[Show all top banners]

balaram
Replies to this thread:

More by balaram
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 BHOJPUR

[Please view other pages to see the rest of the postings. Total posts: 235]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
[VIEWED 168919 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, View Last 20 replies.
Posted on 09-26-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I spent couple of years of my highschool age in Bhojpur Bazar.

I feel like there are at least a few Sajhain from Bhojpur. Let's talk about our memories too.
 
Posted on 09-06-09 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can you please post the phone number of Yashodhara Secondary School, Taksar, Bhojpur in here?

Thanks a lot beforehand !


 
Posted on 10-25-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रान्तिकारीको आक्रमणमा क्याम्पस प्रमुख गम्भीर घाइते








भोजपुर,
२०६६ कार्तिक ८ -  माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) समर्थित
विद्यार्थीहरुले भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईलाई
आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । घाइते राईको भोजपुर जिल्ला
अस्पतालमा उपचार भइरहेको छ ।


 क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिता राई, उपाध्यक्ष नविन परियार र सचिव
दिनेश खनाल, इन्सान लगायतको नेतृत्वमा आएको १२/१५ जनाको समूहले आइतबार
क्यामपसभित्र प्रवेश  गरी उनीमाथि आक्रमण गरेका हुन् । घटनापछि
क्रान्तिकारीकी अध्यक्ष सुनिता राईले प्रहरी समक्ष आफै गिरफ्तारी दिएकी
छन् । उनीमाथि अनुसन्धान गरिने र अन्य फारार अभियुक्तलाई पक्राउ गरी
कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताए । अन्य
आक्रमणकारीहरु पक्राउ परेका छैनन् ।   


 बुधबारदेखि हुने स्नातक र प्रविणता प्रमाण-पत्र तहको परीक्षाको तयारीको
लागि प्राध्यापकहरुबीच छलफल चलिरहेको बेला एक्कासी भित्र प्रबेश गरी
खुकुरी, फलामको रड, काठको मुङ्ग्रो, लठ्ठीले आक्रमण गरेको
प्रत्यक्षदर्शीहरुले बताए । क्यामपस प्रमुख आइतबार १० बजे कार्यालय पुगेका
थिए ।


 क्रान्तिकारीको आक्रमणबाट राईको टाउको फुटेको छ । उनको टाउकोमा २६ टाका लगाइएको डा. प्रदिप थापाले जानकारी दिए ।


 क्रान्तिकारीद्वारा क्याम्पस प्रमुखमाथिको आक्रमण बिरुद्ध मानव अधिकारका
लागि नागरिक समाज, भोजपुर क्याम्पस प्रध्यापक संघ, त्रिवि कर्मचारी युनियन
लगायत बिभिन्न संघ संस्थाले घोर भत्र्सना गर्दै आक्रमणकारीमाथि कानुनी
कारबाहीको माग गरेका छन् ।


 अखिल क्रान्तिकारी समर्थक विद्यार्थीले क्याम्पस प्रमुखको राजीनामा
माग्दै आएका छन् । यसअघि उनीहरुले क्याम्पस प्रमुख बिरुद्ध नाराबाजी गर्दै
राजीनामा दिन दवाब दिदै आएका थिए ।


क्रान्तिकारीले गत जेठ १७ गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा
तालाबन्दी गरेका थिए । तालाबन्दी अझै खुलेको छैन । क्याम्पसमा कर्मचारी
छनौट गर्दा पक्षपात गरेको आरोप लगाउदै सुरु भएको क्रान्तिकारीको आन्दोलनले
करिब ६ महिना क्याम्पसको वातावरण अस्तव्यस्त थियो ।


कर्मचारी छनौटको बिषयमा विवाद बढेपछि त्रिभुवन विश्वबिद्यालय केन्द्रीय
अनुगमन टोलीले अध्ययन गरी पक्षपात नभएको पुष्टि गरिसकेको छ । पछिल्लो समय
छनौट भएका कर्मचारीलाई नियुक्ति दिनुपर्ने फैसला समेत गरेको छ । 


 क्याम्पस प्रमुखमाथिको आक्रमणले स्नातक र प्रविणता प्रमाणपत्र तहको
परीक्षा संचालन हुने वा नहुने बारेमा अन्योलमा परेको शिक्षाशास्त्र संकाय
प्रमुख उत्तमसिंह राईले बताए ।
Source : http://www.ekantipur.com/np/news/news-detail.php?news_id=301317

 
Posted on 10-29-09 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नराम्रो खबरको लागि माफ...

भोजपुर १२ कात्तिक (दैनिकी)


भोजपुरमा एकिकृत माओवादी र एमाले कार्यकर्ताबीच तनाब बढेपछि जिल्ला
प्रशासन कार्यालय, भोजपुरले सदरमुकाम आसपासमा हिजोसाँझ ६ बजेदेखि जारि
गरेको कर्फ्यु यथावत छ । प्रशासनले साझ ६ वजेदेखि अनिश्चितकालिन कर्फ्यु
आदेश जारी गरेको हो । भोजपुर बजार चक्रपथ र त्यसको आसपासमा कर्फ्यु आदेश
जारी गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताउनुभयो ।

कर्फ्यु आदेश जारी गरे पछि त्यहाको जनजीवन प्रभावित भएको छ ।

यसैवीच एकिकृत माओवादीले भने थप आन्दोलनको तयारी गरेको छ । माओवादीले
भोजपुरमा आजदेखि आन्दोलनलाइ कडा पार्ने विज्ञप्ती निकालेर जनाएको छ ।

क्याम्पसको घटनापछि तनाव बनेको भोजपुरमा एमाले सम्वद्ध अनेरास्ववियूका
कार्यकर्ताहरुले वाइसीएल भोजपुरका सचिव गोपाल तिम्सिना शिशिरलाई कुटेपछि
जिल्लामा थप तनाव छाएको हो ।



हिजो दिउँसो सवा ४ बजे पार्टी कार्यालय अगाडी वसिरहेको बेला तिम्सीना माथि
आक्रमण भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका शिशिरको
जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।



घटनामा संलग्न भएको अभियोगमा अनेरास्वियुका जिल्ला अध्यक्ष मकर बहादुर
खड्का पूर्वाञ्चल व्यूरो सचिव धुर्वराज राईसहित ४ जनालाई प्रहरीले पक्रेको
छ ।

कात्तिक ८ गते अनेरास्ववियू -क्रान्तिकारी) का कार्यकर्ताले भोजपुर
क्याम्पसका प्रमुख पर्वतकुमार र्राईमाथि कुटपिट गरेपछि एमाले र माओवादीबीच
तनाव बढेको हो ।


 
Posted on 10-30-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Curfew in Bhojpur

SHAHIMAN RAI



BHOJPUR, OCT 29 - Authorities clamped indefinite curfew in and around Bhojpur district headquarters from 6 p.m. Wednesday following clashes between student wings of the UCPN (Maoist) and CPN-UML over the recent attack on the campus chief. 

Chief District Officer Baburam Khatiwada said the curfew order was issued as the situation became tense after UML-affiliated students attacked Maoist cadre Gopal Timalsina. 

The dispute spawned after the Maoist-affiliated 

All Nepal National Independent Students’ Union Revolutionary (ANNISU-R) attacked Parwat Kumar Rai, chief of Bhojpur Multiple Campus, on Sunday. The ANNISU-R students had accused Rai of appointing UML sympathisers as campus staff. Police have detained ANNISU-R district chair Sunita Rai on the charge of masterminding the attack.   

The college administration has shut the campus indefinitely citing security reasons.


 
Posted on 10-30-09 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Curfew continues in Bhojpur

THT Online

BHOJPUR: The District Administration Office (DAO), Bhojpur has continued its curfew in the surrounding areas of Bhojpur district headquarters on Thursday.
DAO had called a bandh since Thursday evening at 6 pm.
According to Babu Ram Khatiwada, Chief District Officer the curfew has been imposed in Bhojpur market, Ring Road and the adjoining areas.
The curfew has affected normal life in the area and the usual crowds have disappeared. 
The area has been reeling under tension for the past few days after students affiliated to UCPN-Maoist attacked the Bhojpur campus chief.
Meanwhile the Maoists releasing a press release announced that they would step up the protest from Thursday.
Earlier the workers of All Nepal Free Student Union had also beaten up Gopal Timilsina, secretary of YCL of Bhojpur following the attack on the Bhojpur campus chief.
According to the police they attacked Timilsina when he was at the party office. They added that he sustained severe injuries to his forehead. He is now undergoing treatment at the district hospital. 
Police had detained Makar Bahadur Khadkha, district chairman of All Nepal Free Student Union, Dhrub Raj Rai, politburo secretary of eastern region and four others on charges of their involvement in the incident.


Source: http://www.thehimalayantimes.com/fullNews.php?headline=Curfew+continues+in+Bhojpur&NewsID=42687


 
Posted on 11-10-09 6:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोजपुर परिवार द कोरियाको साधारण सभा सम्पन्न
सउल (कोरिया), २०६६ कार्तिक १९ - भोजपुर परिवार द कोरियाको पाचौ
साधारण सभा   नोभेम्बर १ तारिका दिन कोरियाको राजधानी सउलको  दोङ्देमुनमा 
भएको छ । उक्त परिवारको साधारण सभाले आगामी दुई बर्षका लागि
सर्वसम्मतिद्वारा नयाँ कार्यसमिति अध्यक्षमा कुमार थापा , त्यस्तै
उपाध्यक्षमा गणेश मुक्तन, सचिवमा गंगा श्रेष्ठ, स-सचिव अर्जुन श्रेष्ठ
,कोषाध्यक्षमा इन्दिरा नेपाल ,स - कोषाध्यक्षमा किरन राई, सदस्यहरुमा मिलन
श्रेष्ठ ,हर्क राई, दुर्गा चौलागाई, माधव  राई ,प्रमिला राई (श्रेष्ठ ),
साराधा खड्का रहेका छन । सल्लाहाकारमा भरत नेपाल, खगेन्द्र खत्री ,
शेसँहाङ राई,गणेश अधिकारी , रविन तामाङ ,रविन वल तामाङ र लालबहादुर प्रधान
रहेका छन ।



परिवारका सदस्यहरुलाई केही भैपरी आएमा सकृयताका साथ सहयोग पुर्याउने
निर्णय गरेको छ । उक्त परिवारको साधारण सभामा ई. पी. एस. मार्फत आउनु भएका
नवआगन्तुक भोजपुरवासीलाई स्वागत गरिएको थियो ।  



अध्यक्ष  थापाले  साधारण सभामा बोल्दै  दक्षिण कोरिया रहेका सबै
भोजपुरवासीहरुलाई एउटै छानामुनि एकबद्ध गरी संस्थालाई अझ बढी कृयाशील बनाई
लैजाने र प्रवासमा राजनीतिक , जातीभाषा, धर्म, सम्प्रदाय भन्दा माथि पहिले
भोजपुरवासी भएर चिनाउँनु पर्ने बताए ।

Source: http://www.ekantipur.com/np/news/news-detail.php?news_id=301756

 
Posted on 11-10-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have to visit Deurali village sometime in December or January. How is the present situation , How is the YCL and gundigardi ? Am I be troubled by them? Or Asked for Ransom?

 
Posted on 11-22-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोजपुर बालन्खा पट्टी को कोही हुनुन्छ? भोजपुर को बारेमा अनुभव र खबर सुन्नु रमाइलो लाग्यो यहा। तर दक्षीण तिर को ठाउँ हरु बालन्खा। पाङचा, थिदिन्खा, यू, वासिङ थर्पु, पावला, दुम्माना, देवन्टार्, हसन्पुर्, आदी ठाउँ तिर को कुरा खासै देखियेन। सदर्मुकाम देखि साह्रै टाढा भएर होला धेरै पिछडियेको छन् ती गाबिस हरु। जिल्लका  कुनै पदाधिकारी हरु ती क्षेत्र तिर गयेको, बुझेको कहीले पाइदैन। भोजपुर बजार वोरिपरी का मान्छे हरु दक्षिण क्षेत्र तिर खासै गयेको देखिदैन पनि। यता तिर को गाबिस को नाम लियो भने नी, अर्कै जिल्लाको ठाउँ हो की भनेर जिल्ल परेर सोध्छन। जिल्ला को नक्सा मा , वा कुनै प्रतिबेदन मा हेर्यो भने गबिस को नाम पनि अन्ट सन्ट लेखेको हुन्छ। अङ्रेजी मा त झन भन्नै पर्दैन। जिल्ला सदर्मुकाम  मै बसी बसी सबै काम गर्ने कर्मचारी हरु को काम हो त्यो।

तर जे होस्, भोजपुर को सेरोफेरो साझा मा पढ्न पाउदा आनन्द लागेको छ। थप् केही जानकारी हरु यो लिन्क मा नी गयेर हेर्नु होल।
www.ddcbhojpur.gov.np
http://en.wikipedia.org/wiki/Balankha

dhanyabaad.

 
Posted on 11-29-09 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रत्येक दिन नयाँ नयाँ सृजना पढनका लागि

भोजपुरे ब्लग

Last edited: 29-Nov-09 10:26 PM


 
Posted on 12-27-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-31-09 6:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY NEW YEAR 2010 ! May the New Year bring PEACE and PROSPERITY in the COUNTRY and in the WORLD !

 
Posted on 01-29-10 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चतराबाट तुम्लिङटारसम्म जेटबोट


काठमाडौं, १५ माघ : सुनसरीको चतराबाट संखुवासभाको तुम्लिङटारसम्म दुई सातापछि जेटबोट सञ्चालन हुने भएको छ । सुम्निमा जल यातायात प्रालिले पहिलोपटक व्यावसायिक रूपमै अरुण नदीमा जेटबोट सञ्चालन गर्न लागेको हो । करिब पौने तीन करोडको लगानीमा अमेरिकाबाट झिकाइएको जेटबोट जोगबनी नाकामा आइपुगेको छ भने केही दिनमै भन्सार तिरेर नेपाल भित्र्याउने तयारी भइरहेको छ ।

 http://www.nayapatrika.com/newsportal/permalink/10791.html

Last edited: 29-Jan-10 01:22 PM

 
Posted on 01-30-10 6:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great ! It will definitely ease transportation and tourism in the eastern hilly areas.I had heard about this kind of projects several years back while I was a student of Dharan Campus, Hattisar. I am happy that ultimately it is turning to a reality !

Thanks to Srijana12 for posting the news in here !

 
Posted on 01-30-10 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो खबर, human transportation को लागि त जेट बोट राम्रो नै हो तर त्यसमा सामान ढुवानी गर्न भने महँगो पर्छ होला। Running cost अली बढी नै हुन्छ अरे भन्ने सुनेको थिएँ।

 
Posted on 01-30-10 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I heard lot about  BHOJPUR. Please drop some photos here. I would love to see it.

 
Posted on 02-04-10 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Home industries at Bhojpur

http://www.ekantipur.com/np/gallery/gallery-images.php?gallery_id=177&image_id=2093


 
Posted on 02-04-10 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-10 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



भोजपुरको भौतिक पूर्वाधार विकाशमा भारतीय
सहयोग

भारत सरकारले पूर्वी पहाडी जिल्ला भोजपुरको बिभिन्न बिद्यालय, अस्पताल भवन
निर्माण र सौर्य बिद्युतीकरणको लागि ८ करोड रुपैयाँ भन्दा बढी आर्थिक
सहयोग उपलब्ध गराएको छ ।


पूर्वी पहाडी जिल्ला भोजपुरमा भारत सरकारले दुई वटा बिद्यालय, एक अस्पताल
भवन निर्माण गर्न र एक सय ५१ घरपरिवार, नौ वटा संघसंस्थालाई सौर्य बिद्युत
जडान गर्न सहयोग गरेको छ । भारतीय राजदुताबासमार्फत भोजपुर सदरमुकामस्थित
बिद्योदय उच्च मावि र देउराली गाबिसको भmयाउपोखरीस्थित शारदा उच्च मावि भवन
एक बर्षदेखि निर्माणाधिन छन् । हेलौंछा गाबिसको वडा नं ८ र ९ मा सौर्य
बिद्युत बितरण गरिसकेको छ । स्थानीय नौ वटा संघसंस्थाले समेत सौर्य बिद्युत
पाएका छन् ।


सदरमुकामस्थित बिद्योदय उच्च मावि र देउरालीको शारदा उच्च मावि भवन दुई
बर्षअघि तत्कालिन जलश्रोतमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय
राजदुत शिवशंकर मुखर्जीद्वारा संयुक्त रुपमा शिलन्यास गरिएको थियो । भारतले
बिद्योदयलाई एक करोड ११ लाख, शारदा उच्च माविलाई एक करोड ९१ लाख रुपैंयाँ
उपलब्ध गराएको छ । हेलौंछा गाबिसका बासिन्दालाई दुई करोड ३१ लाख रुपैंयाँ
बराबरको सौर्य प्यानल र ब्याट्री बितरण गरेको छ ।


सदरमुकामदेखि १२ कोस उतर दिंला बजारमा १५ शैयाको अस्पताल भवन निर्माण हुन
लागेको छ । त्यसको लागि भारत सरकारले तीन करोड रुपैंयाँ सहयोग गर्ने भएको छ
। अस्पतालको निम्ति जग्गा प्राप्त भएपछि भवन शुरु हुने भूपूमन्त्री
ज्ञानेन्द्रबहादुर कार्कीले बताए । स्थानीय दिलकुमार राईले अस्पताल
निर्माणको लागि दिंलाबजारमा दश रोपनी जग्गा निःशुल्क उपलब्ध गराइदिने
प्रतिबद्धता गरेका छन् । दुर्गम गाउँका बासिन्दाको निम्ति निर्माण हुने
अस्पतालको निम्ति बिभिन्न व्यक्तिहरुले निःशुल्क जग्गा दिन चासो देखाएका
छन् ।


भौतिक संरचना निर्माण बाहेक भारत सरकारले भोजपुरबाट भोजपुर, खोटाङ र
संखुवासभा जिल्लाका भारतीय भूतपूर्व गोर्खा सैनिकलाई निबृतिभरण बितरण गर्दै
आएको छ ।

Source: http://www.ekantipur.com/np/news/news-detail.php?news_id=306378

 
Posted on 02-18-10 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन र कला»

कोसीमा मोटरबोट


• उद्यमीको पहलले पूर्वका तीन जिल्लामा जलयातायात



कोसीको कञ्चन पानीमा अमेरकिी प्रविधिका मोटरबोटमा चतरादेखि त्रिवेणीसम्म हुइँकदा सुनसरीका दुई सय जना लब्धप्रतिष्ठितहरूले आफ्नै नदीमा थाई बीच पत्ताया वा फुकेटको आनन्द लिए । सहरको प्रदूषण र होहल्लाबाट निस् केर कोसीको जल सयर गर्नेमध्ये एक जना लेखक तथा सञ्चारकर्मी भवानी बराल पनि थिए । उनी भन्छन्, "अरुण, दूधकोसी र तमोरमा यस् तो जलयात्राको सम्भावनालाई अहिलेसम्म तुहाइएको थियो ।"

हुन पनि यी नदीहरूमा जलयात्राको व्यवस् थापन र सञ्चालन गर्न सरकारकै मुख ताकिबसेको भए अहिले नै यो सम्भव हुने थिएन । तर, चतरादेखि अरुण, दूधकोसी र तमोरको संगमस् थल त्रिवेणीसम्मको मोटरबोट सेवा निजी क्षेत्रका कर्नल रभिर ट्रान्सपोर्ट र नेपाल रभिर ट्रान्सपोर्टलेको अग्रसरताबाट सुरु भएको छ । रभिर ट्रान्सपोर्टका सञ्चालकमध्येका एक अमर थापा भन्छन्, "कोसीमा दैनिक बगेर जाने हजाराँै क्युसेक पानीबाट नेपालीले लोडसेडिङ् र तिर्खा त मेटाउन सकिरहेका छैनाँै, कमसेकम यात्रा त होस् भनेर प्रयास गरेका हौँ ।" उनका अनुसार, मोटरबोटले धनकुटा, भोजपुर, संखुवासभा र उदयपुरका विकट पहाडी डेढ दर्जन गाविसका यात्रा छोटो बनाएको छ, तीन महिनादेखि । आन्तरकि पर्यटनमा यसले पुर्‍याउने योगदान छुट्टै हुनेछ ।

त्रिवेणीको सौन्दर्य देखेर आनन्दित भएका सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया पूर्वको पर्यटन विस् तारको सम्भावना औँल्याउँदै सुरक्षाको व्यवस् था गर्ने जिम्मेवारी आफूले लिने बताउँछन् । सुनसरी होटल व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन सुब्बा सप्तकोसी जलमार्गको आनन्द पूर्वी नेपाल आउने आन्तरकि र बाह्य दुवै खाले पर्यटकले उठाउने बताउँछन् । भन्छन्, "यसका लागि स् तरीय होटल र रेस् टुरेन्ट संख्या भने बढाउनैपर्छ ।"

कोसीको अक्करे भीरमा पैताला मात्र अटाउने बाटोमा हिँड्दा लाग्ने चार घन्टाको यात्रा अब चतरा-त्रिवेणी जलमार्गबाट १३ मिनेटमा झरेको छ । फराकिलो र दृश्यावलोकनका लागि उपयुक्त त्रिवेणी टारमा होटल र अन्य व्यापारको राम्रो अवसर खुलेको छ । त्यसो त यो स् थान र्‍याफि्टङ्का लागि पनि उत्ति नै उपयुक्त छ । 

सञ्चालक अमर थापा कोसीमा पर्यटन र सर्वसाधारण यात्रुलाई लक्षित गरेरै मझौला खाले मोटरबोट सेवा सञ्चालन गरेको बताउँछन्, जुन अहिले परीक्षण कालमा छ । उनी निकट भविष्यमा नै दुईवटा ठूला आकारका बोट ल्याउने तयारी भइरहेको जानकारी पनि दिन्छन् । 

उनका अनुसार, ४५ जना यात्रु बोक्ने मोटरबोटको मूल्य करबि १ करोड ४० लाख रुपियाँ पर्छ । यत्रो लगानीमा जोखिम हुने भए पनि मोटरबोट थप्ने प्रक्रिया थालेको उनी बताउँछन् । भन्छन्, "हामी त तीन जनासम्म चढेर चलाउन सकिने आधा दर्जन स् कुटरबोट पनि ल्याउने तयारीमा छौँ, जुन वषर्ायाममा पनि चल्छन् ।" उनले आगामी चार वर्षमा अरुण नदी हुँदै चतराबाट ३५ किलोमिटर उत्तरमा रहेका भोजपुरको रानीबास र लेगुवाघाटसम्म मोटरबोट पुर्‍याउने योजना पनि सुनाए । उदयपुर, धनकुटा र भोजपुर जिल्लाका विकट गाविसमा कालोपत्रे सडक पुग्न अझै २५ वर्ष कुर्नुपर्ने अवस् थामा निजी क्षेत्रको यस प्रयासलाई सराहनीय मानिएको छ ।

हिमालय पग्लेर दक्षिण बगेको सप्तकोसीमा जलमार्ग बनाउने कल्पना राजधानीमा बसेका योजनाविद्हरूले गरेका थिएनन् । तर, निजी क्षेत्रको प्रयासमा तीन जिल्ला र तीन नदीको संगमस् थल वरपिरकिा गाउँहरूको नयाँ भविष्य निर्धारण भएको ठोकुवा उद्योग वाणिज्य संघ, सुनसरीका अध्यक्ष अशोक ताम्राकार र इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलाल गर्छन् । ताम्राकार भन्छन्, "कोसीमा एक दर्जन मोटरबोट सञ्चालन भएमा ठूलो संख्यामा पर्यटकहरूले बराहक्षेत्र मन्दिर मात्र होइन, त्रिवेणी र उत्तरी पहाडका रमणीय दृश्यावलोकन पनि गर्न पाउने छन्, यससँगै धरान, इटहरी र विराटनगरले प्रगतिका नयाँ दिन देख्न पाउने छन् ।" 

जलमार्गका जानकारहरूका अनुसार, सरकारी पहल भएमा यस जलमार्गलाई चतरादेखि ओखलढुंगा र खोटाङको बीचमा पर्ने प्रसिद्ध धार्मिकस् थल हलेसीसम्म सजिलै पुर्‍याउन सकिने छ । चतराबाट हलेसी पुग्न करबि ४० किलोमिटर जलयात्रा गर्नुपर्छ । यसैगरी, अरुण जलमार्गलाई संखुवासभाको तुम्लिङटारसम्म सञ्चालन गर्न सकिने छ । ठूला मोटरबोटका लागि १५ देखि २० फुट चौडा नदीमा चार फिट पानी भए हुने तीन महिनाको परीक्षणले देखाएको सञ्चालक थापा बताउँछन् ।


Source: http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=779


 
Posted on 02-23-10 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




परम्परा जोगाउन फेरी












लोपोन्मुख फेरी
बजाउदै भोजपुरको याङपाङ गाबिस ५ मैनपुरका भलमान जोगी ।


उनी स-साना झोलाको झुप्पो बोकेर बिहान सिधा संकलन गर्दै आए । तर रातभर
फेरी बजाएकाले तन्द्रासरी डुलिरहेका थिए ।


आँखा चिमचिम गर्दै सदरमुकाममा आइपुगेका भलामान जोगीले पुख्र्यौली पेशालाई
निरन्तरता दिएको बताए । परम्परा लोपोन्मुख भएपछि आफूपनि लोप हुनै लागेको
महसुस हुन थालेको बताउँदै कान्तिपुरसित उनले भने, 'पुख्र्यौली पेशा धान्न
आएको हु ।'


करिब डेढ दशकदेखि जोगी समुदायले गाउँघरमा फेरी बजाउन छाडिसके । गाउँघरमा
फेरी बजाउन छाडेपछि भूतप्रेत धपाउने परम्परा लोपोन्मुख छ । तर यहाँका
भलामान जोगीले भने निरन्तरता दिने प्रयत्न गरेका छन् । भोजपुरको याङपाङ
गाबिस -५ मैनपुरका भलामान जोगी पाँच बर्षको अन्तरालमा फेरी बजाउँदै
सदरमुकाम आएका हुन् । बटारिएको जरायोको एउटा सिङ झोलाबाट निकालेर देखाउँदै
उनले थपे, 'यो बाबुले दिएको अंश हो ।'


जोगी समुदायले फेरी बजाउने पेशा पुख्र्यौली ठानेका छन् । समयको
परिवर्तनसँगै अन्य पेशामा लाग्न थालेपछि फेरीवाला जोगी गाउँघर डुल्न छाडेको
उनी बताउछन् । आफ्ना छोराहरुलाई एक एक थान फेरी (जरायोको सिङ) र फेरी
बजाएर सिधा संकलन गर्ने भौगोलिक क्षेत्र अंशको दिने जोगी समुदायको चलन
हराएको छ । भोजपुरको दक्षिण मानेभन्ज्याङदेखि पश्चिम सेराखोला, पूर्वमा
जरायोटार हुदै उतरमा हेलौंछासम्म र तराईमा फत्तेपुर गाईघाटसम्म बाजेको
पालामा अंश पाएको जोगी भलामानले बताए ।


अचेलका जोगीहरु फेरी बजाउने पेशा अन्धविश्वास ठान्छन् । जोगीका
पूर्खाहरुले फेरी बजाएवापत गाउँघरबाट नुन, तेल, दाल, चामल, खुर्सानी लगायत
बिभिन्न सामाग्री र पैसा समेत संकलन गर्दै आएका थिए । यसबाट पूर्खाले
जीवीकोपार्जन गरेकाले परम्परालाई निरन्तरता दिने प्रयत्न गरेका छन् ।
जिल्लाको बोया, याङपाङ, सिद्धेस्वर गाबिसमा जोगीको बस्ती छ ।
Source: http://www.ekantipur.com/np/news/news-detail.php?news_id=307286

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters