[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 102674 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 08-07-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 155 editions.


 

 
Posted on 08-13-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ले मेरो पोस्ट कपी पेस्ट गरेको हुनाले


कपी राइट अयाक्ट १०२३२० चौतारी अनुसार


पुरे को पोस्ट केही बेर मै डिलिट गरिनेछ


 
Posted on 08-13-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गल्ती सच्याइएकोमा आफ्नो पर्सोनल रिस्वी निकाल्न पोस्ट डिलिट गरिन्छ भने मेरो केइ भन्नु छैन, मोदेरेटर भाको गलत र नजायज फाईदा उथाउने हो भने मेरो भन्नु केइ छैन, वाइस्याल प्रबिर्ती चौतारीमा भित्राउने हो भने मेरो भन्नु केइ छैन, गर जे मन लाग्छ। तिमी १०० चोटि डेलीट गर म १०१ चोटि पोस्ट गरुम्ला। चौतारी छिर्न ब्यान्ड गरे मात्रै हो, ल त्यो पनि गर, तिम्लाई जे गर्दा खुशी लाग्छ गर लहरे, गर!
 
Posted on 08-13-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा पुरे ले डाइलग देको हेर न


मुला पुरे - मुखमा प्वाक्क हान्न नपुगेको


वाइसियल प्रबिती भित्र्याउने तिमी नै हो केरे - अझ दोष दिने मलाई


 


 
Posted on 08-13-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुनियाँ सँग झगडा गर्दै मान्छे पिट्दै हिड्नी तिमी, अनी हामी वाइस्याल? हो हो यस्तै सिका छन तिन्का टाउकेले, तिमी नि तेइ भन न, पोल गर्नी हो पोल? लहरे विद्ध्वनसकारी छ कि छैन भनेर? हो!? हो!?? अनी थाहा हुन्छ नि! जनमत सङ्ग्रह गरे कुरो स्पष्ट हुन्छ याँ

 
Posted on 08-13-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<मुला पुरे - मुखमा प्वाक्क हान्न नपुगेको >>>

बुझ्निले एसै बाट कुरो बुझी सके, को के भनेर

कि कुटेर कि धम्काएर कि पोस्ट नै गायब गरेर नागरिक सर्वोचत्ता maintain गर्नी नि, कि कसो त पासा?

 
Posted on 08-13-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी शुरु भो - अब एक जना भलाद्मी मान्छे ले चौतारी को पोस्ट बिगार गरेपछी त


हामी चुप लार बस्ने नि है केही नगरि


आफ्नो मा मिल्यो भने त पुग्यो अरु को मा जे होश के मतलब भो र


अरुलाई पोस्ट पढन इस्क्रोल बार दाँया बाँया गर्न परोस या नपरोस के मतलब भो र


आफ्नो मा त मज्जाले पढन सकिन्छ नि हैन ए भलाद्मी मान्छे


नागरिक सर्वोचत्ता यि एस्ता टाउका हरु टाँसेर गर्ने नि - 


 
Posted on 08-13-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ल त्यो टाउको तास्दा भित्रीजालो चलाऊनेहरुकोमा अलिकती प्रब्लेम आएछ रे, तर तिमी मुला साग, कुरो चेन्ज गर्नी? याँ कुरो निमन्त्रणाको हुँदैछ। तिम्रो वाइस्याल प्रब्रिती बारे हुँदैछ, त्यो उुइलेको पोस्ट बारे कुरो निकालेर के गर्न खोज्या? यो नि वाइस्याल प्रब्रिती भो, कैले कैलेको सीनो उुखेलेर। तिम्ले निउ खोजेको ऊढारण त कती छन कती, गनेर साध्ये छैन
 
Posted on 08-13-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लहरे र पुरे भाईहरु !


तिमीहरु धेरै झगडा नगर बाबु हो !


हेर दुई दिनको जिन्दगानीमा हासी खुशी पो बस्नु पर्छ त !


अरु मान्छेले देख्दा नि हेर चौतारीका मान्छेहरु त आफ्नै दाजु भाई दिदी बैनी जस्तै मिलेर बसेका छन ! कत्ती माया गर्छन् एक अर्कालाई भनोस न ! हामी हरु ले लेखेको देखेरै उनिहरु लाई पनि चौतारीमा आँउ आँउ लेँखु लेँखु जस्तो लागोस न ! तिमीहरु यस्तो विद्वान भएर पनि यती सानो सानो कुरा सम्झाइरहनु पर्ने?


तिमारु भन्दा २-४ वटा भोटो बढी फटाको भएर साथी भाई को नाता ले सुझाव देको म्यान नगर है केटा हो!


 


 
Posted on 08-13-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मैले झुठो बोल्या हैन केरे


१५ कार्त्तिक २०६६ बिहान १०:२० को शुभ साइत मा तिम्रो बिहा हुने हो नै हो क्यारे


मैले त एसो सबैलाई थाहा पो दिइद्या त - पहिले नै


अनी त्यो टाउको टाँस्दा अली कती प्रब्लेम भा होइन धेरै नै भा हो


अरुको ठुलो  प्रब्लेम अलिकती अनी आफ्नो सानो प्रब्लेम चाँही ठुलो - वाह भलाद्मी मान्छे वाह


 
Posted on 08-13-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२-४ बाट होइन रिट्ठे सान - मेरो भन्दा त ७-८ वटा नै बढी होला
 
Posted on 08-13-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि तेइ भन्या नि रिट्ठे, तिम्ले त म भन्दा २०-३० भोटो बढी फटाको होला केरे। मलाई त्यो हुनी वाला भाउजुले जे जे भनेको तेइ तेइ खबर गर्देको यो लहरे एसै निउँ खोज्न आयो, अनी तेइ भएर नि, म त्यो लहरे जस्तो गरम खून काँ हो त, म त शान्त सुशिल (ठुल्दाइ भन्या हैन नि फेरी) मान्छे, बिस्तारै भलाद्मी पाराले उत्तर मात्र दिरा, यो लहरे उत्तर नदिँदा झन खनिन आउँदो रेछ, तेइ भेर मात्र हो क्या

तिमारुले भन्या के माइन गर्नु, यो लहरेको कुरो त माइन गरिन्न, उल्ले साथी नथाने नि हामी त साथी मानेछी मान्यो मान्यो, के गर्नु बच्चै देखिन् ज्ञानी परीयो, अब आएर एक्कासी यो लहरे जस्तो हाराँख्वोँ: बन्न सकिन्न केरे।

तेइ हो लेटेस्ट कुरो चाँही, लहरी भाउजु १६ गते तिम्रोमा आउनी रे, लहरे नसुध्रे सम्म त्याहीँ बस्ने रे, भनेछी तिम्रो मै बास हुनी भो भाउजुको, यो लहरे सुध्रिने भन्या तेस्तै हो, सुर्ये पश्चिममा उडाउला तर यो लहरे त उम्ह्म्म खै.. खै देख्दिन सुध्रिने छाँट्-काट 
 
Posted on 08-13-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय परमात्मा, जय परमात्मा।
सबै मिली भन क्रेजी परमात्मा।
 
Posted on 08-13-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हेर त लहरे र पुरेले झगडा गरेको, ठ्याम्मै वाइस्याल र युथ फोर्स जस्तो।



दुबइ जना को एकै दिन साइत पर्नु अचम्म भो।


साइत जुधाउनु भएन ।


हामी कता मात्र जन्त जाने।


जन्त नगै अन्त जानु पर्ने हुन्छ ।



एक जना को कार्तिक १५ अर्को को कार्तिक १६ गर ।


दुबइ हाम्रा भाई हुन क्या रे , मखुला रिट्ठे।


 
Posted on 08-13-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे पुरे ज्ञानी रे - ए हो त नि है पुरे त क्या ज्ञानी


घर मा राखेर बाहिर खोज्न गयो भने त पाउँदै नपाउने


 
Posted on 08-13-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<घर मा राखेर बाहिर खोज्न गयो भने त पाउँदै नपाउने >>>

ही ही ही ही, तिम्लाई चाँही घरमा छोडेर अन्त खोज्न गये अन्त नि भेतिन्छ कि क्या हो, हें हें हें हें हें हें हें!

 
Posted on 08-13-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउण्डको जदौका साथमा तारेमाम (ठुल्दाइ स्टाईलमा) !


पुरे ले कुरो बुझ्छ !


यो बौचा चाँही बार्ह बर्ष हर्के बनबास गये नि फर्केर आउँदा बुङुर लिदै आउछ भने जस्तै छ ! मखुला ठुल्दाइ?


क्रेजी पाट नमस्ते है ! 


अनी हाम्रो ठिकै छ हैन्त ?


 
Posted on 08-13-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे ले कुरो बुझ्छ ! >>>


 
Posted on 08-13-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 
Posted on 08-13-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अत्ती भो, अब म नि काम गर्न तिर लागें है त, हुसुर्नु पर्नी, पैले अलिक काम गर्या जसो गरुम, अनी हुसुरुम्ला

जय नेपाल

 
Posted on 08-13-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है गाह्रो भयो , यो सफल जिन्दगी भाग २ को सिर्शक नै भेटिएन भन्या क्या गर्ने होला
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters