jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८४

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 174766 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-10 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८४ ~  




                                                                                                                                                                                                             

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी 

चौतारी १८४ औं 
संस्करणमा आइपुगेका छौं। 

अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने 

पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, 

दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र 

उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ। 

अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। 

कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी 
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। 

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै '

हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले 

हार्दिक स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | 
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, 

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? 

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! 

नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो 
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! 
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा ! 
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! 
त्यो सुनौलो धौलागिरी, 
त्यो पाखा, त्यो बारी, 
त्यो पाठशाला, त्यो पसल, 
त्यो गैह्रो, त्यो  लाँकुरी.... 
कठै त्यो मेरो गाउँ !!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, 
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



 सधैंझैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली, Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, Baire - बैरे, Khushi - खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस, टुसे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 184 edition




Last edited: 08-Apr-10 11:32 AM

 
Posted on 04-08-10 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकस त हुने नै भयो । चिलिम तान्न न पाइने नियम कल्ले बनाएको होला ??


हामी चिलिमेहरुको मानव अधिकार हनन भाकोमा कोइ न कराउने ? मान्छे मार्ने जंगलिहरुलाई सेनाले गोली हान्दा चाही मानवअधिकार हनन रे ।


नया खर्कमा पिलेन चढ्न अगाडि तानिन्छ र १४ घण्टा कुरिन्छ, अबुधाबीमा पुग्ने बित्तिकै अल्लाह हो अकबर भन्दै तान्नु पर्ला, मखुला ??


 
Posted on 04-08-10 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


हन हो कस्तो दिक्क लाग्दो मौसम हो यो अम्रिकामा! चैत बैशाखा पनि हिउँ परेर उधुम, हिउँ मात्र परेको भए त हुन्थ्यो, बिहानसम्म चाँही हिउँ परेर विछट्ट अहिले चाँही टण्टलापुर घाम! ल है चौतारीको सियालमा बसेर घामको ताप छल्न खोज्ने सबै औतारीहरुलाई मेरो पनि तारेमाम।


 अनी चिप्ले गुरुले र ठुल्दाइले चिलिम तानेको कुरा गर्दा मैले पनि झल्यास्सँ जमानामा बिडी तानेको कुरा सम्झे, के के न लछारुलाँ भनेर हरिद्वार, ॠषिकेश, बद्रीनाथ लगयातका स्थानमा तिर्थाटन गर्न गाको त भरे गोल्डफ्लेक भन्ने बाहेक अरु कुनै चुरोस नै नपाईने,त्यो पनि असाध्यै महँगो, फेरी त्यो बेला आफु भन्छन् नि के जाती...  chain smoker भनेर, हो त्यस्तै त्यस्तै भएको थिए, चुरोस नखाई खाली बस्नै नहुने। पछी समस्याको समाधान पत्ता लाग्यो, दुई रुँपैया मुठामा एक मुठा बिडी पाइदो रहेछ, जत्ती खाए पनि भयो। फेरी त्यो बिडी कस्तो भने सल्काए पछी तानेको तान्यै गर्नु पर्ने, छोड्यो कि निभीहाल्ने। भरे त बिडी खादाँ खादाँ ओठै कालेटी परेर कालो निलो भएछ।


त्यस्तो कालो ओठमा कसरी तरुनीहरुलाई चुप्प खाओ मोरी हो भन्नु?


 
Posted on 04-08-10 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 धेरै भएछ चौतारी न आएको, आज त ९० डिग्री राइछ, एस्सो यो चौतारी को सितल लिन आको, कोही पनि छैन कि क्य हो ?


राहुलदाई गएको हप्ता तपाईंको गाउ डुल्न आको थिए, जि.टि को नयाँ  गाउ सम्म पूगे, कसैलाई भेट भएन अनी सोमबार आफ्नै गाउ तिर फर्किये


 
Posted on 04-08-10 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिटी अनी हिमाल दाई ।



लौ यता सम्म आए सि ठुलदाई लाई यसो फुन वा मेल गरेको भए हुन्थ्यो नि । यही बहनामा म: म: पाक्थ्यो । गर्मी न सर्मी नि म: म: खान।



 बहनाबाजी न पाएर म:म: न पाकेको जुग भाईसक्यो ।


 
Posted on 04-08-10 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल् दाई, त्यहाँ पूग्दा ४:०० बजी सकेको थियो, अनी मित्रको काममा इष्टएर बिदा रैछ, अनी एस्सो lansdale तिर घुमाउन लग्यो, अनी बेलूक पख नयाँ घर को बार्तलिमा बसेर कुखुराको सपेटा पोल्न थालियो, अनी त समय बितेको त पत्तै भएन नि, अनी भोली पल्ट कुखुरा नबास्दै झिती झम्ता बोकेर लगियो उकालो, नत्र त्यहाँ बसेको भयता ठुल्दैलाई एस्सो फोन घुमाउन के गाह्रो भो र हैन ठुल्दै 
 
Posted on 04-08-10 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-08-10 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-08-10 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-08-10 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-08-10 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-08-10 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 08-Apr-10 08:43 PM

 
Posted on 04-09-10 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे झरीमय जदौ ।


गाम्लेहरु हो उठ, जाग। नेपाल जाने ट्याम हुन लागि सक्यो । फूलमाला लिएर लाइन बस्नु पर्दैन ??


 
Posted on 04-09-10 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम।

लौ ठुल्दाइको प्रस्थान गर्नी नि बेला भएछ। दाई भाउजुको यात्रा सफल र आराम्दाइ होस्। बत्ती नभये नि रोज मोज गर्नु, भोज गर्नु। यो सानो भाईको धेरै धेरै सम्झना भनेर सुनाइदिनु। म नि आर्को साल त पक्कै आउँछु भन्दिनु। अली अली मोज मेरो तर्फबाट नि गर्दिनु है। तर मलाई नि जान मन भो, क्यार्नी होला।

ल दाई राम्ररी गएर राम्ररी फर्किनु है। त्यो बाटो त्यो गल्लिहरुलाई मैले नि सोध्या छ भन्दिनु है। नयाँ घर तिर त पक्कै जानु हुन्छ होला, एस्सो मेरो घर तिर नि आँखा घुमाउनु होला है। अस्ती भनेको थेँ नि, तेइ हो। अगाडि नयाँ घर बनेर छेकी पो सक्यो कि!

लु दाई, त्यो रामेचालाई पैसो देर फुल किन्न पठाको, बल्ल ल्याएछ

शुभ यात्रा, happy vacation
.


 
Posted on 04-09-10 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Taaremaam thuldai, poore. Thuldai shubha yatra.

 
Posted on 04-09-10 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे , कुखुरे ।


मुरी मुरी धन्यवाद। यहाँहरुको संझना बोकेर जाने हो नेपाल। सबलाई खबर सुनाइ देम्ला। नेपाल को माया गर्ने ( माधव नेपाल को हैन नि फेरी) धेरै छन अम्रिकामा भनेर गर्बका साथ औतारीहरुको बखान गर्ने छु ।
 


 
Posted on 04-09-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ भने माया छपक्कै लाइदेउ
छैन भने माया मोहनी फुकाइदेउ


शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।
अर्को एक महिना त सुन्सान नै हुने भो त चौतारी। मासु बिनाको मम भन्ने कि सुर्ती झरेको चुरोस भन्ने कि चिज बिनाको पिज्जा जस्तो हुने भयो चौतारी। कति बजे सम्म पोस्टिङ् हान्न सक्नुहुन्छ आज, ठुल्दाइ? अनि फर्किने मीति चाँही कहिले हो?
के गर्नु पूरे, तिमी, ठुल्दाइ (नया घरको कुरा गर्दा) अनि म त छिमेकी नै पर्यौं तर अहिले भने कता कता।  
 


 
Posted on 04-09-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाई शुभयात्रा , के भन्छ मेरो नाममा महेन्द्र बौचाको पसलको एक प्लेट मो मो खाइदिनु होला है ।


अरु जम्मै गाम्लेहरुलाई नमस्ते अनी तारेमाम , आज त फ्राइडे पो होत है।


 
Posted on 04-09-10 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर
३ बजे कम्पुटर प्याक गरिन्छ, त्यस पछी हावाइ अड्डाबाट मौका मिले मात्र हो । भोली अबुधाबीबाट चाँही हाजिर जनाइन्छ । ५ बजे लिमो सेवाले लिन आउछन । मौका मिले सम्म, बिजुली इन्टर्नेट ले साथ दिए सम्म नेपालबाट पनि चौतारी चियाउछु नै।


अरुको जस्तो  चटक्कै बिर्सिने मन छैन मेरो ।


 
Posted on 04-09-10 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


Subhayatra thuldai!


Ani baki autariharu sabailai taremaam!


 


 
Posted on 04-09-10 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, हर्के र बाघे। ठुल्दाइ, मैले त माया मारेको थिइनँ है अरुले जे गरे पनि। पहिलो हप्ता नियमित अपडेट दिएकै हो। दोस्रो हप्ता चाँही दसैंको चटारो, तेस्रो हप्ता काठमाडौं बाहिर गएको, अनि चौथो हप्ता तिहारको चटारो र घरमा डायल अप कनेक्सन नै बिध्यमान रहेकोले अलि अल्छी लागेर हाजिर हुन नसकेको हो। अहिले नै शुभयात्रा भनेर के बिदाइ गर्नु, केही घण्टा त कुरा गर्न सकिने नै रहेछ।


बाउचा र रामे अझै उठेका छैनन् कि के हो। भर छैन यी अल्लारेहरुको।          


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters