nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 155034 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 09-23-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै छु तितौरी!
एस्तो गाह्रो नाम को न्वारन कसरि अर्नु। बरु फुलौरे ज्योतिष कता गए कुन्नि? उनले राखिदिन्थे घडि पला गर नछेत्रे चाइन्जो हेरेर।

लु समिर मेरो पनि शुभकामना!
६३ साल है यो!!!! थाहा नभएको त हैन तर अहिले फेरि ६३ देख्दा कस्तो कस्तो भयो।
 
Posted on 09-23-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विजया दशमी २०६३ सालको उपलक्ष्यमा सम्पुर्ण चौतारीमा आउनुहुने दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
 
Posted on 09-23-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"के रे? पत्याए त तिनीहरुले?" जिम्माल बालाई बिश्वास लागिरहेको थिएन।

"किन नपत्याउनु नि, मैले भनिसकेपछि" पून्टे दाईले छाती ठुलो पार्दै भन्नु भयो।

"फेरि भन त, के भन्यौ तिनीहरुलाई?" जिम्माल बाको अनुहार खुशिले खूब चम्किलो देखिएको थियो त्यो अध्याँरोमापनि।

"म त्यहाँ गए अनि ती मुखियाको अगाडी गोडा चार एक सयको नोट फ्यालेँ अनि तिनलाई थर्काएँ 'तिमीहरुलाई अलिकति नि लाज छैन? त्यसै हाम्रा गाउँका जिम्माललाई दोष लाउँछौ? तिनको त्यो ओढ्ने अस्ति राती जंगलमा शिकार खेल्न जाँदा हराएको थियो, त्यहिँ कसैले भेट्यो होला अनि हामीलाई फसाउन त्यो बाँसघारीमा छोडेर गयो नि' भने" पून्टे दाईले सबिस्तार बयान गर्नुभयो।

"अनि अनि?" जिम्मालबाले अलि अघि सर्दै उत्सुक्ताका साथ सोध्नुभयो।

"अनि के हुनु नि? ति मुखियाले त्यो सबै पैसा बटुले अनि मलाई हात जोड्दै माफी मागेर सबै पैसा फिर्ता गरे नि, हैन त नमे?" छेउमा बसेको नमेको तिग्रामा प्याट्ट पिट्दै पून्टे दाईले भन्नु भयो।

नमेलाई अलि दुखे जस्तो लाग्यो, आफ्नो तिग्रा सुम्सुम्याउदै उस्ले केहि नबोली टाउको मात्र हल्लायो।

"अब म ढुक्क भएँ। नत्र यो बुढेसकालमा कस्तो अफ्ठ्यारो परिसकेको थियो" जिम्मालबाले लामो साँस फेर्दै भन्नुभयो।

"चिन्ता नगर्नुस के जिम्माल बा, पून्टे दाई र म यो गाउँमा हुन्जेल कसैले हामीलाई औँला ठड्याउने साहास गरेछन् भने त के र" नमेले आफ्नो छेउमा राखेको २-३ वटा बोतल मध्य एउटा पून्टे दाईलाई टक्र्याउदै भन्यो।

"म हुन्जेल यो गाउँमा कसैको डर नमान्नुस् जिम्माल बा। जे गर्दा नि हुन्छ यहाँ, कुरो मिलाउने काम मेरो भो।" पून्टे दाईले बिर्को खोलेर एक पल्ट घुटुक्क पार्दै भन्नु भयो।

जिम्माल बाको खुशिको सिमा रहेन। उनलाई औडा भयो। कत्तिबेला घरमा गएर जिम्माल्नीलाई सुनाउँ भन्ने भयो। अनि जुरुक्क उठ्नु भयो पछि फेरि के आयो मनमा र थचक्क बस्नु भयो त्यसपछि एकछिन सोचेर भन्नु भयो, "लौ मलाई सार्है खुसि लाग्यो, भोली चौतारीमा भोज गर्नुपर्छ। दशैँपनि आइसक्यो, यसो चौतारीमा सबैलाई दशैँको भोजपनि हुने मलाई मनको शान्तीपनि। लौ पून्टे र नमे तिमेरु चाँजो पाँजो मिलाओ"

"ल ल भैहाल्छ नि। बरु एउटा ठुलो खसिपनि ढाल्नु पर्छ अनि चिउरा, मासु खानुपर्छ" पून्टे दाईले सहि थप्नुभयो।

त्यत्तिकै मा पछाडी झाडीमा खस्याक खुसुक गरेको आवाज आयो। नमे झसङ भएर पून्टे दाई र जिम्माल बाको नजिक बस्यो।

"के भो तलाइँ? किन घुस्रेको बिचमा?" पून्टेदाईलाई अचम्म लागेछ।

"होइन केहि होइन, उ त्यहाँ झाडीमा खोइ के हो कुन्नि" झाडी तिर देखाउदै नमेले भन्यो।

"ए कसैले हाम्रो चियो त गरेका छैनन्, ल त हेरुम त्यहाँ" पून्टे दाई झुरुक्क उठेर त्यहाँ जानु भयो।

"ए यहाँ त कालो खसि पो छ त, कहाँबाट आएछ?" पून्टे दाईले झाडी बाट कराउनु भयो।
नमे हत्तपत्त दौडेर झाडी तिर गयो अनि त्यो कालो खसिलाई च्याप्प समातेर बाहिर निकाल्यो।

"ओहो! कस्को खसी हराएर यहाँ सम्म आइपुगेछ। लौ यस्लाई कतै बाँधेर राख्नु पर्ला अनि भोली गाउँमा सोध्नु पर्यो कसैको हराको छ कि भनेर।" जिम्माल बाले भन्नु भयो।

"यो त पक्कै पल्लो गाउँतिर को हुनु पर्छ नत्र कसैले मेला बाट किनेर ल्याउँदा फुस्केर हरायो होला अनि बाघले खायो भनेर छोडे होलान्" नमेले खसीलाई कस्सेर समात्दै भन्यो।

"ल ल जे भएपनि यस्लाई कतै बाँधेर राखुम अनि भोली गाउँमा सोधेर जस्को हो उसैलाई दिनु पर्छ" जिम्माल बालाई त्यो खसी धनिको त्यसै माया लागेर आयो।

"लौ जिम्माल बा पनि कुरै नबुझ्ने! झन भोली भोज खाने भनेर सल्लाह भएको बेला यसरी खसिनै आफ्नो अगाडी आएर मलाइ काट मलाइ काट भनिरहेको बेलामा पनि गाउँमा लगेर कसैलाई बुझाँउछन् त?" नमेको दिमाग पुरै घुमेछ।

"हुन्न हुन्न त्यस्तो गर्न हुन्न! आज बल्ल बल्ल बाँस को लफडा सकिएको छ फेरि अर्को लफडा हुन्छ" जिम्माल बालाई नमेको कुरा अलिकत्ति पनि मन परेन।

"हत्तेरी जिम्माल बा पनि! त्यत्रो तपाईँको ओढ्ने भेटिएको ठाउँमा त कुरो मिलाएर आइयो। अब यो झाडीमा भेटिएको खसिको बारेमा कस्ले सोध्ने? जस्को हराएको भए नि यतिबेला सम्म बाघले खाइसक्यो भनेर चूपलागेर बसेका होलान्।" नमेले जिम्माल बालाई सम्झाँउन थाल्यो।

"नमे ले कुरो त ठिकै गर्छ कहिले काँहि। अब यो बेलामा हराएको खसि कस्ले पो भेट्छु भन्ला र? सित्तैमा खसि भेटिएको बेलामा भोली राम्ररी भोज खानुपर्ला जस्तो त लाग्छ, तरपनि कता कता मलाईपनि जिम्माल बाको कुरो ठिक लागेको छ नमे।" पून्टे दाईले पनि अलि संकोच माने झैँ गर्नु भयो।

"लौ यस्को जिम्मा मैले लिने भएँ। यदि कोहि आएर सोधखोज गर्यो भने त्यस्को जिम्मा मेरो भयो। तर तपाईँहरुले मलाई साथ चाँहि दिनु पर्छ।" नमेले सबैलाई चूप लाउने हिसाबले कुरा गर्यो।

"लौ त अब मैले के भन्ने, तिमिहरु जे भन्छौ अब उसै गर्नै पर्यो नि" जिम्माल बा ले हार माने।

"ल भोली बिहानै आएर मास्टर्नी नानीको घरबाट हतियार ल्याउनु पर्यो, मेरोमा ठुलो खँड्कुलो छ त्यसैमा पानी तताउने। अरु सानो तिनो सामानहरु धोबिनीको बाट लिएर आउनुपर्छ।" पून्टे दाईले प्रोग्राम बनाउनु भयो।

"ल त्यसो भए अब घर जाऔँ" जिम्माल बा अलि थाके जस्तो लाग्यो।

"ए नमे तँ आज म सङ्गै बस। भोली बिहानै काट्ने सर्दम मिलाउनु पर्छ, अलि छिटै उठ्नु पर्छ" पून्टे दाईले नमेलाई सङ्गै लिएर घर तिर जानुभयो।

भोलि पल्ट बिहानै सबैजना चौतारीमा आइपुग्नु भएछ। नमेले सबै सामानहरु ठिक्क पारिसकेको रहेछ। जिम्माल बा हत्तियारमा साँध लाउदैहुनुहुन्थ्यो, पून्टे दाई खांड्कुलोमा पानी तताएर बस्नु भएको रहेछ।

"लौ कैले आइपुग्यो! अब खसि छ्याप्प पारिहाल्नुपर्छ" नमेले पर बाट आउदै गरेको कैलेलाई देखेर भन्यो।

"ल ल सब ठिक पार" पून्टे दाईले नमेलाई अर्‍हाउनुभयो।

सबै मिलेर खसि काट्ने काम भयो अनि एकैछिनमा अघिको जिउदो कालो खसी पकाउन तयार भयो।

अनि मिस, ठुली, तितौरी र सान्नानी आएर पकाउन शुरु गरे।

केटाहरु भने बसेर तास खेल्न शुरु गरे। छिन छिनमा मिसले सबैलाई भुटुवा मासु दिनुहुन्थ्यो। त्यसरी पुरै दिन एकदम राम्रो गरेर बित्यो।

"ल एकदम राम्रो भयो आजको भोज। यो नमेलाई चाँहि धन्यवाद दिनुपर्छ। यसले निकै ठुलो आँट गर्यो हिजो बेलुका नत्र भोज यति राम्रो हुने थिएन।" पून्टे दाईले सबैको सामुन्ने नमेको बयान गर्नु भयो।

नमे मख्ख पर्यो। मिस, तितौरी, सान्नानीहरुले नमेले के आँट गरेछ भनेर पत्तो पाएनन्।

"अब सबैजना घर जाने, अनि यो खसिको खुट्टा चाँहि नमेलाई दिनु पर्छ। यसले घर लगेर खुट्टाको झोल तात्तातो बनाएर खान्छ" पून्टे दाईले खसिको खुट्टा एउटा झोलामा पोको पारेर नमेलाई दिनुभयो।

सबैजना आ-आफ्नो घर तिर लागे।

नमे खसिको खुट्टा लिएर घर तिर गयो। घर पुगेर यसो हेर्‍यो, घरमा कोहि पनि छैनन्। अनि के भएछ भनेर बाहिर निस्कियो। परबाट आउँदै गर्नु भएको उसको बा र आमालाई देखेर उ उहाँहरुको नजिकै गयो।

"लौ! तँ कहाँ हराएको थिइस हिजो?" बा ले उसलाई सोध्नु भयो।
"अँ म हिजो पून्टे दाईको मा थिएँ" नमेले भन्यो।

"कस्तो मान्छे होला! हिजो देखि आफ्नो त्यो दशैँको लागि भनेर किनेको कालो खसि कहाँ हरायो हरायो। खोज्दा खोज्दा हैरान भैसकियो" बा ले चिन्तित हुदै भन्नु भयो।

नमे झसङ्ग भयो अनि आफ्नो हातमा बोकेको खसिको खुट्टा पछाडी लुकाउँदै खुइया गर्दै भन्यो, "हत्तेरी त्यो त आफ्नै खसि पो परेछ।"

समाप्त।(:P)

*******************************************************************
(बिशेष धन्यवाद नमे र उसको कालो खसिलाई!........... दशैँको धेरै धेरै शुभकामना)
 
Posted on 09-23-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा कति हसाएको यो कुम्ले ले , खान त खुब् मजा भा'थ्यो नमे को आफ्नै खसि परेछ मार्ने हुनु भयो बा ले अब नमे लाइ। नमे ले अब के भनेर ढाँटेर कुरा मिलाउने होला, गएर कुरा लाइ दिन हुन्थ्यो बा लाइ आफुले नखा' भए त हेहेहे.........

धन्यबाद् कुम्ले ! राम्रो कथा रमाइलो भयो बिहान् कथा पढेर। :D
 
Posted on 09-23-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D कुम्लेले हँसायो। चौतारीमा लेख्दा लेख्दा कथा बनाउन कति खप्पिस् भैसकेछ, नमेलाई उसकै खसीको खुट्टा बोकाएर घर पठाएछ। राम्रो लाग्यो कथा।

सप्पै गाम्लेहरूलाई दशैंको उपलक्षमा मंगलमय शुभकामना है मेरो!

अब यसपाली धेरै गाम्लेहरू नेपाल जाने भएछन्। यसै मौकामा नेपालमा दशैं चौतारी सम्मेलन गर्दा कसो होला? म त जान पाम्दिन, तर भेटघाटको खबर या फोटू हेर्न पाए त रमाईलो हुने थियो। बाहिर बस्दा सबै धेरै टाढा टाढा बस्ने हुनाले भेटघाट गर्न गाह्रो हुन्छ, तर नेपाल सानो देश भएको र त्यसमा पनि सबै जना कुनै न कुनै बेला काठमाडौं बस्ने हुनाले यसो केही घण्टा फुर्सद निकालेर चौतारी भेटघाट गर्दा राम्रो होला नि।

यसपाली दशैंमा नेपालमा हुनेहरूको अनौपचारीक लिष्ट:
१) ग्वाँचे (पुगिसकेको)
२) गालव (पुगिसकेको)
३) निरे (नेपालमै छ)
४) दादा
५) सान्नानी
६) मास्टर्नी दिदी
७) ठूल्नानी (यसपालीको भ्रमण क्यान्सल गरीन्, पढाइको कारणले)

लौ, अरू नि जाने भए थपम् है, म चैं यहीं हुने भए दशैंमा। :(
 
Posted on 09-23-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, के छ हालखबर? तिम्रोमा बल्ल बिहान भो? मेरोमा त साँझको ७ बज्यो, अँध्यारो हुन थालिसक्यो। अब त जानु पर्यो यौटा पार्टिमा, राति फर्केर भ्याइयो भने छिरम्ला चौतारीमा।
 
Posted on 09-23-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have congratulated all of you in my blog on auspicios occassion of Dashain.
https://talkingforum.wordpress.com/
Dashain Aayo, Khaula Piula
Kaha Paula?????????

Seriously, Kaha paula? I am not in my home and can not go home this year. But do not Forget to Enjoy people, bad Dashain ko subhakamana Hai.
 
Posted on 09-23-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

my Blog is http://www.talkingforum.wordpress.com

earlier, it was wrong......sorry.......
 
Posted on 09-23-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ying Yang को नाउँ “याङ्गे” ठोक्दिम्! :D

लौ, आज अलिक फुर्सद छैन, कुम्लेको कथा नि भोलि पढम्ला। अहिलेलाई नमे लाई मुरी मुरी धन्नेबाद दिंदै सबै गाम्लेहुरलाई हिरदे देखिको शुभकामना के रे! आफ्नो त जउरा राख्न तयारी गरि रा’ कै बेलाँ फोन आयो, १३-दिने दाईभाई एउटा खसेचन्, बार्न परो रे! साईतको मुखैं आ’र सुनाम्न पर्नि फेरि सुनाम्निलाई नि। :(

दशैंको चौतारी भुने काईदाको बनाएछ नमेले!
 
Posted on 09-23-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chitre i'm fine :-) how about yourself ?

ला......... पुन्टेदा लाइ शोक् परेछ दशै मा :-(
 
Posted on 09-23-06 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, म त फर्कें, कोही छैनन् कि क्या हो चौतारीमा? पून्टे दाईलाई शोक परेछ, दु:ख लाग्यो।

तितौरी, मलाई ठीकै छ। तिम्रो के छ नि?

ल, चौतारी त सुनसान जस्तो छ, मेरो नि सुत्ने बेला भैसक्यो।
 
Posted on 09-23-06 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सप्पैलाई धन्यवाद पिङ्ग खेल्न आएकोमा । हुन्छ कुम्ले म्यरिज जमौनु पर्छ । तर घर्को खसी कान्ड ले दिमाग खराब भको छ । अब चौतारी कुर्ने त हामी नै परेम के रे दसैं म होइन त वीरखे, गोतामे, कुम्ले । कुम्ले तिमी त गफाडी यार, नेपाल जान्छु भनेर पिलेन छुटौने । अनि कसरी नेपाल पुगिन्च त । मिस् तपाईं त नेपाल जाने कुरा गर्नु भको थियो एक्ठाउँ म तेसैले तपाईं पनि नेपाल जाने ग्रुप म राखेको । ल है सप्पैलाई धन्यवाद मलाई धन्यवाद दिनुभको मा ।
 
Posted on 09-23-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ----! यो कुम्ले बज्जे नामी गफाडी निक्ल्यो! हँसाउनुसम्म हँसायो!!

पुण्टे दाईको दशैं खल्लो हुनी भएछ, नरमाइलो लाग्यो।

पुण्टे दाइ, Ying Yang को नाउँ “याङ्गे” ठीक्क छ। चौतारीमा याङ्गे, जङ्गे र बाङ्गे चाहिया थे, याङ्गे आईपुग्यो; अब जङ्गे र बाङ्गे पनि आउलान् नि चाँडै।

तर-------,(गणेशमानले जस्तै लामो लेघ्रो तानेर 'तर'); आफ्नु त शंकालु बानी! यो ying Yang र हाँरी तिरु नानीको अनुहार र बोलीबचन ठ्याक्कै मिल्छ; माथिका कार्डहरु दुबैमा "Ying Yang" को उस्तै उस्तै लोगो पनि छ। कतै यी तिरु नानी नयाँ पोशाकमा हाम्रो चियो गर्न त आ'की हैनन्?
ल नढाँटी भन त तिरु नानी, तो Ying Yang तिमीनै हो कि हैन?
 
Posted on 09-23-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या..... गोताएँजि, याङे जङे बाङे जो आए नि तिरु हो रे :-( :-( के भन्या त्यस्तो ? अब बोलि त सबै नेपालि बोलि बोल्ने उस्तै हुने होला होइन र अनि कार्ड् चै खोज्दै जादा दशै को कार्ड् सबै जना तेइ वेब् साइट् मा पुग्ने भए'को ले होला है जस्तो लाग्छ ।

भए'को एउटा निक् नाम् ले वाक्क बनाइ सक्यो किन राख्थिये होला अर्को हरे ...

अब चै कि "रियल् नेम् विथ् फोटोग्राफ्स्" आउनु पर्यो कि चौतारी बाट भुमिगत् हुनु पर्यो जस्तो लाग्न थल्यो। सारै भएन अब गोताएँ जि ले नि त्यसो भने पछि ।
 
Posted on 09-23-06 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, चित्रे, नमे र गोताएँ जी लाई धेरै धेरै धन्यवाद।

नमे रिसाउने छैन भनेरै लेखेको हो यो कथा। मैले चिने अनुसार नमे अत्ति Cool मान्छे हो। त्यहि भएर आँट गरेको यत्ति लेख्न।

अब रिसाए पनि खुसाए पनि चौतारीमा आउनु हुने मित्रहरुलाई राखेर कथा लेख्न भने छड्ने छुइन क्यारे!!
 
Posted on 09-23-06 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गोताएँ जी ले के भन्नु भएको नि? कहाँ को याङ्गे कहाँ कि तितौरी!
 
Posted on 09-23-06 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कुम्लेले साह्रै हँसाओ गाँठे!
तो खसि छोप्ने बेलाँ " कस्को हो मार्ने पो हुनकि?" भन्ने त लाएको थ्यो नि।
तै पनि काटकुट पारेर चिउरा संअ चपा'र खुट्टो बोकेर घर फर्कँदा बिचरा नमेओ सातो गएछ!
गजपले कुरो मिला'र राख्यौ कुम्ले!!

तितौरीsssss ए तितौरीssssss तितौरी होsssss
हन क्यार्न रिसाको हो यसरी? ल ल हेर हेर रिसाउँदा रिसाउँदा हाँसो फुस्किन लागेछ :)
झन अस्तिनै भनेओ हैन रिसाउन हुँदैन नराम्रि हुन्छ भनेर। लु हाँस अब, बरु दशैँको टिका लाएर कति दक्षिणा दिउँ तिमिलाई?
ल हाँसिन हाँसिन तितौरी हाँसिन...... :)
 
Posted on 09-23-06 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त हैन कुम्ले ..

जिम्माल् बा हजुर् मात्र हो केट्केटि लाइ मया गर्ने चौतारी मा सहराट् गुत्पाक् नि ल्याइदिने अर्को पटक् खोकि लाग्दा म आदुवा ल्याइदिन्छु ल :p दक्षिना रे आस्तिन दशै मा सान्नानि र मलाइ फुलि किन्दिन्छु भन्या होइन अनि हो तेइ दिनुस् है। लु अब हासे :D:D:D
 
Posted on 09-23-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, कुम्लेको कथामा रामाएर पुन्टेदाईको कुरो नै हेर्न बिर्सिराको!
साह्रै नमजा भएछ त जुठो परेर!
मलाई एकपटक सन्तोष पन्तको हिजोआजको कुरामा देखाएको कुरा याद आयो। मजाले दिनभरि दुख अरेर खसि काटेर भोक भोकै बसेर बल्ल मासु भुटिराको बेलामा जुठो परेको खबर आउँदा संतोष पन्तको मुख हेर्न लायक थियो त्यसमा :)
 
Posted on 09-23-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great job!! kumle ( idiot!! :P sablai chor banaisakyo ) !! keep it up !!!!




माने मैले कुम्ले को कलम लाई :)

गौतमजी अतिनै भयो के अनुमान त्..... खै हुन् कि पो तितौरी नै

जिम्माल् बा हजुर् संग नेपाली पाँच पैसा छ छ भने दिनुन तिरुलै टिकोलगाइदेर दक्षिणा दिन पर्यो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters