[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 228843 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-08-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नानि आर्ना ले हाइ सप्पै चौतारिएन हरु लाइ भनिन् रे ?! ल ल मेरो पनि muaahhh ..सुनाइदेउ है त ।

चिप्लु पाट् खै बिजिनेस गर्नि भन्या हो अजकल हजुरबा ले पुस्टकारी दिन छोडे लोभि बाजे रिसै उठ्ने :(

दुर्गेमाता दर्सन् गरे हजुर्लाइ पिङ् चढाउ भन्या पिङ् हाल्ने डोरि नै पाएन :)

ठुल्ननि आज साच्चै खुशिछे ;-)
 
Posted on 06-08-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oops निसजिज् त झन्डै छुटि पो गोएछ , दर्शन् हाने है जिजु !
 
Posted on 06-08-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tiru m ta sadhai khusi nai hunchu. no douth hehheheh
 
Posted on 06-08-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु मोरि आफुलाइ पिङमा मच्चिन कस्तो हतार भैसक्यो
लौ न गामतिर गएर कसैसँग छ कि यसो बझन !
ठुली मलाइ त सन्चै छ
तिम्रो के छ नि?
 
Posted on 06-08-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Durgi di m fine too. but still miss macha heheh
 
Posted on 06-08-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अले..ले..ले.. मेली छानी लाम्ली भान्जी कत्ति मज्जाले खेलेकी,... खोइ खोइ त्यो मामुको जच्तो नाक चलाइदिम चलाइदिम अनि मामा जच्तो गलेल हास्छिन् नि। ल ल ल हेल त कच्तो लाम्लो देकेको हाच्दा ... ठ्याक्कै मामा जच्तै क्युट। :-)

हरि तिमीले सोचेका सबैकुरा पुरा हुन् है!! हामीले तिम्रो लागी सोचेका कुरहरुपनि पुरा हुन्। :-)

Jadau!!

:-)
 
Posted on 06-08-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, त्यो गूड् न्युज म सँग पनि share गर न भनेको के।

निश् पाट्, कहिले हो त्यो सुङ्गुर् र तोम्बा पार्टी गर्ने भनेको? यही वीकेन्ड्मा पार्ने हो कि?
सुङ्गुर पार्टी भन्दा उहिलेको एउटा कुरा सम्झना आयो। Oakland, CA मा मेरो कलेज पढ्दा ताकाको एउटा साथी बस्थ्यो, गर्मीको छुट्टीमा केही दिन गएको थिएँ। Laos को मान्छे, तेतै सपरिवार बसोबास् गरेको। म गएको समयमा उनिहरु को पुर्ख्यौली के पूजा हो (ancesteral worship भन्थ्यो) भनेर सुङ्गुर काटेका रहिछ। नेपालीले खसी र राँगाको भित्र्याँस बनाए जस्तै उनिहरुले सुङुगुरको त्यस्तै परिकार बनाउँदा रहिछन्। आन्द्राभुँडी देखि लिएर कलेजो आदीसबै छखियो।
अनि एक जना धराने मित्र छन् मेरा, सुङ्गुरको खुट्टाको गजबको अचार बनाउने।
 
Posted on 06-08-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu ke ni good news chaina kya hari lai jiskako. kasto kura ni nabujhne kya. ani khai ta katha.
 
Posted on 06-08-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.chiplu paat timi pani haamrai gyang ko jasto chanta, aambo ... yaaaa (haat le dekhaaudai) thulo sungur liera aako chanta haamile tyo paari paltan baajeko khor baata. aabo haami bhaala maa dhaar lagaaera tayaar gardai chha ki anta timi chahi chheu maa basa la. firi sungur le last karauchhanta bhaala thauma parena bhane, tyo belaa chahi timile yaaa (haamfaalera dekhaudai) jump haandera chyaappa tyo sungur ko mukh chhoperanta tyaslai silent banaaunu parcha la.

anta timile bhaneko jastai bhitryaas daami banaaera maya chhemaako pasal baata lyaaeko tongba sanga khaane la.

:)
 
Posted on 06-08-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछिल्लो चौतारीमा फोटो यात्रा सुरु गरेको थिएँ, त्यही बेला नयाँ चौतारी बन्यो। अब यतै जारी राखुँ है अघिल्लो चौतारीमै राखेको फोटोहरुबाट।

यो चाँही सिनुवाबाट माछापुच्छ्रेको द्रिष्य। पोखराबाट भन्दा एकदम फरक देखिन्छ। माछाको पुच्छर जस्तो दुईटा twin peaks हेरौं र बुझौं किन माछापुच्छ्रे राखिएको रहिछ हिमालको नाम। साहूले जोत्न दिएको कम्प्युटरमा यसैलाई भित्ते कागज (wall paper) बनाइ राखेको छु।

 
Posted on 06-08-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद है हरि, फेरी पनि नयाँ चौतारी छिनेकोमा।

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु, च्वाँकहरु, ह्यान्सिहरु, सेउसिहरु, हंकहरु, जंकिहरु, गायकहरु, नायकहरु, गायिकाहरु, नायिकाहरु, कविहरु, कवियत्रिहरु, मोडर्नहरु, पाखेहरु, झ्यापुल्टेहरु, चिन्डेहरु, मुन्द्रेहरु, कुन्डलेहरु, मोटेहरु, सिलिमेहरु, चिलिमेहरु, डक्टरहरु, कन्डक्टरहरु, मास्टरहरु, बिध्यार्थिहरु सबलाई आन्द्रादेखि,भुँडिदेखि, मुटुदेखि, पैतालादेखि, चित्तदेखि, पित्तदेखि, नजर देखि अधरदेखि छानि छानि घगडानको नमस्ते ठोकेँ ल!!
 
Posted on 06-08-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ढुङ्गो भित्र चाँही गुफा छ, जसलाई हिङ्को गुफा भनिन्छ।

 
Posted on 06-08-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"श्री पूजानिम् बरा"को पनि दर्शन गरौं अलिकती माथि पुगेर। गुरुङ् जातिहरुले यसलाई मान्ने रहेछन्। वरिपरिका जंगल फाँडे अनिष्ट् हुने विश्वास रहेछ।

 
Posted on 06-08-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाँ त बाढी आ'को रैछ गाँठे, कुनि के जाति एउटी बुइनि बैशले अन्धो बना'को देखेर अरुले काखि बजाम्दै अरेको मानिचु के रे खास कुरो बुझ्या छुइन के रे । हाँउरो चौतारी चै कतातिर लुके छ तो बाढीआँ ।

आहा लु, नयाँ चौतारीआँ चारखुट्टे रुख, क्या रमाइलो, सान्नानीको आर्ना चौतारीको साझा भान्जी बनिन के रे, ठुली भएसिन कति रमाउनि होलिन हगि?
मदनवाको पीर र पुन्टे दा को क्याँउ क्याँउ गीत सुनेर दंग परेम के रे ।


अनि दुर्गेमाता र तितौरी पिङ खेल्न मन गरेको था' पाएँ के रे, लु डोरी ल्याइदिया छु, बलियो अरेर पिङ बना'र खेलुम है । यसपाली दशै आम्न अझै ३-४ महिना बाँकि छ, तो बेलाँ सम्म यै डोरीको पिङले धान्छ होला, बलियो डोरी ल्या हो के रे ।

 
Posted on 06-08-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा बहुलाले फेरी के गर्या हो flush thread हरु थालेर पुरै ढाकिदेकोछ।
त्यो डोरिले पिङ् हाल्नु भन्दा त्यही बहुलोको पाता कस्न पर्ला जस्तो छ हौ।
 
Posted on 06-08-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हमिलाई धेरै पिर लागेको छ
एकटा आसा थियो उ भि भागेको छ

एकटा इमेल लेखेथेँ सहाइता मागेर
घायल पारेछ नसोचेको जवाफ पाएर

अजै थियो हमिलाई एकटा आसा लागेको
वहि भएर जल्दि चौतारिमे नामहरु हेरेको

सबको नाम राख्नुभयो, हमरे नाम आएन
दैया गे! वहाँको दिलमा हमिले ठाम पाएन

मात्रै एकटा काम बाकी छ मैले कर्नलाई
सुत्न जाने रेल पटरीमा चैन से मर्नलाई

(क्वाँ क्वाँ)
-वहि धनिया
 
Posted on 06-08-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL, ROTFL

हरिइइइइइइइइइइइइइइइइइइ के गरेको यस्तो ??????????????????????????????

तिउँरो लागि धनियाँले स्वस्थानि बर्त लेला जस्स लायो के रे , नाउँ हाजिरकापिआँ नचढेर हैन हरीले नाँउ सम्झेन भन्दै बिचरी क्वाँ क्वाँ रोइन गाँठे ।
 
Posted on 06-08-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol ha ha ha dhaniya. bahini chahi kahaa baata aako hau? sidhai hamro hari paat lai taakdeko rahechha.

ha ha ha!!

Chanaa dai sanchai?

:-)
 
Posted on 06-08-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो चनाले कति मोटो डोरि लेराइदिएछ ! धनियाको पात छ है चना तिमीलाइ
यो डोरिले त दसै पनि टर्छ जसो छ।
तिरु ए तिरुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ
ए ठुलीइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइ
कता गए सपै
पिङ खल्ने भए आओ है
म त मच्चाउन थाले !
 
Posted on 06-08-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्चै छु कुमलवा, खै चौतारीआँ गुड फुराइडे, ब्याड स्याटरडे झन ब्याड सन्डे लायो जस्स छ के रे । सुनसान भ'र भुतले अड्डा जमाउँला जस्स छ अब ४८ घण्टा जति ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters