छेमा कथा हुन्छ, अब तपाइले पनि लेख्नु भयो भने थाहा हुन्छ। बास्तबमा सिकाएर सिक्ने भन्दा पनि आफ्नै प्रयास र तपाइ जस्तै साथीहरुको सपोर्टले लेख्दै गरिन्छ। म त लेख्ने कोशिश मात्र गर्दैछु। साथीहरुको मायाले अरु प्रोत्साहन पाँउछु।


कालेदाइ,


कस्तो राम्रो कुरा गर्नु भएको, खुशी लाग्यो।


अब देखि त्यसै गर्नु पर्ला, मलाइ त फेरि छिन छिनमा भोक लाग्छ यो आर्थिक मन्दिमा पनि।


स्वास्थ्यको बारेमा चिन्तित हुनु भएकोमा धेरै धेरै धन्यबाद!


हो हो लहरे!


त्यो सगर जस्तो केटा तिमी नै हो। यदि तिम्रो अनुहार पनि "माक, माक, पाक" जस्तो छ भने। नरिसाउ है। जोक गरेको मात्र।



 


 
Posted on 05-12-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाष्टै छोटो भयो यो त,यति साह्रो त मैले पनि गरेको थिएन हौ साहिँली , अलि लामो भागको प्रतिक्षामा!!!!!!!!!!!!!

 
Posted on 05-12-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि अती राम्रो


कस्तो लेख्न जान्या - अब चाँही कुर्न सकिदैन जस्तो छ -


भोली अर्को भाग टाँस है - आजै टाँस्यो भन्देखिन चाँही अझै राम्रो


अनी म "माक माक पाक" भए तिमी पनि "माकनी पाकनी पाकनी" ल जा त - अब त कुरा पनि मिल्यो होला नि


 


 
Posted on 05-12-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम मात्रै हो गुच्चा चोर् । धरोधर्म एउटा गुच्चा पनि चोरेको छैन अहिले सम्म । दिनदिनै Univeristy जाँदा ति असारे फुल जस्तो देखिने फुल देख्छु (यो असार त होइन). अनी यो कथा याद आउछ ।
तपाईंले भन्नु भएको कुरा साह्रै चित्त बुझ्यो। हरेक मान्छेमा कथा हुन्छ। अहिले सम्म लेख्ने आंट गरेको छैन। प्रोत्सहन दिनुभएको मा धन्यवाद।
कथा राम्रो छ। (मेरो मतलब लेखाइ)।
छिट्टै अर्को भाग पनि पढ्न पाइने आसा छ।

गुच्चा चोर् ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters