Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 काउन्ट डाउनको नम्बर वान ...

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE: <<  1 2  
[VIEWED 6129 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 10-12-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aba hudaa hudai katha pani adhurai chhodera hindini -- ? "मलाइ पहिला नै थियो तर सङ प्रमाण " yattimai bisaaidya bhanya?

kalu lai bichara aalu khwaidya? sittaima --- khai na pai chhala topi lai re chha tellai ni.

 

Last edited: 12-Oct-07 03:33 PM

 
Posted on 10-12-07 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! लप्पू, तिम्रो लागि कालुको पिटाइ त मेरो लागि केही हैन।
तिमी भन्छौ भने म सहिदिन सक्छु!
हुन्छ, तिम्रो लिस्टमा मेरो नाम राख। तर लिस्ट चैं के को रे?
 
Posted on 10-12-07 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लिस्टको नाम चाहि "रामधुलाइ खानेहरु नामावलि"।

1. World_map.

2.........................?


 
Posted on 10-12-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालुले त यस्तो पो भन्या हैन र? "तेरो ब्वाइफ्रेन्डले चाहिँ मेरो दरो भेट्छ बुझिस?"

अनि एक्कासी लिस्टको नामै चेन्ज गर्न पाइन्छ कि क्या हो?

कालूले भन्या जस्तो लिस्टको नाम राखम्, अनि मात्र एकदुइ मुक्का खान तयार छु, नत्र त के खाइ भो र?


 
Posted on 10-12-07 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, कति जनाको अफर हो। अब चाहि तालिका बनाउनु पर्यो।

आइतबार- चित्रे
सोमबार - बिरे
मङलबार - माडि
बुधबार- च्याङ्बा
बिहिबार -.......................

........................

 मलाइ ए'उटा पि. ए. पनि चाहियो नि अब।
ल ल तिमी आफै लिस्ट बनाउ।

 

तिमीलाइ अग्रिम शुभकामना है।


 
Posted on 10-12-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन होला नि आधि आधि राखेको लौ मैले सबै एकै ठाँऊ मा टाँसिदिए  पढ्न सजिलो होला भनेर:)

काउन्ट डाउनको नम्बर वान

कालु कहाँ छ आन्टि?" मैले घर नजिकैको आन्टिलाइ सोधें।
" कहाँ हुनु नानी भर्खर् हरगन्स नर्सिङ होम गएर टाउकोमा ५ टाँका लगाएर ल्याको छ। हिजो राती फेरि ग्याङ फाइट पर्यो रे। म के बोल्नु? तेसै त सौतिनी आमा, म त उसको सत्रु नै भएं नि।" दिका मान्दै भन्नु भयो।
मलाइ थाहा थियो दशै, तिहार, होलि आयो कि काले को अनुहार बम फुल्या जस्तो हुन्थ्यो। एक न एक ठाँउमा गएर फाइट परि हाल्थ्यो। उ र म सानैदेखिको साथी। घर पनि सङै अनि इस्कुल पनि सङै। सानोमा त मेरो र उसको पनि हाताहात फाइट पर्ने अनि उसको आमा र मेरो आमा ले छुट्याउनु पर्ने। तर ठुलो भएपछि चाहि एक दुइ दिन बोल्चाल बन्द हुन्थ्यो अनि फेरि म सङ माफि माग्न आइहाल्ने मोरो। हामी दुइको चाहि जे कुरा पनि शेयर हुन्थ्यो। उसको सबै कुराहरु मलाइ भन्थ्यो। तेसैले हामी घरि मिल्थ्यौं अनि घरि झगडा गर्थ्यौं। तर जति झगडा गरे पनि कसैले पनि कसैको गोप्यता भङ गर्दैन् थ्यो।
"हेर न मोटि, हिजो मैले बुझिश् ५ जनालाइ ढालेको नि एकैचोटि।" काले को मुख् देखेर म आतिएं। आँखा त मुस्किलले देख्या थ्यो। तैपनि गफ ठुलो थियो गधाको।
" तँ त सधैं एस्तै हुने भैस, गधा।"
" हो नि म गधा, कुकुर, साले, भाते अरु के भन्न बाँकि छ भन्न। तिमीहरु जस्तो सभ्य होइन म।" उल्टै निउं खोज्न पो थाल्यो।
"तैले त्यो मलाइ जिस्काउने केटालाइ पनि पिटेको हो कालु?"
"को केटा? थाहा छैन मलाइ। हिजो त्यो कोन्सर्टमा इस्त्रेट दिदै थियो मैले तेहि भएर ठोकिदिएँ।" झ्ठ बोल्यो कालेले।
मलाइ थाहा थियो कालेसङ हिड्दा जसले मलाइ एसो हेर्यो वा जिस्कायो, तेसको दिन आयो। तेस्तो दुइ तिन चोटि भाको थियो। शन्का चाहि मलाइ पहिला नै थियो तर म सङ प्रमाण थिएन।
"तँ ट्याबे जन्किलाइ मेरो के मतलब? किन बेकारमा अरुलाइ हिर्काउछस्, कुकुर्?"
"तँ श्रीदेवी होश् र जो पायो तेस्ले मन पराउने? जसले तंलाइ साइड दिन्छ तेस्ले मेरो दामी धुलाइ भेट्छ। तँलाइ जिस्काउने र मन पराउने केटा यो सन्सारमा जन्मेको नै छैन बुझिस। जो पायो तेहि झारपातले तँलाइ हेर्नि। तिनीहरुको आँखा साँखा फुटालि दिन्छु। तेत्रो पढ्ने मान्छे पनि के भाकि तँ। तँलाइ पनि धुन्छु त्याँ येताउता लागिस भने।" दायाँ गालामा खोपिल्डा पर्ने गरि हाँस्यो कालु। मलाइ पनि हाँस उठ्यो उसको कुरा सुनेर।
"ए मोटी, सुन् न। तँ कसैलाइ पनि नभन है। हिजो चाहि त्यो मैले ग्रिटिङ कार्ड देको केटिको दाइले ग्याङ आएर मलाइ रामधुलाइ गर्यो बुझिस। म एक्लै भएर पनि क्या फाइट खेले नि। अब झन तेसलाइ यो भ्यालेन्टिनेमा कार्ड नदि छोड्दिन। तँ र म जाने है कार्ड किन्न। तँलाइ आइडिया होला नि केटिहरुलाइ कस्तो कार्ड मन् पर्छ भनेर।"
" ल ल, अनि फेरि कति टाँका काँ काँ लाउने हो?"

फेब्रुअरिमा म र काले गएर एउटा राम्रो कार्ड किन्यौं।कहिले खर्च नगर्ने मोराले एसपालि ५० रुपैंया तिरेर किन्यो।
"पिन्कि खुशी हुन्छे येस्पालि त। तेसको दाइलाइ रिप्लाइ पठाँउदिन होला अब।" हांस्यो फेरि।
"मोटि, डियर को इस्पेलिङ के हो भन्त। deer ki dear?"तेहि साँझमा आयो म कहां। उ हरेक साल सेकन्ड इयर बस्थ्यो हरेक क्लासमा। पढाइमा त उसको अलिकति पनि रुचि थिएन। तर म्युजिक भनेपछि हुरुक्कै।
"एउटा गित कम्पोज गरेको छु, सुन्छेस्?"
"गर्ल आइ वान्ना लव यु, आइ वाना ..... ooooooo...eheh ehe eh)" तेहि एकोहोरो गाउन थाल्यो मैले सुन्नै पर्ने बाध्यता थियो। कहिले काहि साथीहरुसङ बाहिर जाँदा कालेसङ जाने भनेपछि घरबाट स्विक्रिति पाँउथे। तेसैले पनि उसलाइ मैले गुण फर्काउनु पर्ने।
"तैंले अस्ति पनि कुन चाहिलाइ प्रपोज गर्या भन्या होइन?"मैले सोधें।
"हो नि। उ त टपटेनको नम्बर ४ म पुगिसकि। हेर्न मेरो मुटुभित्र सेन्टरमा चाहि कोहि छैन। खालि टप ३ मा पुग्ने हरु पनि मुटुको दाँया, बाँया, अगाडि, पछाडि मात्र पुग्छन्। त्यो सेन्टरमा आउने चाहि को होला है?" गफ पनि अति नैं दिन्थ्यो। केटिहरु त के कुरा केटाहरु पनि उ सङ बोल्न डराउँथे।
"हाम्रो ब्यान्ड पनि सुरु भयो नि। ब्यान्डको नाम के भन्न?"
"बोक्सीका छोराहरु।" अब त असह्य नैं भयो मलाइ।
"मेरो भोलि इक्जाम छ डिस्टर्ब नगर् मलाइ आज।" तेसो भनेपछि चाहि उ लुरुक्क परेर जान्थ्यो "कहिं नभएको पढन्ते" भनेर।

म अंएरिका आउनु अघि सारै बिजि भएं। काले तेति मेरो घरमा पनि आउन छोड्यो। अौने दिनमा पनि देखिन। कस्तो नरमाइलो लाग्यो। कुन चाहि केटिलाइ प्रोपोज गर्न गयो होला भन्ने सम्झें। प्लेनमा पनि उसङ भएको झगडा र कुराहरु सम्झें। उसको इ-मेल थियो तर उसले लेखेको बुझ्न झन् गारो। आधा नेपाली अनि आधा अङ्रेजी। मैले येहाँ आयेपछि पनि हरेक दिन उसको मेल चेक गरें तर उसले केहि लेखेन। मैले पनि रिसले उस्लाइ लेखिन। बिसदिनको बिहान अचानक नेपालबाट उसको फोन आयो।
"अंएरिकन मोटि" उसले जिस्कायो।" म भुस्याहा कुकुर, फटाहा, काम नलाग्ने मान्छे, गधा, भाते, साले। अरु के भन्न मन छ भन। तर कुरा गर है"।
"तँ गधा चोर भाते"। मैले रिसले भने
"तँलाइ कस्तो मिस गर्दैछु मोटि।"
"किन केटि प्रोपोज गर्न पाइनस अहिले?"
"मेरो मुटुको हिट लिस्टको टपमा तँ छस् नि। त्यो सेन्टरमा त तँ रहेछस मोटी। मलाइ मिस गर्छेस्?"
"मेरो काम छैन कि क्या हो तँलाइ मिस गरेर बस्नलाइ? अरु के छ भन्? कस कसको कुटाइ खाइस?" मैले जिस्काएँ।
"आइ रिअलि मिस यु।" उ सुँक्क सुँक्क गर्न थाल्यो।
"कालु, के भो तँलाइ? घरमा सबै ठिक छ? ओयि तेरो सिङान मुखभित्र खस्न लाग्यो।" म उ रुदाँ जहिले पनि येसरि नै जिस्काँउथें। अनि उ फेरि हाँस्थ्यो।
"मोटि तेरो ब्वाइफ्रेन्ड भेटिस त्याँ?? उसले रुन्चे स्वरले भन्यो।
"म येहाँ केटा खोज्न आको हो र गधा?"
"सुन्त?" कालेले भने पछि सुन्नु पर्यो।
"तेरो ब्वाइफ्रेन्डले चाहिँ मेरो दरो भेट्छ बुझिस?"
फोन लाइन काटियो। म हाँस्दै आँखा पुछ्न थाँले।

 

लौ!!अब   मेरो नि चुटाइ खानेमा पो आम्नेहो कि नाम भन्चु र

Last edited: 12-Oct-07 06:07 PM

 
Posted on 10-12-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ल ल तिमी आफै लिस्ट बनाउ।<<<
हँ! यो त आफ्नो लागि खाडल आफैं खन भने जस्तो पो भो त!


फेरी त्यो बिचरा कालुलाइ कति दु:ख दिन सकेको होला? हरेक दिन मान्छे पिट्नुपर्ने! बरू तिमी नै उसको पि ए बनेर उसको सट्टा आफैं पिट न हामीलाइ। आशा छ तिम्रो हात फूल जस्तै कोमल होला!
 
च्याँङवा
Posted on 10-12-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

तो कालेले के मार्जा मोलाई? मुइले तेइ तोम्बाको भांडोले बाजाइ दिन्जा कालेको खाप्पारमा, आउना ता दे।


अनि तोँ याँ मेरो मात्ताई हाइना कात्ति जानाको मुटुको सेन्टारमा छा। तों ता च्याँङ्राको नि मुटुको सेन्टारमा छ, भोटेको नि मुटुको सेन्टारमा छ, भेंडाको नि मुटुको सेन्टारमा छ, खाच्चाराको नि मुटुको सेन्टारमा छ साप्पाइको मुटुको सेन्टाराइ सेन्टारमा छ कास्दु कुर् नाबुझेको तोइले?

आनि भोटेकोशीमा पाउडि ता काद्दि खेलेको मोइले..... खाच्चारले तोम्बा चोरेरा खादा लाखेट्दाई गाको नि ता। त्यो भान्दा त तोम्बाको पोखारिमा पाउदि खेल्नु जाति हुन्छा..... तोम्बा लागे पाछि तो काद्दि राम्रि देख्चा नि ता....... तोलाई लागे पाच्चि त झानाइ रामाइलो हुन्जा, तोइले कात्ती मोइ खान्चा नि त खाच्चरको .......तेसाइली तों खाच्चारको नि हिट लिस्दमा छा के।

पासांङको आप्पाले मोलाई ज्वाइ बानाउम्चा भानेरा खोजेको खोजेकाइ गार्चा, मोलाई भाने तोलाइ घोर्ले छोराको आमा बानाम्ने मान छा।

लु आबा त आइजा ना हो झाट्टाई। आनि बुदाबार पाछि आगाडि पानि साप्पाई मेरो नाम राख ता...... तो धातुरे, बिरे, माडि, चित्रे, काले साप्पाईको बाङारा झार् दिन्जा मोइले....... मालाई आइले जांग नाचाला होइ माइच्यांङ..... खुरुक्का आइजा भानेको ता झान कात्ती लामो लिस्टा पो बानार बासेचा.....


 
Posted on 10-12-07 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_me,

Thank u very much. ketaharuko matra list ho tyo ta. tapai ta mero sathi ni.

world_map, kasto kukhurako jasto mutu yaar timro ta.

oye chyaangbaa, ma haasera marna laage yehaa. tyo world_maplaai thika para ta. malai jiskaucha hera na.


 
Posted on 10-12-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy love, great story as always. I did enjoy reading all parts. Thanks ! and Happy Ghatasthapanaa re kya.

wow.nepal

 
Posted on 10-13-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लप्पूऽऽ! हा हा! मेरो मुटु कुखुराको जस्तो रे?
कसरी थाहा भो तिमीलाइ? तिमीले मेरो मुटु चोरेर लगेको हो?
तैपनि तिमीलाइ भ्रम भए जस्तो छ। मेरो त four chambered heart नै हो, दुइटा auricle दुइटा ventricle भएको। फेरी एकपल्ट हेर त राम्ररी!

यौटा गीत गाम्नुपरो।

मुटु मेरो चोरी लगी
झुटो माया लाउनेले
निद्राबाट ब्युँझाइदिई
लप्पू भन्ने केटीले!

Have a nice weekend!


 
Posted on 10-13-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

World _map,

timro sapanama pani ma nai dekhna thalya ho? hosh gara hai, timilai mero komal hatko sparsha man parya raicha. gala chadkiela ni feri.

mutu katro re timro? jhingako jatro. he he he..............

u 2 have a nice weekend.


 
Posted on 10-13-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chitre, kaha kaha aipugya chadke hanna?

 

CL, good work !

keep it up.


 
Posted on 10-13-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रैजी लभ जि  ल् है तपाईंको पछी हो कि तपाईंको कथाको पछी हो धेरै मान्छे लाग्या छन् है। राम्रो लेख्नु वयेको म धन्यबाद्।

तिमि मेरो साथि
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters