[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मनोजले छोडेको कथा

[Please view other pages to see the rest of the postings. Total posts: 120]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 38930 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 11-13-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

“छ्या गाडी थोत्रो रहेछ ! ” मनमनै सोचेँ । कोशि वारि बाटै टिकटको लागि भनेको थिएँ पारी बाट गाडिको चढाई भो । त्यो पनि नेपालगन्ज सम्मको यात्रा ! मैले नारायणगढ सम्म त्यो गाडिमा बाटो काट्नु थियो । साथिको बिहेमा हिँडेको ! उसको सुखमा म बुङ्गो यति दुख गरी गरी जाँदै थिएँ , मैले जाँगर र रहर पनि देखाएकै हो उसको बिहेमा जाने ! कोहि कोहि ठिकै भन्छन् फुच्चे मुडि छ । साँचो हो यथार्थको धरातलमाँ जस्ले भावना र सम्बन्धलाई महत्व दिन्छ उ सनकि नै हुन्छ एभरेज भिँडको अघि । साँचो कुरा त दुनियालाई मेकानाइज्ड लाईफ मन पर्छ मेरो सनक र मुड भन्दा ! मलाई पनि उनिहरुलाई गलत साबित गर्ने रहर छैन , मेरो जिवन मा अरुको सुझावको लागि ठाउँ छैन ।

 “कहाँ सम्म हो ?” मेरो तन्द्रा भंग भयो । आवाज माला चुँडिएर मोति भुईमा खसे जस्तै थियो । मैले आवाजको भौतिकता नियाँले । अनुहारमा अघि चुँडिएका मोतिको दिप्तता थियो भने केश त्यहि मोति चुँडिएको रेशमि डोरी ! स्विटर माथिको गुलाबि ओढ्ने ले जोरले उनलाई कसेको हुनुपर्छ किनकि उनी पक्कै पनि छोड्न मन लाग्ने थिइनन् ।

 शायद फुच्चेलाई यहि भएर नेपालगन्ज सम्म जाने झोँक चलेको रहेछ , आज भने फिल्मी ( बेगर विद द प्रिन्सेस) यात्रा हुने भयो । मनमनैँ सोचेँ ।
 “यो गाडिमा त नारायण गड सम्म जाने हो !’ मैले उसलाई नियाल्दै भनेँ । गाडि बिस्तारै घ्यार घ्यार गर्दै चलायमान भयो । तर उसलाई नियाल्दा मैले आँखा यता उता चलाउने पनि फुर्सद पाएको थिईन । “नारायण गढ कति बजे पुगिएला ?”
“बज्ला बिहानको दुई तिन !”
 “तँपाई त्यहिँ सम्म जाने हो ?”
“होइन नेपालगन्ज ।“
“हो र ! म पनि नेपालगन्ज नै जाने हो त , साथि हुने भइयो ।“ उ खुशि देखिई ,तर म ठोकुवा गरेरै भन्न सक्छु उसको खुशि भन्दा मेरो खुशि हजारौँ गुना ज्यादा थियो ।
 “तँपाई पनि नेपालगन्ज जाने हो ?”मैले आफ्नो खुशि कन्फर्म गर्न फेरि पनि सोधेँ ।
 “हो तर तँपाईले मलाई तिमी नै भने पनि हुन्छ । At least I have to get some liberty of being younger !!!!!!!! मेरो नाम चाहिँ सुधा हो , सुधा भनेर बोलाए पनि हुन्छ । ”
 उसले मुस्कुराउँदै जवाफ फर्काई । अघिका सम्पुर्ण गुणलाई परास्त गर्ने त उसको मुस्कान रहेछ ।मन फुरुङ्ग भएर आयो ।म आफ्नो खुशी लुकाउन झ्याल बाट बाहिर नियाल्न थालेँ ।दुनियाँ चलायमान थियो ,मैले बिस्तारै दुनियाँलाई भनेँ “हेर तँ भन्दा पनि मेरो जिवन चलायमान छ ।“

 जब मैले बाहिरबाट ध्यान हटाएर उ तिर आँखा फर्काए । उ केहि खुला पानाहरु पढिरहेकि थिई । प्रिन्ट सानो थियो मैले राम्ररि नियाल्दा पनि ठम्याउन सकिन ।

 “साझा पढ्ने गर्नु भाको छ ?त्यसैको एउटा कथाको प्रिन्ट हो ।” उसले मैले उसले पढ्न खोजेको कुरा देखिछ क्यार ! मुटु एक चोटि बुरुक्क उफ्रियो ,अब कुरा अगाडि बढाउन अफ्ठ्यारो पक्कै हुनेछैन । मैले भगवान लाई धन्यवाद दिन एकचोटि माथि हेरेँ किनकि जब धेरै कुराहरु एकैचोटि मिलेर आउँछन् विश्वास गर्न पनि डर लागेर आउँछ ,कतै झल्याँस्स बिउँझिइने पो हो कि भनेर !

 “थोरै थोरै पढ्ने गर्छु ,कस्को कथा हो त्यो ?”
“Somewhere on the earth!!!”
“Lucky सोम दाई , मेरो नाम किन आएन! “मैले मनमनैँ सोचेँ ,फेरि सोचेँ मान्छे साँचै असन्तोकि हुन्छ स्वभावैले ,यति सबै भइसक्दा पनि म त्यो कथा पनि मेरै होस् भन्ने चाहिराखेको थिएँ । “तिमीले फुच्चेकेटो को कति कथा पढेकि छ्यौ ?” मैले उसको आँखामा आँखा जुधाउँदै प्रश्न गरेँ । म मेरो नाम आउँदा उसको मुहारको परिवर्तन नियाल्न चाहन्थेँ ।
 “सबै कथा पढेकि छु दुइटा कथा अधुरा छन् उसका ,किन?”
 “त्यो फुचेकेटो म नै हुँ ।“
क्रमश:
Last edited: 13-Nov-08 09:11 AM

 
Posted on 11-14-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty-Thanx , I ll try to make it more interesting.
Serial -क्या करेँ आदतसे मजबुर हेँ।।।।।।
माहिला दाई छोटै छोडेछ मनोजले कथा हेर्नु न अर्को भाग लामो छोड भन्नु पर्ला ।
दिपिका- यो पल्ट त्यति कुर्नुपर्ला जस्तो छैन ,आजै लेखिसकेँ अर्को भाग सम्म त !
Geology tiger ,Harrka bahadur,Gyanguru,stat Thanx.
दिप प्रभो अर्को चोटि बा घर पढिराखेको भेटिने हो कि?
रबि यो पल्ट पक्कै पनि म बिचमा छोड्दिन ।
Cheli -सुधा राम्रो छैन र नाम ।।।।सोम दाई सँग नाम सापटि लेको मात्रै हो ।
ek@l-धन्यवाद ज्वरोको लागि पनि
narayangadh suburb-यो भाग पनि छोटै होला जस्तो छ ।



 
Posted on 11-14-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायणगढ जाने गाडीमा त जिन्दगी चढ्दिन म त, यो फुच्चे क्या stare दिदो रैछ बाइ!

नेपालगन्ज मात्र होइन, धनगढी सम्म लैजाउ है यो बसलाइ।


 
Posted on 11-14-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुचचे ब्रो,कथा त हिजो घर जान लाग्द पढिसकेको हो कमेन्ट लेख्न मात्रा नभ्याएर,दामी छ लौ यो पनि,तर कस्तो एक्छिन पनि कुर्न नसकेको हो ब्रो,कत्ती छिट्टो फ्वात्त आफुलाई चिनाइ हाल्या त,पहिला कुरो बुझ्नु पर्थ्यो नि कस्तो लाग्छ एता उता सोधेर।
लौ लौ ब्रो चिट्टो हालु अर्को भाग साह्रै छोटो भयो यो त।

 
Posted on 11-14-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा छोडेको चैं मनोजले रे, पढेको चैं सोमे दाइको  रे, भेट चैँ फेरी फुच्चे केटोसँग भाको रे।
निक्कै रमाइलो होला जस्तो छ या। अर्को भाग कहिले आउला?
 
Posted on 11-15-08 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसले एक छिन सम्म मेरो अनुहार हेरिरही ,शायद उ म सँग आफुले सोचेको फुच्चेकेटोको अनुहार कत्तिको मिल्दो रहेछ भनेर जुधाउन चाहन्थी ।

"मलाई फुच्चेकेटो थोरै कालो तर पाक्लाक पुक्लुक्क गाला भएको यति हँसिलो होला जस्तो लागेको थिएन उसका कथाहरुबाट !" उसले पहिलो चोटि मलाई जिस्क्याई ।
"के म यसलाई तारिफ सम्झिउँ ?"
'जे सम्झ त्यो तिम्रो ईच्छा , मैले त लागेको कुरा भनेको मात्र हो ,अर्थ निकाल्न त लेखक हरु स्वयं सक्षम हुन्छन् नि !"
उ बिस्तारै सम्बोधनहरुमा तँपाइ बाट तिमीमा झरिसकेकी थिई । तर यो तँपाईबाट तिमीको रुपान्तरण मलाई पनि रमाईलो लागिरहेको थियो । किन कि तिमी मा ज्यादा सामिप्यता हुन्छ तँपाइ भन्दा !

"तिमी विवाहित होइन है ?"
'होईन त किन ?"
"तिमी खालि परिकथा जस्तो मायाका कथाहरु लेख्छौ त्यहि भएर !"
"तिमी मलाइ यो भन्दा मायालु यो भन्दा यो भन्दा रमाइलो बिषय सजेष्ट गर्न सक्छौ?" मैले उसको प्रश्न उसलाई नै फ्याँके ।
उ मौन भई शायद उ सँग मेरो यो प्रश्नको जवाफ थिएन जसरी मैले जत्ति नै लेखे पनि उस्को रुपको अलौकिकता को बर्णन म सँग थिएन ।तर जे भए पनि मेरा कथाहरु ,मेरा विषयहरुमा छिरिरहेकी थिई ,त्यहि नै भइरहेको थियो जे म चाहिरहेको थिए । आखिर म मेरा कथाहरुलाई आफ्नो गहना मान्छु र गहना को सुन्दरताको बयान अरुको मुखबाट सुन्दा को सन्तुष्टिको स्वाद नै बेग्लै हुन्छ । अझ मेरो तारिफ गर्ने स्वयं तारिफ लायक थिईन यहाँ त !


पुरानो गाडि बिस्तारै बिस्तारै आफु पुरानो हुनुको परिचय दिँदै थियो हामीलाई ,गाडिको झ्याल जतातिर म थिएँ बिस्तारै बिस्तारै गाडिको गति सँगै खुल्दै थियो चिसो हावा बिस्तारै बिस्तारै मेरो शरिर लाइ छोइरहेको मलाई त्यति खेर सम्म थाहा भएन जब सम्म उ त्यो शिशा लगाउन म तिर लम्किईन ।
उसको सलले पनि मलाई उसको स्पर्शको अनुभुति दियो । थोरै नै भए पनि हावामा उसको सुबास महसुस गरेँ मैले ।गाडि भित्रका मधुरा बत्तिहरु पनि अहिले नबलुन् भन्ने चाहन्थेँ म !


"लेखक हरु सँधै गम्भिर हुनुपर्छ हो ?" एक छिन मौनता आखिरमा उसले नै भङ्ग गरी । झ्याल लगाईवरि उ आफ्नो सिटमा स्थिर भइसकेकी रहिछ ।
"मलाई त त्यस्तो लाग्दैन ।"
"त्यसो भए किन चुपचाप त ? कि साझाको नयाँ प्लट फुर्दै छ ?"
"यत्ति राम्रि केटी छेउमा भए पछि त प्लटमात्र किन मलाई त महाकाब्य नै फुर्नु पर्ने हो !' मैले पहिलो चोटि मौकाको सदुपयोग गर्दै उत्तर फर्काएँ । आखिर उसलाई पनि थाहा होस् न उ कति राम्रि छे भनेर !
"म त्यति पनि राम्रि छैन !"
"मलाई केटीहरुको यहि बानी मन पर्दैन !'
"कुन ?"
"बरु नराम्रा केटीहरुलाई आफु राम्री छु भन्ने भ्रम हुन्छ तर राम्रि केटीहरुलाई आफ्नो सुन्दरता माथि बिश्वास पटक्कै हुँदैन ।"
"तिमीले केटीहरुलाई राम्ररी बुझेकै रहेनछौ ।"
"म मात्र किन र ? जस्ले पनि बुझेको छु भन्छ उसले गलत भनेको हुन्छ ।"
यसपालि उ धक फुकाएर हाँसी , उसलाई चित्त बुझे जस्तो छ ।


"के गर्छौ त तिमी !" मैले उसको ब्यक्तिगत जिवन जान्न चाहेँ ।
"साझामा तिम्रा कथाहरु पढ्छु !"
उसलाई थाहा छ कस्को तारिफ कसरि गरिन्छ भनेर !
"मैले त्यो बाहेक सोधेको !"
" मास्टर्स गर्दै छु बिराटनगरमा ! पार्ट टाईम पढाउँछु पनि !"
" मेरो अबको कथा त्यसो भए "म स्टुडेन्ट भएको भए" हुन्छ होला !
मैले पनि तारिफको बदला तारिफ ले नै फर्काएँ
"म त्यसको प्रतिक्षामा रहनेछु ।' उसले हाँस्दै भनी ।

"तिमी त ईन्जिनियर हो होईन ?धनकुटा मा हो क्यारे ! कुन डिपार्टमेन्ट र अफिस चाहिँ याद भएन ?'
"कसरि थाहा पायौ ?" साझाका केहि पोष्टहरुबाट थाहा पाई होली भन्ने अनुमान हुँदा हुँदै पनि मैले उसलाई सोधेँ । म उसको मुखबाट सुन्न चाहन्थेँ ।
"कम अन यति पनि थाहा हुँदैन त फ्यानहरुलाई ?'
"हेर है तिमी मेरो नाक बढाउने काम नगर !"
'काम कसरि म्यानेज गर्चौ त राइटिङ्ग सँगै ?" उसको प्रश्न सामिप्यता ले भरिएको लाग्यो मलाई !
"म्यानेज भइ हाल्छ सरकारी जागिरमा !" मैले हलुका जवाफ फर्काएँ , मलाई थाहा छ मेरो जागिर त्यति सजिलो छैन जति म जनाईरहेछु उसलाइ ! एक हफ्ता बिदा लिन पनि हाकिम सँग झगडा गरेर हिँडेको हुँ म !


गाडिमा अचानक बत्ति बल्यो । सडक को पल्लो कुनामा पनि एक दुईवटा बत्तिहरु देखिए ।उसले आफ्नो सल मिलाइ ।आफ्नो कपाल पनि मिलाएर कानको पछाडि लगी । कानका साना टपहरु गाडिको पहेँलो प्रकाशमा टलक्क टल्किए ।गाडि बिस्तारै त्यो होटलमा रोकियो ,बाहिर बाट एउटा मोटे मान्छे खानाको लागि चिच्याउँदै थियो ।

क्रमश:



 
Posted on 11-15-08 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुत्नु भन्दा अगाडि यसो लास्ट भन्दै ईन्टरनेट खोलेको , फुच्चेको कथा रछ , नपढी सुत्नै सकिएन , तर फेरी पनि छोटो लाग्यो ।
लेखाइ अती दामी छ , आँफै बसमा छु जस्तो लाग्यो , लौ सपनामा पनि तेही बसमा गूडेको देखिनो भयियो आज चै ।

लौ फुच्चेको जये होश ।


 
Posted on 11-15-08 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चेले अर्को भाग पनि पस्की सकेछ, साँच्चै हर्कले भने जस्तै अनुभुती हुन्छ फुच्चेको कथा पढ्दा।  


 
Posted on 11-16-08 6:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucheketo  तिम्रो अधुरो कथा को बाँकी भाग खै त ।।। 
anyways  नयाँ कृति लिएर आएछौ धन्यबाद...
तिमी, दीपिका , crazy र सोमे दाई जस्ता हस्ती हरु ले साझा को रौनक उम्मीद से दुगुना भएको  छ
 
Posted on 11-16-08 6:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

phuche keto biratnagar ko sudha re..jyaan jala hai hosh gara mero bahini ho..night bus chadeko raichau malai teti biswas lachainna aagami bhag haru ma....malai kunai jamana ma bhana ta bhandai thie tesle euta boka engineer sangha nepalgunj jada ko ghatana ..lastai jhur bhathiyoo tyo idiot sangha bhaneray ...ma chahanchu tyo timi chai nahosh...hahahaha bro jk hai

katha ta last gayo ni ta k ho laxmiprasad kai sisya hau ki kay ho yaar..la la chito aru bhag pani lekhdai gara ani muglin ma bhat khana..narayghad ma taash khana chai nabirsa hai bro!!!ani sudha darling lai mani mero samjhana sunaideu hai bro...

ani euta important kura bro nepalgunj ma kata khana basnay ho natra mero uncle ko guest house thiyoo ..timilai yeso janakari garaideko kya !!!! yatra sukhad hos...jadauuu


 
Posted on 11-17-08 4:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मलाई फुच्चेकेटो थोरै कालो तर पाक्लाक पुक्लुक्क गाला भएको यति हँसिलो होला जस्तो लागेको थिएन उसका कथाहरुबाट "
Nak tipna birseko ghiraula jasto bhayo hola hoina ta prabhu, usai ta ramri kt seat
ma tehi mathi usle gareko ko bayan.. (yo padhrea chain atti ris uthya hola, maile sorry bhaera
uth bas ta garna paroyena ni fucchu???)
 
Posted on 11-17-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे, लौ मजाको रहेछ कथा --सोमेसाइँलाको  कथा पढेर पुच्चेको प्रशंसा गर्दिरैछिन सुधाले

 'कानका साना टपहरु गाडिको पहेँलो प्रकाशमा टलक्क टल्किए'--  कति मिठो तरिकाले परिस्थितिको वर्णन गर्नुहुन्छ  --यसरी कथा लेख्दै गयो भने प्रशंसक को संख्या पक्कै बढ्छ।   अनि साच्चै, फुळी चै थिएन  सुधाको ?   


 
Posted on 11-17-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुचचे ज्यु, नाइट बस को रफ्तार सँगै सुधा सँग को कुराकानी पनि दौडिदै छ् नि। भर्खर मुग्लिन पुगियो जस्तो छ् नेपालगन्ज सम्म पुग्दा के के हुने हो लौ छिट्टो राखम प्रभो।


 
Posted on 11-17-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fuchhe ji ,

 katha ramro cha salala bageko cha . malai pani tapai vanda timi vaneko nai man parcha . tapai vanyo vane ta talai pai hunchare ani ali samman vanda ni tirskar garejasto lagcha tehi vayer timi nai vaneko ramro lagha. ani arko part kahile aauchata?? ki ajhai dherai kurna parne ho ?? thanx hai nice story ko lagi...


 
Posted on 11-19-08 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo..the characters in ur story are awesomely interactive....

yo timro prastuti ko bishesata ho.

i have read it over and over...


 
Posted on 11-19-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo jyu dami chha, next part khai ta?
 
Posted on 11-21-08 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ajhai khana khadai ho ra bhanya?

bus chutla hai,


 
Posted on 11-21-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे ज्यु यो कथाको शिर्सक त "मनोजले छाडेको कथा" होइन "फुच्चेले छोडेको कथा" राख्ने बेला भो। लौन अर्को भाग टाँसौं।
 
Posted on 11-21-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा गजबको! बस हुइँकियो तर कथा हुइँकिएन प्रभो, एक हप्ता कुराइदिने भन्या?
 
Posted on 11-21-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal banda chha ni ta!! kaha huikinchha tetti sajilai bus, hamro nepal ma...

 
Posted on 11-21-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे रिक्सामा अलि अलि घिसार्दै गर्न पर्ने भयो त्यसोभए!


 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters