[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ~ सोच ~

[Please view other pages to see the rest of the postings. Total posts: 63]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 38422 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 03-04-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ सोच ~


बन्धुहरु,


आज यो कथा मार्फत म २०४६ साल को जन आन्दोलनको सेरोफेरोमा  लैजान चाहन्छु। २०४६ साल को महान जन-आन्दोलन बर्णन वा घटनाक्रम लाई होइन कि त्यो परिबेशमा घटेका घट्नाहरुलाई लिपिबद्ध गर्ने प्रयास मात्र गर्दै छु। धेरै मित्रहरुको मानसपलटमा धूमिल चित्र मात्र जन आन्दोलन भाग १ को भएकोले पनि यो घट्नामा आन्दोल्नको चित्रण गर्ने दुस्साहस गरेको हुं। 
 राजनीति को चस्मा फुकालेर पढ्न हुन सबिनय अनुरोध छ ।


२०४६ साल माघ ३-४ गते लौह पुरुष स्वर्गिय गणेश मान सिंह को निवास चाक्सी बारी मा भएको घोषणा र  २०४६ साल फाल्गुन सात गते देखि देशमा खोसिएको प्रजातन्त्र पुनर्स्थापनाको लागि शान्तिपूर्बक जन-आन्दोलन गर्ने कार्यक्रम तय भएको समाचार हामीले बि बि सि मार्फत सुन्यौं। त्यती खेर हामी भारतको कुनै भूखण्डमा अध्ययनरत थियौं।


घोषणा संगै तत्कालिन पञ्चायत सरकारले आन्दोलन दबाउने अनेक प्रपँच रचे रे ।
घरतिरबाट् पठाइने चिट्ठीमा नत्थिएका केही साप्ताहिक पत्रिकाका कटिङहरु त्यतिबेला बडा ठुलो मसला हुन्थ्यो। जमाना चिट्ठी पत्र र आ वा को थियो। टेलिफोनको अबस्था नेपालको भन्दा नि दयनिय थियो।


परदेशमा हुंदा देशमा के भैराख्या छ भन्ने कौतुहलता अहिलेको इण्टरनेट् र सेलफोनको जमाना पनि त्यति कै हुने रहेछ भने त्यति बेलाको उपलब्ध संचारमा त्यसको भूमिका कस्तो थियो होला भनेर भनिरहनु पर्दैन होला।


राजनीति संग  निरिपेक्ष छु भनी घोषणा गर्ने भलादमिलाई पनि चासो हुंदो रहेछ।  मेरो अनुभूति। जुनसुकै सामाजिक र घरायसी ब्याकग्राउण्डका मित्रहरुमा पनि प्रजातन्त्र प्रति चाह भएकै हुंदो रहेछ। मेरो बुझाइ।


७ साल को प्रजातन्त्र हामीले देखेका थिएनौ , न त हामीले १७ साल को काल् रात्री। पन्चायत कुशासनले प्रत्यक्षरुपमा हाम्रो कलेजमा पढ्ने शायदै कसैलाई असर पारेको थियो होला र पनि प्रजातन्त्र प्रति मोह र पन्चायत प्रति को बिद्रोह सबैमा देखिन्थ्यो। हाम्रा एक सिनियर र एक जुनियर र पन्चायत सरकारका पूर्ब मन्त्रीहरुका सुपुत्रहरु थिए।


भारतमा रहेका नेपालीहरु माझ ( बिद्यार्थी एवं बसोबास गर्नेहरु) आन्दोलनको झिल्को बाल्न तत्कालिन सयुक्त जन आन्दोलन परिचालन समितिद्वारा नेपाली काँग्रेस संग आबद्ध अर्जुन थापा र राम प्रसाद डोटेल लाई खटाइएको थियो। अर्जुन थापा हाम्रै बिश्व बिद्यालयबाट स्नातक भएकोले उहाहरु हाम्रो होस्टलमा आउनु भयो। भारत यात्राको पहिलो बिसौनीको रुपमा। 


त्यता तिर भएका सबै नेपाली जम्मा भयौं र उहाँहरुको सन्देश सुन्यौं।
अनि अर्को दिन अन्तै लाग्नु भयो। फाल्गुण सात नजिकिदै थियो।


प्रजातन्त्रको लागि बिश्वको कुनै पनि कुनामा रहेका नेपालीले आ-अफ्नो ठाउँबाट आवाज बुलन्द गर्नै पर्छ भन्ने कुरामा कहिलेइ कुरा नमिल्ने नेपाली बीच कुरा मिल्यो। इतिहासमा लेखिएन मात्र हो, फाल्गुण को ६ गते अर्थात १ दिनागावै जुलुस् निकाल्ने  कार्यक्रम तय भयो। बिश्वबिद्यालयका युनियनका पदाधिकारीहरु ले सघाउन तंछाडमछाड गरे। तीन पार्टीका ३ प्रमुख पदधारी भएकाले पनि होला।  डेमोक्रेसी इन नेपाल, नाउ अर नेभर लेखिएको बडेमानको ब्यानर र बिशाल नेपालको झण्डा सहित जुलुस् निकाल्यौं। फाल्गुण ७ गते दिल्ली को बारखम्बा रोड स्थित नेपालको दूताबासमा मानव सागरले घेर्ने कार्यक्रम भएकोले पनि ६ गते नै हामीले स्थानिय तवरमा जुलुस् निकाल्नु परेको एउटा कारण थियो। त्यहि रातीको ट्रेन चढेर हामी दिल्ली लाग्यौं, ब्यानर पोस्टर सहित। हामीलाई शिबाजी पार्कमा बिहान ९ बजे भेला हुने सूचना थियो। त्यहीबाट जुलुस् सुरु भयो बारखम्बा रोडको गन्तब्यलाई तारो बनाएर। नेपाली दूताबास् चौदोबाटोको एउटा कुनामा बिशाल दरबारजस्तो देखिन्थ्यो। चारै बाटोबाट एकै समयमा दूताबास अगाडीको चोकमा मानव सागर उर्लेको देख्दा लाग्यो, प्रजातन्त्र प्रति मोह सबैमा रहेछ। स्वतन्त्र भै बाच्ने रहर जनावरमा त हुन्छ भने मानव मा नहुने कुरै छैन। डर, त्रास, मा वयस्क मन बाच्न सक्दैन। कल्पनाको उडानमा उड्ने रहरमा बन्देज लगाउने बिरुद्ध बिद्रोह जता ततै सल्किरहेको बखत थियो। पूर्ब सोभियत संघ, चेकोस्लाभिया हुंदै प्रजातन्त्रर स्वतन्त्रको हावा हाम्रो देशमा पनि बिचरण गरिसकेको थियो।


दूताबासमा धीतमरुन्जेल नारा लगाई, ज्ञापणपत्र बुझाइयो।


त्यो रात धर्मशालामा निदायौं, प्रजातन्त्रको सपना सजाएर। भोलिपल्ट पुन: आफ्नो कलेजमा नियमित अध्ययनमा फर्कियौं।


देश आन्दोलनमय थियो  थिएन थाहा भएन तर हाम्रो कलेज र होस्टल भने आन्दोलनमय थियो। एक जना फाइनल इअरका सिनियरको कोठा कन्ट्रोल रुमको रुपमा परिणत भयो।मानौं हामी कुनै युगान्तकारि मिशन सफल बनाउन योजनाबद्ध ढैगले कार्ययोजनाको खाका कोर्दै थियौं।


 हरेक साँझ डिनर आवर भन्दा पहिला त्यो कोठामा भेला हुने र आफुले पाएको सूचना- समाचारहरु सुनाउने सुन्ने। एक से एक क्रान्तिकारी तर्क बितर्क हुन्थे। फलानो ठाउँमा मशाल जुलुस् निस्कियो रे। फलानो मान्छे गिरफ्तार रे। फलानो ठाउंमा गोलि चल्यो रे। भयाबहताको अन्दाज गर्थ्यौं। अब के हुने होला, के गर्ने होला, जिज्ञासा रहिरहन्थ्यो।


यो आन्दोलन सफल हुदैन भन्ने देखि लिएर सफल मात्र होइन गणतन्त्र समेत आउछ भन्नेहरु पनि थिए। बि बि सी, भाइस अफ अंेरिका क्यार् क्यार् आवाज आउने ट्रान्जिस्टरमा सुन्थ्यौं। कसैको घरबाट, आफन्त, बन्धुबान्धवबाट आएको पत्र को जिस्ट सुनाइन्थ्यो। कहिले निराश हुन्थ्यौं, कहिले रगत तात्थ्यो।


आन्दोलन आफ्नै गतिमा चल्दै थियो नेपालमा। फाल्गुणको अन्तिम सातामा होली पर्ब परेको थियो। ७ दिने छुट्टी हुन्थ्यो। त्यहि अबसर पारेर नेपाल जाने निर्णयमा म पुगें। २४ घण्टाको बस यात्रामा काठमाडौं पुगिन्थ्यो।  म संगै अरु दुइ जना नेपाल जान तयार भए। एक जना जुनियर भाई जो पन्चायतकालिन मन्त्रीका छोरा थिए। अर्को एकै ब्याचमा मित्र।
होली बिदा को एक् दिन अगाडि नै हिड्यौं तीन जना। भौगोलिक गन्तब्य एकै भए ता पनि हामी ३ जनाको उद्देश्य फरक थियो। सोच फरक् थियो।  नेपाल भारत बोर्डरमा नेपाल प्रहरीले सम्पूर्ण खानतलासी गरे। बाटोमा पढन भनि किनेको फिल्म दुनिया समेत जफत गरे। कोर्सबूक समेत वल्टाइपल्टाई जाँच गरे। काठमाडौं पुग्यौं। आ-आफ्नो घर लाग्यौं।


क्रमश:


 
Posted on 03-06-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को संस्मरन साथै अरु कमेन्ट गर्ने साथी हरुले थपेको सहित ले रमाइलो अनुभुती गरायो एक्कैछिन !


दीपीका को 'ठुलो बाबा लाई गरेको प्रश्न' र चेलीको 'जुत्ता को मोह' सुनेर हास उठ्यो !


हर्के ब्रो ले चाँही जे होस् आफ्नै डिपार्टमेन्ट सम्हालेको रैछन्त ! चक्का जाम ले त निक्कै मार पार्या थ्यो होला हर्के ब्रो?


अरु ठाउँमा भन्न नखोजे नि यो धागो बाट चाँही ठ्याक्कै नभये नि हाराहारी उमेर अन्दाज हान्न सकिने रैच मान्छेहरुको !


 
Posted on 03-06-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन झन रमाइलो हुँदै छ्,कुन चाइ बेइमान ले कुरा लाईदेछ हेर त काइ नपार ठुल्दाइ लाई नि समात्न आउन लागेछ।
आफु सानै भए पनि निकै ठुलो जस्तो लाग्थ्यो त्यो बेलामा,निकै दौड धुप गरियो,बिजयी जुलुस मा त दिन भर हिनियाथ्यो। अहिले देश को स्थिती देख्दा त खाइ न पाइ छाला टोपी लाई गरेछु भन्या जस्तो लाग्छ।
ल दाई अनी झिटी झाम्टी बोकेर कता लाग्नु भो त,भारत त पक्कै फर्किन लाउनु भा हैन होला।
 
Posted on 03-06-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CT को कमेन्ट नि राम्रो लाग्यो, थपुम थपुम, एस्तो कुरो सुन्न रमाइलो लाग्छ बै। के गर्नु तेत्रो गरेर प्रजातन्त्र ल्याए, हाम्रो देश अगाडि बढ्न पर्नी झन खै कता लाग्यो लाग्यो। कुन चाँही असत्तिको आँखा लाग्यो जस्तो छ। जे होस् यो धागो पढ्न सार्है रमाइलो लाग्दै छ, सब साथीहरु थप्दै जाउम्

 
Posted on 03-06-09 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोच पहिलो भागमा टिप्पणी गर्नु भएका दीपिका र बिर्खे माइलालाई धन्यवाद। आशा छ, दोस्रो भाग पनि मन पराइ दिनु हुने नै छ।


PERFECTIONIST जी
जिन्दगी नै क्रमश: मा अड्केको छ। कहिले कहाँ क्रमश: हुने हो कसैलाई नि थाहा हुन्न। कथा मा क्रमश: नराख्ने भन्छु, कमबख्त हात ले बिश्रान्ती माग्छ।


सेरिल जी,
छिटो लेख्ने भन्या हो, अल्छि शिरोमणी लाई छिटो भनेको केइ न केइ।
अबश्य छिटो लेख्ने जमर्को गर्ने छु।


चेली जी,


मेरो सोच लेख्नु को एउटा कारण पनि मेटिन लागेको स्‍मृतिलाई ब्यूंताउनु पनि हो। संझनाको पुष्प लाई ओइलिन न देउं।


हर्क बहादुर जी,


त्यती बेला को जोश मा अझ भनुं होश मा गरेका उल्पट्याङ काम ले पनि आन्दोलन मा मद्घत भाको थियो। आन्दोलन उज्यालो को लागि थियो, प्रगतिको लागि थियो। तर देश अधोगतीमा तिब्र गतिमा चिप्लेती खेल्दै छ। अफसोच, बन्दूकको बिजयी तान्डवले पाण्डवहरु पुन: बनबास जाँदै छन। कौरब हुनु को गौरब गर्दै छन एक थरी दानवहरु।


सी टी जी,
आन्दोलनमा प्रत्यक्ष संलग्न हुनु भएको रहेछ। कृपया तपाईंका अरु संस्मरणहरु कोर्नु होस्। मेरो सानो लेखाइ मा तपाईं को टिप्पणीले चार चाँद लगाइ दिनु भयो। आभार।


नारायण जी
आफ्नो ब्य्था जेठा जे छ राख्नु होस्। जनआन्दोलन जनताको थियो, जंगलीहरुको थिएन भन्ने सन्देश फैलाउन चाहन्छु।


रिट्ठे जी ,
अझ थापाउं, पूर्व तिर बलेका आगोहरु बारे। धेरै कुरा मलाई पनि सुन्नु छ, बुझ्नु छ। जनताको प्रजातन्त्र किन यसरी जंगलीहरुको जनतन्त्रमा कुहियो, रि-सोच गर्दै छु।
 
बिस्टे जी ,
खै कुन चाँही असत्ती ले कुरा लगाइ दिए छ भन्ने? अर्को भागमा तिनको पनि पोल खुल्छ कि ?



 


 
Posted on 03-10-09 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ सोच ~
भाग ३


घर को दैलो नाघेर चोक के पुगेको थिएं, आमा हतारिंदै आउनु भयो। कुनै अपशगुण, कुनै बिपत्तिको पूर्बाभास आमाहरुलाई हुंदो हो।


" बिना शगुणले लिएर कहाँ जान लागिस्, केही लुकाएको छ , घर् हिडी हाल।"
आमा को अनुहारमा वात्सल्यता भन्दा धेरै गुणा चिन्ता देखिन्थ्यो। अज्ञाकारी त्यसमाथि अलकति झूठ बोलेको ग्लानी थियो। आमाले सबिस्तार सोध्नु भयो । मैले "संभवत प्रहरी- सी आइ डी मलाई खोज्न आउन सक्छ" त्यसैले हिडेको भनें।



" धत लाटा यस्तो कुरा आमा लाइ नभनी जाने त ? हामीलाई चिन्ता हुंदैन र , लौ मामाघर् जाऔं  अहिले नै । भरेको नाइट बस चढेर जानु।"
 
आमा संगै रिक्सा चढी मामा घर तर्फ लागें। मासंगल्ली निर को नेपाल क्याप हाउसमा एउटा ह्याट किनें। आफ्नो हुलिया बदल्न सक्छु कि भन्ने बिश्वासमा। दिनभरि उकुसमुकुस् सहें।


"आन्दोलनमा रमाउने, तर गिरफ्तारीबाट बच्न भाग्न लागे छस् तं, हुतिहारा होस् तं।" मनले बिद्रोह ओकल्यो।
"यस्तै गरी सबै भागे भने तानाशाह को रौं नि हल्लाउन सक्दैन। सदियौं देखिको दासता को जंजिर कसरी तोड्ने?"


"हजुर म हुतिहारा हुं यस मानेमा  कि म संभावित गिरफ्तारीबाट बच्न भाग्दै छु ।  उज्यालो खोज्न मन अध्यारो देखि तर्सेर भाग्न मिल्दैन , मलाई थाहा छ।" मैले सक्दो प्रतिबाद गरें।


 तर म मेरो घरको आशा, आमा को सपना, आफ्नो गन्तब्यलाई लात हान्न पनि सक्दिन।
२-४ बर्ष त भयो, हात मुख जोड्न धौ धौ न परेको। चुलो दिन दिनै बलेको। गरीबीको घाउमा भर्खरै खाटा बसेको, फेरि कोट्याउन चाहन्नथें। अब मेरो घर भत्कियो भने कहिलेइ उठ्ने छैन।
त्यसैले  मेडिसिन पढ्ने अबसर पाए पनि बाटो खर्च मात्र पनि घरको ढुकुटिलाई भार नपरोस् भनी मन मारी मारी पनि सरकारी छात्रब्रित्तीमा इन्जिनियरिङ्गको अध्ययनमा भारत गएको थिएं।
 
अझ त्यो भन्दा महत्वपूर्ण कारण "कहालि लाग्दो त्रासदी २०१७ साल पौष १ गते को राजा महेन्द्रको तानाशाही कदम थियो। हाम्रो घरमा त्यो काल रात्रीको भूत जिउदै थियो। दु:ख ले स्थापित प्रजातन्त्र र प्रथम जननिर्बाचित सरकार दुबै लाई कू गरी पन्चायती तानाशाही लाद्ने क्रममा सामन्य समर्थक मात्र भाको मेरो साइला बुबा गिरफ्तारीमा पर्नु  भयो। परिवारको सबै सदस्य खास गरी जेठा दाजु अर्थात मेरो बुबा माथीलाई तत्कालिन शासकहरुले दिनु मानसिक तड्पना दिए। जसको प्रभाव, प्रहरी, सी आइ डी भन्ने बित्तिकै कालो रातको भूत फेरि ब्यूझेर आउदो रहेछ।


मामाको छोरा रबि दाईले साझा बसको ( नाइट बसको) टिकेस आफ्नो नाम मै काटेर ल्याउनु भयो।
सदा झै टाढाको यात्रा गर्नु अघि हामी नेवार समुदायमा गरिने बिधिपूर्बकको शगुण दिने लिने काम भयो। 
आमा र रबि दाई बस स्टप सुन्धारा आउनु भयो, बिदा गर्न। एउटा संभाब्य दुर्घट्नाको ढाल बनेर।


बस नगुडुन्जेल आमा र दाई पेटीमै उभिएर सुरक्षित यात्राको कामना गर्दै रहे। जाने बेलामा "होशियार हुनु। प्रहरीको फन्दाबाट जसै गरेर पनि बच्नु। सधै चनाखो हुनु। गोरखपुर पुग्ने बित्तिकै फोन वा, आ वा गर्नु।" भनी सम्झाउनु भयो आमाले।


मैले हस् भन्दै आशिर्बाद थापें।


मेरो गिरफ्तारीको वारेण्ट जारी हुनुको कारण चाहिं खास कुनै ठुलो अपराध थिएन। हजारौं आन्दोलनकारी जत्ति पनि सक्रिय थिइन म। खास कुरो चाहिँ, दिल्लीमा भएको जुलुस् मा बुझाइएको ज्ञापन पत्रमा  नेपाली बिद्यार्थी परिवार  को महासचिबको हैसियतले दस्तखत गर्नु नै हो भन्ने मलाई लाग्दछ। पन्चायती ब्यबस्था ३० बर्ष सम्म चल्नुको एउटा अचूक कारण चाहिँ बिपक्षीहरुको गतिबिधि बारे को सूचना संग्रह र सूचना बिष्लेषण गर्ने दुरुस्त ब्यबस्था हो जस्तो लाग्दछ।


मुटु जोरले धडकिंदै थियो। बस सुस्त गति मा थानकोट पुग्यो। अकल्पनिय सुरक्षा ब्यबस्था थियो।  प्रहरी आए, सबै को अनुहार नियाले। शंकास्पद ब्यक्तीहरुलाई कहाँ जाने के गर्न जाने बारे केरकार गर्न थाले, अघि ६० को गतिको मुटुको धड्काइ अब १०० पुग्यो। तर सौभाग्यबस् मेरो अनुहारमा निर्दोष भाव देख्यो क्या रे, केही नसोधी गए।
लामो सास फेरें।


नैबिसे देखि मुग्लिङ्ग सम्म को बाटोले नेपालको जर्जर स्थितिको प्रतिनिधित्व गर्थ्यो। धुलाम्य, खाल्डाखुल्डी यति थियो कि भनेर सध्ये थिएन। कसैले ओखति खाए को भए ६ घण्टामा घोलिनु पर्ने रसायन १ घण्टा मै घोलिन्थ्यो होला।


४ घण्टामा मुग्लिङ्ग पुगियो। भात खाने मन त थियो तर पनि पुलिसको डरले खाइन।


झिसमिसे उज्यालोमा सुनौली पुर्‍यायो, साझा बस ले। नेपालबाट भारत छिर्ने क्रममा कुनै गाह्रो साह्रो भएन। भारतबाट नेपाल छिर्न मात्र महाभारत थियो। बोर्डर पार गरे पछि लाग्यो, अब पूर्णरुपमा सुरक्षित भए। पहिलो बस बाटै गोरखपुर लागें। बिहानको नौ बजे तिर गोरखपुर पुगें। पुग्ने बित्तिकै नजिकको हुलाक अड्डा मा गएर फोन गरें। सुरक्षितपूर्बक पुगेको संक्षिप्त कुरा गरी गन्तब्य पुग्ने बस को खोजि मा निस्कें। टाइम रहेकोले भरपेट खाना खाएं।


बस गुड्यो। आठ घण्टामा गन्तब्य पुर्‍यायो। बसस्टपबाट रिक्सा चढी होस्टल पुग्दा रातिको खाना खाने टाइम भएको रहेछ। कोठापुगी पोकापन्तारो बिसाइ सिधै मेस तिर लागें। धुलो धुंवालाई पखाल्नु भन्दा नि नेपाली साथीभाई भेट्ने मनले मेस तिर हान्निए।



सबै चकित भए। चकित भन्दा नि सबैको एउटै मुख थियो।



"आन्दोलन के हुंदै छ। के अन्दोलन सफल हुन्छ? आदि इत्यादि प्रश्नाबलीहरुको लाम लाग्यो।"
मानौं हनुमानढोकाको केरकार शाखामा निरही अपराधी भएर उभिएकोछुं।


क्रमश:

Last edited: 10-Mar-09 06:43 PM

 
Posted on 03-10-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ होली साचिकै ह्यपी होली हुनी भो, पैले झैं रमाइलो फ्लो, धन्यवाद ठुल्दाइ, अब अर्को भागको लागि धेर कुर्न नपरोस।

 
Posted on 03-10-09 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, तेस्रो भाग पनि आइसकेछ। सकुशल सीमा काट्नु भएछ भोको पेटमा भए पनि।  

"त्यसैले पनि मन मारी मारी मेडिसिन पढ्ने अबसर पाए पनि बाटो खर्च मात्र पनि घरको ढुकुटिलाई भार नपरोस् भनी सरकारी छात्रब्रित्तीमा अध्ययनमा गएको थिएं।
 
अझ त्यो भन्दा कहालि लाग्दो त्रासदी २०१७ साल पौष १ गते को राजा महेन्द्रको काल रात्रीको भूत जिउदै थियो।

प्रजातन्त्र र प्रथम जननिर्बाचित सरकारलाई"

माथिका वाक्यहरुमा अलिकति ट्रान्जिसन नमिलेको जस्तो लाग्यो है।   केही बेर बुझ्न गार्हो भयो यहाँनिर। ठुल्दाइको लेखाइमा हत्पत्ती खोट त भेट्टिन्न तर आज होलीको भाङ लाग्यो कि के हो?  

बस भाडा ८० रुपैंया जति परेको हुनुपर्छ त्यो बेला। साझा बस भनेपछि मुग्लिङको ग्रीन हिल होटेलमा खाना खान रोकेको हुनुपर्छ, नारायणघाटतिर मोडिनु अघि दाँयातिर, मखुला? राजमार्गको स्थिति त्यो बेला दयनीय नै थियो।

स्कूले जीवन पञ्चायतको गुणगान रट्दैमा बित्यो। वास्तविकता त पछि मात्रै बोध भयो।   अर्को भाग छिट्टै पढ्न पाउने आशामा।  

 
Posted on 03-10-09 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद perfectionist जी, हौसला मिलेको छ, अगाडि बाध्न।


चिप्ले जी,
भाङ्ग लागेरै होला, केही पुरक वाक्यंशहरु छुटेका रहेछन, संशोधन गरी दिएं। खोट देखाइ दिएकोमा हृदय देखी नै आभारी छु।
 

Last edited: 10-Mar-09 08:26 PM

 
Posted on 03-10-09 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ दुई भाग एकै चोटि पढेँ। त्यो बेलामा त सानै थिएँ के नै बुझिन्थ्यो र? तर अहिले यो कथा पढ्दा चै कस्तो सन्सनीखेज घटना लाग्दै छ।
थप्दै गर्नुस् है ठुल्दाइ, पढ्दै छु। 
 
Posted on 03-10-09 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाइले गर्नु भको निर्णय ठीक हो दाई, आफ्नो बसाइलाई दुई चार दिन लम्बार बश्नु नै ठुलो कुरो थियो , तेश्लाईनै कन्ट्रीब्युसन मान्नु पर्छ ।


फेरी इलहबाद देखी देल्ली गएर बिरोध जनाउनु पनि त ठुलै कुरो होनी हैन र , अनी घरमा पहिला फेरी तनाशाले दु:ख दि सकेको रैछ ।


कथा मिठो सधैं झै सलल बगेको छ , पढ्दा खेरी पुरानो दिनको फ्ल्याश ब्याक आउने क्या ।


 


 
Posted on 03-11-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका जी
तपाईं जस्ताइ धेरै जना त्यती बेला सानै थिए। ईतिहास मा सुनौलो अक्षर ले लेखिनु पर्ने घट्ना थियो त्यो। त्यस पछी को नेपाल खून ले लेखियो, सुन हरायो।


 


हर्क बहादुर जी ।
फ्लेश ब्याक को भर मै लेखेको हुं। डायरि मा शायरी टिपे जस्तो टिप्ने बानी छैन। यस्तो महत्वपूर्ण घट्नाहरु बिर्सी सकेका छौ। गौरबशाली ईतिहास, कौरबशाली भएको छ।


सबैमा धन्यवाद! 


 
Posted on 03-11-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्रो भाग नि पढियो, बाल बाल बच्नु भएछ ठुल्दाइ -


एकदमै इन्टेरेस्टिङ भइराखेको छ, अब के हुने होला भनेर सोचेर र केरेर बसेको छु


 
Posted on 03-11-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तेस्रो भाग नि भ्याइयो।
मजा आयो,सलल बगाउनु भएको छ् कथा।


भारत वापस फर्किसक्नु भो...... अब के हुन्छ त दाई ?


अर्को भाग को प्रतिक्ष्यामा।


 
Posted on 03-11-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन भागनै पदियो तर कमेन्ट चै लेखियन हुनत आफु पनि सानै थिए तैपनी गाउमा जुलुस गरेर स्कुल बन्द गरिएको थियो| सर हरुले खुब गाली गरेर अब पुलिसले लान्छ भन्थे तर त्यस्तो चै भयन| अनी चैत्र महिनामा खोलामा पौडी खेलेर टाउकोमा चोट लगेको थियो पछी सरहरुले स्कुलमा हेर एस्को टाउकामा लगेको घाऊ पुलिसले कुटेर भकोभन्दा रमाइलो लाग्थ्यो | लल दाई लेख्दै जाउ मजा आउँदैछ |
 
Posted on 03-11-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दर लेखाइ | तपाईंले भन्नु भएको श्रीराम कतै श्रीराम कोइराला त हैन राहुल भाईजी?

 
Posted on 03-11-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!!! ल हजुर त इण्डिया पुगीसक्नु भे छ, म त यस्तो २ - ४ दिन भुमिगत सुमिगत भा होला, त्यतैतिरबाट फेरी मायापिरतिको कुरा शुरु हुने होला भन्ने आशा गरेर बस्या हुन नि राजनीति देशसेवा गर्ने नाउँमा भुमिगत बसेकाहरु सप्पैले चेलिबेटी उडा'र हैरान बना'थो के रे त्यो बेलाँ ।

ल ल थपुम थपुम मजा आउँदैछ ।

 
Posted on 03-11-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai ekai choti padhera sakaye. thuldai,hajur ko katha/memoir padhada ta film herya jastai lagyo.
 
Posted on 03-11-09 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, म पनि पढ्दै छु है।  लेखाइ त सधैं झै सुन्दर छ।  ल ल अरु पनि थपुम, मजा आउँदैछ ।
 
Posted on 03-12-09 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दाई तीन ओटै भाग पढि सके है, दाई को यो कथा अहिले पढे भने पनि पक्रिन आऊलान् झै गरेर लेख्नु भएछ, अरु पनि अनुभब सुनाउनुस् है
अरु पाठकहरुको अनुभब सुनेर झन रमाइलो थपिएको छ
आफु पनि सानै थिइयो त्यती बेला, के पञ्चायत के बहुदल कहाँ थाहा पाउनु । शायद अन्तिम चरण् तिर होला हाम्रो स्कुलमा पनि दिन्दिन आन्दोलन भन्दै एक्छिन नारा लाए जस्तो गरेर घर जाने छुट्टी पाइन्थ्यो । अझ अरुले सिकाएको भाषण्   पनि गरिन्थ्यो क्या रमाइलो यस्तै आन्दोलनको सिल्सिलामा दिनभरी को नाराबाजी पछी बेलुका पख दाई हरुले "तिमी केट्केटी हरु घरै बस हाम्रो चाँही मिटिङ छ" भन्दै बेलुका खाना खाएर निस्केपछी भोलिपल्ट बिहान आउनुहुन्थ्यो, के को मिटिङ रहेछ भन्ने कुरा त पछी भाउजु ल्याए पछी पो थाहा भयो
 
Posted on 03-12-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेरिल जी
अब जे हुन्छ, अर्को भाग मा हुन्छ । मखुला?


बिस्टे जी,
भारत वापस गए नि आन्दोलन जारी थियो । आजै अर्को भाग संभवत अन्तिम भाग आउने छ।


नेपालीबाबु १०१ जी
सबै को जीवनमा आन्दोलन १ ले छाप परेकाइ छ भन्ने लाग्दछ। कोइ साना थिए, कोइ तन्नेरी थिए। परिवर्तन साना ठुला सबैलाई हो नि ।


राजा हरिशचन्द्र जी,
श्रीराम श्रीराम नै हुन। कोइराला हैनन।


सिटी जी,
आफु नेता अभिनेता पारीन। भूमिगत हुनु को नाउ मा घरपेटी को छोरी सँग माया प्रीती गर्नु र मज्जा ले बस्ने कुनिती कहिलेइ आएन।


स्प्रिङ्ग जी,
सस्मरणहरुलाई लिपिबद्ध मात्र गरेको हुं। मन पराइ दिएकोमा धन्यवाद।


नेप्छे जी ,
थप्ने प्रयासमा छु, तपाईं हरुकै हौसला मा औंला चल्ने हो ।


पर्बते जी,
रमाइलो संसमरणले मेरो प्रयासमा अर्को इटा थपिदिनु भयो। धन्यवाद।


 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters