[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १११ ~" ;

[Please view other pages to see the rest of the postings. Total posts: 626]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 186744 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-22-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी ---

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका  आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 111 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!



 
Posted on 04-24-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३, २, १ एक्कै चोटि ठोक्न ला' थे हर्के ले हात देखाइ हाल्यो 
 
Posted on 04-24-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के काँ तु गएर तु आउछु भन्या? तु आइसक्या हो कि तु जानै बाँकी छ?

 
Posted on 04-24-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिजो त ड्र भयो नि म्याच ! त्यो रुनी को खप्परमा बजाउन मन लाग्या 'थ्यो एक पटक मलाई त तर के गर्नै आफ्नै टि.भी झिरिप हुने फेरी

 
Posted on 04-24-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e rajinama nagara ritthe. ke ke bhayo chautarima la malai bistar ma bhana ta. :D
 
Posted on 04-24-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हो
के हुँदैछ हाँ,
त्या को हाँ, चिने चिने जस्तो लाग्यो,
वोहो सान्नानी पो राइछ,
कता गायब, हेर हेर मोटायकी
जिउ लाग्यारैछ,

ओि रिट्ठे के छ, अरु सबै खोइ हाँ


 
Posted on 04-24-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-24-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो हाम्री सान्नानी !
लौ आजको दिन शुभ सुभै भएर बित्ने भो अब !
एत्तिका दिन सम्म हाम्लाई माया मारेर गएउ सान्नानी ! दिनको एक पट्क मैले नाम नलेको दिन हुँदैन थ्यो !
तिमी गये देखी चौतारी एकदम सुन सान मसान भा' छ !  ल अब एक्छिन आराम गर अनी बेली बिस्तार त लाई हाल्छु नि मैले !

 
Posted on 04-24-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लालेमाम, रिट्ठे, बिस्टे,, हर्के , कुम्ले अनी सान्नानी।


किन सन्क्या रिट्ठे? एक छिन् गर्मी भएकोले यु ट्युब छिर्‍या क्या। बुद्ध जयन्ती कहिले पर्छ भनी सोध्या कि मेरो बर्थ डे कहिले भनेर।
हो, बुद्ध पुर्णिमा मा बुद्धजयन्ती पर्दछ, ठुलदाइ को जन्मा दिन धुमधाम संग संसार भर मनाइन्छ। नेपाल, श्री लंका, थाइल्याण्ड र कम्बोडिया म त छुट्टी नै हुन्छ।


 
Posted on 04-24-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्थात बि स १८६५,  जेष्ठ महिनाको ७ गते तदनुसार सन २००८ को मे महिना

  को २० तारिख मंगलबार बुद्ध जयन्ती पर्दछ।

Last edited: 24-Apr-08 09:23 AM
Last edited: 24-Apr-08 09:24 AM

 
Posted on 04-24-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रै लागि छातीमा घाऊ बोकें,
जान्छु भन्थ्यो प्राण, मुश्किल ले रोकें।

उदेश श्रेष्ठको यो गीत यु ट्युब भेटें। शब्द संरचना गजब को रहेछ।


 
Posted on 04-24-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ लहरे तेइ त हेरन मोटायो नि। :( अनि तिम्रो शायरी खै त? रमाइलो हुन्थ्यो नि पहिले, के त है। के छ हालचाल तिम्रो अनि अरु चौतारीका गाम्लेहरुको?
रिठ्ठे हो नि गायबै भएँ म त, तर माया मारेको चाहीँ होइन है, मैले पनि चौतारी र तिमिहरुलाई नसम्झेको दिनै थिएन साच्चै। ल ल सबै बेलि बिस्तार् लगाउ त कस्तो हतार भैसक्यो सुन्न मलाई सबैको बारेमा।
ठुल्दाई तारेमाम्, आराम हजुरलाई?
 
Posted on 04-24-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ को जन्म दिन हो र बुद्ध जयन्ती मा? कसरी?
अनी दिउसै यु ट्युब मा के खोज्न जानु भा' ठुल्दाइ? कि टाँस टुँस समिती को अधक्ष्य बनाइदिये आज देखी ठुल्दाइ लाई? कुरो बुझे मरिजाम है !

 
Posted on 04-24-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! सान्नानी नि आइछिन् आज चौतारीमा! सान्नानी के छ नि तिम्रो हालखबर? धेरै दिन भयो देख भेट नभएको। कस्तो घर तिर को हालखबर? ज्वाइँसाबको हालखबर के छ? छोरी कत्री भइन्? हिड्न थालिन्? के के खान्छु भन्छिन्? कस्तो नाना लगाउँछु भन्छिन्?

राहुलदाईको के छ हालखबर? अनि के साह्रो लालेमाम् मात्रै गरिरा' हो? हे हे हे!

रिट्ठे ब्रो! आजकाल उफ्रि कता छिन्? खोइ त नाख मुख देखिन छाड्यो उनको।

हर्क ब्रो, लहरे, ठुली, बिस्टे सोम लगायत मलाई सोझो कुम्ले भनेर चिन्ने सबैलाई आज बिहिबारे जदौ!!


 
Posted on 04-24-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कुम्ले तिमि त उहिले हराएको होइन? कता फेला पारिएछौ त, कस्ले भेटायो हँ तिम्लाई? दारी कति लामो भएछ नि, सन्यास् लिएको गाईँगुईँ सुन्या थेँ त तिम्ले। ल जे भो राम्रै भो फर्केछौ। Thanks GOd!!।
अनि जिम्माल बा को बिडो नथाम न साथी तिमि पनि क्या.....
 
Posted on 04-24-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि रिट्ठे, मैले माथि को फोटो हेरेनौ? ठुलदाई पिपल रुख मुनी आसन ग्रहण गरेर, रिट्ठे, कुम्ले, चित्रे, लहरे, र हर्के लाई ज्ञानगुनका कुरा सुनाइ रहेको, २५ सय बर्ष अघिको फोटो हो, के चिनोस रिट्ठे ले।

सान्नानी, साच्चै शान्ती हराए जस्तै हरायौ? फेरी सान्नानी को दर्शन पाउदा धन्य भएं। अनी छोरी अर्ना को कस्ती भै अहिले? चुल्बुले, आमा जस्तै भयो होला ।

 

 
कुम्ले नि औशी पूर्णेमा मात्रा झुल्किने, अन्त अन्तै पल्किने?


 
Posted on 04-24-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि अभिबादनका पुस्पपत्रहरु लिएर उपस्थित भएको छु है।
 
Posted on 04-24-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हुनु सान्नानी सबैले आ-आफ्नो माया पाएर चौतारीलाई माया मारेर गये !
अरु त अरु हाम्रा बयोब्रिद्ध् जिम्माल बा को नि उही पारा देखियो ! चार धाम गर्न गा'मान्छे ! एक महिना जती गायब नै भये ! तेस्पछी एक पटक हो क्यारे झुल्केर अब गोडा ४-१ दिनमा जोडतोड का साथ आउछु सहभागिता लाउन भन्थे बुढा बेपत्तै भये ! ज्यान सन्चो बिसन्चो के छ उन्को यकिन गर्नै सारो पर्‍यो भन्या !
जिम्माल त हराये हराये जिम्माल सँग सँगै हाम्रो अर्का अवतारी भउते नि हराये ! खै के पर्‍यो त्यस्तो उनलाई चाँही अली भेउ पायिएन ! जिम्माल कै सातो गा' हो कि जस्तो नि लाग्छ कैले कही त !
त्यसै गरी ठुल्नानी नि अचेल ज्ञानी भ'र हाम्लाई हानी पुराइ नि ! अचेल जागिरमा मुन लगाउन थाल्या छे अरे भन्नि खबर आ' थ्यो ! तर जे होस् ब्यान ब्यान चौतारीको ढोका खोलेर बासी कसेर उनैले गर्दै छीन अझ सम्म ! ठुल्नानी आउन छोडेपछी चित्रेको नि सातो गये जस्तो गरेर तर्स्यो बा अचेल मुख नाक केही नि देखिदैन !
हाम्रो सोझो कुम्ले अस्ती एक फेर निक्कै दिन बेपत्त भा' थे अचेल बेला बेलामा दर्शन सम्म टक्र्याउन पाईन्छ ! अनी हाम्रा चौतारीका  पुराना मान्यगन्य गोतामे दाई, दादा बुरो, गालब, पुण्टे दाई तथा अरु अरु सप का सप चौतारीलाई माया मारेर पैसो फल्ने रुखको गोडमेल तिर लागे ! अरु त अरु उन्को पार्टीले चुनापमा निक्कै राम्रो सँग जित्यो भनेर मदनवा नि अचेल जागिर सागिर छोडेर तेतै तिर लाग्या छ रे भन्नि खबर आ' थ्यो ! अब ज्याम (GM) खान दिन्छन रे त मदनवा लाई जुट मिलमा !
कुरा गरेर साध्य छैन सान्नानी, अब तिमी आएउ बा अब चाँही यसो अलीअली हरियाली आउछ कि त भन्ने आश छ !
ल त है !

 
Posted on 04-24-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सान्नानी! म नि हराएको थिएँ। धन्न राहुलदाईले फोनाँ फेला पार्नुभएछ र मात्रै नत्र के हुन्थ्यो कुन्नि! कस्ले भन्यो मैले सन्यास लिएँ भनेर हा हा हा! सन्यास लिनेहरु त हरितालिके, तितौरी, निशान्त, भउते पो हुन् त! हरितालिके, निशान्त र भउतेले चाँहि लामो दाह्री पालेका छन् रे अनि तितौरीले चाँहि लामो कपाल! लोल!!

लोल राहुलदाई! अन्त अन्तै पल्किने रे? हा हा हा! सकिए ति दिनहरु!! सबैजना कहाँ इलाहाबादी पारामा बस्न सक्ने रहेछन् र? आफ्नो त उहि नेपाली पारा!

दीप ब्रो नि हराएको जस्तो ला'थियो, हैन रैछ! मेरो नि अभिवादन यहाँलाई!!

:-)


 
Posted on 04-24-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे आगिनैको कुरो कन्टीनिउ गर्देको है मैले, हो रुनिले झूर खेल्यो, त्यो रोनाल्डो लाई के भाको, बज्जे पेनाल्टी मिस गरेर, उता चै मेस्सिले खेल देखाको थियो जे होश, अब अर्को गेम हेर्न रमाइलो हुने भो, जसरीनी रमाइलो गर्ने त होनी हामी हैन त।
लौ सबैलाई फेरी एक राउन्ढ जधौ है यो हर्केको।
 
Posted on 04-24-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी गीत टाँस्टुस समितीको अध्यक्ष भये देखिन सायरी तेती जादैन मेरो,
बरु चौतारी महिला को उपाधीको लागि सान्नानी को नाम पनि समावेस गर्नु पर्‍यो
जस्तो छ।

चौतारी पुरुष को चाँही short list गरिया छ
१ राहुल भाई राजभण्डारी
२ रिट्ठे राठौद
३ हर्के हावल्दार

चौतारी महिला को चाँही short list भा छैन
१ नेप्ची माया नेवाङ
२ ठुलि ठकुरानी
३ दिपिका दवादी
४ मिस मानन्धर
५ सान्नानी सापकोटा


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters