[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाल छिट्टै पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्ने

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 11186 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-30-15 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति हाँस्ने - यस्ता गुन्डाहरु त नेपालका उद्योग मन्त्री छन्

अब नेपाल पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्छः मन्त्री बस्नेत

प्रकाशित मिति : मंगलबार, असोज १२, २०७२

mahesh basnetकाठमाडौं। उद्योगमन्त्री महेश बस्नेतले नेपाल छिट्टै पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्ने दिशा तर्फ उन्मुख हुन लागेको बताउनुभएको छ ।

‘दश वटा पेट्रोलियम अन्वेषण सम्भावना भएका क्षेत्रको अन्वेषण तथा उत्पादन खुल्ला गर्न हामी अन्तिम चरणमा छौँ । यसका लागि ग्लोबल टेन्डरको तयारीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने गृहकार्यमा मन्त्रालय र खानी विभाग सघन गृहकार्यमा जुटेको छ’ मन्त्री बस्नेतले भन्नुभयो ।

इन्टरपाइजेज जीआइएस बेसड् माइनिङ् एण्ड जिओलोजिकल इन्फरमेसन सिष्टम सम्बन्धी अनलाइन सूचना प्रणाली (http://dmgnepal.gov.np/)को उद्घाटन गदैँ मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो ।

उहाँले डिजिटल नेपालको कुरा भैरहदाँ खानी विभागले भूगर्भ सम्बन्धी सम्पूर्ण तथ्याङ्क भएको आधुनिक वेवसाइट निर्माण गरी यस अभियानमा बाजी मारेको बताउनुभयो ।
उद्योग मन्त्री बस्नेतले वेव साइटको निमार्णसँगै विगतमा खानीका लाइसेन्स झोला, बगलीमा रहने र खानीका सूचना थोत्रा कागजमा रहने अवस्थाको अन्त्य भएको बताउनुभयो । साथै उहाँले खानीको डिजिटल तथ्याङ्क मार्फत विद्यार्थी, खोजकर्ता र लगानीकर्ता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग सचिव जयमुकुन्द खनालले उद्योगमन्त्रालयका सबै निकाय इ–गर्भनेन्स तर्फ उन्मुख रहेको बताउदैँ खानीमा लगानी गर्न विदेशी तथा स्वदेशी दैनिक जसो मन्त्रालय र विभाग धाउने प्रक्रिया वेवसाइटको निमार्ण सँगै रोकिने बताउनुभयो । उहाँले वेवसाइटबाट भूगर्भ तथा खानीको नयाँ र पुराना तथ्याङ्क पाइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा खानी विभागका महानिर्देशक सर्वजीतप्रसाद महतो, अर्थ अब्जभेटरी सिंगापुरका प्राविधिक प्रमुख प्रमेश बेनरजी लगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

http://www.hamrakura.com/209136.html

 
Posted on 10-01-15 10:09 AM     [Snapshot: 773]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 01-Oct-15 10:09 AM

 
Posted on 10-01-15 2:17 PM     [Snapshot: 928]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, हो! अब एक दुइ सय ब्यारेल यसो निकालेर पनि देखाउनु नि त्यी धोतिहरुलाई! त्यसपछिको तमासा नेपालीहरुले हेर्ने मोउक्का पाउञ्छ, नत्र त आज सम्म हाम्रो तमासा हेर्ने उनीहरुनै भैराखेको छ.
 
Posted on 10-01-15 3:19 PM     [Snapshot: 1003]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAHA, what load of crap, " not only Nepal will be soon self sufficient on oil but also exporter "

Nepal should not have any vehicle that runs on oil, no industry and no airport, no kerosene lamps in villages, no kerosene stoves in cities then certainly he will attain this.

I don't know how a minister can utter such total nonsense and get sajha intellectual supporters?
 
Posted on 10-02-15 9:25 AM     [Snapshot: 1248]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनिन्छ "कार्तिक महिने कुकुरको मुतुनो  र हाम्रा मन्त्री र नेता गणको थुतुनो एउटै हो "?
Last edited: 02-Oct-15 11:55 AM

 
Posted on 10-02-15 12:10 PM     [Snapshot: 1332]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालमा पेट्रोलियमको सम्भावना हुदै नभएको होइन .... तर यसको लागि समय चाहिन्छ, लगानी चाहिन्छ र अन्वेशण गर्ने उपयुक्त वातावरण चाहिन्छ.. अहिले भारतले अघोषित नाकाबन्दी गरेर पेट्रोलियमको आपूर्ति रोकिदिएकै अवस्थामा यस्तो चर्चा गर्नु भनेको तत्कालै समाधान गर्नुपर्ने समस्याबाट तर्कने उपाय मात्र हो ... पहिले अहिलेको समस्यालाइ कसरी सुल्झाउने त्यसको लागि आवश्यक कदम चाल्नु पर्यो ... दिर्घकालिन रुपमा नेपालमा पेट्रोलियम पदार्थको खोज गर्नु पर्ने कुरा त आफ्नो ठाउमा छदै छ
 
Posted on 10-02-15 1:40 PM     [Snapshot: 1411]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its a ploy to divert peoples attention from bigger issues
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters