somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु।

[Please view other pages to see the rest of the postings. Total posts: 101]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 44850 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-06-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जगटाधारि भाईको लाईन लाई लिएर धागो बुनेको छु । भाई धन्यबाद, नसोधि लेखे । मलाई हक छ नि है ॥


एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटि राम्री छ, एकचोटि हेर” आमाले चिया संग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटि संग हो, तर पनि यो मामला मा किन किन म decision गर्न एकदम weak भएरहेको थिंए ।

“खान्दानि छन् रे, आंगन पनि ठुलो छ“ आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिए । तर कुनै विबाद नगरि म चुप् लागेर कुरा सुनि रहे ।

“एक्लि छोरी, काठमाण्डौंमा दाजु भाई संग बसेर पढेकि, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चियो भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो ।

“मलाई त मन खायो, तंलाई भनेर फोटो मगाएकि छु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो ।

आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटि त राम्री नै हो । मैले झलक्क हेर्दा त्यहि देखें ।

म रिमोट बटारि रहेको थिंए । ०-५२ फेरि ० च्यानल सम्म बटार्नु मेरो पुरानो बानि । भरे बुआ आएपछि कुरा गरौला भनेर आमा गिलास उठाउँदै जानु भयो । आमा गएपछि ‘केटिलाई’ नियालें ।

मुहार त राम्रै हो । कपाल कत्रो हो प्रष्ट संग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएको (sleeveless) ले उनका पाखुरा राम्रो संग देखिएको थियो । गोरो रंगमा खुलेको । ग्लामसर जस्तो  । चस्मा लगाएकि, गोरि, मोटि-मोटि। मैले त्यो फोटोमा मेरि दुलहि खोज्न थालें ।

आमा खाजा लिएर आउनु भयो । फेरि त्यहि उसिनेको तरुल र टमाटर को चट्नि । मीठो लाग्छ भन्दै मा दिनै पिच्छे खुवाएर हैरान ।

मैले मुख फोरेर भने । पहिले म भेटछु, कुरा गर्छु अनि मात्र हजुर हरु । आमा मान्नु भयो ।

म पनि दंङ्ग परे । खोजे जस्ति श्रीमति पाईने भयो भनेर । खाजा त्यसै मीठो भयो ।

बुआ पनि ढिलो ढिलै आउनु भयो । ‘बुढाले बियर दन्काएछन’ मन मनै भने ।

‘केटि त अर्कै खोजौ है” बुआले खाना पछि भन्नु भयो ।

“किन नि” आमाले अलिक कडा स्वरमा भन्नु भयो ।

“आऽऽऽऽऽऽ अर्कि खोजौ न, मलाई अलिक मन  खाएन “

“बिहे तपाईंले गर्ने कि कान्छाले” आमा रिसाउनु भयो ।

मेरो मन कुडिंयो । कस्तो कस्तो कल्पना गरिसकेको थिए, त्यो फोटो कि दुलहि संग । बुआ, बुढा खुब संसार उनैले बुझेको जस्तो । मलाई पनि रिस उठ्यो ।

“ मैले त उ बेला नै ल्याएको नि तंलाई । कान्छाकै लागि भनेको । अझै राम्री खोज्न पर्यो भनेको ।“ बुआ हांस्नु भयो । यसपालि आमाले पनि हुन्छ भन्नु भयो । मैले कुर बुझिन, त्यसै मन खिन्न भयो ।

रात भरि खट्पटि भईरह्यो । किन बुआले मन बटार्नु भयो । के भएछ । केटि त गतिलि जस्ति छे । पढाइ पनि ठिक छ । राम्रि पनि हो । बुआ आमाले आश गरेको जति देलान नै, नत्र म के काम । फेरि त्यति को लागि मेरो बिहे के रोक्नु हुन्थ्यो बुआले । किन किन, मैले पत्तो लगाउन सकिन ।

बिहान ४-५ बजेको हुंदो हो । त्यसै बिउंझिए । आमा बुआ गुनगुनाउदै हुनुहुन्थ्यो । मैले कान थापेर सुनें ।

“कहिले रहेछ?” आमाले सोध्नु भयो ।

“खोई BA पढ्दा अरे “

“नेवार केटो थियो रे । खुब संगै हिड्थे रे । टोल छिमेकमा कुरा उठेछ । के के भयो दैब जानुन । अर्काकि छोरि नदेखि नसुनि बात लाउन हुन्न । अनि पढाईको बिचमा नै दाजु संग काठमाण्डौं पठाएका रे “

“होस, किन हामी अघि बढ्ने । कुरा उनैले राखेका हुन । छोरो मानेन भनिदिउंला” आमाले भन्नु भयो ।

“कान्छालाई नभन्नु, चित्त दुखाउँछ । फेरि यति सानो कुरा भन्दै उफ्रन्छ । केटा केटि नै छ, एसो केहि भनेर टारिदे न”

मलाई बिस्मात त भयो । तर हांसो पनि लाग्यो । मन मनै सोचें “अब म I Sc, BE, M Sc  पढ्दा जति केटि साथि संग हिडे, डुले, खाजा खाए, बरै कसै को बिहे नहुने भयो । कठै मेरा केटि साथि हरु । “

जित्नु केहि थिएन । त्यसैले बुआ, आमाको कुरा मैले प्रतिवाद गरिन ।

बिहान अफिसको लागि निस्कन लाग्दा आमा फोन मा कुरा गर्दै हुनु हुन्थ्यो

“एएऽऽऽऽऽ, सापकोटा? हो हो चिने । ल ल म भरे आँउछु। अनि कुरा गरौंला ।“

---------------------------------------------------------------------------------------------------------------

अरु कुरा अर्को पटक ।

meaninglessthinkings@somewhereondearth


--------------------
 
Posted on 02-07-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचको गन्थन नराखेको हो, खासै imp लागेन र  । तिनै सापकोटा कि छोरि लाई भेटने चाँजो मिलाएर भेटेको हो, बानेश्वर मा ।
im sorry, if i have created confusions..



 
Posted on 02-07-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


somewhereondearth jee, यहाँको आमा सँग फोनमा कुरा भएपछी यहाँ आफु पनि सापकोटाको छोरीलाई ND's मा भेट्न जाने कुरा नभएको ले गर्दा
मात्र अली confuse भ'को हो, तर अब बुझियो धन्यवाद


 
Posted on 02-07-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

you are a good person’ उनि कफि खादै हांसिन् । नाक मा केहि लागेको थिएन र पनि नाक पुछिरहेकि थिईन् ।

LOL

another good piece


 
Posted on 02-07-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब!

 भोक मेटियो पढेर! धेरै भोकाएको बेलामा केहि साह्रै मिठो चिज खाएर बाँकि राखेको जस्तो लाग्यो पछिलाई, 'अर्को भाग' चाहिँ! आशा छ फेरि भोक बल्लझना साथ पस्किनुहुने छ!

कथाको प्रत्येक तहहरुमा न्याय गरेर लेख्नु भएकोमा बधाई छ!


 
Posted on 02-07-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो मनोरन्जनात्मक लेखाइ, पढ्न पनि रमाइलो भयो। एक एक वाक्य छानेर नै प्रस्तुत गर्नु भएको रहिछ।
मलाई पनि भाग १ र भाग २ को बिचमा केही छुटेको हो कि भन्ने भान चै भएको थियो तर हजुरको कमेन्ट्ले प्रष्ट भएँ। अर्को भाग को प्रतिक्षा मा छौं है हामी सबैजना।


 
Posted on 02-07-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे जि, गहनताका साथ पढिदिनु भएको मा धन्यबाद । हजुरहरु कै सल्लाहमा लेख्न सिक्दै छु ।

sunima_sh जि, पढिदिनु भयो । धन्यबाद , कमेन्टहरु ले हौसला दिनु भएकोमा धन्यबाद ।

Birkhe_Maila, दाई । खास मलाई कता कता डर लागेको थियो । कस्तो लेखे भनेर । फेरि तपाईले पढ्नु भएन जस्तो लाग्यो । अनि अत्तालिएको थिए । पढेर कमेन्ट गरि दिनु भएको मा धन्यबाद । हजुरको को कमेन्ट को बिषेश महत्त्व छ मेरा लागि ।
 
अरु लाई पढिदिनु भएको मा धन्यबाद ।
अर्को भाग पछि टाँस्छु । आज बत्ति छैन । सुर्य ग्रहण पनि ।

 
Posted on 02-07-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका जि,
हजुर अचेल बिजि जस्तो हुनुहुन्छ । मलाई त्यस्तै लाग्यो ।
पढिदिनु भएकोमा धन्यबाद । यहांहरुकै सल्लाह ले हौसिएको मात्र हुं । गलत बाटो मा हिडे एसो सम्झाइ दिनु है।

 
Posted on 02-07-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai ta style man paryo plus so natural lekhai with great flow.

Paddhai janda NDS ko ramro visualization bho.

Aru ni chitto jawos.....


 
Posted on 02-07-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

title le garda yo keti australia janche pakkai...yeklai...ambitious raiche !

mero comment le afno katha ko blueprint nabadalnu hola somewhereondearth.


 
Posted on 02-07-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sirish dai,

wow.. aaja mero din banyo.. this is the first time you have commneted on my wrinting.
dai im a great fan of your gazal writing..
 कमेन्ट गरिदिनु भएको मा धन्यबाद ।
किन दाई हाम्रो समाज मा केटा ले abroad try गर्दा एकदम इज्जत हुन्छ र केटि ले गर्दा केटि ambitious हुन्छन?
किन दाई्????

 
Posted on 02-07-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Testo bhanya hoina !! Keti le bahira janu parcha bhanne kura ma support garchu ma ta.

Katha ko yo portion paddha, tyo keti is very methodical and "ke gardai chu" bhanne kura --> she knows exactly. She had definite plans. She is intelligent. She is willing to take chances if it will benefits her.

What so ever, there is no alternative to keep on writing....

 

‘म  master’s लाई apply गर्दै छु, Australia, यो session मा’ । 

‘अब गएपछि फेरि ३-४ बर्षमा मात्र आइएला । दिदी हरुको बिहे भएसक्यो । घरमा मेरो मात्र बाकि, ममि बाबा को मन पनि राखिदिनु पर्यो । फेरि पछि आफुलाई पनि ढिला हुन्छ । त्यसैले अहिले गर्ने सोचेको ।‘

उनि भन्दै गइन् । कफि वा उनको कुरा, के ले मलाई झुम्म बनायो, थाहा भएन ।

‘युनिभर्सिटिले अफर लेटर पठाइसक्यो । ADB को scholarship पाएको छु । त्यसैले राम्रो छ chance Australia मा dependent  ले काम गर्न पाउँछन । so, technical line को partner भयो भने सजिलो हुन्छ भनेर, हजुर संग कुरा चलेको हो ।‘

‘अनि पढाइ पछि , के गर्ने ?’ मैले एकै चोटि अन्तिम प्रश्न सोधें ।

clearly  भनौं है  । अब यत्रो try गरेर पढेर फेरि यहि नेपालमा struggle गर्ने त आंउदिन । बरु retired life मा आंउला ।  this is my plan and vision of life, त्यहि हो । ‘ आंखी भौं उठाउँदै उनले आफ्ना बिचार राखिन् ।

‘भनेपछि कहिले को session लाई try गरेको?’

‘२ महिना मा session शुरु हुन्छ । भ्यायो भने यहि महिनामा, नत्र document बनाउन ढिला हुन्छ ।‘

 

Last edited: 07-Feb-08 11:06 AM

 
Posted on 02-07-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउँछ आउँछ, अरु धुरन्धरहरुको पनि कमेन्ट आउँछ! लेखौँ है लेखौँ!


 
Posted on 02-07-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब किन बोल्थे र ।
क्या समात्नु भयो  शिरिष दाई ।

धन्यबाद ।
बाकि भाग छिट्टै टाँस्छु ।

 
Posted on 02-07-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमेसाइँला,

सन्चै छौ भन्ने कामना गर्छु।

तिम्रो कथाको बिशेषताहरु मध्ये मलाइ तिमीले नारी पात्रलाइ प्रस्तुत गरेको तरिका मन पर्छ। कथाहरुमा अक्सर केटीलाइ उपभोग्य बस्तुको रुपमा देखाइन्छ। उसको भित्रि रुप, बौदिक सौन्दर्य भन्दा पनि शारिरिक बर्णन धेरै हुन्छ। तर तिम्रो कथामा नारी पात्रको मानसिक रुप झन सुन्दर देखाइएको हुन्छ। उसलाइ हेर्ने द्रिस्टी entertain भन्दा पनि सम्मानजनक हुन्छ।

म नारी भएर नारी पात्रलाइ तेति न्यायपुर्बक कथामा प्रस्तुत गर्न सक्दिन।

तिम्रो कथाको म प्रसंशक मात्र नभै लेख्ने शैलीको पनि तारिफ नगरी सक्दिन। कति सामान्य तरिकाले तिमीले हाम्रो समाजको प्रस्ट चित्रण गर्छौ। मलाइ तिम्रो मौलिकताको इर्श्या पनि लाग्छ।

म तिम्रो कथाको बारेमा धेरै कुरा लेख्न चाहन्छु तर म सङ सामर्थ्य छैन।

तिमीलाइ धेरै धेरै शुभकामना,

CL


 
Posted on 02-07-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SWOE ji , sadai jahi adadhay ramrou - atti descriptive hunchan tapai ka katha hauru manau  haami agadi basera herdai chhau. keep on writing.......
Last edited: 07-Feb-08 11:46 AM
Last edited: 07-Feb-08 11:48 AM

 
Posted on 02-07-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL साईलि ,
हजुर लाई पनि सम्झना ।

please, यति धेरै पनि नभन्नु कि म संगाल्न नसकौ । मलाई गाह्रो हुन्छ यति धेरै प्रोत्साहन नदिनु न । im speechless with your comment....
please.... take back ....

पढिदिनु भएकोमा र हौसला दिनु भएकोमा धन्यबाद ।

pjna007, thank you for reading... हजुरको कथा पनि एकदम कडा छ । लेख्दै गर्नु है ।



 
Posted on 02-07-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्व्हेरअन्डअर्थ जी, 
अत्यन्त रमाइलो कथा, जीवन्त वर्णन। हरेक वाक्य निक्कै कुशलतापूर्वक छानेर राखिएका छन्, एकदम ओजपूर्ण।

साथै नेपाली समाजको मनोविज्ञान, अलिकति पुरूष प्रधान समाजको प्रभाव पनि राम्ररी चित्रित छ। तपाइले उक्त
युवतीको स्वभाव साह्रै नै शसक्त ढंगले प्रस्तुत गर्नुभएको छ, आजकि स्वाभिमानी र स्पष्टवक्ता युवती।  तपाइले 
उनलाइ पाउनबाट बन्चित हुनुभएकोमा चैं अलि दु:ख लाग्यो।

अरू भागको प्रतीक्षामा।
 
Posted on 02-07-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

myaaaaaaaaan .......... too good ....

tara ma realistic ra practical kahaani haru sundaa sundaa waakka bhaee sakey ....

"जित्नु केहि थिएन । त्यसैले बुआ, आमाको कुरा मैले प्रतिवाद गरिन ।" type ko rudeebaadi purush ani "घरमा मेरो मात्र बाकि, ममि बाबा को मन पनि राखिदिनु पर्यो । फेरि पछि आफुलाई पनि ढिला हुन्छ .... Australia मा dependent  ले काम गर्न पाउँछन । so, technical line को partner भयो भने सजिलो हुन्छ भनेर" type ko awasharbaadi mahilaa ... wakka, dikka, pyakka ra.... aru pani k k bhaee sakey

can anyone write one idalistic kahaani? kunai abstract chintan jaaosh na, plz !!!


 
Posted on 02-07-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे दाई,
मलाई तपाई देखि एकदम चित्त दुखेको छ । तपाई ले चौतारिमा मलाई कहिले नि बोलाउनु हुन्न
अर्को पटक बोलाउनु ल । म पछाडि भुईं मा भए पनि बस्छु नि ।  है ।


कमेन्ट को लागि धन्यबाद ।

 
Posted on 02-07-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rascal ji..
i hope someone will meet your demands..
thank you for reading and thanks for the comment( really i mean it)
i will try one day.. as you have imagined.. म प्रयास गर्ने छु ।

 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters