fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आत्मा उज्यालो माग्दै थियो ।

[Please view other pages to see the rest of the postings. Total posts: 59]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 22628 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 06-07-08 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

"कति हेर्छस् त्यहि मोरीको फोटो ,यसो उसो गर्यो पर्स निकाल्यो त्यहि फोटो हेरि हाल्यो । यतिन्जेल सम्म त परिवार नियोजन नगरेकी भए चारवटा छोराछोरीकी आमा भइ सकी होली ।" गेट पारीको बङ्करमा ड्युटिमा बसेको हर्केले मैले पर्स झिकेको हेर्न भ्याईसकेछ ।

"तँ बुझ्दैनस्।"म भने गेट वारि थिएँ ,मैले पर्स गोजिमा नैँ फर्काउँदै भने ।

"हो । साँचो बोलिस् ,म त माया प्रेम बुझ्दिन ,म मात्र केटीहरु राम्रा हुन्छन्  तर हेर्दै जाँदा भोगचलन गर्दै जाँदा खीइदैँ जान्छन ,नराम्रा हुँदै जान्छन् ,  त्यसैले ति फेरिरहनुपर्ने खालका जन्तु हुन भन्ने बुझ्छु ।बुझीस ?" खिस्स हाँस्यो हर्के ,  दिउँसो भएको भए उसको पहेँलो दाँत देखिन्थ्यो होला तर रातको निष्पट्ट अँध्यारोमा उ हाँस्न स्वतन्त्र थियो ।हाँस्नलाई हुन त उसलाई दिन र रातको मतलब थीएन । हँसिलो थियो मोरो । लाईट हाउस बाट घुमिरहेको प्रकाश घरि घरि हामीलाई पनि गस्ति गर्दै थियो ।

आज मङ्गलबारको राती ,  उ र म ड्युटिमा सँगै परिने एक मात्र रात । बाह्र देखी चारको समय रात पुर्ण जवान भए देखी बुधबार बिहानीको जन्मसम्म हामी सँगै हुन्थ्यौँ प्रत्येक हफ्ता ,शायद छिप्पीएको रातले होला सँधै जसो कुरा केटीहरुका नै हुन्थे म त ज्यादा बोल्न मन पराउने मान्छे होइन  उ नै आफ्ना सफलताका कथा हरु सुनाउँथ्यो । तर सबैलाई आफ्नै कथा ब्यथा बोकेको नै भए पनि प्यारो लाग्छ , आफ्नो लाग्छ । मलाई त मेरै बिफल कथा प्यारो थियो । आफ्नो पर्स भित्र सँगालेको बिफल कथा ।तस्विरमा मुस्काइरहेकी मेरो बिफल कथा ।

 सँधै जस्तै उसलाई शायद आफ्ना सफल कथाहरु सुनाउन मात्र बहाना चाहिएको थियो ,अनि मैले आफ्नो पर्स खोलेर एक छिन एक टक अड्किएर त्यो बहाना दिएँछु उसलाई ।हुनसक्छ उ शुभचिन्तक हुनाले चाहन्थ्यो म ति कुरा हरु बिर्सुँ । हुन त म पनि चाहन्थेँ म ति कुराहरु बिर्सुँ तर वश मा थिएन मेरो चाहना ।

"अनि आज के सुनाउँछस् त?"मैले आफ्नो कुहिना थाक थाक गरी थुपारेका , हाम्रो सुरक्छ्या का लागि राखेका बालुवाका पहेँला प्लाष्टिक बोरामा राख्दै भनेँ । कहिले काहिँ सोच्छु कस्तो दुखी जागिर ,क्याम्फोलाईज भएर कहिले यता र उता धस्रिदैँ हिनेको छ ,कहिले डोरिमा झुण्डिएर पुरुषार्थ देखाउनु पर्छ अनि समाजको सबै भन्दा घ्रिणित पुरुष हुनु पर्छ कहिले काहिँ ।फेरि सोच्छु सबैको जीवन यस्तै हो तँ पनि बाँच्दै जा कहिले न कहिले त तैँले सोचे जस्तै दिन आउला ।

"ल आज तँलाई मैले संसारमै भेटेकी सबैभन्दा च्वाँक मैयाँ को कथा सुनाउँछु ।"

उ उत्साहि हुँदै भन्दै थियो । मैले हेरे उसको अनुहार मा चमक आइसकेको थियो सँधै जस्तै । म उसका कुरा हरु पत्याउँछु पनि किनकी छोटो समयमैँ पनि मैले यहाँ का उसका चर्तिकला देखीसकेको छु ।मैले गएको मङ्गलबार सम्झेँ उ यसरि नै उत्साहि हुँदै त्यतिखेरकी संसारकी सबै भन्दा च्वाँक मैयाँ को कथा सुनाउँदै थियो मलाई ।उसको पोष्टिङ्ग दाङ्ग हुँदाको कथा थीयो शायद त्यो ।  मलाई थाहा छैन च्वाँक को परिभाषा के हो ?उसको च्वाँक शब्द भने हफ्तै पिछे परिभाषा बदल्थ्यो । यो एउटा सौन्दर्य प्रतियोगिता जस्तै थियो मेरो बुझाईमा ।  जस्मा प्रतिस्पर्धि हरु मध्ये हफ्तै पिछे नयाँ बिजयी घोषित हुन्थे ।

"सुना न त ।"मैले उसको कथा सुन्ने निर्णय गर्दै भनेँ ।नसुनि सुखै थिएन। तर ठिकै छ , रातको यो प्रहरमा प्रणयका कुरा हरु रमाइलै हुन्छन् उसको ब्याख्याको शैलि  रमाइलो नभए पनि ।महेन्द्र राजमार्ग मा एउटा गाडी पश्चिम तिर बाट हुइँकिदै काँकरभिट्टा तिर लाग्यो ।काठमाण्डौ बाट आएको डे बस होला ।  आज बाटोमा ढिलो भएछ ।सरकार ले चेकिङ्ग त छोडिसकेको छ कतै बाटोमा बन्द थियो होला मैले मनमनैँ सोचेँ ।

"यो त्यति खेर को कुरा हो जतिखेर म सल्लेरि ब्यारेक मा थिएँ ।"

गाडिको आवाजमाँ पनि उसले मेरा कुरा सुनेछ ।

"धनकुटा ? २ बर्ष अघी ?"हुन त त्यो मलाई थाहा थियो ।म निश्चित हुनको लागि उ सँग सोधेको पनि होइन । त्यो त म तेरो गफ दत्त चित्त भएर सुन्दै छु भनेर उसलाई बुझाउने एउटा अप्रतक्छ्य माध्यम थियो ।मान्छे साँच्चै नै ढोङ्गि हुन्छ ।कहिल्यै आफ्नो आत्मा अनुसार चल्दैन । उसका हरेक कुराहरु अरुलाई देखाउनलाई गरिएका हुन्छन् ।फगत काँचुलि देखाउँछ । किनकि भित्रबाट त उ मैलो हुन्छ ,कुरुप हुन्छ । अनि त्यो कुराको उसलाई ग्यान पनि हुन्छ । थोरै फरक अवश्य हुँला तर म पक्कै पनि अपवाद थिइन ।

क्रमश:

 

 


 
Posted on 06-19-08 2:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-४, भाग-३ बाट अघि ,

 

"मेरो अनुमान सहि निस्कियो ,उ भोलि पल्ट पनि त्यहि समयमाँ त्यहिँ नै निक्लि ।"हर्के एक छिन चुप लाग्यो शायद बोल्दा बोल्दै गलेछ क्यारे,हुन त उ बोलेर गल्ने मान्छे होइन तर पनि उ सुस्तायो एकै छिन ,  अनि घडि हेर्यो , करिब डेढ बजेको थियो ।यस्को मतलब हामीले करिब अझै दुई घण्टा भन्दा बढी सँगै बिताउनु पर्ने छ भन्ने थियो । तिर्खा लागेछ तल राखेको भाँडा मा पानी खोज्यो ।  उसको भाँडोको पानी सिध्धिएको रहेछ ।

 

"ओई ,पानीको भाँडो फ्याल त यता !" उसले मेरो टुमलेट तिर ईशारा गर्यो ।

"अघि खान्न भनेको होइनस् ? " मैले उ माथी रिस पोखेँ ।अघिका एक दुइ वटा मलाई बिझेका वाक्यहरुको प्रतिशोध भनौँ ।साँच्चै न म सामान्य मान्छे भन्दा भिन्न छैन ।

 

"कस्तो किचकिचे भएको ,तिर्खा अहिले लाग्दैछ ,म अघि नै पानी किन पिउँ ?"उसका कुरा हरु पनि जायज थिए । मैले टुमलेटको बिर्को कसेर उ तिर हुत्याईदिएँ ,दाहिने हात लम्काएर उसले हावामैँ त्यो टुमलेट समात्यो । त्यसमा मलाई धेरै आनाकानी गर्न मन लागेन ।किनकी त्यो बिना अर्थको हुने थियो ।एकै सासमा मेरो टुमलेट पनि रित्तो बनायो अनि फेरि शुरु भो ।

 

"बुझिस् ,उ भोलि पल्ट पनि त्यहि समयमैँ निक्लि। " उसले पहिले भनेकै कुरा  दोहोर्याएर भन्यो । हुनसक्छ उसले त्यो कुरालाई प्राथमिकता दिन चाहन्थ्यो अथवा भनौँ उसको अनुमान सहि भएको गर्व ।

 

"अघि सुनिसकेँ ।" मैले फेरि आङ्ग तानेँ ।

"त्यो दिन मेरो ड्युटि रातिको थियो शायद ,अथवा भनौँ म दिउँसो फ्री थिएँ ,म उसलाई नै कुरेर चौतारिमैँ बसिरहेको थिएँ ।उ उकालो चढी अनि सामान्यरुपमाँ चौतारिमैँ बसि ,मैले उसलाई परै बाट देखेँ म त उ हिजो जतातिर बाट आएकी थिई त्यतै नै मुख फर्काएर बसेँको थिएँ । म उसलाई हेरेर हाँस्न खोजेँ तर उसले वास्ता नगरी मुण्टो बटारी ।" उ रोकियो फेरि थोरै बेर ।

 

"भनेपछि उसले तँलाई मतलबै गरिन ? कसरि त्यस्तो भयो यार ?" मैले उसलाई फेरि ब्यङ्ग्य गरेँ । हुन त म उ सँग पर्तिष्पर्धा गर्न चाहन्न ,तर पनि मलाई उ त्यसपल्ट पराजित भएको उसकै मुख बाट सुन्दा रमाईलो लाग्यो । किनकी त्यो उसको मात्र होईन उसको अहं को हार थियो त्यति बेलाको ।थोरै त उसको भनाईको पुरुषार्थ डगमगाएको थियो होला त्यति बेलाको !

"त्यो सामान्य कुरा हो साथी , पहिलो भेट मैँ धेरै मतलब गर्ने केटी हरु चाहिँ असामान्य हुन्छन् ।  यो मेरो अनुभव हो ख्याल राखेस् ।"  उ अनि उसका अर्तिहरु ! उ हारेको रहेनछ मैले उसको अनुहारबाटै पत्ता लगाएँ ।थोरै खिन्न पनि भएँ ।

 

"अनि ?"मैले उसको रोकिएको कथालाई घचेड्ने प्रयास गरेँ ।

"आज पानीमा भिज्ने होइन ?मैले उसलाई प्रश्न राखेँ ,उ फगत मुस्काई यसपाली मलाई हेरेर ,लाख रुपियाँको मुस्कान त्यत्ति नै खेर उ सँग बिहे गरिदिउँ जस्तो !तिर जस्तो नजर घोच्ने खाले !  सरि मैले तँपाई लाई बिर्सेछु ,हिजो त भेट भएको हाम्रो है ?उसले स्वाङ्ग पारी ,म ठोकेर भन्न सक्छु उसले त्यो भेट बिर्सेकी थिइन ,जब मैले उसलाई बिर्सेको छैन ,उसका प्रत्येक कुरा हरु छापिएका थीए मेरो मनमाँ शिलालेख जस्तो भने उ मलाई कसरी बिर्सन सक्छे ?"

 

"हुन सक्छ तेरो नजरमाँ उ असाधारण थी तर उसको नजरमाँ तँ साधारण ,मान्छे दिनभरिमाँ कति मान्छेको अनुहार देख्छ सबै याद हुनुपर्छ भन्ने त छैन नी ?" मैले तर्क गरेँ । उसले थोरै नाक खुम्च्यायो ।

 

"हुन सक्छ तर त्यो पनि अनुमान को कुरा हो हेर ,यदि तँ आफ्नो सहजताको लागि अनुमान लाउँछस् ,आफ्नै पक्छ्यमा भएर सोच्छस् भनेँ तेरो आत्मबल बढ्दै जान्छ ,तँ आफु बिफल हुने तिर सोच्छस भने त तँ आफ्नै बिरुद्धमा लडिरहेको छस् नि ,  तँ त्यत्तिकै बिफल भइहालिस नि होइन र ?" उसले मेरो प्रश्न मै तिर फ्याँक्यो ,म फेरि आफुलाई नियाल्न बिवश भएँ ,के उसले मलाई स्विकारिन त्यो मेरो कमजोरि थियो ?मेरो अन्तर्हिनता थियो त ? मैले आफुलाई चिन्न नसकेर उसका सामु प्रस्तुत हुने सहि बाटो नरोजेको हुँ त ! जे सुकै होस् आन्तिम सत्य त उ म सँग छैन भन्ने न हो ।र शायद त्यो मात्र एउटा सत्य हो उसको र मेरो सम्बन्धमाँ बाँकि रहेको !

"कता हराईस ?"उसले मलाई फेरि म बाट बाहिर निकाल्यो । मैले उसको कथा सुनिदिनै पर्ने थियो किन कि म त उसलाई मेरो कथा सुनाउँने अवस्थामा थिइन ,म त मात्र सुन्न सक्थेँ ,नियाल्न सक्थेँ ,चियाउन सक्थेँ ।

 

"कहिँ होइन ,भन न म सुनिरहेको छु ।"मैले औपचारिकता निभाएँ ।

 

"त्यस्तै हो कसैलाई एक भेट काफि हुन्छ जादु गर्न ,कसैलाई धेरै भेटहरु चाहिन्छन् मात्र परिचय गर्न । मैले उसको तारिफ माँ पहिलो तिर फ्याँके यहि वाक्यको रुपमाँ । केटीहरुको सबैभन्दा ठूलो  कमजोरि थाहा छ ? म भन्छु ध्यान दिएर सुन् , तारिफ का भोका हुन्छन् अनि बिश्वास आफुमा त झन हुँदै हुन्न ,  रतिभर पनि हुन्न ,यति भोका हुन्छन् कि साँचो झुटो खुट्याउन सम्म सक्दैनन् । तँ एउटा असाध्यै नराम्री केटीलाई तिमी असाध्यै राम्रि छौ ,परि जत्तिकै भन् ,अथवा यो कपडा राम्रो छ तिमीलाई सुहाउँछ भनेर तारिफ गरिदे , उसले यो झुठो हो भन्ने बुझ्दिन उ मस्किन्छे अवश्य मस्किन्छे र त्यसको ठिक बिपरित कुरा पनि त्यत्ति नै लागु हुन्छ ।  कुनै राम्रि केटीलाई तँ सारै नराम्रि छेस् भनेर भनिदे उसलाई बिश्वास हुन्न होइन म त राम्रो पो छु त भनेर ,उसले ऐना अवश्य हेर्छे के म नराम्रि छु भनेर ,र त्यसैको फाईदा हामी उठाउँछौँ । " उ फेरि बिजयी हाँसो हाँस्यो , अनि फेरि शुरु भयो ।

 

"झन त्यो त साँचो तारिफ थियो ,ए मेरो नाम कल्पना उसले हाँस्दै भनी । उसको नाम पत्ता लाग्यो  मेरा त्यत्ति शब्दले ! मेरो तिर सहि ठाउँमा लाग्यो । "

 

कहिलेकाहिँ लाग्छ उ सहि छ , आखिर चाहेको तर नपाएको कुरामा चित्त बुझाउनु भन्दा त पाएको तर नचाहेको कुराको फाईदा उठाउनु ठिक हो नि ,  तर फेरि किन किन उसको मुस्कान सामु आउँछ ,उसका याद हरुले मेरो  पाइला जकडेर रोके जस्तो लाग्छ ,अनि म आफ्नो एक्लो दुनियाँ मा फेरि फर्कन्छु जहाँ केवल म र उसका यादहरु छन् ।

 

"तँ फेरि हराइस् ,त्यहि पर्सवालि त सम्झेर बसेको होलास् नि ,हेर हेर त्यसैको अनुहार हेर धित मरुन्जेल !"

 

"के गर्ने यार केहि केहि कुरामा धित मर्दैन रहेछ ,तँ आफ्नो कथा सुना न म सुनिरहेको छु ।" मैले बिवश हुँदै भनेँ ।

 

क्रमश:

 

 

 

 

 

 

 

 

 

 

 

 


 
Posted on 06-20-08 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चुप भएँ ,अनि उ पनि । मेरा कहिल्यै खाटा बस्न नसक्ने घाउलाई पनि सेलाउने उसको यो निमेष भरको प्रयास होला ,सानो सानो कुराले धेरै महत्व राख्छ ,एकै छिनको मौनताले पनि उसले म प्रतिको ठूलो भावना दर्शायो ।

"अँ अनि ?" मैले नै आखिरमा क्रमभंग गरेँ ।

"कल्पना बुझिस त ? कल्पना गर् कल्पना मा देखिएका सुन्दरि हरु कति राम्रा हुन्छन् ,त्यो कल्पना पनि त्यस्तै थिई ।धेरै दिन देखि कल्पे जस्तो !"

 

कल्पना मा देखिएका सुन्दरि हरु   मेरो कल्पना माँ उसको जस्तो बहुबचन छैन , मेरो कल्पना एउटैमा सन्तुष्ट छ ।

 

"यहाँ कसरि नि ? मैले अहिले सम्म देखेको थिएन यतातिर ! सामान्य गफ शुरु गर्ने मौका पाउने बित्तिकै मैले प्रश्न गरेँ ,मेरो प्रश्नमाँ औपचारिकता मात्र थियो फगत औपचारिकता ,कसैले कुराको शुरुवात मौसम बाट गर्छन् ,कसैले घटनाहरुबाट ,मेरो निम्ति उ आफै भन्दा राम्रो शुरुवात अरु थिएन ।  पढ्दैछु कलेजमाँ ,फर्स्ट यियर हो ,कहिल्यै कलेज तिर घुम्न सम्म आउनुभएको छैन होला अनी कसरि देख्नु त ? उसले आफु कलेज गएको धाक छाडी ।"

 

म हाँसे , सामान्यतय हामीलाई पढ्न नसकेका ,बलैको भरमाँ जागिर खाएका भन्ने जान्छ धेरैजसोलाई  ,त्यो बिचरि कलिली केटीको के दोष ,भख्खर एस.एल.सि. दिएकि थिई होली त्यति खेर ,आर्मिको ड्रेसमाँ एउटा हरिलठ्ठक क्वारक्वार्ति हेर्दै जे पाए त्यहि सोधिरहेको थियो , डराई पनि होली बिचरि ! हर्केलाई त्यति भन्दिई त के धाक छाडेको भो ? हर्के आइ.ए. पढेको थियो , जुन उसको पदको लागि , मेरो पदको लागि चाहिने भन्दा पनि पर्याप्त थियो ।  त्यहि भएर थोरै बिचलित भएको होला उ । उ कथा लाई गुडाई नै रहेको थियो ।

 

"तर उसँग गफ गर्न सजिलो छ भन्ने मैले त्यति मात्रै बाट पनि पत्ता लगाएँ ,किन कि असाधारण रुप भएकि उसको कुरा गराई अन्य सामान्य केटीहरु जस्तै नै थियो । जस्ले गर्दा उ सँग मैले सम्बन्ध बढाउन नयाँ नयाँ बाटो पहिल्याउनु पर्छ जस्तो लागेन मलाई त्यति बेला !"  उ एक छिन फेरि चुप लाग्यो यति भनेर ,बादल ले चन्द्रमा लाई ढाकेछ यति बेला ,दुईवटा बादलहरुको बिचमा चन्द्रमा निसास्सिए जस्तो थियो । कालो बादल हुनु पर्छ । हुन त रातको अँध्यारोमा बादल कालो हुनु र गोरो हुनु ले महत्व पनि राख्दैन । त्यो त उनको लागि मेरो सरुवा पुर्व हुनु अथवा पश्चिम हुनु जस्तै हो ,औचित्यहिन । रातको त्यो गुण मलाई मन पर्छ । मलाई लाग्छ रात सबै माथि समान ब्यवहार गर्छ  , उ मात्र अन्धकार मा अरुका दोष लुकाउन जान्दछ समान रुपले ,चियो चर्चो त दिनलाई हुन्छ ।

 

"मैले पनि उत्तर फर्काईदिएँ ,तिमी जस्तो राम्रा केटीहरु देखिन्छन् त्यहाँ छन् भन्ने के थाहा ? थाहा पाएको भए किन आउँदिनथेँ र घुम्न भनेर । " हर्के हाँस्यो । यसपालि सँगसँगै म पनि हाँसे तेरो सुखमा म पनि सरिक भइरहेको छु भनेर देखाउने मौका पनि त थियो त्यो ।

 

"उ हाँसि ,मेरो गफ अझ सजिलो हुँदै गयो ,त्यहिँ छेवैमा बस्दिरहिछे ,चोर औँला ले आफु बस्ने घर पनि देखाई मैले नियालेर घर हेरेँ,अनि औँला पनि ,साई बाबाको फोटो भएको पहेँलो औँठी लगाएकि थिई आधा भाग खुइलिएर सेतो भइसकेको  । रेडियो नेपाल बाट देब्रे तेस्रो घर ,मैले मनमनैँ दुई चोटि याद गरेँ । त्यस दिन पनि माइक्रो दुईजना बिचमाँ आयो ,हाम्रो बढिरहेको गफलाई निर्मोहि माइक्रोले कोशी राजमार्गको बिचैमा कुल्चेर गयो । उ म गएँ है भन्दै माइक्रोमाँ चढेर कलेज तिर लागि !"

 

हर्के यति भनेर खैनि माड्न थाल्यो ,खैनि खुब खान्छ उ अनि पिच्च पिच्च थुकिरहन्छ । शायद यसैले गर्दा होला हर्के का दाँतहरु पहेँला देखिएका , केटीको छेउमा त गम्भिर हुन्छ होला नहाँसि ,जति कम्ति दाँत देखियो उत्ति नै उसको लागि फाईदा होला ।

 

 

"त्यसपछि तेरो भेट कहिले भयो त कल्पना सँग ? कि यत्ति नै हो तेरो कथा !" म थोरै ब्यग्र भएँ । किनकि उ कथा लम्ब्याईरहेको थियो ,उसले तसरि कथा ब्याख्या गरिरहेको थियो कि त्यो कथा त्यहि अध्यारो मा झलझल्ति देखे झैँ भइरहेको थियो मलाई । कल्पना को त अनुहार नै बनिसकेको थियो मेरो आँखामा पक्कै पनि हर्के ले भेटेका अरु केटीहरु भन्दा यो प्रिथक थिई ।

 

"कस्तो कुरा गर्छ यो , यति मात्रै भएको भए मैले के खान तँलाई सुनाउने कल्पनाको बारेमाँ ? कहिले भेट भयो भन्नाले ? त्यसपछि त सँधै हुनथाल्यो नि उसको बाटो त्यहि मेरो ढुकाई त्यहि ,समय थाहा नै थियो , दुई चार भेट पछि त उ पनि परैबाट हाँस्न थाली म पनि उ आउँछे भनेर पर्खिन थालेँ । मलाई उ बसेको दिन माइक्रो नै नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ,बोलक्कड स्वभाव कि बोलिरहने ,धेरै जसो केटीहरु जस्तै नै , जो सँग समय बितेको पत्तै हुँदैन । उ कहिले आफ्नो घरको ,कहिले कलेजको कुरा गर्थि । घर सिधुवा रहेछ ,त्यहाँ बाट करिब ३० कि.मि. उत्तर । कलेजकै लागि मात्र डेरा लिएर तिनजना केटिहरु बसेका रहेछन् त्यो घरमाँ ।  तर मलाई न उसको घर सँग मतलब थियो न कलेजसँग । मलाई त मात्र उ सँग मतलब थियो । "

 

मैले धेरै बेर सम्म उसका कुराहरुको मतलब खेलाउन खोजेँ ।किनकि उसको मतलब ले नै कथाको अन्त्य निश्चित गर्ने थियो । कथा कता तिर जाँदैछ भन्ने दिशा देखाउने थियो ।हुन त यो कथा पक्कै पनि उसको हिसाबले सफल थियो  र त उ मलाई सुनाइरहेको थियो तर पनि  मलाई भित्र भित्रै कल्पना उसकि नहोस भन्ने चाहना थियो ! तिन घण्टा अघि सम्म मैले उसलाई चिनेको पनि थिइन अब म उसको भलो चाहने भएको थिएँ ,किन थाहा छैन तर कल्पना हर्के कि भएको कथाको अन्त्य स्विकार्न मलाई अफ्ठ्यारो हुँदैथियो । म हार्छु भन्ने थाहा भएको युद्द लड्न युद्दरत थिएँ । तर उ मलाई हराउँदै गयो ।

 

"दिनहरु रमाईला हुन थाले उसको सम्झना मा मेरो , कि उसलाई हेर्ने कि घडि हेर्ने यति मात्र काम हुँदै थियो । एक दिन मैले उसलाई सिनेमा हेर्न जाने प्रस्ताव राखेँ ।त्यो शुक्रबारको दिन थियो ,मैले क्याम्प बाट ६ घण्टाको बिदा मिलाएको थिएँ । उसको कलेज लाग्ने दिन मैले जानी जानी उसलाई त्यो प्रस्ताव राखेँ । हुन त म उसलाई शनिबार नै सिनेमा हेर्न जाउँ भन्न पनि सक्थेँ तर त्यसले उसको र मेरो सम्बन्ध को गहिराहि थाहा हुँदैन थियो । सम्बन्ध त्यतिखेर गाढा हुन्छ जत्तिखेर अरुको लागि गलत काम गरेको पनि थाहा हुन्न । उ प्रस्ताव सुनेर मौन रहि अनि म कपि किताब राखेर आउँछु नि त भनेर आफ्नो कोठा तिर लागी । तिमी आफ्नो कोठा तिर लान्नौँ भनेर मैले जिस्क्याएँ पनि !"

 

"अनि के भनी त कल्पनाले ?" मैले उत्सुकता का साथ उसलाई सोधेँ ।

"त्यसको पनि समय आउनेछ भनी ।" उ मुस्कुरायो ,गम्भिर देखियो उ यसपालि सँधै भन्दा । मलाई थाहा छ उसको यो घटना अरु केटी हरु सँगको घटना भन्दा भिन्न छ ।किनकि आजको उसको बोलि नै भीन्न छ गहिरो ,गढेको जति जति उ कथा मा डुब्दै थियो त्यति त्यति म उसको आयाम को खोजिमा थिएँ ।

क्रमश:

 

 

 

 

 


 
Posted on 06-20-08 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो फूच्चे

यो फूच्चे उपन्यासकै तहमा होला जस्तो छ !


 
Posted on 06-21-08 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुचे को भावना मा बहन सक्ने क्षमता उत्कृष्ट छ
यस्तो कथाका पाठकहरु थोरै भए पनि फुचे को कथा ले मन छुन्छ !!

 
दशैँ तिहार
Posted on 06-21-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे भाइ तिम्रा episode पिच्छे गज्जब पछि झन गज्जब लेखाइले standards माथी झनै standards set गरिराछ।

Keep it up.

 


 
Posted on 06-22-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातको त्यो गुण मलाई मन पर्छ । मलाई लाग्छ रात सबै माथि समान ब्यवहार गर्छ

यो कथा पक्कै पनि उसको हिसाबले सफल थियो  र त उ मलाई सुनाइरहेको थियो तर पनि  मलाई भित्र भित्रै कल्पना उसकि नहोस भन्ने चाहना थियो ! तिन घण्टा अघि सम्म मैले उसलाई चिनेको पनि थिइन अब म उसको भलो चाहने भएको थिएँ ,किन थाहा छैन तर कल्पना हर्के कि भएको कथाको अन्त्य स्विकार्न मलाई अफ्ठ्यारो हुँदैथियो । म हार्छु भन्ने थाहा भएको युद्द लड्न युद्दरत थिएँ । तर उ मलाई हराउँदै गयो ।
great expression.

im loving it..
u are  beating your own records... बग याऽऽऽर बग।।
Last edited: 22-Jun-08 10:03 AM

 
Posted on 06-22-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिन घण्टा अघि सम्म मैले उसलाई चिनेको पनि थिइन अब म उसको भलो चाहने भएको थिएँ ,किन थाहा छैन तर कल्पना हर्के कि भएको कथाको अन्त्य स्विकार्न मलाई अफ्ठ्यारो हुँदैथियो । म हार्छु भन्ने थाहा भएको युद्द लड्न युद्दरत थिएँ । तर उ मलाई हराउँदै गयो ।

 

पढ्दा पढ्दै अति मन छुएका यि हरफहरु सारेर राखेको थिए, सोमे भाईले पनि उनै हरफहरु उध्रित गरेको रहेछ।

साह्रै राम्रो भावनाको बहाब पोतिएका छन फुच्चे भाईका लेखाइहरुमा।

मेरो कल्पनामा बहुबचन हुँदैन। 
रात सबैलाई समान बेबहार गर्छ, दिन हो जो अरुको चियो चर्चो गरोस।
आखिर चाहेको तर नपाएको कुरामा चित्त बुझाउनु भन्दा त पाएको तर नचाहेको कुराको फाईदा उठाउनु ठिक हो नि।

सार्दै गए भने सबै हरफ हरु आऊलान् फेरी।
उत्तम छ भाई। धेरै उत्तम।


 
Posted on 06-24-08 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष दाई धन्यवाद ,fan of ur gazals ,तँपाईले मेरो कथा पढ्दै हुनुन्छ यति ले नै गदगद भएँ

स्ट्याट जि प्रशंसाको लागि धन्यवाद ,सुझाव अनुसार थोरै परिवर्तन त भएको छु नि म हैन ?

दाईहरु(सुर न ताल ,somewhere on dearth)धन्यवाद , खोई बगेर कहाँ पुगिने हो दाई ?

दँशै तिहार अब के आउँछ त साईकल पछि ?


 
Posted on 06-24-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनि के भनी त कल्पनाले ?" मैले उत्सुकता का साथ उसलाई सोधेँ ।

"त्यसको पनि समय आउनेछ भनी ।" उ मुस्कुरायो ,गम्भिर देखियो उ यसपालि सँधै भन्दा । मलाई थाहा छ उसको यो घटना अरु केटी हरु सँगको घटना भन्दा भिन्न छ ।किनकि आजको उसको बोलि नै भीन्न छ गहिरो ,गढेको जति जति उ कथा मा डुब्दै थियो त्यति त्यति म उसको आयाम को खोजिमा थिएँ ।

 

"तैँले के मतलब निकालिस त ?" मैले पछाडि पट्टिको पर्खाल मा अडेस लाग्दै सोधे । मलाई साँच्चै उसले निकालेका अर्थहरु अर्थपुर्ण र कुनै पारङ्गत ले केलाएका झैँ लाग्न थाल्यो ।एउटा पारङ्गत खेलाडिको खेल जस्लाई दुवै कुरा को हेक्का हुन्छ ,उसले चलेका चाल सफल भए के गर्ने र असफल भए के गर्ने भनेर ।  एक चोटि अनायासै  सोचेँ म र उ अघि नै साथि भएका भए उसको सल्लाहले नै पनि मेरो माया बचाउन सक्थेँ होला म  । तर फेरि लाग्यो उ त मात्र झूट रोपिरहेछ ,माया त मैले गरेको पो हो त ? हार्ने हरुले बनाएको शब्द " साँचो माया " मलाई कहिले काहिँ आफू देखि अचाक्लि हाँस उठ्छ ,ऐनामा आफ्नो अनुहार हेरेर आफ्नो हार सम्झीन्छु अनि धित मरुन्जेल हाँस्छु ,कहिले काहिँ आँशु झर्न खोज्छ हाँस्दा तर आँशु रोकेर पनि फेरि अट्टहास गर्छु ।

 

"म ठीक ट्र्याकमा थिएँ ,किनकि उ यात्रामा म सँगै नै हिँडिरहेकी थिई ,मलाई अब उसलाई टाढा लान मात्र सक्नु पर्ने थियो समाज बाट ,नैतिकता बाट ।  थोरै बाटो त मैले हिँडाईसकेको थिएँ ,थोरै अझै डोर्याउन सके उ म सँगै टाढा टाढा पुग्ने निश्चित थियो ।"

 

"अनि ?" मेरा मनमा हजारौँ सोच हरु पौडिरहेका भए पनि मेरो मुखबाट यत्ति मात्र निस्कियो ।

 

"हामी दुईजना फिलिम हेर्न भनेर बाहिर निस्कियौँ हिँड्दै हिँड्दै ,उसले हाईवे नै हाइवे हिँड्दै जाउँ भनी ,त्यो बाटो सुनसान हुन्छ घरि घरि फाट्ट फुट्ट हिँड्ने धरान-हिले चल्ने माइक्रो र बसमात्रै हुन्छ त्यो बाटोमा ।सल्लाको सुकेको पातहरु ले चिप्लो भएको त्यो रोडमा मज्जा चाहिँ आउछ ।" उसले गाला कन्याउदै भन्यो ,मच्छडले टोकेछ क्यारे ।

"ति माथि कल्पना सँग ! मोज भयो होला है तँलाई ?"मैले प्रश्न राखेँ ।

"के को मोज नि ? मलाई लाग्यो खाना पाकेको छैन ,त्यति नै खेर हतार गरेको भए म काँचो मा पनि त पर्न सक्थे ।"

उ ङिच्च हाँस्यो ।उसले मेरो मोज को गलत अर्थ लगायो तर मैले प्रतिवाद गरिन ।  म चुपचाप उसका कुरा सुन्न थाले फेरि । आजको उसको कथा मलाई घर मा सानो हुँदाको कथा सम्झना दिलाइरहन्छ ,केटाकेटी हरु सबैजना गालामा हात राखेर चुपचाप सुनेर बस्ने । मेरो  करिब करिब दुई चार चोटिको आङ्ग तन्याई बाहेक त्यस्तै त्यस्तै अवस्था थियो ।

 

"फीलिम हलमाँ अँध्यारोमा मैले उसको सिटमा हाथ राख्ने निहुँ ले काँधमा हात राख्न खोजेँ । प्रयास मा सफल पनि भएँ तर पहिलो चोटि जीवनमा मलाई यस्तो काममा डर लाग्यो शायद उ मलाई पवित्र लागि त्यतिखेर तेरो शब्दमा भन्नुपर्दा र थोरै आफुमाँ घ्रिणा पनि जाग्यो किन मेरो मन खालि एउटै मात्र कुरा सोच्छ भनेर ।तर फेरि लाग्यो यो बराबरि को नै सम्झौता हुनेछ , जति प्राप्त मैले गर्नेछु त्यति नै प्राप्त उसले पनि गर्नेछे होलि ,मेरो पुरुषत्व र उसको नारित्व नाप्ने कसि त एउटै नै हो नि आखिर । तर पनि  डरले घरि घरि हात यता उता चलाईरहेँ ,उसको काँध भन्दा ज्यादा मेरो हात त्यो दिन बढ्न सकेन । हुन त उसले प्रतिवाद गरिन तर कसै कसै ले स्विकार गर्दा पनि डर लाग्छ ,उसले स्विकार गरेको पनि मलाई अनौठो लाग्यो । आखिर किन उसले प्रतिवाद गरिन ? के उसको र मेरो सम्बन्ध त्यो मोड सम्म आईसकेको छ त जस्मा उ मैले उठाउने हरेक कदम प्रति राजि हुनेछे ? हुन त म यस्तो कुराको लागि कमजोर हैन तर त्यो दिन मलाई अफ्ठ्यारो भयो उ तिर  बढ्न ।  उ मलाई ढोका मै कुरेर बसे झैँ गर्दैथिई , मैले दोबाटो बाटै अर्को बाटो रोजेँ त्यो दिन । फिलिम सिध्धीए पछि पनि उ आलेटाले गरेँ झै गर्दै थिई म भने हतार हतार उसलाई डोर्याउँदै सल्लेरि तिर लागेँ ।"

 

मलाई उ अचानक सन्त झैँ लाग्यो अनि उसका कुराहरु प्रवचन झैँ । किनकि पहिलो चोटि लगभग लगभग केटीको स्विकारोक्ति हुँदा पनि आफुलाई उसको पवित्रता ले गलाएको कुरा गर्दै थियो हरेक मान्छे अवस्थाका बन्दि हुन्छन् ,जीवनका मोडहरुका कमारा हुन्छन् । अघि सम्म यो कथा उसको र मेरो हार जित को झैँ लागिरहेको थियो जस्मा उ ,म र मेरी अन्जान नायिका कल्पना थिई तर अब बिस्तारै उसको कथा विश्वत्व प्राप्त गर्दै थियो ।म उ र मेरो कथा भन्दा पनि उसको कथामा सम्पुर्ण जीवन जगतको शाष्वत सत्य देखीरहेको थिएँ । शायद यहि नै त्यो घटना थियो यहि नै त्यो कथा थियो जस्ले उसमाँ बुद्धत्व जन्माएको थियो ।अँध्यारोको साम्राज्यमा एउटा मैन रोपेको थियो ।होला त्यो दिपशिखाको आयु छोटो होला तर उसले आखिर लामो समय देखी प्रभूत्व मा रहेको पुरुषत्वलाई परास्त गरे झैँ लाग्यो मलाई । उ बग्दै गयो ।

 

"त्यस पछिको भेटहरु फेरि सामान्य भए ,शायद म आफ्नै स्वरुपमा आएँ उ आफ्नै स्वरुपमा आई ।" उ एक छिन चुप लाग्यो मानौँ उ आफ्ना शब्दहरु बाट मात्र होईन उ आफ्नो ह्दयलाई पनि बिस्राम दिन चाहन्थ्यो । मैले त्यसमाँ कुनै आपत्ति जनाईन उसलाई सुस्ताउन दिएँ ।

 

"त्यसबीचमाँ उसको परिक्छ्या आयो ,उसले दुई चार दिनलाई हाम्रो भेट पातलो बनाउँ भनि ,मैले पनि नाई भन्न सकिन ,शुरुवात देखी जहाँ सम्म मलाई लाग्छ म उसको शरिर बाहेक अरुकुराको पछाडि लागेको होइन ,न उसको परिवार ,न उसको परिक्छ्या ,न उसको आत्मा तर पनि  उसका कुरा हरु नकार्न सक्दिनथेँ ,त्यो एउटा छ्यणीक अनुभुति जस्मा उसले मलाई आफ्नो शरिर दिनेछे , म उसलाई भोग्नेछु उ मलाई भोग्नेछु , म पनि खुशि उ पनि खुशी , त्यसपछि म आफ्नो बाटो लाग्नेछु , उ आफ्नो जानोस् यति नै त हो मैले सोचेको थिए ,तर किन मेरो सोच मा ढिलासुस्ति हुँदा खेरि मैले नकार्ने प्रयास सम्म गरिन यो चाहिँ अचम्म थियो ।"

"त्यो अचम्म हैन ,माया हो साथि , माया भोग चलन हैन नि त समर्पण हो बुझिस् ?" मैले बिचमा उसको बाक्य काटेँ ।

"कथा यो बिषयमा होइन कि माया के हो ,अथवा उसको र मेरो सम्बन्ध कहाँ सम्म गयो । कथा अलग्गै बिषयमा छ । " उ अचानक गम्भिर भयो ,म उसको गम्भिरता ले कथा कता लाने कुरा को सोचमा ब्यस्त भएँ ।

 

क्रमश:

 

 

 


 
Posted on 06-24-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 फुच्चे,

अघिल्ला भागहरुमा के छ थाहा छैन ,  अहिले जति पढे त्यो चै  असाध्यै राम्रो रहेछ। अब अर्को भाग कहिले आउने होला?

:)


 
Posted on 06-24-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.... im still reading vai..
yeti ma nachoda... aru pani lekhayaar.. ke ke vayo??

"मेरो पुरुषत्व र उसको नारित्व नाप्ने कसि त एउटै नै हो नि आखिर??? "
खै मलाई त बेग्ला बेग्लै कसिमा नापिन्छ जस्तो लागेको छ ।
"
उ मलाई ढोका मै कुरेर बसे झैँ गर्दैथिई , मैले दोबाटो बाटै अर्को बाटो रोजेँ त्यो दिन ।"

"हरेक मान्छे अवस्थाका बन्दि हुन्छन् ,जीवनका मोडहरुका कमारा हुन्छन् । अघि सम्म यो कथा उसको र मेरो हार जित को झैँ लागिरहेको थियो जस्मा उ ,म र मेरी अन्जान नायिका कल्पना थिई तर अब बिस्तारै उसको कथा विश्वत्व प्राप्त गर्दै थियो ।म उ र मेरो कथा भन्दा पनि उसको कथामा सम्पुर्ण जीवन जगतको शाष्वत सत्य देखीरहेको थिएँ । शायद यहि नै त्यो घटना थियो यहि नै त्यो कथा थियो जस्ले उसमाँ बुद्धत्व जन्माएको थियो ।अँध्यारोको साम्राज्यमा एउटा मैन रोपेको थियो ।होला त्यो दिपशिखाको आयु छोटो होला तर उसले आखिर लामो समय देखी प्रभूत्व मा रहेको पुरुषत्वलाई परास्त गरे झैँ लाग्यो मलाई । उ बग्दै गयो ।"

खतरा लेख्छौ यार । Keep it up..

 
Posted on 06-25-08 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss-me - thanx ,अर्को भाग सकेसम्म चाँडो लेख्ने प्रयास गर्नेछु ।

somewhereondearth dai - धन्यवाद दाइ ,लेखिराखेको छु हेरौँ कतातिर पुगिने हो अन्त्य सम्म ।


 
Posted on 06-26-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"के बिषयमाँ हो त कथा ?" लामो समय को मौनता पछि पनि उ अड्किरहेकोले मैले थोरै मेलो सार्ने प्रयास गरेँ ।

"भन्छु साथी भन्छु , तैँले गर्दा नै त हो मैले मुटुमा एक ढिक्का जमेको रगत लाई थोरै थोरै गर्दै पगाल्ने प्रयास गरेको !" उसले खूइय सुस्केरा काड्यो पारि बसेको मैले समेत सुन्ने गरी ! उसको सुस्केरा धेरै गाँठो परेका रहस्यहरुमा एउटा अर्को गाँठो थपेर गयो ।

"उसको र मेरो सम्बन्ध एउटा अनौठो बिन्दुमा आइपुग्यो जहाँ पहिले आओस् भन्ने म चाहन्थे र उ त्यो चाहना बाट अनभिग्य थिई तर त्यहाँ ल्याई पुर्याउनु अहिले उसको चाहना थियो र शायद अहिले त्यहाँ आइपुग्दा भने भने मेरो चाहना अष्पष्ट भइरहेको थियो मलाई !"

"के शब्दहरु घुमाईरहन्छस् ? प्रष्ट भन न !"उसको कुराहरुको जालो बुनाई मन परेन ।

"उसको परिक्छ्या सिध्धियो ,हाम्रो भेट छुटेको करिब एक हफ्ता भइसकेको थियो । मलाई उ सँग बिछोडका अन्तराल अन्तराल थाहा छन् । कुनै दिन थिएन जुन दिन मैले उसलाई सम्झिन । मेरो मोबाईलमा उसले फोन गरी ,त्यो दिन उ खुशि थिई असाध्यै खुशी ,आवाज बाटै प्रष्ट झल्किरहेको थियो ,उ मलाई भेट्न चाहन्थि , म भने घर जाने भनेर त्यस दिनदेखि सात दिन को छुट्टि लिइसकेको थिएँ । बल्ल बल्ल मिलेको छुट्टि भनेर मैले सम्झाएँ पनि तर उसले एक चोटि भेटेर जाउ न त भनेर जोड गरि ,करिब तिन बजेको हुनुपर्छ त्यो बेला !"

उ एकछिन अडियो ,मैले आकाश नियाले अघिको बन्दि चन्द्रमालाई बादलहरुले स्वतन्त्र बनाई छोडिसकेका रहेछन् ,चन्द्रमा आफ्नो स्वतन्त्रतामा मुस्कुराईरहेको थियो । किन मुस्कुराउँछ चन्द्रमा घडि दर घडि उसको आयु छोट्टिरहेको बेला ? शायद उ म्रित्यु मन पराउँछ ,वा अर्को जीवन को आश मरेको छैन ।

"उ र मेरो भेट भएपछि उसको कोठामा गएर खाजा खाने आग्रह गरी ,मैले घडि हेरेँ !" उसले मेरो सोच को बिचमा रोकिएको कथालाई निरन्तरता दियो ।

"उ थोरै ठुस्किए झैँ गरी ,मलाई लाग्यो उ म माथि आधिपत्य जनाउन चाहन्छे ,म बुज्थेँ उसका ईशारा हरुलाई उ मलाई तिम्रो समयमा थोरै मेरो पनि हक छ भनेर जनाउनलाई न रिसाएकि थिई ।"

"अनि ?"

"मैले हत्तपत्त घडिलाई बेवास्ता गरेँ अनि उसको कोठा तिर लागेँ । उसको कोठा उ जस्तै सामान्य तर चिटिक्क थियो । सबै कुरा ठिक ठीक ठाउँमा राखेको ,स्टोभ थियो कोठाको एउटा कुनामाँ । कालो नलागोस् भनेर भित्ता मा साप्ताहिक को कुनै सुन्दरि को अर्ध नग्न तस्बिर टाँसिराखेको ,तिनवटा खाट थिए ,तिनवटा साथिहरुका होलान् । एउटा टेबल र कुर्सि पढ्नलाई , उसले मलाई बस्ने इशारा गरी । अनि बोकेर लिएर आएको चाउचाउ पकाउन आफु स्टोभमा दम दिन थाली । स्टोभको ज्वालाले साप्ताहिक को त्यो अर्धनग्न तस्विरलाई अझ रापिलो बनाईरहेको थियो । "

"अनि उसका साथिहरु नि ? थिएनन् त्यो दिन ?" मैले उत्सुक हुँदै प्रश्न सोधेँ ।

उ हाँस्यो मुसुक्क ।

"मैले पनि उसलाई त्यति खेर त्यहि प्रश्न सोधेको थीएँ उ एक छिन मुस्कुराई मात्र रहि अनि धेरै बेर को मौनता पछि मात्र उ आज कोठामा एक्लै रहेको साथिहरु जाँच सिध्धिएकोले घर हिँडिसकेको बताई , उ मलाई एउटा कुरा बताईरहेकि थिई म  मतलब अरु नै निकालिरहेको थिएँ । उसले बनाएको चाउचाउ पिरो थीयो ,मलाई पिरो स्वाद मन पर्छ , मैले स्वाद लिएर पसिना पसिना भएर पनि खाएँ । मैले फेरि घडि हेरेँ ,हुन त त्यति खेर सम्म मेरो पनि घर जाने रहर हराइसकेको थियो तर म यति मात्र चाहन्थेँ कि उ मलाई रोकोस् । अनि म खुशि खुशि रोकिउँ । आखीर मा मेरो चाहना पुरा भयो । म त्यो रात उसैको कोठामा बस्ने भएँ । करिब एक महिना को प्रयास मा मैले यो सफलता हाँसिल गरेँ ,थोरै झुठो लाग्यो मलाई मेरो सफलता त्यो दिन सम्म मैले जे गरेँ रहरले गरेँ तर त्यो दिन रहर र असमन्जस्यता को दोसाँध मा उभ्भिएर त्यो सम्बन्ध लाई नाम दिने वा नदिने निर्क्यौल गर्न खोजिरहेको थिएँ शायद । तँलाई म आडम्बरि लागुँला किनकि मेरो भित्रि मन तैँले बुझेको छस् र मैले सफलता झूठो लाग्यो भन्नु पानी माथिको ओभानो हुनु मात्रै हो भन्ने पनि मलाई थाहा छ तर ऊसैको कसम खाएर साँचो भन्छु त्यो दिन मलाई के भइराखेको थियो अझै सम्म मलाई थाहा छैन । "

 

मेरो ढुकढुकि बढे झैँ भयो ,शायद कथाको अन्त्य आउँदै थियो किनकि उसको बिजयध्वज म यहिँ बाट नियाल्न सक्थैँ अब । अब त्यो बिजय पश्चात त पक्कै पनि कथा थिएन होला ।

 

"मन भरि के के उकुसमुकुस भए झै भएपछि , म बाहिर निस्किएँ बरण्डामा निस्सासिने वातावरण बाट मुक्तिको लागि । रेडियो नेपाल को टावर ठिङ्ग्रिङ्ग ऊभिएर मेरै पहरेदारि गरिरहेझै लाग्यो । म फेरि भित्र छिरेँ । भित्र छिर्दा उसले लुगा फेरेर खाना बनाउने तैयारि गर्दै रहिछे ।पहिलो चोटि जस्तो देखेको थिएँ ठ्याक्कै उस्ति नै देखिइ ,पहिरन पनि खासै फरक थिएन । उहि सेतो पातलो टि-शर्ट , भि गला भएको , तल भने हाफ पायन्ट लगाएकि थिई । म उसलाई नियालिरहेँ । के हेरेको , अचानक उसले प्रश्न गरि ।सबै केटिहरुको यो प्रश्न मलाई अचम्मको लाग्छ हेरोस भन्ने चाहन्छन् अणि हेरिराख्यो अचानक के हेरेको भनेर प्रश्न आउँछ । त्यति राम्रि देखिन्छ्यौ हेर्न मात्र मन लाग्छ मैले उत्तर फर्काएँ । उ फेरि खाना बनाउनमैँ ब्यस्त भइ । मलाई त्यो उसले खाना बनाउने समय एक दम नै लामो लाग्यो । छेवैमा म्यागजिन रहेछ त्यहि पढ्न थालेँ ।"

 

म चुपचाप उसको कथा सुनिरहेँ । अलग्गै संसारमा डोरिँदै गएँ ।

"उसले बनाएको खाना मैले मिठो मानेर खाएँ । खाना खाइसकेपछि करिब आधा घण्टा हामी गफ मैँ अलमलियौँ ,कलेजका साथिहरुका दुइचारवटा फोटो देखाई जस्मा मलाई खासै मतलब थिएन । उ धेरै नजिकै थिइ फोटाहरु चिनाउने बेला उसको कपाल मेरो छातिमा खसिरहेको थियो ।अनौठो आकर्षण हुन्छ जुन झरेका कपालको स्पर्श ले दिने गर्छ । मेले झ्वाट्ट उसलाई पक्डेँ , म निष्फिक्रि थिएँ उ बाट प्रतिवाद आउँदैन भनेर । उ लल्याकलुलुक भइ मेरो पक्डाईमाँ ,आँखा समर्पण देखाए जस्तो गरेर झुकाई ,त्यो रात उ पल प्रत्येक पल त्रिप्त हुँदै गई ,सम्पुर्णता पाउँदै गई ,शायद म एउटा माध्यम बनेँ उसले सम्पुर्णता प्राप्त गर्ने । उ कुमारि थिई वा थिइन त्यो मलाई थाहा छैन तर उ त्यो रात पछि कुमारि रहिन । "

 

क्रमश:

 

 

 

 

 


 
Posted on 06-26-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा परिपक्व कथा!

तपाइँको पहिलो कथा पढेर पनि शायद यहि भनेको थिएँ कि मैले? 'समह्वेरडाउन अन अर्थ'जीको र तपाइँको कथा पढ्दा आधुनिक नेपाली साहित्यको कुनै पोसिलो खुराक पढेको जस्तो आनन्द आउँछ। कथा पोस्टिङको समय मेरा लागि फरक परिदिएकोले पढ्न पाएको थिइन र आज सबै पढेँ। गजब छ। बिस्तारै थप्दै जानुहोस, हामि चियाको चुस्कि संगै रस्वास्वादन गर्छौँ।


 
Posted on 06-26-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उ एकछिन अडियो ,मैले आकाश नियाले अघिको बन्दि चन्द्रमालाई बादलहरुले स्वतन्त्र बनाई छोडिसकेका रहेछन् ,चन्द्रमा आफ्नो स्वतन्त्रतामा मुस्कुराईरहेको थियो"

 हरेक शब्द र भावनाको कस्तो सन्तुलन। बधाई छ। म पढि नै राछु है  fuche jyu 


 
Posted on 06-26-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाई,
तिमी धेरै अगाडि बढि सकेका छौ । त्यो धनकुट्टाको सेरोफेरोका केहि अनुभव, केहि भावना र केहि फोस्रा सपना लाई यति मीठो गरि अगाडि बढाईरहेको छौ, के भनौ खै  । कुनै अजम्बरि कथा भोगिरहेको जस्तो बनाएका छौ । प्रसंसा पनि कति गर्नु, तिमी यति गहकिलो लेख्छौ, शब्द नै खोक्रा लाग्छन्  ।
सललल बगेको छ, तिम्रो भावना,  लेखि रहुं ,  हामी सुनि रहन्छौ । समाज हाम्रै हो, हामीले सुन्नु नै छ ।



 
Posted on 06-26-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fuche, ma pani mantramugdha bhaeyara padhdai chu- - khai  prasamsha garne shabda haru nai bhetina  :)


 
Posted on 06-29-08 6:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माहिलादाई पोष्टिङ्ग को समयले गर्दा दुख भएछ ,नरमाईलो लाग्यो तर पढिरहनु भएको रहेछ ,खुशि पनि लाग्यो ,म सकेसम्म तँपाईको चियाको चुस्किलाई गजब बनाउने प्रयास गर्नेछु ।

दिपिका जि धन्यवाद ,हरेक पोष्टहरुमा पाएको प्रोत्साहन को लागि

सोम...... दाई तँपाइको तारिफले मख्ख बनाउँछ सँधै ,लेखिरहुँ लाग्छ अनि !

pjna007-त्यति थोरै शब्दबाट यति धेरै प्रशंसा गर्ने अनि शब्द भेटिन भन्नुहुन्छ ?म कति खुशि भएँ के भनौँ ?


 
Posted on 06-29-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हल्ला ? हामी यहाँ कथा माग्दैछौं। आत्मामा लोडशेडिङ् भैरहेको छ। उज्यालो चाहियो। यस्तो बिस दिनमा झुलुक्क देखिनु भएन। नियमित हुनु पर्‍यो। नत्र भए कार्बाही चलाउनु पर्ला। १ दिनमा २ वटा कथा लेख्नु पर्ने गरी। हे हे हे

कति बिजि भाको फुच्चे तिमी? कमेन्ट लेख्न अल्छि गरे पनि तिम्रो कथा मैले कहिले छुटाको छैन है पढ्नलाइ।

ल अर्को भाग लेख्ने पालो तिम्रो


 
Posted on 06-29-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

arko part ayo bhaneko ta yo fuche daju k gardai hunu hunchha?
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters