AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साम्राज्ञीले दुर्ब्यबहार भयो, भन्दा भुवन केसिलाइ किन रिस उठ्यो ??
[VIEWED 23685 TIMES]
SAVE! for ease of future access.
Posted on 06-29-20 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भुवन केसिको यस्तो आक्रोश देखियो

https://www.youtube.com/watch?v=FE7wG1zO3dk

हालै अभिनेत्रि साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले नेपाली फिल्म उद्योगमा बिताएका ५ वर्ष मा भए गरेका कुराहरुको बारेमा एक भिडियो बनाएर शेयर गरेपचि त्यसले सिने क्षेत्रमा तहल्का मच्चाएको छ । उनले उक्त भिडियोमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकि छिन।

तेस्ता नराम्रो अनुभवहरु मद्धे फिल्मको सुटिङ सेटमा खाना र पानी को ब्यबस्था गर्न आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी थिइन। यो अपशब्द बोल्ने को निर्माता निर्देशक हुन भनेर नभने पनि अहिले यो अभिव्यक्ति निर्माता तथा निर्देशक भुवन केसीतर्फ लक्षित रहेछ भन्ने प्रष्ट भएको छ ।

किनकि अहिले भुवन केसीले सोसल मिडिया मार्फत जवाफ दिएका छन ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।’ भन्दै ।

अनि उनले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा पनि गरेर देखाउन चुनौति दिएका छन। प्राय: शालिन रुपमा सोच बिचार गरेर बोल्ने बानि भएका अभिनेता केसिले सार्वजनिक रुपमा यस्तो रिस देखाकेओ सम्भवत: पहिलो पटक होला ।

भुवन केसिले साम्राज्ञीको नाम नलिए पनि उनको भनाइ उनै प्रति भएको प्रष्ट हुन्छ । भुवन केसिले उनको निर्देशकको रुपमा पहिलो फिल्म उनले "ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए । सो फिल्मको सफलता कै कारण साम्राज्ञी नेपाली फिल्म मा माग बढेको थियो । पहिलो फिल्म पछि उनको "ए मेरो हजुर् २" पनि सफल भए पछि उनि नेपालि सिने क्षेत्रकै सर्वाधिक डिमाण्ड भएकि अभिनेत्रि बनिन । त्यसपछि भने उनका फिल्महरु त्यति धेरै सफल हुन सकेका छैनन ।

साम्राज्ञी ले चलचित्रमा काम गर्ने क्रममा धेरै दुर्व्यवहार भोगेको हुनाले धेरै ब्यानरहरुमा काम गरे पनि कुनै मा पनि नदोहरिनु यहि कारण भएको उनले खुलासा गरेकि थिइन।

https://www.youtube.com/watch?v=vYZihtwTNXc


अपडेट : 
https://www.youtube.com/watch?v=e2BZ9V_3iVU
Last edited: 29-Jun-20 04:14 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters