[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 418407 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-27-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठे काणा- "गन्नुभाई गन्नुभाई!"


गन्नुभाई- "अबे छिपकलीके दुम काहेकु सरकटे बकरेकि माफिक मिमियारेला है, अपुन इधरइच है!"


रिठे काणा- "भाई भुचाल आगेला है!"


गन्नुभाई- "अबे टमाटरके आखिरि दाने, सुब्बोसे अपुन इधर खोलिमे पडा बैठेला है एक तिनका तक नक्को हिलेला है भुचाल आएला बोलरेला है, दुँ क्या पिछवाडेपे कस के?"


रिठे काणा- " भाई आप भि, अपुन वो मकान गिरनेवाला भुचाल नक्को बोलरेला है, अपुन बोलरेला था कि चौतारी करके जो पब्लिक लोगका अड्डा था उधरको भुचाल आगेला है!"


गन्नुभाई- "अबे बरेलीके फटि हुइ बाँसुरी,काहेको बेसुरा बजरेला है, सिधे सिधे बक्!"


रिठे काणा- "भाई उद्धर चौतारीपे नवाँ नवाँ छोकरा और आइटमलोग बहुत आगेला है, और बोले तो अपना सैरियल लंगडाके दिलपे भुचाल आगेला है!"


गन्नुभाई- "अबे काजुके निचले हिस्से,नवाँ छोकरा छोकरि आगेला तो लंगडाका पैर ठिकहोगेला क्या? उस नासपिटेका दिलपे भुचाल काहेकु आया?"


रिठे काणा- "भाई वो लंगडा और हर्के रंगिला बोलरेला था कि,अब चौतारीपे आप जैसे बुड्ढे लोगोँ कि बाट लगेंगा!"


गन्नुभाई- "क्या? क्या बोला वो किचडके स्लामडाँग?"


रिठे काणा- "वहिच बोला भाई, और तो और बोलरेला था कि, गन्नुभाई का जमाना तो गेला हि गेला, भाई अपुनको तो लगरेला है कि वो आपकि गेम बजानेका सोचरेला है!"


गन्नुभाई- "वो काला बैगन तो खलास अब्!आज तक लोग बोलता था कि सैरिल लंगडा है, कलसे पब्लिक बोलेंगि कि सैरियल लंगडा हुवा करता था!"


रिठे काणा- " आप ठिक भोला भाई, अपुनने तो आपका नमक खाया है भाई गद्दारी नक्को करनेका,वहिच सोचके अपुन सैरियल लंगडा और हर्के रंगिलासे पंगा लेके इधरको आया भाई। अपुन इधर आएला है सोचके उसके दिलपे भुचाल आगेला है!"


गन्नुभाई-" अबे भुकम्पपे उजडि हुवि इमारत्,अपुन क्या सेवेन्टिजका गब्बर सिंह है जो साला तु नमक खानेका बात कररेला है? अबे भुतनि के, अपुनके पैसे से साला ताजपे जा के बाँरगार पिज्जा खाता है और बोलरेला है कि नमक खाएला है! तेरेकु को देखुंगा पहले वो दो छुछन्दरके दुमका गेम बजाता है अपुन। तु गाडि निकाल और दिप हठेलाको फोन लगा, अपुन अब्बिच के अब्बिच चौतारीमे जानेको मांगता, एक जदउ पब्लिकको ठोकनेको मांगता और दोनो के दोनोको उधरइच खल्लास करनेको मांगता!


रिठे काणा- " "


गन्नुभाई- "अबे अब् तेरि सिट्टि पिट्टि काहेकु गुम होगेलि है? फोन लगा अब्बि दीप हठेलाको!"


रिठे काणा- "ज् ज् जी भाई लगाता है न अपुन!"


....


 
Posted on 01-27-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुर्दार गाउले हरु के छ - चिया निल्या हो -


अनी बुढादाइ खोइ नि - फिस्टे खोइ अनी चिपोट्ले को के सक्यो ले - अब अली अली बचेँको तिम्रो तालुमा भएको कपाल बाल


अनी सन्नानी के छ - केली खोइ केली किन नआएको अहिले सम्म चिया खाउ भन्या केली ले नल्याएसम्म नखाने म त -


रिठ्या सन्तान के छ - नेत्रे नि छ आज - पाने को त मुख्मा पचाक पुचुक दिनुपर्ने हो ल आज


अनी पिया इतने दिन किदर गया


 
Posted on 01-27-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हराएरेमाम सान्नानी, बिर्खे बुढा अनी लहरे ।


हन्नुमाहात्म्य गजब गयो, जिम्माल बा, गजब गयो।


 गाम्लेहरु। लहरे भेटियो । हराउन खोज्दा नि न हराए छ, फेरी चौतारी मै आएर कराए छ।


 
सान्नानी
Posted on 01-27-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा जिम्माल बा क्या मस्त छ हो गन्नु महात्मे त


ओहो लहरे किन आको नि?


हराएरेमाम के भन्या ठुल्दाइ?


 
Posted on 01-27-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरे पनि छ रे होइन आज्कल चौतारीमा ठुल्दाइ लाई राहुल भाई भनेर बोलाउने


वो पिरे पख पख हतार नगर - ठुल्दाइ ले त्यो विग निकाले पछी सबै क्लियर हुन्छ


दाँत पनि नक्कली हो - सबै थाहा हुन्छ एकछिन मा


अस्ती ठुल्दाइ ले भन्दै थियो चौतारी मा ठुल्दाइ को मान गर्ने मान्छे भएन रे


त्यही भएर अब ठुल्दाइ लाई मान सम्मान गर्ने जिम्मा मैले नै लिएँ


ल बिस्तारै ठुल्दाइ को सम्मान गर्दै गरौला - तयार होइन त ठुल्दाइ


 
Posted on 01-27-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सैतान्नानी - तिमीलाई भेट्न आको नि म - कुरा क्लियर गर्नु थियो तिमी सँग


आज त छोड्ने होइन म - के के ल - 


 
Posted on 01-27-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्मान कार्यक्रम:


चौतारी जेष्ठ नागरीक सम्मान समितीले यहि आउँदो चैते दशैँमा एक सम्मान कार्यक्रमको आयोजना गर्दैछ। उक्त सम्मान कार्यक्रममा पाल्नुनुन सबै चौतारीका औतारीहरुलाई अनुरोध गरिन्छ। विभिन्न बिधा र विषयमा सम्मान पाउनुहुने औतारीहरुको नामावली र सम्मानको प्रकार यस प्रकार छ-


श्री राहुलभाई रायमाझी-  जेष्ठ नागरीक सम्मान


श्री लहरेकान्त लाकौल-  गालिगलौज बिषेशज्ञ सम्मान


श्री भगुतभाई भन्डारी- जोइ पाएपछि भउते खोइ सम्मान


श्री पुन्टेन्द्र प्यारा परीयार- छुच्चो बोलि सम्मान


श्री रिठाराम रायमाझी- बिना बिषय सम्मान


पुनश्च-  तपाइँहरुले कुनै औतारीलाई कुनै सम्मानको योग्य ठान्नुहुन्छ भने कृपया हामीलाई सुचित गर्नुहोला।


धन्यवाद्


 


 


 
सान्नानी
Posted on 01-27-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jammai samman purushharulai matra?
 
Posted on 01-27-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि पाउने भए त - गालीगलौज बिषेशज्ञ सम्मान - ल ठिकै छ - प्राउटिक्स गर्नु पर्‍यो नि - कस माथि गर्ने त


वो जिम्बाल - तिमीलाई एतिका दिन के गर्न गाथ्यो - कता गाथ्यो - भक्खर बिहा गरी आछौ - तैपनी तिमीलाई तरुनु हेर्न पुगेन है


अहिले जिम्बाल्नी ले टाउको फुटाउला भन्द्या छु - अब जिम्बालनी पनि - त्यस्तो टाउको कती फुटाउने भनेर बसेको होला -


हैन जिम्बाल नि कता गइ हँ - नाम निसान नै छैन नि हो - वो जिम्बाल कता लुकाएर राख्याछौ खुरुक्क भन्ने कि -   


 
Posted on 01-27-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह एनै हुन लहरे भनाउदा, आउन पा छैनन साब सँग के के पो गर्न थाले बा।।। अनी मैले ठुल्दाइ लाई जानी जानी नामले सम्भोदन गर्य कहाँ हो त। सुर्सुरुमा त कोन्फुजन भाई हाल्छ नि। मैले चिनी सके ठुल्दाइ लाई, अरु पनि बिस्तारै चिन्ने प्रोसेस्स मा छु। लौ लहरे लाई पनि तारेमाम मेरा तर्फ बाट ।।।

लहरे त नेपाल गएर बिहे घन्काएर आयो भन्ने हल्ला छ त, के यो कुरा साचो हो?

 
Posted on 01-27-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा हराएको कुरा गर्दा गर्दै तारेमाम को सट्टा हराएमाम भए छ। गल्ती ले मिस्टेक भाको भनेको यही हो।


हैन बिर्खे बा, जिम्माल बा, माइली बुढी हुंदा हुंदै जेष्ठ नागरिक भन्न अली असुहाउदो हुन्छ कि ? पालो मिच्न त पाइन्न नि।


 
Posted on 01-27-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                   महिला सम्मान कार्यक्रम


महिला हरु लाई नि सम्मान गर्ने प्रथा भएको यो चौतारी मा आजको दिन मा सान्नानी को सम्मान गर्ने कुरा को छिनोफानो भएको ले - निज सान्नानी को नाम परिवर्तन गरी आज सान्नानी लाई सम्मान गरिनेछ।


पुरानो नाम - सान्नानी
नयाँ नाम - सैतान्नानी


तालीsssssss



चौतारी रस्रङ प्रधान 


 
Posted on 01-27-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे हल्ला मे क्या राखा है - हल्ला सल्ला लाई गोली मारौ -


जेष्ठ नागरिक त ठुल्दाइ नै हो है - जिम्बाल ले त ठुल्दाइ भनेर बोलाउछ - अरु के भनाइ भो र


 
Posted on 01-27-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रान्तीपूर दैनीक


 


देशवासिको नाममा संदेश-


चौकपा खाओबादीका अध्यक्ष तथा परधान मुन्तरी अखन्डले, चौतारीमा संघर्षरत आफ्ना युवा समुह कालोस्याल यानि कि कट्टर ल्वाँगे सुटर्स लिग (के सि एल)को गतिबिधीमा चौतारीका जनताहरुको बिरोधलाई मध्यनजर राख्दै उक्त संगठनको नाम फेरेर कालोखस्याल कट्टर ल्वाँगे खतरा सुटर्स लिग (के सि सि एल) राख्ने निर्णय आज उनले देशवासीको नाममा गरेको संबोधनमा आफ्ना दुवै हातका हत्केला आफ्नो भरिएको भुँडिमा राख्दै औँला हल्लाउँदै गरेका छन्।


 


भगुतभाईको रोग निको-


चौतारीका कुनै जमानाका एक अत्यन्तै सकृय औतारी श्भगुतभाई भन्डारिलाई विगत २ वर्ष देखि लागेको एक्टयुट भाउते डन्डिफोर सिन्ड्रोम (ABDS) निको भएको समाचार छ। अत्यन्तै महीलाघातक यो रोग ठिक हुनुमा हालै भएको उनको विवाहलाई लिइएको छ। भगुतभाईलाई चौसस को शुभकामना।


 


टायर बालियो-


हालै रिलिज भएको भारतिय चलचित्रमा चलचित्रका एक नायकले हिन्दु धर्मग्रन्थ महाभारतमा भारतको कथा भएको कुरा व्यक्त गरेपछि, चौतारीका संवेदनशील युवा जमातले महाभारत चौतारीको कथा भएको र चलचित्रले संसारलाई दिग्भ्रमित पारेको आरोप लाउँदै अस्तिबाट उक्त चलचित्रको प्रदर्शनमा रोक लगाउनुका साथसाथै करिब एक ट्रक टायर जलाएर बिरोध गरेका छन्।


 


झुन्डेर मृत्यू


उपत्यकामा डेरा गरि बस्ने वर्ष २१कि सुन्तली नाम गरेकि एक युवती आफ्नो डेरामा हिजो मृत अवश्थामा फेला परेकि थिइन्। करिव २ वर्ष अगाडि उपत्यकामा काम गरेर रसुवाको कुनै गाउँमा रहेका परीवारका अरु सद्स्यहरुलाई सहयोग गर्ने तथा भाई पढाउने इच्छा लिएर आएकी निज युवती एक क्याबिन रेस्टुरेन्टमा काम गर्दै थिइन्। ४ दिन अघी पुलिस द्वारा हनुमानढोकामा सोधपुछका लागि लगिएकी निज युवतीलाई हिजो बिहान मात्र छोडिएको थियो।


 


सैनिकको मृत्यू


भारतिय गोर्खा राईफल्समा काम गर्ने एक सैनिको आज भिरबाट लडेर मृत्यु हुन पुगेको छ। उनि ५ बर्ष पछि घर फर्किरहेका थिए।


 


भारतमा अर्को नयाँ मेट्रो रेलवे संचालन


छिमेकी राष्ट्र भारतको अर्को एक शहर भारतपूरमा पनि हिजो बाट मेट्रो रेल संचालमा आएको छ।


 


शौचालय निर्माण


चौतारी देशको विकट हिमाली गाउँमा नर्वे द्वारा आर्थीक सहयोग पाएको एक एनजिओले २ वटा शौचालय निर्माण गरेको छ। नर्वेले नेपालको हिमाली गाउँहरुमा शौचालय निर्माणका लागि दिएको तीन लाख युरोको लागतमा उक्त शौचालय निर्माण गरिएको हो। संसारमा नै यति महँगो तथा सरल शौचालय बनाएर गजक्क परेका उक्त एन जि ओ का अध्यक्ष श्री मौकाराम चौकाले बत्तिसवटा दाँत देखाउँदै आफ्नै निवासको भव्य बैठकमा भेट्न आएका पत्रकारहरु संग उक्त कुरा बताउनुभयो।


 


वर्गिकृत बिज्ञापन


चाहियो- एक रेट्टुरेन्टको लागी ४ जना वेट्रेस चाहियो। उमेर १४-१८, साधारण लेखपढ गर्न जान्ने वा जान्दै नजान्ने भए पनि हुने। पोटिलो जिउ र चोटिलो मुस्कान भएकोले सम्पर्क राख्नुहोला। किस्नजी- ४२८२८४८४


विक्रीमा- चालु हालतको मोसा। हिरो होन्डा, मूल्य रु- २५००० मात्र, सम्पर्क- स्यान्डो ब्रो- ३४३४५३४३।


जग्गा विक्रिमा- तिनकुने सुबिधानगर नजिकै, मोटरबाटो भएको २ रोपनी जग्गा बिक्रिमा, काटेर पनि दिन सकिने। सम्पर्क- अनिलजी- ३०४३३४९३४, नोट- दलालले कस्ट नगर्नु होला।


आरोग्य अस्पताल- के तपाइँ गानो, गोला, वायू, शूल, ग्याँस्टिक, अमलपित्त, कमलपित्त, कृस्णपित्त, नपुंसकता, स्तन झुकेको, पुट्ठा सुकेको, ढाड खस्ने, पिलो आएको, चाया, डन्डिफोर, शिघ्रपतन, स्वप्नदोश, कफ, क्यान्सर तथा एड्स बाट पिडित हुनुहुन्छ? हुनुहुन्छ भने हामिलाई सम्झनुहोस, आरोग्य अस्पताल।


 


 


 
Posted on 01-27-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो लहरे के भन्छ हो ? नवौं बिहे गर्ने जिम्माल भन्दा ठुलदाई कसरी जेष्ठ हुन्छ? बैशाख को बैशाख नै रह्न्छ। आफुले दोस्रो त गर्न पाएको छैन, त्यसै बुढो बनाइ दिने?

 
Posted on 01-27-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ बिहे बेसी गर्दै मा जेष्ठ हुने हैन नि त, उमेर ले हुने हो क्या, होस् क्या छोड्दिनु त्यो पुरस्कार त ठुल्दाइ लाई नै हो क्याSSSS

 
Posted on 01-27-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए हैन यो जाडाँ नि चौतारी किन एस्तरी रन्केको भन्या त हाउरा सउधी आ रचन र पो।
जदौ अरे सउधी ज्यु,निक्कै दिन हराउनु भो,थला पर्नु भो कि कसो?
लहरे पहरे नि आएछ नि त केही सिप नलागेर,सपै मुकुन्डो फ्याकेर आएछ,जे होस् ज्ञानी छ लहरे।
नेत्रे तारेमाम के छ हो सोम,एत्तिका दिन कता गायप हो,नेपालाट आएसी सप्पै तेस्ताइ हुँदारचन।
ठुल्दाइ,रिट्ठे त स्ट्यान्डम्यान भाई हाले चौतारीका।
सानी के छ् बा तेरो,खाजा खाइस?
सउधी ज्यु को गन्नु माह्त्म्या सुन्न पाएर कानै न्यानो भयो। बडा रमाइलो छ्।
अनी चिप्ले सोम के भाको नि,मैले चै छडने ,तिमी सुरु गर्या?


 
Posted on 01-27-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नामै त लहरे कसरी हराओस्?
पहिला पहिला लहरो तान्दा पहरो गर्जिन्थ्यो आजकाल त पहरो तान्दा लहरो पो गर्जिन्छ बा, गजव जमाना आयो ।
त्यो लहरोमा मलजल नपुगेर पो चौतारीसम्म नआको रेछ त । भाउ पुग्नसाथ चौतारीमा हाजिर ! हेर के बिदी गर्जेको !!
जिम्माल बाको समाचार गजप छ ।
सम्मान्को पाउना लागि तुरुन्तै सम्पातक भेर पत्रीका चलाऊन थालनुभेछ । जे पायो तेही गरि कुरो काटेर लेखेमा त फेरी तपाइको पत्रीका नि त्यो के जाती 'के सि सि एल' ले जलैदेलान नि ।
 
Posted on 01-27-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई, सम्धिज्यू, चिप्ले, सान्नानी, लहरे, बसन्ती, ठुली, रिट्ठे, नेत्रे सबैलाई जदौ!


हन नयाँ मुन्छेहरु देख्छु त गाँठे तर क्यार्नु बुडो भएसि यो आँखोले तेति नठम्म्याउने क्या, को को परेऊ कुन्नि? नाम के के हो? लौ न कोइले चिनादेओ।


 
Posted on 01-27-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल सम्धी ज्यु लोल..
घाममा ढाड सेकार,मुखा सुपाडी चपार,चिलिम फुक्दै भान्तिपुर दैनिकी पढ्नु को मजा बेग्लाई छ्।
अरु पनि राखम एस्तै एस्ता।
अरुको हसुराइ टाइम हो कि के हो?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters