world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 264245 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-14-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! ठूली, क्या दामी पोस्टहरू छानेर टाँसेछौ। रमाइलो भो!
पुरानो कुराहरू सम्झँदा कति रमाइलो हुने है? ओल्ड ईज गोल्ड नि!

>>>lau ma ta kohi ni chindina chi laaj jagyo malai ta k gerne hola<<<

सबैलाइ त्यस्तो हुन्छ शुरूशुरूमा!

Last edited: 14-Feb-08 09:11 AM

 
Posted on 02-14-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Valentine Day,

यो मेरो स्पेशल भ्यालेन्टाइनको लागि, सोबर केटा खोज्दैछु अझै, इ हि हि हि

सबैलाइ स्वस्ति गरे ल ।


 
Posted on 02-14-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! कति हाँस्नु!

 शब्बू त रातो गुलाफ लिएर आइछे। ओ दीप ज्यो, झट्ट आउनुपरो, तपाइको भाग्य खुल्ला
जस्तो छ आज!


 
Posted on 02-14-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपको दशैँ आउन लाग्या जस्तो छ!


 
Posted on 02-14-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रणय दिवसको शुभकामना साथीभाईहरुलाई


 
Posted on 02-14-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी १०० औ अंकमा सबैलाई अभिबादन । चित्रेलाई धेरै धेरै धन्यवाद
राम्रो कबिता टासेछ माथि। मेरो पनि चौतारीको पहिलो दिनको अनुभव सुनाउछु एक्कै छिनमा


 
Posted on 02-14-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे ले सयौ चौतारी पनि बनाएछ। यो बर्ख चाइ तिम्रो नि उद्धार होस।
जम्मै गाम्लेलाई बिहीबारे जदौ अनी प्रणय दिवस को शुभकामना । सबै को दिन मंगलमय बितोस।
 
Posted on 02-14-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


nepchele malai nepali ramro sanga lekhna na-aaeko ma jiskaaudai. nepcha la bhana aba mero nepali kasto cha :P

Posted on 03-28-06 6:19 PM     Reply | Notify Admin
 
हैन हो के भन्छ यो पानपाते। मेरो छोरोको कुरो गरेको कि मेरो? त्यो कट्टु समाउदै कुदने त मेरो भुन्टे पो हो त। येसलाइ नि दिन्-अन्धो लागे जस्तो छ, बाउ र छोरा पनि चिन्न पनि छाडेछ।
:)
हो तनि गाठे, ठुल्नानि को बोलि त अझै तोते नै छ, मिलाएर आफैले बुझ्नु पर्ने।
:)
मस्टर्नि दिदी, नाम त अस्ति भर्खर नै हो लेखाको हो। तर नेपालि बिर्सेने भयो कि भनेर, अभ्यास गर्न को लागि पो त। चाइने जो, S L C देको त गोटा १० बर्ष भयो क्यारे।
:)

 

bhaaute dale malai dohori khelna bolaaudai

Posted on 03-30-06 4:26 PM     Reply | Notify Admin
 
लु यहाँ चौतारीमा त केटाकेटीहरु हल्ला गर्दै रे'छन्। यो नेप्चे भाइ, हिजो सम्म कुरी देखाउदै
हिँड्थे, अचेल त ठिटी जिस्काउँदै हिड्ने भएछन ल। :-) यी माथिल्ला गाम्ले ठूली
(uptowngal) पनि चौतारीतिर झर्न थालिछन। दोहोरी खेल्नी भा' आउ के रे ठूली। मुइले जिते
झ्याईँ पारेर लैजाम्ला, तिम्ले जितेउ भुने भकारो सोर्न जाम्ला। :p यस्तै त हो जिन्तखी, मरि लानु के छ र ! :-)

यो स्यान्कान्छो गल्याङ-चाप्कोटको जिपाँ झुन्डेर हिन्दा हिन्दै कति चाँडो नाइटे बसको डाइबर
भे'छ गाँठे। अरु जे अरे पनि गाडी चैँ रउसि नखाइकन चलाउ है कान्छा, फेरि त्रिशुलीमा झरौला। :-)

:-)
-भउते

 

बिर्खे दाले मलाइ अरु केताले जिस्काउला होस् पुर्याउ भन्दै

Posted on 04-01-06 10:46 PM     Reply | Notify Admin
 
शुक्रबार! शनिबार!
अनि, कुइरेको संसार!
चाहँदा नचाहँदै पनि लहर संग बग्न बाध्य भइँदोरेछ कहिलेकाहिँ!
मलाई यस्तै लहरले बगायो केहि समय र बल्ल म सधैँको 'म' भएको छु!
कति आफ्नै गन्थन गर्नु.....
************************८

के हुँदैच गाम्लेओ?

धेरै नयाँ अनुहार आम्न थालेचन चौतारिआँ! लु सपैलाई स्वागत छ।
बबेSSSSSSSSSSSSSSSSSSSSS हन के कुरो अरेओ हो एस्तो? लु म काकालाई बोलाम्छु अनि हामि तिन जना भ' र मजाले तान्नु पर्छ शिबबुटि! सिरे नि आम्च रे गोडा दुएक दिनमा अनि रमाईलो हुन्च! क्यार्नु बबे , गाम्मा तिमि हामि अस्तो कुरा बुझ्ने छैनन् के रे तेसैले यसो चिलिम तान्न लाओ भने नानाथरि फलाक्छन्। जे होस खुसि लाओ हाम्रो कुरा मिल्ने मुन्चे गाममा आएकोमा!

************
ठुल्नानि?? कति बर्खकि भयौ बा तिमी? गाम्ले ठिटाहरुले लइन मार्लान है भन्देको छु अलि होश अर्ने अर!
******

गोताएँ! सानि छोरिलाई मेरो न्यानो माया र भाउजुलाई नमस्कार टक्र्याएँ है? के गर्नु कहिलेकाहिँ त ईर्ष्या लाउच मुलाई!
**************

दादा धेरै रमाईलो भो अस्तो छ नि? पैयुँका फेदमा बसेर रउसि पिउदाखेरि त? के गर्नु म्यापलको रुखमा पैयुँको जस्तो मजा नहुने रहेछ!!
******

...काँचो कटरSS
म जान्छु पोखराSSSS
रोक मोटर....


suru surumaa birkhe daa lai maile yasari bolaauthe khit khi tkhit

Posted on 04-03-06 7:13 AM     Reply | Notify Admin
 
वीरखे माएल दाई म नि भर्कर teen age सकियो ।

 

dada le lehnu bhaeko :D

 

Posted on 04-05-06 9:43 AM     Reply | Notify Admin
 
essage for next Chautari. Probably tto be posted by PRETTY, this time. Pls improve it.
---------------------------------------------------------------------------------------------
चौतारी! चौतारी!! चौतारी!!!

... ...
जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...


ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...


यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...


उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...


उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर


 
Posted on 02-14-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
निशान्त
Posted on 02-14-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, तोर्पेहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

आम्मामामा सेन्चुरी हानेछन्त हौ चौतारिले!! मो पैसा उठाउन जान लागेको कि भाइहरु संग फिर्केर आईवरि खोक्स दिन्छ ल चौतारिमा मेरो एन्ट्रिको बारेमा??


 
Posted on 02-14-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल सम्झे जसो छ बुढाले पासओर्द!!! खुईया बुढेस्कालले नि पार्नु पारेछ बुढालाई||
प्रणयकालिन जदौ यो जोगिको जम्मै सुकुम्बाशिलाई उप्स चौतारी बासिलाई !!


 
Posted on 02-14-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पहिलेको पोस्तहरु पधेर हस्दा हस्दा आखाबात आसु नै आयो


 

Roll# 6 thuli yes mis bhandai gareko.

Posted on 04-07-06 7:05 AM     Reply | Notify Admin
 
रोल नम्बर ६
यस मिस्

 

benami le mero photo khicheko ma mis di laai kuraalagaaune dhamki didai


Posted on 04-07-06 8:15 AM     Reply | Notify Admin
 
लौ हेरे यो गुमने हाम्रो क्लस् को गुण्डा सबै को फोटो खिच्दै बस्छ । पढ्नु छैन पाक मास्टरनी दिदी लाई भन्दिन्छु । अनि तिमीलाई फैल पर्दिन्छ । अनि ठीक पर्छ ।
 

nepchele mero tote bholi huncha bhanera chinta gardai

Posted on 04-10-06 3:07 PM     Reply | Notify Admin
 
हैन ए ठुल्नानी, तिम्रो बोलि त सधै तोते नै हुन्छ कि के हो?
मलाइ त चिन्ता पो लाग्न थाल्यो हो गाठे।
: P

 

nepchelai ta maile ke ke naamle po bolaaechu. masterni dile samjhaaudai

Posted on 04-10-06 9:23 PM     Reply | Notify Admin
 
ए ठुल्नानी त्यसरी नाम नबिगारिदेउ न फुच्चू । नेम्छे , नाम्चि ,नेम्चि हुदा हुदा डेक्चि पो बनाइ दिन्छौ कि 'नेप्चे'लाई (जस्तो लाग्यो) ।
नेम्चि होईन क्या नेप्चे हो नेपाल को छोराको नाम (nepalko chhora)

मलाई दादाले क्रान्तिकारी भनेको ले कबिता लेख्न मन लाको नि ठुल्नानी । होईनभने

कहाँलेख्नु कबिता , कँहा हुनु क्रान्तिकारी
दिनभर घरमा बसि २ थाल भात हसुरी ।।

मात्र थिए के ;)

बब दाइ अहिले नि सुपर स्टार नै त हुनुहुन्छ नि :)

Posted on 04-11-06 7:15 AM     Reply | Notify Admin
 
मास्टरनी दिदी माया गरेर नेम्ची भनेको नि । नाम बिगारएको होईन
 
Posted on 04-11-06 11:55 AM     Reply | Notify Admin
 
माया नै गरेर भनेको भए त नेम्ची सम्म त ठिकै छ। तर धेरै माया गरेर "डेक्ची" चै न भन है, ठुल्नानी।
:P

 

 
Posted on 02-14-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, तिम्रो नेपाली त झकास भई सक्यो नि अब त। तोते बोली नि हराइ सक्यो, कथा पनि लेख्ने भाई सक्यौ ।
 
Posted on 02-14-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, तोर्पेहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

प्रणय दिवसको शुभकामना साथीभाईहरुलाई


चौतारी १०० औ अंकमा सबैलाई अभिबादन । चित्रेलाई धेरै धेरै धन्यवाद
राम्रो कबिता टासेछ माथि।


 
Posted on 02-14-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या सटाइलमा दोस्रो राउण्ड्को तारेमाम अनी जदौ!
आज छिट्टै अड्डा पुगियो, मास्टर संग मिटिङ छ। नत्र किन आउथे?

कसैलाई गुलाफ दिनु छैन,
कसैको गुलाफ लिनु छैन।
(काँडा घोचिनु पनि त छैन)


 
Posted on 02-14-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरो पहिलो पोस्ट चौतारीमा --चौतरी ६२ बाट मेरो चौतारी जीवन सुरु भा' रहेछ
१ बर्ष पनि पुग्या रहेनछ, तर सबैलाई चिनेको धेरै भईसक्यो जस्तो लाग्ने रहेछ


Posted on 07-14-07 9:57 PM     Reply | Notify Admin
 
नमस्कार छ है यो रीत्थे को पनि !
चौतारी चौतारी भन्थे, क्या रछ यो चौतारी भनेर यस्सो च्याको त खोइ के खोइ के । भऊते ले मात्र आपत्ति जनाको जस्तो देखी मैले त। हन यो चौतारीमा क्यार्नी हो नी लौ न बाटइदिनु परो अब चाँही !

Oohi ritthe,



 
Posted on 02-14-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ र दिउँ तिमीलाई मैले कोशेलि भनेर,

ल्याएको थिए, एउटा गुलाफ ....................

सबैलाई 14 feb को शुभकामना ।
May u feel the love. feel it inside. mean it. understand it..

 
Posted on 02-14-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 14-Feb-08 10:24 AM

 
Posted on 02-14-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ र दिउँ तिमीलाई मैले कोशेलि भनेर,

ल्याएको थिए, एउटा गुलाफ ....................

सबैलाई 14 feb को शुभकामना ।
May u feel the love. feel it inside. mean it. understand it..

 
Posted on 02-14-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेप्छे हो र ल ल म त क्या खुशी क्या। तपाईंले त्यो बेला मेरो चिता गरेको देखेर नेप्चेले धर चिन्ता गर्‍यो अब नेपाली लेख्न सिक्नै पर्‍यो भनेर कम्मर कसेको नि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters